Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • मधेस सरकारको नेतृत्वमा आउँदै जनमत
मधेस सरकारको नेतृत्वमा आउँदै जनमत
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, जेठ २०, २०८१

हामी पाँच दलबीच हाम्रै नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसक्यो । सोहीअनुसार हाम्रो सरकार बन्छ । 
डा. चन्दन सिंह
महासचिव, जनमत पार्टी

काठमाडौं– मधेस प्रदेशको सत्ता नेतृत्व वैकल्पिक शक्तिको रुपमा उदाएको दल जनमत पार्टीले गर्ने निश्चित भएको छ । सत्ता गठबन्धनका दलहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँगै विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि समर्थन गर्ने भएपछि जनमतको सत्ता नेतृत्व मधेसमा निश्चित भएको हो ।


मधेसमा सत्ता नेतृत्वका लागि १० पुस २०७९ मा पनि जनमतले दाबी गरेको थियो । तर, त्यसबेला उपेन्द्र यादव नेतृत्वको दल जनता समाजवादी (जसपा)ले पायो । जनमत रुष्ट भयो । यद्यपि, सरकारमा भने सामेल भयो । सत्ता सहयात्री भएकै बेला जसपाका मुख्यमन्त्री सरोजकुमार यादवसँग जनमतबाट मन्त्री भएकाहरूको टकराव भयो । अन्ततः ९ माघ २०८० मा यादवलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरियो । विपक्षी दलको हैसियतमा पुग्यो ।

अब भने सोही दल जनमत मधेसको सत्ता नेतृत्व गर्ने अवस्थामा पुगेको छ । जनमतका महासचिव डा. चन्दन सिंहले केही दिनमै मधेसमा सरकार गठन हुने बताएका छन् । ‘हामी पाँच दलबीच हाम्रै नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसक्यो । सोहीअनुसार हाम्रो सरकार बन्छ,’ उनले प्रभावसँग भने । 

Hardik health

बिहीबार पाँच दल (एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी र लोसपा)बीच मधेसमा सरकार जनमतकै नेतृत्वमा गठन गर्ने सहमति भएको छ । त्यसअघि बुधबार भने कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा एकीकृत समाजवादी र लोसपा जसपाकै नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिन सहमत भएका थिए । त्यसको भोलिपल्टै यी दुई दल पूर्ववत् निर्णयबाट पछि हटे । यसलाई कांग्रेसले भने धोका भनेको छ । कांग्रेसले यी दुई दललाई आफ्नो कित्तामा ल्याएर मधेसबाट सत्ता गठबन्धन फुटाउने रणनीति बनाएको थियो । जुन एकदिन टिकेन । यससँगै मधेसमा जसपाको अल्पमतको सरकार ढल्ने भएको छ । 

त्यहाँ जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । उनलाई दिएको समर्थन माओवादीले गत ३० वैशाखमा फिर्ता लियो । सरकारबाट पनि बाहिरियो । एमाले पनि यही १ जेठमा समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरियो । अशोक राईको नेतृत्वमा गत २३ वैशाखमा जसपा विभाजन भएपछि मधेसमा राजनीतिक उथलपुथल भएको हो । यसले गर्दा अब यही २३ जेठसम्ममा विश्वासको मत लिनुपर्ने बाध्यतामा मुख्यमन्त्री यादव छन् । तर, उनले विश्वासको मत पाउने सम्भावना अत्यन्तै न्यून छ । जसपा प्रवक्ता मनिष सुमनले भने विश्वासको मत पाएर मधेसमा जसपाकै सरकारले निरन्तरता पाउने दाबी गरे । 

‘मधेसमा दलहरूबीच सहमति गरेर हाम्रै नेतृत्वको सरकारलाई निरन्तरता दिन्छौं । मलाई लाग्छ जसपाको सरकारलाई निरन्तरता दिँदा राजनीतिक स्थिरता कायम रहन्छ,’ जसपा प्रवक्ता मनिष सुमनले भने, ‘त्यही भएर विश्वासको मत हाम्रो मुख्यमन्त्रीले पाउनुहुन्छ । सरकार टिक्छ ।’

सुमनले भनेअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत पाउने छाँट देखिँदैन । उनले यही २३ जेठमा विश्वासको मत लिने तयारी गरेका छन् । १०७ सदस्यीय प्रदेशसभामा सरकार जोगाउन कम्तीमा ५४ मत आवश्यक हुन्छ । सत्ता नेतृत्व दल जसपा नेपालसँग १९ सांसद छन् । विभाजित जसपाको पक्षमा सांसदहरू खुलिसकेका छैनन् ।

सबैभन्दा बढी सांसद भने एमालेको २५ जना छन् । कांग्रेसका २२ जना, जनमतको १३ जना, माओवादी र लोसपाको समान नौ÷नौ जना, एकीकृत समाजवादीको सात जना, नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समान एक÷एक जना सांसद छन् ।

यसले गर्दा एमाले, माओवादी, जनमत, लोसपा र एकीकृत समाजवादीको सरकार मधेसमा बन्ने स्पष्ट बहुमत देखिएको छ । यी पाँच दलको सांसद संख्या ६३ पुग्छ । जबकि सरकार गठन गर्न झिनो बहुमत ५४ सांसदको हो । आवश्यकभन्दा बढी बहुमत यी पाँच दलको देखिएको छ ।

मधेसमा अघिल्लो संसद्को पूरै कार्यकाल भने जसपाले सरकारको नेतृत्व लिएको थियो । वर्तमान संसद्मा पनि हालसम्म जसपाकै नेतृत्वमा सरकार छ । तर, अब भने जनमतको काँधमा मधेसको सत्ता नेतृत्व पुग्ने भएको हो । जनमत महासचिव सिंहका अनुसार मधेससहित राष्ट्रिय राजनीतिमा भएको उथलपुथलको कारक जसपा अध्यक्ष उपेन्द्रलाई ठान्छन् । 

उनले भने, ‘सरकारमा रहेर सरकार ढाल्न वैकल्पिक गठबन्धनको खेलमा उपेन्द्र यादव लागेका होइनन् र ? सरकारमा बसेर त्यस्तो अराजनीतिक खेल खेल्न मिल्छ ? त्यसले गर्दा अहिले जे भयो र हुँदै छ, त्यसको कारक उपेन्द्र हो ।’

मधेसमा जसपा र जनमतबीच लामो समयदेखि शक्ति संघर्ष जारी छ । ४ मंसिर २०७९ मा भएको चुनावमासमेत जसपाको आधार इलाकामा जनमतको प्रभाव देखिएको थियो । चुनावमा जसपाविरोधी अभियान जनमतले चलाएको थियो । सोही दलले अब जसपालाई मधेसको सत्ताबाट विस्थापन गर्ने भएको हो ।
 


प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १०:३५
#मधेस _प्रदेश
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पेट्रोलियम पदार्थमा कर छुट दिने सरकारकाे  निर्णय
पेट्रोलियम पदार्थमा कर छुट दिने सरकारकाे निर्णय मंगलबार, चैत २४, २०८२
‘स्वास्थ्य चुनौती सम्बोधन गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य’:मन्त्री मेहता
‘स्वास्थ्य चुनौती सम्बोधन गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य’:मन्त्री मेहता मंगलबार, चैत २४, २०८२
मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु मंगलबार, चैत २४, २०८२
फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ: मन्त्री पोखरेल
फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ: मन्त्री पोखरेल मंगलबार, चैत २४, २०८२
मन्त्रीहरुको मर्यादाक्रम हेरफेर
मन्त्रीहरुको मर्यादाक्रम हेरफेर मंगलबार, चैत २४, २०८२
मन्त्रिपरिषद्को बैठक बस्दै 
मन्त्रिपरिषद्को बैठक बस्दै  मंगलबार, चैत २४, २०८२
हुण्डी र क्रिप्टो कारोबारमा  ३० लाख नगदसहित संलग्न  ४ जना पक्राउ
हुण्डी र क्रिप्टो कारोबारमा ३० लाख नगदसहित संलग्न ४ जना पक्राउ मंगलबार, चैत २४, २०८२
लोकप्रिय
  • Week
  • Month
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP