Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • तस्करसँग ‘पे वेल’ र ‘सजिलो पे’ को कनेक्सन
तस्करीको ६१ किलो सुनकाण्ड तस्करसँग ‘पे वेल’ र ‘सजिलो पे’ को कनेक्सन
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, जेठ २८, २०८१
  • पक्राउ परेका ६ जनामाथि थप अनुसन्धानका लागि अदालतको अनुमति
  • सुनसँगै यी दुई कम्पनीबाट हुण्डी र क्रिप्टोको पनि कारोबार भएको खुलासा
  • सुन तस्करीमा संलग्न रहेका आरोपीहरूको करिब तीन अर्ब रुपैयाँको कारोबार
  • राष्ट्र बैंकले रोक्का गर्‍यो दुवै कम्पनीका बैंक खाता


काठमाडौं– बहुचर्चित ६१ किलो तस्करीको सुनबारे दोस्रो चरणको अनुसन्धान गर्ने क्रममा ‘पे वेल’ र ‘सजिलो पे’बाट रकम भुक्तानी भएको खुलेपछि पक्राउ परेका छ जनामाथि थप अनुसन्धानका लागि अदालतले अनुमति दिएको छ । 

‘पे वेल’ र ‘सजिलो पे’ दुवै डिजिटल भुक्तानी प्रदायक कम्पनी हुन् । यी कम्पनीहरूमार्फत तस्करहरूले रकम भुक्तानी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तथ्य फेला पारेपछि शुक्रबार भीमप्रसाद तिमिल्सना, प्रज्वल आचार्य, सुरज जबरा, सुशील बञ्जारा, काश्यव मानन्धर र अथुकछाक खम्पालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये खम्पा स्वास्थ्यमा समस्या देखिएपछि मेट्रो अस्पतालमा भर्ना भएका छन् । बाँकी न्यायिक हिरासतमा छन् । उनीहरू यी दुई कम्पनीमा कार्यरत हुन् ।

तस्करहरूले ६१ किलो सुन खरिदका लागि यी कम्पनीहरूको दुरुपयोग गरेको पाइएको सिआइबी प्रमुख श्यामलाल ज्ञवालीले बताए । ‘पहिलो चरणको अनुसन्धान पहिल्यै सकेर बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंबाट मुद्दा दर्ता गरेर अघि बढिसक्यो र दोस्रो चरणको अनुसन्धानमा हामी छौं,’ उनले प्रभावसँग भने, ‘यही क्रममा दुईवटा डिजिटल कम्पनीको पनि ६१ किलो सुन तस्करीसँग कनेक्सन भएको पाइयो । जसबारे अनुसन्धान जारी छ ।’

सुनसँगै यी दुई कम्पनीबाट अवैध हुण्डी र क्रिप्टोको कारोबार पनि भएको पाइएको सिआइबीले जनाएको छ । सिआइबीका अनुसार यी दुई कम्पनीमा सुन तस्करीमा संलग्न रहेका आरोपीहरूको करिब तीन अर्ब रुपैयाँको कारोबार देखिएको छ । कमिसन लिएर सुन तस्करीको काम गर्नेहरूलाई यी दुई कम्पनीमार्फत गिरोहले भुक्तानी दिने गरेको खुलेको पनि ज्ञवालीले बताए ।

Hardik health

यसक्रममा सिआइबीले थप अनुसन्धानका लागि राष्ट्र बैंकको सहयोग लिएको छ । राष्ट्र बैंकले यी कम्पनीमा रहेका खाता अनिश्चितकालका लागि यही २१ जेठमा रोक्का राखेको छ । अनुसन्धान पनि अगाडि बढाएको छ । कम्पनीबाट भएका कारोबारहरू नियामकीय अनुपालनसम्बन्धी छानबिनको क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ । यी दुई कम्पनीबाट बैंकिङ प्रणालीमा रकम जाने गरेको देखिएको छ ।

गत वर्षको ३ साउनमा चिनियाँ गिरोहले हङकङबाट मोटरसाइकलको ब्रेकप्याड (ब्रेक सु) मा लुकाएर ल्याएको ६० किलो ७०० ग्राम सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । प्रारम्भिक अनुसन्धान विभागबाटै भएको थियो । पछि भने विभागले अनुसन्धानका लागि सहयोग आवश्यक परेको भन्दै सिआइबीलाई अनुसन्धानको जिम्मा दिएको थियो । जतिबेला सिआइबी प्रमुख किरण बज्राचार्य थिइन् ।

बज्राचार्य नेतृत्वको सिआइबीले तस्करीको ६१ किलो सुनबारे पहिलो चरणको अनुसन्धान सकेर बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले ३१ भदौमा जिल्ला अदालत काठमाडौंमा २९ जनाविरुद्ध अभियोगपत्र दायर गरेको थियो । आरोपीहरूमध्ये केही पुर्पक्षका लागि थुनामा छन् । केही धरौटीमा रिहा भए ।

सबै आरोपितमाथि सुन तस्करी गरेकोमा तीन अर्ब ५० करोड दुई लाख रुपैयाँ, स्कुटरको ब्रेक सुको भन्सारसमेत जोडेर थप २८ लाख ७५ हजार रुपैयाँ गरी कूल बिगो तीन अर्ब ५० करोड ३० लाख रुपैयाँ रहेको अभियोगपत्रमा उल्लेख छ । प्रहरीले आरोपितमाथि बरामद भएकोबाहेक अरू सुन पनि तस्करी गरेको आरोप लगाएको छ । आरोपपत्रअनुसार उनीहरूले ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेका छन् ।

आरोपीहरूविरुद्ध अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐनअन्तर्गतको कसुरका साथै एकसाथ यी अपराध गरेकाले एकीकृत कसुरतर्फ थप सजाय मागदाबी भएको छ । एकीकृत कसुर पुष्टि भएमा सबैभन्दा बढी सजाय हुने कसुरमा थप आधा सजायसमेत जोडिन्छ ।तर, सिआइबीको अनुसन्धानमाथि प्रश्न उठेको थियो । यसपछि सरकारले जाँचबुझ आयोग गठन गर्‍यो । जसले अनुसन्धानमा लापरबाही भएको भन्दै विभिन्न व्यक्तिहरूमाथि थप अनुसन्धान गर्न राय दिएको थियो । त्यसमध्येमै परिन् बज्राचार्य पनि ।

दोस्रोपटक गृहमन्त्री भएपछि रवि लामिछानेले सिआइबीमा ज्ञवालीलाई पठाएपछि अहिले तस्करीको सुनबारे दोस्रो चरणको अनुसन्धान भइरहेको हो । सोही क्रममा तस्करहरूले कमिसनका लागि ‘पे वेल’ र ‘सजिलो पे’को दुरुपयोग गरेको खुलेको हो । यसअघि नै सोही सुनकाण्डमा १० जना पक्राउ परिसकेका छन् । उनीहरू सिआइबीको हिरासतमा छन् । काभ्रेको तेमाल गाउँपालिका–४ का ४५ वर्षीय कान्छामान लामा, वीरगञ्ज महानगरपालिका–११ घर भएका ५२ वर्षीय सुरेन्द्रमान श्रेष्ठ, भारत घर भई ललितपुर बस्ने २२ वर्षीय प्रशान्त गणेश बजवलकर, भारत महाराष्ट्र घर भई न्युरोड बस्ने सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’ र भारत नै घर भई न्युरोड बस्ने धीरज निदेश बैटे सिआइबीको हिरासतमा छन् ।

धादिङको सिद्धलेक गाउँपालिकाका प्रेमनाथ सेडाईं, भक्तपुर सूर्यविनायकका राजु खत्री, उदयपुरको त्रियुगा नगरपालिकाकी उषा खत्री निरौला, गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ का १८ वर्षीय सायरी विक र बौद्ध बस्ने तिब्बती नागरिक गंगा टासीलाई पनि सिआइबीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीहरू पहिलो चरणको अनुसन्धानबाट उम्किएका थिए । दोस्रो चरणको अनुसन्धानको क्रममा पक्राउ परेका हुन् । उनीहरूमाथि भन्सार चोरी पैठारी तथा संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।
 


प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ११:२४
#सुनकाण्ड
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस शुक्रबार, कात्तिक २१, २०८२
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’ शुक्रबार, कात्तिक २१, २०८२
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने शुक्रबार, कात्तिक २१, २०८२
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ शुक्रबार, कात्तिक २१, २०८२
नाम दर्ता गराउन मतदाता उत्साहित
नाम दर्ता गराउन मतदाता उत्साहित शुक्रबार, कात्तिक २१, २०८२
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP