Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिम्बु भाषा
  • #संकट
  • #कुलिङ_पिरियड
  • #‘याङवाङ यु७’
  • #गाथामग_चह्रे
  • #इयु_चीन
  • #कृषि
  • #‘स्वर्ग मेरो’
  • #एनपिएल
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रधानमन्त्री गरिब, मन्त्री धनी
प्रधानमन्त्री गरिब, मन्त्री धनी
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, जेठ ९, २०८१
  • उपप्रधानमन्त्रीहरू रघुवीर महासेठ र रवि लामिछानेसँगै मन्त्रीहरू धनबहादुर बुढा, सुमना श्रेष्ठ र डिपी अर्याल धनी
  • अधिकांश मन्त्रीसँग सुन, चाँदी, घर, गाडी र बैंकमा मौज्दात

काठमाडौं– आर्थिक पारदर्शिताका लागि भन्दै मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । भ्रष्टाचार निवारण ऐनको दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पदमा बसेको ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण नेपाल सरकारलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

यही प्रावधानअनुसार मंगलबार मन्त्रिपरिषद् बैठकले निर्णय गरेर प्रधानमन्त्री पुष्पकमल दाहालसँगै उनका मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको हो । जसअनुसार प्रधानमन्त्री दाहालको सम्पत्ति भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहितको घर छ । स्व. धर्मपत्नी सीता दाहालको नाममा रहेको उक्त घर र जग्गा पैतृक सम्पत्ति भएको उल्लेख छ ।

भरतपुर महानगरपालिकामा स्व. दाहालको नाममा एक कठ्ठा जमिन रहेको र यो अंशबाट प्राप्त भएको भनिएको छ । प्रधानमन्त्री दाहालसँग पाँच तोला सुन छ, यो पनि पैतृक भएको विवरणमा सम्पत्ति विवरणमा उल्लेख छ । उनीसँग २५ लाख नगद एभरेस्ट बैंकमा रहेको र उक्त नगदको स्रोत प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको जनाएका छन् ।

विवरणअनुसार प्रधानमन्त्री दाहालको नाममा कुनै पनि पशु धन, ऋण र सवारीसाधन छैन । तर, उनको पैतृक सम्पत्ति भने २०७३ सालमा प्रधानमन्त्री हुँदाभन्दा बढेको देखिएको छ । त्यसबेला एक कठ्ठा पैतृक सम्पत्ति र तीन तोला सुन रहेको भनिएकोमा यसपटक दाहालले १४ कठ्ठा जमिन र पाँच तोला सुनलाई पैतृक सम्पत्ति भनेका छन् । यहाँ प्रधानमन्त्री दाहालको सम्पत्तिमाथि प्रश्न उठ्ने देखिएको छ । 

दाहाल सरकारमा उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका रघुवीर महासेठ सर्वाधिक धनी मन्त्री देखिएका छन् । तर, अधिकांश सम्पत्ति श्रीमतीसमेत रहेकी सांसद जुलीकुमारी महतोको नाममा देखाएका छन् । महतोको नाममा जनकपुरमा ४२ सय वर्गमिटर जग्गामा घर, ललितपुरमा दुई रोपनी १३ आना जग्गा र घर, धनुषामा सात बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा एक रोपनी सात आना जग्गा रहेको छ । मन्त्री महासेठको नाममा धनुषामा एक बिघा बढी जग्गा रहेको छ ।

उनीसँग दुई करोड २५ लाख रुपैयाँ बराबर नगद, ४३ तोला सुन, १.५ किलो चाँदी आफूसँग रहेको मन्त्री महासेठको सम्पत्ति विवरणमा उल्लेख छ । यससँगै पत्नी महतोको नाममा विभिन्न कम्पनीको तीन करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

दाहाल सरकारकै अर्का उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पनि धनी मन्त्री देखिएका छन् । तर, उनले पनि धेरै सम्पत्ति श्रीमती नीकिताको नाममा रहेको उल्लेख गरेका छन् । लामिछानेले आफ्नो नाममा भने नेपाल बैंक लिमिटेडमा एक लाख पाँच हजार र ग्लोबल आइएमई बैंकमा पाँच हजार रुपैयाँ र भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको उल्लेख गरेका छन् । 

नीकिताको नाममा बूढानीलकण्ठ–८ मा पाँच आना जग्गामा तीन करोड ७५ लाख रुपैयाँमा घर किनेको, घर किन्दा बैंकबाट लिएको दुई करोड ५० लाख रुपैयाँमध्ये अब एक करोड ५० करोड रुपैयाँ तिर्न बाँकी रहेको, नीकितासँग ८० तोला सुन रहेको, करिब २० किलो चाँदी रहेको, गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको १० रोपनी आठ आना जग्गाको २५ प्रतिशत सेयर रहेको, टाटा नेक्सनको विद्युतीय कार रहेको, नारी टेलिभिजन र गोपीकृष्ण कामाक्ष मिडिया कम्पनी रहेको र नारी टेलिभिजनको हालको मूल्य तीन करोड रुपैयाँ तथा कामाक्ष मिडियाको हालको मूल्य एक करोड रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ । 

अर्का उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो बैंक खातामा एक लाख २२ हजार ९१८ रुपैयाँ रहेको खुलाएका छन् । पैतृक सम्पत्ति भने पार्टीलाई हस्तान्तरणको प्रक्रियामा रहेको बताएका छन् । उनका अनुसार गृहजिल्ला गोरखाको सिरानचोक गाउँपालिका–८ मा उनको नाममा तीन कित्ता जग्गा छ । करिब ४० रोपनी जग्गा भएको र उक्त जग्गा पैतृकरुपमा प्राप्त भएको, प्रधानमन्त्री दाहालले चढ्न दिएको एउटा महिन्द्रा गाडी रहेको उल्लेख गरेका छन् । 

अर्थमन्त्री वर्षमान पुनले एनएमबि बैंकमा ३३ लाख ७० हजार ६१८ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेका छन् । गृहजिल्ला रोल्पा नगरपालिका–७ माडीचौरमा ८२० वर्गमिटर पैतृक सम्पत्ति रहेको, एक थान हलुका सवारीसाधन रहेको पनि सम्पत्ति विवरणमा राखेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको सम्पत्ति विवरणमा राष्ट्रिय वाणिज्य बैंकमा सात लाख ५० हजार रुपैयाँ मौज्दात छ । चल सम्पत्तिमा १३ लाख नगद छ । जन्मथलो नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ मा १२ रोपनी आठ आना तीन पैसा एक दाम जग्गा पैतृक सम्पत्ति रहेको भनिएको छ । उनीसँग छ तोला सुन र करिब आठ तोला चाँदी रहेको पनि उल्लेख छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले आफ्नो र परिवारको नाममा तीन वटा घर भएको सम्पत्ति विवरण बुझाएका छन् । आफ्नो नाममा बझाङ जयपृथ्वी नगरपालिका–७ मा दुई रोपनी क्षेत्रफलमा बनेको घर रहेको, जयराज जोशीको नाममा बझाङमै दुई रोपनी क्षेत्रफलमा बनेको पैतृक घर रहेको र काठमाडौं कीर्तिपुरमा जयलक्ष्मीदेवी जोशीको नाममा एउटा घर रहेको जनाएका छन् । बझाङमै जयराज जोशीको नाममा जग्गा, काठमाडौंको चन्द्रागिरिमा चार आना दुई दाम निर्मलाकुमारी कोइरालाको नाममा जग्गा रहेको र चार तोला सुन भएको जनाएका छन् । जुन बिहेमा दाइजो पाएको भनिएको छ । उनीसँग ६० तोला चाँदी रहेको र बैंकमा एक लाख रुपैयाँ मौज्दात भएको तथा ४३ लाख रुपैयाँ ऋण भएको उल्लेख गरिएको छ । 

श्रम, रोजगार तथा सुरक्षामन्त्री डोलेन्द्रप्रसाद अर्याल पनि धनी मन्त्रीकै सूचीमा देखिएका छन् । उनको धादिङ, काठमाडौं, लमजुङ र भक्तपुरका १२ स्थानमा जग्गा, काठमाडौंमा घर, सुन, बैंक खातामा बचत रहेको उल्लेख छ । १२ ठाउँको जग्गाको मूल्य पाँच करोड रुपैयाँबराबर रहेको, २८ लाख बराबरको सम्पत्ति रहेको र ती सम्पत्तिको स्रोत निजी कमाई र व्यापार भएको उल्लेख गरेका छन् । यसबाहेक उनीसँग सुन १५० तोला, चाँदी १०० तोला र हिरा १० तोला रहेको उल्लेख छ । पाँच बैंक र एक सहकारीमा अर्याल र श्रीमती अम्बिका केसीका नाममा दुई करोड १८ लाख रकम देखाएका छन् ।

उनीहरूका नाममा ६७ हजार कित्ता सेयर रहेको, एक करोड २५ लाख ४३ हजार रुपैयाँमा किनेको प्राडो कार रहेको, स्वयम्भू स्टार ब्याङ्क्वेट, सुमिरे ट्राभल्स एण्ड टुर्स प्रालि, इजी लिंक र एपिए ह्याण्डीक्राफ्ट रहेको जनाएका छन् ।कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले तलबबाहेक अधिकांश सम्पत्ति श्रीमान्को नाममा रहेको देखाएकी छन् । बाराको कलैया उपमहानगरपालिकामा पैतृक जग्गा र जितपुर सिमरा उपमहानगरपालिका–१६ मा पनि पैतृक जग्गा रहेको उल्लेख गरेकी छन् । श्रीमान् अमृत शर्मा बजगाईंको जितपुर सिमरामा–५० कठ्ठा पुख्र्यौली सम्पत्ति भएको, सर्लाहीमा ५० लाखमा खरिद गरेको पैतृक जग्गा रहेको भनिएको छ । मन्त्री साहको सुन १० तोला, चाँदी २५ तोला पुख्र्यौली नै भएको, बैंकमा उनको ३० हजार रुपैयाँ तलब र आफैंले श्रीमान्को खातामा हालेको १० हजार रुपैयाँ मात्रै रहेको विवरणमा रहेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको बैंक खातामा भने डेढ करोड रुपैयाँ रहेको पाइएको छ । एनआइसी एसिया बैंकको खातामा एक करोड १५ लाख रुपैयाँ र एभरेस्ट बैंकमा ३७ लाख रुपैयाँ रहेको उनले खुलाएकी छन् । उक्त रकमको स्रोत पारिश्रमिक भनेकी छन् । श्रीमान् पोल्याण्डका नागरिक पावल स्वविन्स्कीको नाममा एक विदेशी बैंकमा एक लाख ८९ हजार ७०० डलर रहेको र जसलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्दा दुई करोड ४१ लाख रुपैयाँ रहेको भनिएको छ । पोल्यान्डकै मुद्रा एक लाख ८० हजार अर्थात् नेपाली ६१ लाख ३२ हजार रहेको पनि जनाएकी छन् । यसबाहेक शिक्षामन्त्री श्रेष्ठसँग काभ्रेको रियालेमा आठ रोपनी छ आना तीन पैसा जग्गा रहेको उल्लेख छ ।बिहेमा उपहार पाएको १० तोला र हजुरआमाको शेषपछि पाएको एक तोला गरी ११ तोला सुन, विवाहमा उपहार पाएको १०० तोला चाँदी, विवाहमा उपहार पाएको हिराको सेट र हजुरआमाको शेषपछि पाएको हिराको टप रहेको विवरण सार्वजनिक गरेकी छन् । उनीसँग विद्युतीय गाडीसमेत छ ।

वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले १२ बोरको राइफल बन्दुक, नौ वटा घर, १५ ठाउँमा जग्गा, ५६ तोला सुन र ६५० ग्राम चाँदी रहेको उल्लेख गरेका छन् । यो सबै विवाह गर्दा ससुराली र बुबा आमाबाट उपहारस्वरुप प्राप्त भएको विवरणमा उल्लेख छ । सुमित कुमारसँग ३५ तोला सुन, माधवी भारतीसँग २२ तोला सुन, शालिनी देवीसँग १७ तोला र मञ्जु साहसँग २८ तोला सुन रहेको उल्लेख गरिएको छ । उनीहरू मन्त्री सुडीका परिवारका सदस्य हुन् । यससँगै बैंकमा ४० लाख नगद र जानकी फन पार्र्कमा मञ्जु साहको नाममा एक करोड २५ लाख रुपैयाँको सेयर रहेको विवरण छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको सम्पत्ति भने श्रीमान् कृष्णध्वज खड्काको नाममा कीर्तिपुरमा छ अना एक पैसा एक दामको साढे दुईतले घर, छ तोला सुन, दुई तोला चाँदी, राष्ट्रिय वाणिज्य बैंकमा एक लाख ५० हजार, एभरेस्ट बैंकमा २८ हजार, क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रुपैयाँ बचत र ३६ लाख रुपैयाँबराबरको हुन्डाइ कार रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । साथै, राष्ट्रिय वाणिज्य बैंकबाट ६५ लाख रुपौयँ ऋण लिइएको भनिएको छ । सम्पत्तिको स्रोत भने तलब र श्रीमान्को पैतृक सम्पत्ति भनेकी छन् । 

सहरी विकासमन्त्री धनबहादुर बुढाको काठमाडौंसहित सातवटा घर, १५० तोला सुन र ३०० तोला चाँदी रहेको पाइएको छ । उक्त सुनचाँदीको स्रोत पनि उनले पैतृक र व्यापार उल्लेख गरेका छन् । बैंक खातामा १५ लाख र उनकी श्रीमतीको नाममा ४५ लाख छ । उनीसँग एउटा हाइलक्स र एउटा प्राडो गाडी रहेको सम्पत्ति विवरणमा खुलाइएको छ ।युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिका–२४ स्थित इन्द्रचोकमा दुई आना जग्गामा घर र काठमाडौं महानगरपालिका–१३ ताहाचलमा चार आना जग्गामा घर रहेको देखाएका छन् । उनीसँग पैतृक सम्पत्ति र विवाहबाट प्राप्त १५ तोला सुन तथा ५० तोला चाँदी रहेको उल्लेख छ ।

उनको लुम्बिनी विकास बैंकमा ३५ लाख ३० हजार रुपैयाँ, एभरेस्ट बैंकमा ४१८ रुपैयाँ, सिटिजन्स बैंकमा पाँच हजार रुपैयाँ, सिनर्जी को–अपरेटिभ लिमिटेडमा १५ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा चार लाख ९१ हजार ८४६ रुपैयाँ, नबिल बैंकमा चार हजार ८३ रुपैयाँ र सिनर्जी को–अपरेटिभ लिमिटेडमा तीन लाख ४१ हजार रुपैयाँ रहेको खुलाइएको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत रहेका विभिन्न कम्पनीमा आफ्नो नाममा एक करोड नौ लाख ८० हजार ५०९ रुपैयाँ बराबरको १५ हजार ९६ कित्ता सेयर रहेको मन्त्री श्रेष्ठको सम्पत्ति विवरणमा उल्लेख छ । आठ लाख ५० हजारको टोयोटा ल्यान्ड क्रुजर, दुई लाख ४६ हजारको स्कुटर र १९ लाख ७५ हजारको विद्युतीय सवारीसमेत रहेको उनले खुलाएका छन् । 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पर्वतमा पैतृकरुपमा प्राप्त गरेको सात आना जग्गा रहेको, २३ तोला सुन र पारिश्रमिकबाट आएको एक लाख बैंक खातामा रहेको, न्यु ऐरा रेस्टुरेन्ट एण्ड पार्टी प्यालेस पोखरामा ऋण र पैतृक सम्पत्तिबाट ५० लाख लगानी गरेको उल्लेख गरेका छन् । नेपाल बैंकबाट ४० लाख ऋण लिएको पनि सम्पत्ति विवरणमा देखाएका छन् ।महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको काठमाडौंमा झन्डै तीन करोड रुपैयाँको जग्गा–जमिन रहेको पाइएको छ । सुनसरीको दुहबीमा एक बिघा एक धुर जग्गा छ । सुनसरीकै अन्य सात ठाउँमा पनि जग्गा छ । उनीसँग ८५ तोला सुन र २५ किलो चाँदी छ । एभरेस्ट बैंकमा १२ लाख ४१ हजार ८३०, राष्ट्रिय वाणिज्य बैंकमा पाँच लाख ४६ हजार ११९ र नबिल बैंकमा १२ हजार रुपैयाँ नगद मौज्दात रहेको उल्लेख छ । यस्तै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको दुई लाख ४२ हजार १०५ र अन्य कम्पनीहरूमा एक लाख ५० हजार कित्ता सेयर रहेको मन्त्री चौधरीले खुलाएकी छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आफूसँग ३५ लाख रुपैयाँ रहेको बताएका छन् । श्रीमती सत्या पहाडीको नाममा छ लाख रुपैयाँ बराबरको सेयर, पाँच तोला सुन रहेको उल्लेख छ । यसबाहेक जाजरकोटमा बुबाको नाममा, छोरी र श्रीमतीको नाममा जग्गा रहेको बताइएको छ । रक्षामन्त्री हरि उप्रेतीको श्रीमतीको नाममा सर्लाहीमा साढे १५ कट्ठा पुख्र्यौली जग्गा र छोराको नाममा २० कट्ठा जग्गा रहेको खुलाइएको छ । सुन २५ तोला, १६ लाखको गाडी छ भने नगद देखाएका छैनन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले श्रीमती बसुन्धरा पौडेल अधिकारीको नाममा कपिलवस्तु वाणगंगामा पाँच कट्ठा र वुद्धभूमि–५ मा एक बिघा १५ कट्ठा जमिन रहेको देखाएका छन् । चल सम्पत्तिको रूपमा १० तोला सुन रहेको, आफ्नो र श्रीमतीको नाममा विभिन्न बैंकमा रहेको खातामा १५ लाख रुपैयाँ नगद रहेको जनाएका छन् । छोरा मनोजको नाममा भिजन इनर्जीको १५ लाख रुपैयाँ बराबरको १५ हजार कित्ता सेयरसमेत रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीको पाटनमा घर र जग्गा रहेको र कविता भण्डारीको नाममा कञ्चनपुरमा दुई कट्ठा जग्गा रहेको विवरणमा उल्लेख गरेका छन् । छ तोला सुन, एभरेस्ट बैंकमा आठ लाख ६४ हजार ४४६ रुपैयाँ, कविता भण्डारीको नाममा राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल बैंकमा क्रमशः एक हजार र तीन लाख ६३ हजार रुपैयाँ रहेको खुलाएका छन् । खानेपानीमन्त्री राजेन्द्र राईको अधिकांश सम्पत्ति पुख्र्यौली देखिएको छ । राईको धनकुटा पाख्रिबास नगरपालिकामा अंशबाट प्राप्त एउटा घर, पाख्रिबास नगरपालिका–७ मा ३० रोपनी चार आना छ पैसामा चिया बगान र आठ नम्बर वडामा २५ रोपनी जग्गामा चिया बगान रहेको उनले उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन र १० तोला चाँदीसमेत रहेको विवरणमा उल्लेख छ ।
 


प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १०:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक बुधबार, साउन ७, २०८२
‘दिव्य पशुपति अभियान’ सुरु:  पर्यटनमन्त्रीको सहभागितामा वृक्षारोपण
‘दिव्य पशुपति अभियान’ सुरु:  पर्यटनमन्त्रीको सहभागितामा वृक्षारोपण बुधबार, साउन ७, २०८२
गाथामग  चह्रे  पर्व मनाउँदै नेवार समुदाय
गाथामग चह्रे  पर्व मनाउँदै नेवार समुदाय बुधबार, साउन ७, २०८२
केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइँदै
केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइँदै बुधबार, साउन ७, २०८२
पर्यटक तान्दै चौरीखर्क
पर्यटक तान्दै चौरीखर्क बुधबार, साउन ७, २०८२
कुलिङ पिरियड राख्नैपर्ने कांग्रेस नेताहरुको माग, देउवा भने एमालेलाई सघाउने तयारीमा
कुलिङ पिरियड राख्नैपर्ने कांग्रेस नेताहरुको माग, देउवा भने एमालेलाई सघाउने तयारीमा बुधबार, साउन ७, २०८२
भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता
भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता बुधबार, साउन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP