Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एक वर्षमा झण्डै १४ सय श्रमिकको मृत्यु
वैदेशिक रोजगार बोर्डबाट ४२ करोड ७१ लाख आर्थिक सहायता एक वर्षमा झण्डै १४ सय श्रमिकको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन १४, २०८१

Dwarika-Upreti-1722230686.jpg
अवैध तरिकाबाट रोजगारीका लागि विदेश गएका वा भिसा अवधि सकेर गैरकानुनीरुपमा बसिरहेका नेपालीको मृत्यु भएमा तिनीहरुको न रेकर्ड हुन्छ न सहायता रकम नै पाउँछन्, एकदमै अप्ठ्यारो अवस्था छ । 
डा. द्वारिका उप्रेती
कार्यकारी निर्देशक, वैदेशिक रोजगार बोर्ड

काठमाडौं– एक वर्षको अवधिमा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका झण्डै एक हजार ४०० नेपाली श्रमिकको मृत्यु भएको पाइएको छ । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा रोजगारीको क्रममा ३० वटा मुलुकमा पुगेका एक हजार ३७८ जना नेपालीको मृत्यु भएको पाइएको हो । 

वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणले मृत्यु भएका व्यक्तिहरुको परिवारका सदस्यलाई ४२ करोड ७१ लाख २५ हजार रुपैयाँ आर्थिक सहायता वितरण गरिएको बोर्डले जनाएको छ । बोर्डले आर्थिक सहायता वितरणको आधारमा वैदेशिक रोजगारीको क्रममा मृत्यु हुने नेपालीको संख्या यकीन गर्दै आएको छ । बोर्डले राखेको तथ्यांकअनुसार मासिकरुपमा सरदर ११४ जना नेपालीको विदेशमा मृत्यु हुने गरेको देखिन्छ । बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको मृत्यु भएमा उनीहरुको परिवारलाई सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने गरेको

छ । बोर्डले उल्लेख गरेअनुसार सबैभन्दा बढी मलेसिया गएका नेपाली श्रमिकको मृत्यु भएको छ । रोजगारीको शिलशिलामा मलेसिया पुगेकामध्ये ३६० जनाले ज्यान गुमाएका छन् । दोस्रो स्थानमा रहेको साउदी अरेबियामा ३४६ जनाको मृत्यु भएको छ । यस्तै तेस्रो मुलुक संयुक्त अरब इमिरेट्स (युएई) मा एक वर्षमा २४४ जना नेपालीको ज्यान गएको छ । त्यसैगरी कतारमा २३५ जना र कुवेतका ६० जनाले ज्यान गुमाएका छन् । मलेसिया र खाडी जाने नेपाली श्रमिक मात्र नभई युरोप, जापान, कोरियालगायतका मुलुकमा गएका श्रमिकले पनि ज्यान गुमाएका छन् ।  

Hardik health

विदेशमा हुने मृत्युमध्ये सबैभन्दा बढी बिरामी हुनुलाई कारण देखाइएको छ । यसपछि आत्महत्या र प्राकृतिक मृत्यु उल्लेख गरिएको छ । अत्यधिक गर्मीका कारण पनि मृत्यु हुने गरेको बताइएको छ । कार्यस्थल दुर्घटना, कार्डियाक एरेस्ट, हृदयघात, सडक दुर्घटना, क्यान्सर, मृगौला फेल हुनु आदिका कारण नेपालीहरुको मृत्यु हुने गरेको बोर्डले जनाएकोे छ । १०० भन्दा बढीको मृत्युको कारण पत्ता लाग्न नसकेको बोर्डले जनाएको छ । यद्यपि, अहिलेसम्म वैदेशिक रोजगारीको क्रममा जाँदा मेडिकल परीक्षणबाट स्वस्थ देखिएका नेपालीहरुको के–कति कारणले मृत्यु हुने गरेको छ भन्ने सम्बन्धमा सरकारले कुनै अध्ययन गरेको छैन ।

बोर्डले आर्थिक सहायता दिएको संख्याको आधारमा तथ्यांक राख्ने भए पनि विदेशमा मृत्यु हुने नेपालीको संख्या अझै बढी हुनसक्ने बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बताए । ‘श्रम स्वीकृति लिएर जाने नेपालीहरुको मृत्यु भएमा उनीहरुका परिवारले तोकिएको सहायता रकम पाउने र रेकर्ड पनि हुन्छ,’ उनले भने, ‘अवैध तरिकाबाट रोजगारीका लागि विदेश गएका वा भिसा अवधि सकेर गैरकानुनीरुपमा बसिरहेका नेपालीको मृत्यु भएमा तिनीहरुको न रेकर्ड हुन्छ न सहायता रकम नै पाउँछन्, एकदमै अप्ठ्यारो अवस्था छ ।’ 

यस्तै एक वर्षको अवधिमा वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणले ५५६ जना नेपाली बिरामी तथा अंगभंग भएका छन् । उनीहरुको अवस्था हेरेर सात लाख रुपैयाँसम्म आर्थिक सहायता दिन सक्ने व्यवस्था भए पनि समग्रमा १६ करोड ९१ लाख ७१ हजार रुपैयाँ आर्थिक सहायता वितरण भएको बोर्डको तथ्यांकले देखाएको छ । कार्यस्थलमा हुने दुर्घटना, सडक तथा सवारी दुर्घटनालगायत विभिन्न कारणले नेपालीहरुको अंगभंग हुने गरेको बताइन्छ । 

बोर्डको तथ्यांकअनुसार रोजगारीका क्रममा विदेशमा मृत्यु हुने र अंगभंग हुने नेपालीको संख्यामा खासै कमी आएको छैन । यसको न्यूनीकरणका लागि विदेश जाने श्रमिक आफैं पनि चेतनशील हुनुपर्ने र अनिवार्यरुपमा पूर्वप्रस्थान अभिमुखीकरण तालिम लिनुपर्ने बोर्डका निर्देशक एवं सूचना अधिकारी टीकाराम ढकाल बताउँछन् । ‘हामीले विगतदेखि नै विदेश जाने कामदारहरुको सचेतनाका लागि विभिन्न जानकारीमूलक परामर्श दिँदै आए पनि अझै पर्याप्त नभएको देखिन्छ,’ उनी भन्छन्, ‘यसको न्यूनीकरण र प्रभावकारिताका लागि अझै विभिन्न तालिमका कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरिहेका छौं, यसका लागि स्थानीय तहहरुसँग पनि समन्वय भइरहेको छ ।’ 

विगत डेढ वर्षदेखि बोर्डले विदेशमा बिरामी परेका श्रमिकहरुलाई स्वास्थ्य परामर्श तथा औषधोपचारका लागि सहयोग पु¥याउने उद्देश्यले टेलिमेडिसिन सेवा सञ्चालन गरिरहेको निर्देशक ढकालले बताए । यसबाट श्रमिकलाई गम्भीर बिरामी हुनबाट जोगाउने र समयमै उपचारका लागि उत्प्रेरणा मिल्ने हुँदा अस्वाभाविक मृत्युलाई न्यूनीकरण गर्न मद्दत पुगिरहेको उनले जानकारी दिए ।
 


प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ बिहीबार, माघ २२, २०८२
व्यवसायी उत्साहित, विज्ञको विरोध
व्यवसायी उत्साहित, विज्ञको विरोध बिहीबार, माघ २२, २०८२
‘फ्रि भिसा, फ्रि टिकट’ सम्बन्धी कार्यविधि खारेज गर्न ‘एक्सन’मै उत्रिए श्रममन्त्री
‘फ्रि भिसा, फ्रि टिकट’ सम्बन्धी कार्यविधि खारेज गर्न ‘एक्सन’मै उत्रिए श्रममन्त्री बुधबार, माघ २१, २०८२
वैदेशिक रोजगारीमा प्रलोभनमा पारी ठगी  गर्ने दुई पक्राउ
वैदेशिक रोजगारीमा प्रलोभनमा पारी ठगी गर्ने दुई पक्राउ मंगलबार, माघ २०, २०८२
निर्माण क्षेत्रका कामदारको सीप प्रमाणीकरण गर्दै मलेसिया
निर्माण क्षेत्रका कामदारको सीप प्रमाणीकरण गर्दै मलेसिया मंगलबार, माघ २०, २०८२
कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ
कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ सोमबार, माघ १९, २०८२
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार सोमबार, माघ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP