Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • भ्रष्ट कर्मले विकल–सुनिललाई पुर्‍यायो जेल
भ्रष्ट कर्मले विकल–सुनिललाई पुर्‍यायो जेल
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, जेठ १७, २०८१

 

  • सुनिलपछि विकल पौडेल पनि जेल चलान
  • पदमा रहँदा विकल र सुनिलको भ्रष्टाचार साम्राज्य विदेशसम्मै
  • विकलको ६२ करोड १९ लाख रुपैयाँ र सुनिलको २३ करोड ७५ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति


काठमाडौं– अस्थिर राजनीतिको फाइदा उठाउँदै भ्रष्टाचारको साम्राज्य फैलाएका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलपछि सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पनि थुनामा पुगेका छन् । पदको दुरुपयोग गर्दै सूचना प्रविधिसँग जोडिएका विभिन्न कम्पनीसँग ठेक्काको क्रममा घूस माग्नेदेखि अन्य भ्रष्टाचारजन्य कार्य गरेको देखिएपछि थप अनुसन्धान गर्नुपर्ने भएका कारण विशेष अदालतले उनीहरूलाई थुनामा पठाएको हो ।

सुनिललाई अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले थुनामा राखी मुद्दाको प्रक्रिया अघि बढाउन बुधबार आदेश दिएको हो । अदालतको आदेशपछि विकल डिल्लीबजार कारागार चलान भएका छन् । उनी गत १० माघ २०८० मा पक्राउ परेका थिए । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिएको थियो । 

विशेष अदालतबाट उनी सुरक्षण मुद्रण केन्द्रको भ्रष्टाचार र झूठो विवरण बुझाएर नियुक्ति लिएको छुट्टा–छुट्टै दुई भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका छन् । उनीविरुद्ध अझै दुईवटा छुट्टा–छुट्टै मुद्दा विचाराधीन छ । सुनिल भने गत १२ वैशाखमै डिल्लीबजार कारागार चलान भइसकेका छन् । न्यायाधीश तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गैरकानुनी सम्पत्ति आर्जनमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । 

Hardik health

उनीविरुद्ध अख्तियारले ९ वैशाखमा गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो । सरकारी सेवामा रहेको अवधिमा उनले आर्जन गरेको सम्पत्तिमध्ये २३ करोड ७५ लाखको स्रोत नखुलेको अख्तियारको दाबी थियो । नेसनल पेमेन्ट गेटवेको प्रणाली खरिदमा पनि विशेष अदालतले दोषी ठहर गरेको थियो ।पौडेलद्वय दाजुभाइ हुन् । भ्रष्टाचारजन्य कसूरमा दुवैको संलग्नता देखिएको छ । थप अनुसन्धान गर्नुपर्ने भएपछि उनीहरूलाई एकपछि गरी विशेष अदालतले थुनामा पठाएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।

अख्तियारले पछिल्लो पाँच वर्षमा पौडेलद्वयले सूचना प्रविधि क्षेत्रबाट एक अर्ब रुपैयाँ घूस संकलन गरेको दाबी गरेको छ । जुन भ्रष्टाचारबापत संकलन भएको जनाएको छ । सोहीअनुसार अख्तियारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका विकलमाथि ६२ करोड १९ लाख रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोग छ । सुनिलमाथि भने २३ करोड ७५ लाख रुपैयाँ गैरकानुनी रूपमा जोडेको अख्तियारको दाबी छ । 

विकलले मुद्रण केन्द्रका विभिन्न ठेक्कापट्टामा भ्रष्टाचार गरेको र सिंगापुर र अमेरिकामा घूससमेत बुझेको अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ । अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार इन्स्टासेफ कम्पनीले सिंगापुरस्थित युनाइटेड बैंकमा रहेको विकलको खातामा चार करोड ५१ लाख रुपैयाँ कमिसन दिएको देखिएको बताएका छन् । बैंकोटडकले पनि उनलाई १० करोड ७७ लाख कमिसन दिएको थियो । यस्तैयस्तै रकम राखेको विदेशस्थित खातामा २८ करोड ४५ लाख रुपैयाँ रहेको अख्तियार प्रवक्ता घिमिरे बताउँछन् । यसबाहेक वल्र्ड डिस्ट्रिब्युसन नेपाललगायत कम्पनीबाट पनि उनले कमिसन लिएका थिए ।

अख्तियारले सुरुमा करिब दुई अर्ब ९५ करोड रुपैयाँको सामान आपूर्ति गर्दा मूल्य अस्वाभाविक रूपमा बढाएको र मिलेमतो गरेको पनि जनाएको थियो ।विकलकै हकमा अख्तियारले एक महिलाका लागि एक करोड तीन लाख रुपैयाँ खर्च गरेको भन्दै अख्तियारले प्रश्न गरेको हो । जबकि बिहेमा भने तीन लाख रुपैयाँ खर्च गरेको उनले दाबी गरेका थिए । यसलाई लिएर अख्तियारले प्रश्न उठाएको हो । उनीमाथि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहँदा नेपाली कम्पनीहरूलाई मिलेमतोमा ठेक्का दिएको, ती कम्पनीहरूले सिंगापुरको कम्पनीहरूसँग ठेक्का लिएको र त्यहाँबाट सुनिलले सिंगापुरमै कमिसन लिएको अख्तियारको दाबी छ । 

अख्तियार प्रवक्ता घिमिरेले प्रभावसँग भने, ‘राष्ट्रिय सूचना प्रविधि केन्द्रले पछिल्लो पाँच वर्षमा २९ वटा ठेक्कापट्टाको काम गरेको थियो । त्यो बापत तीन अर्ब २९ करोड रुपैयाँ भुक्तानी भएको छ । केन्द्रले ओम्नी बिजनेसन कर्पोरेट इन्टरनेसनल, म्याक्स इन्टरनेसनल प्रालि, वल्र्ड  डिस्ट्रिब्युसन नेपाल प्रालि र नेक्स्ट जेन सोलुसनसँग काम गरेको देखिएको छ ।’

यसपछि भने ठेक्का पाएका कम्पनीहरूले सिंगापुरको बैंकोटेक प्रालि र इस्टासेफ इंक नामक कम्पनीसँग सूचना प्रविधिका उपकरण खरिद गरेर रकम सिंगापुरमा भुक्तानी गरेका थिए । ती कम्पनीहरूले सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा रहेको सुनिलको खातामा १३ करोड ५३ लाख रुपैयाँ जम्मा भएको भेटिएको छ ।

अनुसन्धानरत निकाय पौडेलद्वयले ठेक्कापट्टा र कमिसनका लागि धन्दा चलाउँथे । अमेरिकामा रहेका दीपक आनन्द नाम गरेका व्यक्तिसँग उनीहरूले ठेक्कापट्टामा मोलमोलाई गरेको पनि बरामद गरिएका ल्यापटपबाट खुलेको थियो । उसो त केही वर्षदेखि नै सुरक्षण मुद्रण केन्द्र र राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट भएका अधिकांश ठेक्कापट्टालाई लिएर विवाद भएको थियो । जसलाई लिएर अनुसन्धान थालेको अख्तियारले अन्ततः पौडेल दाजुभाइ भ्रष्टाचारजन्य कसूरमा संलग्न रेहको देखिएपछि मुद्दा अघि बढाएको थियो हो । विशेष अदालतबाट दुवैजनाको संलग्नता देखिएको भन्दै अन्ततः कारागार चलानको आदेश भएको हो ।
 


प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान मंगलबार, साउन १९, २०८३
पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ
पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ मंगलबार, साउन १९, २०८३
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन मंगलबार, साउन १९, २०८३
गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार
गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार मंगलबार, साउन १९, २०८३
कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता
कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता मंगलबार, साउन १९, २०८३
चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता
चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता मंगलबार, साउन १९, २०८३
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP