Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • जस लिने होडले ‘अलपत्र’ टिआरसी विधेयक 
जस लिने होडले ‘अलपत्र’ टिआरसी विधेयक 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, वैशाख २०, २०८१

काठमाडौं– तत्कालीन विद्रोही नेकपा माओवादी (हाल माओवादी केन्द्र)ले हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा आएको १८ वर्ष हुँदासम्म शान्ति प्रक्रियाका बाँकी कार्यभार अधुरै छ । विश्व समुदायले भने बारम्बार छिटो शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन नेपाल सरकारलाई सुझाउँदै आएको छ ।

गत वर्षको कात्तिक दोस्रो साता नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले समेत नेपालको शान्ति प्रक्रियालाई टुंग्याउन ढिला गर्न नहुने बताएका थिए । त्यसबेला सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल छिटोभन्दा छिटो शान्ति प्रक्रिया टुंगोमा पु¥याउन प्रतिबद्ध रहेको बताएका थिए ।

तर, २ वैशाखमा संसद्को हिउँदे अधिवेशन अन्त्य भएपछि सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी)सम्बन्धी विधेयकमा छलफलसमेत भएको छैन । यस्तो अवस्थाले टिआरसी विधेयक के हुन्छ ? प्रश्न उब्जिएको छ । 

 

Hardik health

ramesh-1714620150.jpg
टिआरसीबारे केही छलफल भएको छैन । सरकारले कुन ढंगले अघि बढ्ने मनस्थिति बनाएको छ, त्यो पनि थाहा छैन । पहिले माओवादी र एमालेको कुरा नमिलेर रोकिएको हो नि ! हामीले त सबै कोसिस गरेका थियौं ।
रमेश लेखक
प्रमुख सचेतक, नेपाली कांग्रेस

उसो त संयुक्त सरकार बनेपछि सार्वजनिक गरिने न्यूनतम साझा कार्यक्रममा पटक–पटक शान्ति प्रक्रिया टुंग्याउने विषय समेटिए । तर, टिआरसी विधेयक संसदीय उपसमितिमै अड्कियो । अब भने विधेयकबारे संसद्को बजेट अधिवेशनमा छलफल गर्न सत्तापक्षीय दलहरू तयार छन् । बजेट अधिवेशन यही २५ गतेपछि बोलाउने सरकारको तयारी छ ।  

गत २० फागुनमा प्रधानमन्त्री दाहाल प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिबाट विधेयक पारित गराउने पक्षमा थिए । जतिबेला नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि विधेयक पारित गर्न तयार थिए । किनभने सत्तारोहणका क्रममा यी दुवै दल थिए । विपक्षमा रहँदासम्म यी दुवै दल टिआरसी विधेयक अल्झाउने शक्ति थिए । 

तर, गठबन्धन भत्किने सुइँको पाएको कांग्रेसले त्यसपछि टिआरसी विधेयकमा हलो अड्काइदियो । जुन हालसम्म पारित भएको छैन । यसअघि एमालेले सरकारले संसद्मा प्रस्तुत गरेको विधेयकमा हेरफेर भएको र व्यक्ति हत्यालाई गम्भीर मानवअधिकार उल्लंघनमा नराखिएको भन्दै आपत्ति जनाएको थियो । संसदीय उपसमितिमा सहमति नजुट्नुको मूल कारण नै त्यही थियो । अहिले त्यसबेलाको प्रतिपक्ष सत्तापक्ष भएको छ । कांग्रेस भने प्रतिपक्षको मोर्चामा पुगेको छ । यहीबीच कांग्रेसले टिआरसीबारे सरकारसँग छलफल गर्नसमेत नचाहेको देखिएको छ ।

‘यसबारे केही छलफल भएको छैन । सरकारले कुन ढंगले अघि बढ्ने मनस्थिति बनाएको छ, त्यो पनि थाहा छैन,’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रभावसँग भने, ‘पहिले माओवादी र एमालेको कुरा नमिलेर रोकिएको हो नि ! हामीले त सबै कोसिस गरेका थियौं ।’द्वन्द्वकालमा घटेका गम्भीर प्रकृतिको मानवअधिकार हननका घटनाका पीडितले न्याय मागिरहेका छन् । घाइते र अपांगता भएकाहरू पनि न्यायको प्रतीक्षामा छन् ।

यद्यपि, पालैपालो कांग्रेस र एमाले प्रतिपक्षमा पुग्नेबित्तिकै टिआरसी विधेयक अड्काउने खेलोमा लागेका छन् । जानकारहरुका अनुसार दलहरु शान्ति प्रक्रिया टुंग्याएको जस आफूले लिने होडमा लाग्दा टिआरसी विधेयक अलपत्र परेको हो । त्यही कारण सत्तामा हुँदा पारित गर्न जोड गर्ने र प्रतिपक्षमा पुग्नेबित्तिकै अड्काउने खेलमा प्रमुख दलहरु सक्रिय छन् ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले टिआरसीबारे बजेट अधिवेशनमै छलफल हुने बताए । आफ्नो पार्टी अहिले पनि कानुन पीडितमैत्री हुनुपर्ने अडानमा दायाँबायाँ नभएको उल्लेख गर्दै उनले भने, ‘पीडितले न्याय पाउने सुनिश्चित गर्छौं । त्यसलाई सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा रहेर यो विषय टुंगो लगाउने वातावरण तयार पार्छौं ।’

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा भने पदाधिकारी रिक्त छ । अझैसम्म पदाधिकारी सिफारिस भएको छैन । सर्वोच्च अदालतले गत २९ फागुनमा भने एक महिनाभित्र दुवै आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको थियो । यसपछि सरकारले ३० चैतमा पदाधिकारी सिफारिस समिति बनायो । उक्त समितिले अहिले काम गरिरहेको छ । दुवै समितिमा पदाधिकारी सिफारिस गर्नेगरी पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमतामा समिति बनेको हो । उक्त सिफारिस समितिको सदस्यमा सर्वोच्चकै पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा. अर्जुनकुमार कार्की र स्टेला तामाङ छन् ।

mahesh-1714620150.jpg
पीडितले न्याय पाउने सुनिश्चित गर्छौं । त्यसलाई सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा रहेर यो विषय टुंगो लगाउने वातावरण तयार पार्छौं ।
महेश बर्तौला
प्रमुख सचेतक, नेकपा एमाले

 

५ मंसिर २०६३ मा सरकार र तत्कालीन विद्रोही माओवादीबीच भएको बृहत् शान्ति सम्झौताको आठ वर्षपछि २०७१ सालमा संक्रमणकालीन न्याय निरुपण गर्न पहिलोपटक सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन गरिएको थियो । संसद् सचिवालयका पूर्वमहासचिव सूर्यकिरण गुरुङको अध्यक्षतामा गठन भएको आयोगले राम्ररी काम अघि नबढाउँदै म्याद सकियो । उनीपछि गणेशदत्त भट्टको अध्यक्षतामा बनेको आयोगले पनि काम पूरा गर्न सकेन ।  सत्यनिरुपण तथा मेलमिलाप आयोगमा ६३ हजारभन्दा बढी र बेपत्ता आयोगका ३३ हजार उजुरी परेका छन् । 

आयोग पदाधिकारीविहीन भएको लामो समय भइसकेको छ । आयोगका उपसचिव वेदनिधि अधिकारीका अनुसार, ६३ हजार ७१२ उजुरीको प्रारम्भिक छानबिनबाहेक अरू काम अघि बढ्न सकेको छैन । ‘पदाधिकारी नहुँदा आयोगको उद्देश्यअनुसार काम हुन सकेको छैन । अहिले कर्मचारीले गर्न सक्ने काम छैन । अफिस चल्ने काममात्र भएको छ,’ उपसचिव अधिकारीले भने ।

यतिबेला भने आयोगको अध्यक्षमा आकांक्षीहरू दौडधुपमा छन् । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गरी दुईवटा आयोगका अध्यक्षका लागि मानवअधिकार आयोगका पूर्वसदस्य गौरी प्रधान र सुशील प्याकुरेल, पूर्वन्यायाधीश प्रकाश वस्ती, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वमन्त्री गोविन्द बन्दीलगायतको नाम चर्चामा छ ।
 


प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी मंगलबार, साउन १९, २०८३
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग मंगलबार, साउन १९, २०८३
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व मंगलबार, साउन १९, २०८३
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण मंगलबार, साउन १९, २०८३
आकस्मिक बाढीको आज मध्यम जोखिम
आकस्मिक बाढीको आज मध्यम जोखिम मंगलबार, साउन १९, २०८३
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP