Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता हुने
सर्वोच्चको आदेश गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता हुने
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, जेठ १०, २०८१

 

  • न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासबाट गृहमन्त्रीवरुद्ध मुद्दा दर्ता गर्न आदेश
  • सहकारीको बचत अपचलनमा लामिछानेको संलग्नता छैन भन्ने महान्यायाधिवक्ताको पत्र खारेजीलगायत मागसहित अधिवक्ता अनुपम भट्टराईले पेस गरेको रिट दर्ता हुने
  • रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको वैधतामाथि प्रश्न उठाइएको छ


काठमाडौं– सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता कार्यालयविरुद्धको रिट दर्ता गर्न बाटो खोलिदिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले बुधबार महान्यायाधिवक्ता कार्यालय, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिट निवेदन दर्ताको आदेश दिएको हो । 

यो आदेशसँगै सहकारीको बचत अपचलनमा लामिछानेको संलग्नता छैन भन्ने महान्यायाधिवक्ताको पत्र खारेजीलगायत मागसहित अधिवक्ता अनुपम भट्टराईले पेस गरेको रिट दर्ता हुने भएको छ । यसअघि सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलले जेठ १ गते महान्यायाधिवक्ता कार्यालय, गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट अस्वीकार (दरपीठ आदेश) गरेका थिए । 

अधिवक्ता भट्टराईको रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको वैधतामाथि प्रश्न उठाइएको छ । रिटमा लामिछाने सहकारी ठगीमा संलग्न रहेको र त्यसको छानबिन गर्दाका क्रममा उपप्रधान तथा गृहमन्त्रीबाट हटाउन, सांसद पदबाट पनि निलम्बन गर्न माग गरिएको छ । पदमा बहाल रहँदा सहकारी ठगी छानबिनको अनुसन्धानलाई प्रभावित पार्ने भएकाले पदबाट हटाउन माग गरिएको हो ।

Hardik health

तर, सर्वोच्चले लामिछानेलाई गृहमन्त्रीबाट हटाउन र सांसद पदबाट निलम्बन गर्न गरिएको मागलाई भने अस्वीकार ग¥यो । सर्वोच्चको आदेशसँगै अब गृहमन्त्री लामिछानेविरुद्ध सहकारीको बचत अपचलनमा उजुरी दर्ता हुने भएको छ । सहकारीपीडितहरूले यसअघिदेखि नै लामिछानेविरुद्ध किटानी जाहेरी दिन खोजेका थिए । आरोपी नै गृहमन्त्री भएकाले मातहतका प्रहरी कार्यालयले कहीँ पनि उजुरी लिएन ।

यसले गर्दा लामिछाने आफूविरुद्ध कहीँ पनि उजुरी नपरेको र सहकारीको बचत अपचलनमा आफ्नो संलग्नता नभएको दाबी गर्दै आएका छन् । बरु, मिडिया ट्रायल भएको भन्दै सञ्चारमाध्यमहरूप्रति असन्तुष्टि पोख्दै आएका छन् । तर, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), रुपन्देही प्रहरी र पोखरा महानगरपालिकाले गठन गरेको छानबिन समितिले सहकारीको बचत अपचलनमा रविको संलग्नता रहेको तथ्य सार्वजनिक गरिसकेका छन् ।

यद्यपि लामिछानेले गोर्खा मिडिया नेटवर्कमा गितेन्द्रबाबु (जिबी) राईको कम्पनीबाट ऋण लगानी आएको दाबी गरेका छन् । तर, चारवटा सहकारीमा सर्वसाधारण बचतकर्ताले बचत गरेको कम्तीमा ९५ करोड ८१ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्कमा सारिएको पुष्टि नै भएको छ । सहकारीको ८० करोड ३१ लाख रुपैयाँ सारेको बेला लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका सेयरधनी सञ्चालक र प्रबन्ध निर्देशक थिए । 

उक्त कम्पनीले ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालन गरेको थियो । हाल उक्त टेलिभिजन बन्द छ । ११ फागुन २०७७ मा ग्यालेक्सी टेलिभिजनको औपचारिक घोषणासँगै रवि गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक बनेका थिए । १ असार २०७९ मा उनी उक्त कम्पनीबाट बिदा भए । त्यहीबेला विभिन्न सहकारीबाट गोरखा मिडियामा धमाधम रकम आएको स्पष्ट हुने कागजात प्रहरी र सहकारी कार्यालयमा छन् । ती रकम काठमाडौंको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिम, चितवनको साहारा र पोखराको सूर्यदर्शन सहकारीबाट आएको देखिएको छ । 

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट मात्र लगानी भन्दै ६४ करोड रुपैयाँ, आर्थिक वर्ष २०७८÷०७९ को विवरण सहकारी कार्यालयले संकलन गरेको छ । त्यस्तै बुटवलको सुप्रिम सहकारीबाट १५ करोड ३१ लाख र पोखराको सूर्यदर्शन सहकारीबाट चार करोड ५० लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको खातामा गएको छ । त्यस्तै चितवनको साहाराबाट १२ करोड पनि गोर्खा मिडियामा सारिएको विवरण प्रहरीले संकलन गरेको छ । तर कारोबारको मितिबारे प्रहरीले स्पष्ट जानकारी दिएको छैन ।

सार्वजनिक भएका विवरणहरूलाई आधार मान्दा चार सहकारीबाट १३ करोड २६ लाख रवि लामिछाने, विपिनकुमार आचार्य, छविलाल जोशी, भूपेन्द्रबाबु राई र कुमार रम्तेलको माध्यमबाट गोरखा मिडियामा सारेको देखिएको छ । ८२ करोड ५५ लाख रुपैयाँ विनामाध्यम गोरखा मिडिया नेटवर्कको खातामा सारिएको छ । लामिछानेको नामबाट सुप्रिम सहकारीबाट ०७७ चैत १८ मा २ करोड, पोखराको सूर्यदर्शनबाट ०७८ असार ३१ मा एक करोड रुपैयाँ गोरखा मिडियाको खातामा गएको देखिन्छ ।

६ पुस २०७८ मा सूर्यदर्शन सहकारीबाट एक करोड र पुस १२ मा सुप्रिम सहकारीबाट एक करोड ५६ लाख १५ हजार गरी कूल दुई करोड ५६ लाख १५ हजार रुपैयाँ गोरखा मिडियाको खातामा गएको कागजातहरूबाट खुलेको छ । तर लामिछानेले भने सहकारीबाट गोरखा मिडियामा आएको ऋणबारे आफूलाई जानकारी नभएको र त्यसप्रति आफू उत्तरदायी नहुने दाबी गर्दै आएका छन् । तर, बुधबार सर्वोच्चको आदेशसँगै सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा दर्ता हुने भएको छ । स्वतन्त्र प्रेसमाथि धावा बोलेको आरोप लागेका उनीविरुद्ध अदालतमा राहदानी दुरुपयोगसम्बन्धी मुद्दा विचाराधीन छ ।
 


प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP