Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • मुद्दैमुद्दाले गाँजेको प्रदेश
मुद्दैमुद्दाले गाँजेको प्रदेश
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं– नेकपा एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मत कार्की बिहीबार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदै गर्दा सर्वोच्च अदालतमा उनको नियुक्ति बदर गर्न मागसहित रिट दायर भयो । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हिक्मतविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीको तर्फबाट अधिवक्ता सुप्रेक्षा जोशीले रिट दायर गरेकी हुन् ।

रिटमा हिक्मतलाई मुख्यमन्त्री बनाउनेगरी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार गरेको सरकार गठनसम्बन्धी आह्वान बदर गर्न माग गरिएको छ । आह्वानअनुसार हिक्मतले सरकार गठनका लागि मुख्यमन्त्रीमा बहुमतसहित गरेको दाबी र सोही आधारमा गरिएको मुख्यमन्त्री नियुक्तिलाई पनि बदर गर्न रिटमा माग भएको छ ।

साथै, हिक्मतलाई मुख्यमन्त्रीको काम कारबाही नगर्न नगराउन र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न अवरोध नगर्न, नगराउनसमेत अन्तरिम आदेश माग भएको छ । रिटको पेसी आजका लागि तोकिएको छ । रिटमा कोशी प्रदेश प्रमुख कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, संकल्प प्रस्तावका प्रस्तावक रेवतीरमण भण्डारी, समर्थकहरू गणेशप्रसाद उप्रेती, किशोरचन्द्र दुलाल र नवनियुक्त मुख्यमन्त्री हिक्मतलाई विपक्षी बनाइएको छ ।

कोशीमा सरकार गठनको विवाद सर्वोच्च आइपुगेको यो पहिलोपटक भने होइन । गत वर्ष हिक्मतले तत्कालीन सभामुख बाबुराम गौतमकोसमेत समर्थन लिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा गरेको दाबीविरुद्ध सर्वोच्चमै रिट दायर गरेका थिए । अन्ततः सर्वोच्चले सरकार गठनको सन्दर्भमा सभामुखको समर्थनलाई असंवैधानिक ठहर गरेको थियो । संविधानको धारा १६८ को उपधारा (३) अनुसार बढी संसद् सदस्य भएको दलका नेताको हैसियतले हिक्मतलाई नै मुख्यमन्त्री बनाउन आदेश पनि जारी गरेको थियो । 

Hardik health

प्रदेशहरूमा सरकार गठनको सन्दर्भमा जे–जे भइरहेका छन्, ती सबै कानुनी प्रश्न उठ्ने खालका हुन् । सदनको नेता, प्रदेश प्रमुखदेखि दलहरूको भूमिका ठीक भएन । प्रदेशलाई प्रयोगशाला बनाउने प्रयास भइरहेको छ ।
डा. चन्द्रकान्त ज्ञवाली
वरिष्ठ अधिवक्ता

सरकार गठनको सन्दर्भमा देशका अन्य प्रदेशमा भएका विवाद पनि सर्वोच्चमै पुगेको छ । गत मंगलबार एमालेका मुख्यमन्त्री खगराज अधिकारीले पाएको भनिएको विश्वासको मतको विषयलाई लिएर कांग्रेस गण्डकी प्रदेशले रिट दायर गरेको थियो । बिहीबार रिटको प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश मनोजकुमार शर्माको इजलासमा पेसी तोकिएको थियो । तर, सुनुवाइ भएन । गण्डकीमा सभामुख कृष्णप्रसाद धितालले पनि सरकार गठनमा बहुमत सिद्ध गर्न आफ्नो निर्णायक मत रहने भन्दै खगराजलाई सदनको विश्वास रहेको घोषणा गरेका थिए ।

यसलाई असंवैधानिक भन्दै कांग्रेस सर्वोच्च पुगेको हो । ६० सदस्यीय प्रदेश संसद्मा अधिकारीको पक्षमा ३० जनामात्रै खुलेपछि अन्ततः सभामुख धितालले आफ्नोसमेत समर्थन गरेको जनाएका थिए । सरकार गठनको सन्दर्भमा सभामुख धितालको गणनालाई कांग्रेसले अस्वीकार गरेको छ । सर्वोच्चबाट कानुनी चुनौती गठबन्धन सरकारलाई दिने भएको छ । 

त्यसअघि २८ चैत २०८० मा अधिकारीकै नेतृत्वमा गण्डकी प्रदेश सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै कांग्रेसका पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको तर्फबाट सम्झना केसीको वारेसमा रिट दायर भयो । रिटमा सभामुख कृष्ण धितालसमेतलाई गणना गरी सरकार गठनको प्रक्रिया अघि बढाइएकाले बदरको माग गरिएको थियो । अधिकारी २५ चैत २०८० मा माओवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । 

सरकार गठनलाई लिएर भएको विवाद सर्वोच्चमा पुगेको सुदूरपश्चिम प्रदेशको पनि हो । मंगलबार सुदूरपश्चिमको सरकार गठनसम्बन्धी विवादलाई न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले पूर्ण इजलासमा पठाउन आदेश गरेको हो । तीन वा त्यसभन्दा बढी न्यायाधीशले सुनुवाइ गर्नुपरे रिटलाई पूर्ण इजलासमा पठाउने गरिन्छ । रिटमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्ति बदर गर्न माग गरिएको छ । रिट निवेदक नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरी हुन् । 

तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न २ वैशाखसम्म समय दिएका थिए । नाउपाका सांसद चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलको नेताको समर्थनसहित १ वैशाखमा दाबी पेस गरेका थिए । 

त्यहीबेला नाउपाकै कैलाश चौधरीले एमाले र माओवादीका संसदीय दलको नेताको समर्थनसहित दाबी पेस गरेका थिए । दुवैको दाबीबारे निर्णय नगरेका प्रदेश प्रमुख नजिर मियाँले ४ गते दुवैको दाबीका आधारमा निष्कर्षमा पुग्न नसकेको भन्दै थप दुई दिन समय दिएका थिए । उक्त समयमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न लगाएको थियो । सोहीअनुसार उनी मुख्यमन्त्री भए । यसविरुद्ध नाउपाकै सांसद लक्ष्मणकिशोर सर्वोच्च पुगेका हुन् । 

संवैधानिक कानुनका जानकार डा. चन्द्रकान्त ज्ञवाली प्रदेश सरकार गठनको विवाद यसरी बारम्बार अदालतमा प्रवेश गर्नुलाई गलत ठान्छन् । प्रदेश प्रमुख, प्रदेश सभामुख र प्रदेश संसद््मा प्रतिनिधित्व गर्ने दलहरूको सत्तामोहसँगै संविधान मिच्न खोज्ने प्रवृत्तिले यस्तो हुने गरेको उनलाई लाग्छ । सरकार गठनको सन्दर्भमा प्रदेशहरूलाई प्रयोगशाला नै बनाएको भन्दै ज्ञवालीले रोष नै प्रकट गरे ।

‘प्रदेशहरूमा सरकार गठनको सन्दर्भमा जे–जे भइरहेका छन्, ती सबै कानुनी प्रश्न उठ्ने खालका हुन्,’ उनले प्रभावसँग भने, ‘यहाँ सदनको नेता, प्रदेशको प्रमुखदेखि दलहरूको भूमिका ठीक हुँदै भएन । प्रदेशलाई प्रयोगशाला बनाउने प्रयास भइरहेको छ ।’सर्वोच्चमा सरकार गठनको विवाद मात्रै प्रवेश पाएको भने छैन । अधिकार क्षेत्रसम्बन्धी विवाद पनि प्रदेशहरूले सर्वोच्चमा पु¥याएका छन् । बागमती प्रदेश सरकारले संविधानतः प्रदेश सरकारको अधिकारमा संघीय सरकारले हस्तक्षेप गरेको भन्दै मुद्दा दायर गरेको छ । सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन २०७९ को दफा १२ को (१) विरुद्ध बागमती सर्वोच्च गएको हो ।

प्रहरी नपाएको भन्दै मधेस प्रदेश सरकारले यसअघि नै संघीय सरकारविरुद्ध सर्वोच्चमै रिट दायर गरेको छ । अघिल्लोपटक पनि मधेस सरकारले संघीय सरकारविरुद्ध पटक–पटक रिट दायर गरेको थियो । यसरी कहिले सरकार गठन त कहिले भने अधिकार क्षेत्रमा हस्तक्षेपलगायत विषयलाई लिएर प्रदेश सरकारहरू लगातार सर्वोच्चमा पुग्ने गरेका छन् ।


 


प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी मंगलबार, साउन १९, २०८३
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग मंगलबार, साउन १९, २०८३
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व मंगलबार, साउन १९, २०८३
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण मंगलबार, साउन १९, २०८३
आकस्मिक बाढीको आज मध्यम जोखिम
आकस्मिक बाढीको आज मध्यम जोखिम मंगलबार, साउन १९, २०८३
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP