Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
समाचार
  • Home
  • समाचार
  • बचतकर्ताको तीन अर्ब अपचलन
सहकारी ठगी प्रकरण बचतकर्ताको तीन अर्ब अपचलन
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, असार ३, २०८१
  • अध्यक्ष तेजविक्रम थापा, उनकी श्रीमती सजना राजकर्णिकार, सहकारीका सदस्यद्वय भीमसेन महर्जन र सञ्जय सापकोटा प्रहरी नियन्त्रणमा
  • ५६६ जना बचतकर्ताको करिब तीन अर्ब रुपैयाँ हिनामिना गरी फरार रहेको अवस्थामा पक्राउ
  • सहकारी ठगीको कसुरमा कारबाही गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाइयो

काठमाडौं– बचतकर्ताको अर्बौं रकम अपचलन गरेको अभियोगमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका चार जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको कुमारीपाटीमा कार्यालय रहेको उक्त संस्थाले ५६६ जना बचतकर्ताको करिब तीन अर्ब रुपैयाँ अपचलन गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार लामो समयदेखि फरार रहेका सहकारीका अध्यक्ष तेजविक्रम थापा, उनकी श्रीमती सजना राजकर्णिकार, सहकारीका सदस्यद्वय भीमसेन महर्जन र सञ्जय सापकोटा पक्राउ परेका हुन् । अध्यक्ष थापासहितले बचत रकम अपचलन गरेको भन्दै विभिन्न समयमा बचतकर्ताले उजुरी दिएका थिए । उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खोजतलास गर्दा काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेर उनीहरूलाई कानुनी दायरामा ल्याएको जानकारी दिएको छ ।

कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले पक्राउ परेका चारै जनालाई आइतबार नै सहकारी ठगीको कसुरमा कारबाही गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रभावलाई जानकारी दिए ।बचतकर्ताहरूले आफूहरूको ९४ करोड २१ लाख ४२ हजार रुपैयाँ बचत फिर्ता नगरेको भन्दै ठगीसम्बन्धी उजुरी दिएका थिए । सहकारी विभागले पनि सहकारीको बचत अपचलन गरेको पाइएको जनाएको थियो । त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई २५ असोज २०८० मा पत्राचार गर्दै कारबाही गर्न भनेको थियो ।

उक्त सहकारीको कार्यालय ललितपुरमा रहेको भन्दै सिआइबीले २६ मंसिर जिल्ला प्रहरी परिसर ललितपुरलाई अनुसन्धान अघि बढाउन पत्राचार गरेको थियो । अध्यक्ष थापासहित १३ जनाविरुद्ध १९ पुस २०८० मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको थियो । तीमध्ये चार जना पक्राउ परेका हुन् । पक्राउ पुर्जी जारी भएकामध्ये एक जनाको मृत्यु भइसकेको, एक जना मिर्गौलाको गम्भीर बिरामी भई उपचार गराइरहेका र अरू फरार रहेको पाइएको प्रहरीले जनाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै कार्यालय प्रमुख भट्टराईले भने, ‘आकर्षक ब्याज दिने लोभ र विश्वास दिलाएर बचत संकलन गर्ने गरेको देखिन्छ । बचतकर्ताको रकमबाट सञ्चालकहरूलाई लाभ र बचतकर्तालाई हानि पु¥याइ बचतकर्ताहरूको निक्षेप अपचलन गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो ।’

यसअघि २६ माघ २०८० मा सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले यो सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय पठाएको थियो ।सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार अनलाइन मागदाबी पेस गर्न सूचना जारी गरिएको थियो । त्यसबेला दुई हजार ५३१ जना बचतकर्ताबाट दुई अर्ब ८२ करोड २७ लाख ८८ हजार रुपैयाँको मागदाबी परेको थियो । सहकारी विभागले उक्त सहकारी समस्याग्रस्त घोषणा हुनुअघि २५ असोज २०८० मा संस्थाका सञ्चालक र व्यवस्थापकको सम्पत्ति र बैंक खाता रोक्का गर्न पत्राचार गरेको थियो ।

उजुरी परेपछि अध्यक्ष थापाले जोगिन अनेक जुक्ति निकाले । पहिलो त उनले हुलिया परिवर्तन गरे । कहिले घर त कहिले डेरा लिएर लुके । तेजविक्रम नाम रहेका उनले राज ठकुरीको नामबाट परिचयपत्र बनाएर प्रयोग आएको खुलेको छ । राज ठकुरीको नाममा गोर्खा टिभीको आइडी कार्ड पनि बनेको पाइएको छ । झापा, चितवनमासमेत केही समय लुकेर बसेको प्रहरीले फेला पारेको छ । पछिल्लो समय उनी काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ मा आफ्नो घर जान चाहन्थेन । तर, पछिल्लो समय भने गोकर्णेश्वरमै फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । प्रहरीले उनी र उनका श्रीमती सजना र सञ्जयलाई सोही फ्ल्याटबाट पक्राउ गरेको हो । 

थापाले सहकारीको रकम लगेर टिभी खोल्नेदेखि मार्ट र अस्पतालसम्म लगानी गरेको पाइएको छ । थापाले २०५६ सालमा कृषि विकास सहकारी संस्थाको चिफ अकाउन्टेन्ट भएर काम गरेका थिए । २०६० सालमा भने उनी सहकारीको कार्यकारी अध्यक्ष पदमा नियुक्त भएका थिए । त्यसपछि उनले बचतकर्ताको रकम हिनामिना गर्न सुरु गरेको पाइएको कार्यालयका प्रमुख भट्टराईले बताए ।

उनका अनुसार थापा २०७१ सालमा खुलेको कृषि टेलिभिजनको अध्यक्ष बने । त्यसको दुई वर्षपछि २०७३ सालमा उनीसमेतको लगानीमा गोर्खा टेलिभिजन सञ्चालनमा आयो । पछिल्लो समय उनले गोर्खा टिभीकै आइडी कार्ड प्रयोग गरिरहेका थिए । २०६६ सालमा भक्तपुरको लोकन्थलीमा खुलेको समिट अस्पतालको अध्यक्ष पनि थापा नै हुन् । यो अस्पताल पनि सहकारीकै रकम अपचलनबाट खुलेको प्रहरीको दाबी छ ।

२०७१ सालमै उनी इन्टेन्सिभ एग्रिकल्चर कम्पनी प्रालि ललितपुरका अध्यक्ष बनेका थिए । २०७४ मा यति हब्र्स प्रालिको अध्यक्ष बने । थापाले कृषि इन्भेस्टमेन्ट प्रालिको नाममा काठमाडौं उपत्यकाका १४ ठाउँमा मार्टसमेत खोलेको पाइएको छ । थापाकी श्रीमती सजना २०५८ सालदेखि नै उक्त सहकारीमा आबद्ध थिइन् । उनी सुरुमा मार्केटिङको काम गर्थिन् । २०६२ सालदेखि भने सहकारीको प्रशासन प्रमुख भएर काम गरेकी थिइन् । थापा पक्राउ परेपछि उनको क्रिमिनल रेकर्ड सिस्टम (सिआरएस) जाँच गर्दा बैंकिङ कसुरको मुद्दा पनि रहेको फेला परेको एसपी भट्टराईले बताए ।

थापाविरुद्ध ८ चैत २०७९ मा जिल्ला प्रहरी परिसर काठमाडौंमा २६ लाख ६६ हजार ६६६ रुपैयाँको बैंकिङ कसुर मुद्दामा कारबाही भएको पाइएको छ । परिसरमै २९ वैशाख २०८० सोही बराबर २६ लाख ६६ हजार ६६६ को बैंकिङ कसुरको दोस्रो मुद्दामा पनि कारबाही भएको सिआरएसमा भेटिएको छ ।

बाँकी तीन वटा बैंकिङ कसुरको मुद्दामा भने उनी फरार प्रतिवादी हुन् । परिसर काठमाडौंमै उनीविरुद्ध २३ साउन २०८० मा २६ लाख ६६ हजार ६६६ रुपैयाँको बैंकिङ कसुरको जाहेरी परेको थियो । उक्त मुद्दामा उनी फरार छन् । २३ माघ २०८० मा जिल्ला प्रहरी परिसर ललितपुरमा ९५ लाख र २४ वैशाख २०८१ मा परिसर ललितपुरमै ९५ लाखको अर्कोे जाहेरी परेको खुलेको छ । 


छानबिन समितिको कार्यविधि तयार 
सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको कार्यविधि तयार भएको छ । समिति सदस्यहरूको आइतबारको बैठकले सहमतिमै छलफल गरेर कार्यविधि पारित गरेको हो । 

सहकारी छानबिनसम्बन्धी कार्यादेश निर्माणमा संलग्न सांसदहरू महेश बर्तौला, हितराज पाण्डे, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियारसँग पनि आवश्यक छलफल गरी बैठकले आफ्नो कार्यविधि पारित गरेको समिति संयोजक सूर्यबहादुर थापाले जानकारी दिए ।

समिति बैठकले आफ्नो कामलाई अघि बढाउनका लागि कार्यसूचीहरू पनि तय गरेको छ । संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहितका निकायहरूसँग छलफल गर्ने र अहिलेको सहकारीको समस्याको बारेमा, बचत अपचलन, दुरुपयोगको बारेमा र समग्र अवस्थितिको बारेमा जानकारी लिने र त्यस आधारमा अरू सूचना, तथ्यहरु लिने कामहरु पनि गर्ने गरी कार्यसूची तयार गरिएको संयोजक थापाले बताए ।
 


प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न सोमबार, असार २, २०८२
निराशा होइन, आशाको सञ्चार आवश्यक : संस्कृति मन्त्री पाण्डे
निराशा होइन, आशाको सञ्चार आवश्यक : संस्कृति मन्त्री पाण्डे सोमबार, असार २, २०८२
पेट्रोल र डिजेलको मूल्य बढ्याे
पेट्रोल र डिजेलको मूल्य बढ्याे सोमबार, असार २, २०८२
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी सोमबार, असार २, २०८२
विलासिता कर खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन
विलासिता कर खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन सोमबार, असार २, २०८२
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी सोमबार, असार २, २०८२
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध सोमबार, असार २, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP