Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
समाचार
  • Home
  • समाचार
  • शक्ति गुमेपछि मोर्चाबन्दीमा दाहाल
शक्ति गुमेपछि मोर्चाबन्दीमा दाहाल
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, साउन २, २०८१
  • माओवादी अध्यक्ष दाहाल समाजवादी मोर्चालाई क्रियाशील बनाउँदै
  • शक्ति आर्जन गर्ने र सत्तामा फर्किने जुक्ति
  • मोर्चामा माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपा सहभागी


काठमाडौं– सत्ताच्युत भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुनः शक्ति आर्जन गर्ने रणनीतिमा जुटेका छन् । त्यसका लागि उनी समाजवादी मोर्चालाई क्रियाशील बनाउन लागेका छन् । कमजोर भएका बेला दाहालले जहिल्यै राजनीतिकरुपमा वैशाखी टेक्नेगरी मोर्चा बनाउने गरेका छन् । आफू सत्तामा पुगेपछि भने मोर्चाप्रति उनकै बेवास्ता रहने गर्छ । तर, जब सडकमा आइपुग्छन्, तब मोर्चालाई क्रियाशील गर्ने र मोर्चामार्फत आन्दोलनजस्ता गतिविधि गर्छन् । 

सोमबार उनले मोर्चामा रहेका दलहरू नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द (बिप्लव)सँग संवाद गरे । मोर्चालाई कसरी अगाडि बढाउने भन्नेमा चिन्ता प्रकट गरे । 

बैठकमा सहभागी नेता यादवले प्रभावसँग संक्षिप्त कुराकानी गर्दै सरकारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले धोका दिएको र अब सशक्त ढंगले अघि बढ्नुको विकल्प नभएको बताएका थिए । ओली सरकार संविधान मिच्नेतिर अघि बढ्न सक्ने भन्दै दाहालले खबरदारीसमेत गरे । 

मोर्चामा रहेका दलहरूलाई दाहालले आफू केपी ओलीबाट ठूलो धोकामा परेको भन्दै संविधान र अधिकार रक्षाको अभियानमा जान प्रस्ताव गरेका छन् । मंगलबार समाजवादी मोर्चाको बैठकमा दाहालले ओलीले आफूलाई वाम एकताको सपना देखाएर ठूलो धोका दिएको भन्दै अब भ्रममा नपर्ने बताए ।

‘बरु मै प्रधानमन्त्री बन्छु, तपाईं छाड्नुस् भनेको भए पनि मैले मान्दिन्थें तर ओलीले किन यसरी धोका दिए ? दाहालको भनाइ उद्धृत गर्दै नेता यादवले भने, ‘संविधानलाई सही ट्र्याकमा राख्ने नियत छैन, उहाँहरू मिलेर परिवर्तनविरुद्ध जालसाजी गर्ने खतरा छ, हामी जनतामा यो कुरा लगेर जाउँ ।’ दाहालले संविधान रक्षा र लोकतन्त्रको प्रगतिशील सारतŒव जोगाउने योजना अबको बाटो हुनुपर्ने प्रस्ताव पनि गरेको उनले बताए ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले दाहालले सत्तामा हुँदा समाजवादी मोर्चालाई उति चासो नदिएको भन्दै आलोचना गरेका थिए । ‘कांग्रेस–एमालेले लोकतन्त्र र सुशासनमाथिसमेत चुनौती दिन सक्छन्, सरकारमात्रै बदलिएको होइन, यसको पछाडि धेरै खेलहरू भएका हुन सक्छन्,’ नेपालको भनाइ थियो । 

विगतमा मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल सहभागी थियो । तर, पार्टी विभाजनपछि भने उनी मोर्चाका एउटा घटक माओवादी अध्यक्ष दाहालसँग असन्तुष्ट छन् । पार्टी फुटाउनमा पर्दापछाडिबाट भूमिका निर्वाह गरेको भन्दै यादवले सार्वजनिक मञ्चबाट आरोप लगाएका थिए । त्यसपछि मोर्चाको कार्यक्रममा उपेन्द्र सहभागी हुँन् । 

विभाजित भएर गठित अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पनि सहभागी छैन । तर, नेपाल समाजवादीका अध्यक्ष महिन्द्रराय यादव बैठकमा सहभागी भए । अब मोर्चामा मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र त्यसको खुला मोर्चा भनिने राष्ट्रिय जनमोर्चालाई पनि सहभागी गराउनेबारे छलफल भइरहेको यादवले बताए ।

‘समाजवादी कार्यदिशा र त्यहीअनुसारको कार्यक्रम लिएर अघि बढेका दलहरू समाजवादी मोर्चामा छन्,’ उनले भने, ‘मोर्चामार्फत हामी संविधान बचाउने, प्रतिगमनको सम्भावित खतरालाई परास्त गर्दै अन्ततः अरु समाजवादी धाराका शक्तिहरूलाई गोलबद्ध गर्ने छलफल भएको छ ।’

माओवादी अध्यक्ष दाहालले शुक्रबार संसद् बैठकमा ओली सरकारविरुद्ध सडक र सदन दुवै मोर्चा प्रयोग गर्ने छनक देखाएका छन् । उनले कांग्रेस–एमालेको वर्तमान सरकार संविधानबाट समानुपातिक निर्वाचन प्रणाली हटाएर प्रतिगमनतिर जाने खतरासमेत रहेको संसद् बैठकमै बोलेका थिए । यसका लागि दाहालले शक्ति प्रदर्शन गर्नेगरी मोर्चालाई क्रियाशील गर्न लागेका हुन् ।  

राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले माओवादी अध्यक्ष दाहालमा जहिल्यै शक्तिमा रहन उद्धत हुने प्रवृत्ति रहेको र त्यसकै कडीका रुपमा समाजवादी मोर्चा रहेको बताए । ‘संविधान जारी हुँदा पनि दाहालले कहिले ३२ त कहिले २२ दलीय मोर्चा बनाए । पहिचानको आधारमा प्रदेश नामांकन गर्न दबाब देशभर आन्दोलन गरे,’ उनले भने, ‘अहिले पनि उनले चार दलीय मोर्चालाई ब्युँताएका हुन् ।’

पिटरका अनुसार दाहाल जहिल्यै राजनीतिको केन्द्रमा रहन कसरी सकिन्छ ? त्यसप्रति बढी चिन्तित देखिएका छन् । तर, मोर्चामार्फत गरिने प्रदर्शनजस्ता दबाबमूलक गतिविधिलाई दाहालले आफू सत्तामा पुग्ने मामिलामा दुरुपयोग गर्ने गरेको भन्दै मोर्चाघटक नेताहरू नै असन्तुष्ट छन् । हुन पनि मोर्चामार्फत प्राप्त राजनीतिक शक्तिले दाहाल २०७३ सालमा प्रधानमन्त्री भएका थिए । यसपटक पनि दाहाल त्यस्तैगरी मोर्चालाई सशक्त बनाउने र आफू शक्तिशाली हुनेतर्फ केन्द्रित भएका छन् । 

प्रतिगमनको खतरा ! 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको दुई दिन हुँदै छ । उनले संसद् विघटन गरेर प्रतिगमनको दिशा तय गर्न सक्ने भन्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चिन्ता प्रकट गरेका छन् । सोमबार कांग्रेस–एमालेको सत्ता समीकरणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले ओली प्रधानमन्त्री भएपछि देशमा प्रतिगमनको खतरा रहेको बताएका हुन् । 

‘साम्राज्यवादी शक्तिहरूले पनि मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताविरुद्ध षड्यन्त्र गर्नसक्ने खतरा झन् बढेर गएको छ । यो परिस्थितिमा गणतन्त्र तथा राष्ट्रियता रक्षाका लागि संघर्षलाई अगाडि बढाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ,’ केसीले विज्ञप्तिमार्फत भने । 

उनले कांग्रेस–एमाले गठबन्धनलाई हानिकारक भएको बताए । त्यही भएर वर्तमान सरकारको विरोध गरिएको स्पष्ट पारे । उनले ओलीमा देखिएको अधिनायकवादी चरित्रले गर्दा राजनीतिक बदनाम भएको भन्दै गुनासो पनि पोखे ।

‘केपी ओलीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई समाप्त गर्ने, जनप्रतिनिधिमूलक संस्थाबाट आएको विरोधको सामना गरेर मार्गप्रशस्त गर्नेभन्दा दुई–दुई पटक संसद् नै भंग गरेर देशलाई प्रतिगमनतर्फ धकेल्ने कार्य गरेका थिए,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘अहिले पनि केपी ओलीलाई त्यो गल्तीप्रति कुनै पश्चाताप नभएर त्यसको पक्षमा आफूलाई खडा गर्दै आइरहेका छन् ।’ओलीलाई केसीले केही वर्षयता प्रतिगामी नेताको रुपमा चित्रण पनि गर्दै आएका छन् ।
 


प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP