Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिम्बु भाषा
  • #संकट
  • #कुलिङ_पिरियड
  • #‘याङवाङ यु७’
  • #गाथामग_चह्रे
  • #इयु_चीन
  • #कृषि
  • #‘स्वर्ग मेरो’
  • #एनपिएल
Search Here
समाचार
  • Home
  • समाचार
  • ढल्दै जसपा सरकार, जनमतको नेतृत्वमा नयाँ सरकार बन्ने
ढल्दै जसपा सरकार, जनमतको नेतृत्वमा नयाँ सरकार बन्ने
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, जेठ २३, २०८१
  • अल्पमतमा परेका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउने सम्भावना न्यून 
  • गठबन्धनको तर्फबाट जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी
  • साढे छ वर्षमा पहिलोपटक जसपाको मधेस सरकार ढल्दै
  • जनमतको नेतृत्वमा सरकार गठन गर्न एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थन


काठमाडौं– अल्पमतमा परेसँगै जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको मधेस प्रदेश सरकार ढल्ने अवस्थामा पुगेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा आज विश्वासको मत लिने कार्यतालिका छ । यद्यपि, उनले विश्वासको मत पाउने सम्भावना न्यून छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गत वैशाखको अन्तिममा समर्थन फिर्ता लिएर सरकारबाट अलग भएपछि यादव अल्पमतमा परेका हुन् । त्यसपछि उनले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिन लागेका हुन् । 

जसपा केन्द्रीय प्रवक्ता मनिष सुमनका अनुसार मुख्यमन्त्री यादवले संसद्मा विश्वासको परीक्षण गर्ने छन् । संसद् बैठक आज दिउँसो ३ बजेका लागि आह्वान गरिएको छ । यादवलाई विश्वास रहेको प्रमाणित गर्न ५४ जना सांसदको समर्थन चाहिन्छ । यो भनेको १०७ सदस्यीय मधेस संसद्को झिनो बहुमत हो ।

तर, जसपाबाट मुख्यमन्त्री बनेका यादवले बहुमत पाउने आधार छैन । कारण, उनलाई समर्थन गर्न सक्ने दल नेपाली कांग्रेसमात्रै हो । प्रदेशसभामा कांग्रेसका २२ र जसपाका १९ जना सांसद छन् । यी दुई दलको सांसद संख्या ४१ मात्रै हो । अन्य दलका सांसदले समर्थन गर्ने सम्भावना छैन । यसले गर्दा मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न १३ सांसद अपुग हुने देखिएको छ ।  

प्रदेश संसद्को मुख्य दल एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जनमतलाई सरकार गठनमा समर्थन गर्ने भएका छन् । जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादवले मुख्यमन्त्री दाबी पेस गर्ने तयारी गरेका छन् । मधेस संसद्मा एमालेको सभामुखबाहेक २४ जना, जनमतका १३ जना, माओवादीका नौ जना र एकीकृत समाजवादीका सात जना सांसद छन् । यी चार दलको सांसद संख्या ५३ पुग्छ, जसमा बहुमतका लागि अझै एक सांसद आवश्यक पर्छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि मधेसको सन्दर्भमा एमाले–माओवादी कित्तामा उभिने दाबी जनमतका महासचिव चन्दन सिंहको छ । 

‘मधेसमा जसपा र कांग्रेसबाहेकका सबै शक्ति एक ठाउँमा गोलबद्ध हुँदै छौं,’ उनले प्रभावसँग भने, ‘यसले बहुमत नपुग्ने भन्ने नै हुँदैन ।’यद्यपि लोसपाले जनमत नेतृत्वमा गठन हुने सरकारलाई समर्थन गर्नेबारे निर्णय भने गरिसकेको छैन । यो दलसँग मधेस संसद्मा आठ जना सांसद रहेका छन् । लोसपाले समर्थन गरे जनमतलाई सरकार बनाउन बहुमत पुग्ने देखिन्छ । उक्त पार्टीका नेता केशव झाले समर्थन गर्ने कि नगर्ने भन्नेबारे पार्टी अहिले निर्णयमा पुग्न बाँकी रहेको बताए । 

‘अहिलेको मधेस सरकारलाई हाम्रो समर्थन थिएन । तर, आज सरकार गठनका लागि दाबी पेस गर्ने भन्ने जनमत नेतृत्वको सरकारलाई चाहिँ के गर्ने भन्ने टुंगो लाग्न बाँकी छ,’ उनले भने, ‘यसबारे निर्णय हुन बाँकी छ ।’यसअघि लोसपाले पनि समर्थन गर्ने भएको जनमतका महासचिव सिंहले बताएका थिए । उनले एक सिट रहेका दलहरू नेपाल समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि जनमतको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने दाबी गरेका छन् । यद्यपि, यी दलहरू पनि समाचार तयार पार्दासम्म लोसपाजस्तै अनिर्णित छन् । जनमतबाट मुख्यमन्त्रीका उम्मेदवार बन्ने भएका महेसप्रसादलाई यी दलको समर्थन भए कांग्रेस–जसपा मात्रै विपक्षी कित्तामा देखिने छन् । 


यी दुई दलले पनि गत बुधबार मधेस सरकार जोगाउन भरमग्दुर प्रयास गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा सत्तासिनमध्येको एउटा दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बोलाएर विपक्षी दलहरू सम्मिलित बैठकमा मधेस सरकार जोगाउनेबारे छलफल गरेका थिए । त्यस क्रममा नेपालले जसपा नेतृत्वको मधेस सरकारलाई जोगाउने बताएका थिए । जतिबेला जसपा सरकारमा एकीकृत समाजवादी सहभागी थियो । मंगलबारमात्रै उक्त दलले समर्थन फिर्ता लिएको हो ।

लोसपाले पनि जसपा सरकारको पक्षमा उभिने जनाएको थियो । तर, शुक्रबारसम्म आइपुग्दा नेपाल र ठाकुर पूर्ववर्ती कदमबाट पछि हटे । राजनीतिक उलटफेर भयो । परिणामतः मधेसमा जनमतको सरकार बन्ने टुंगो लागेको हो । गठबन्धन दलका नेताहरूलाई लगेर मुख्यमन्त्रीका उम्मेदवार यादवले आजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दाबी पेस गर्ने बताइएको छ । यसअघि आइतबार नै सरकार गठनका लागि जनमत संसदीय दलका नेता यादवले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भनिएको थियो ।

एकीकृत समाजवादीको समर्थन हुने निर्णय ढिला आउँदा आज दाबी पेस गर्ने पक्षमा जनमत पुगेको हो । यससँगै संघीयता कार्यान्वयनपछि पहिलोपटक जसपा नेपाल नेतृत्वको मधेस सरकार ढल्ने भएको हो । अन्य प्रदेशमा पटक–पटक सरकार गठन हुने र ढल्ने क्रम छँदा मधेस सरकारको स्थायित्व कायम थियो । यद्यपि, संघीय अध्यक्ष अशोक राईसहितका नेताहरू पार्टीबाट अलग हुँदै जसपा गठन गरेपछि जसपा नेपाल थप कमजोर भयो । यहीबीच एमाले, माओवादी र एकीकृत समाजवादी पालैपालो समर्थन फिर्ता लिँदै सरकारबाट अलग भएका हुन् ।
 


प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक बुधबार, साउन ७, २०८२
‘दिव्य पशुपति अभियान’ सुरु:  पर्यटनमन्त्रीको सहभागितामा वृक्षारोपण
‘दिव्य पशुपति अभियान’ सुरु:  पर्यटनमन्त्रीको सहभागितामा वृक्षारोपण बुधबार, साउन ७, २०८२
गाथामग  चह्रे  पर्व मनाउँदै नेवार समुदाय
गाथामग चह्रे  पर्व मनाउँदै नेवार समुदाय बुधबार, साउन ७, २०८२
केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइँदै
केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइँदै बुधबार, साउन ७, २०८२
पर्यटक तान्दै चौरीखर्क
पर्यटक तान्दै चौरीखर्क बुधबार, साउन ७, २०८२
कुलिङ पिरियड राख्नैपर्ने कांग्रेस नेताहरुको माग, देउवा भने एमालेलाई सघाउने तयारीमा
कुलिङ पिरियड राख्नैपर्ने कांग्रेस नेताहरुको माग, देउवा भने एमालेलाई सघाउने तयारीमा बुधबार, साउन ७, २०८२
भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता
भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता बुधबार, साउन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP