Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • कतारी राजा आज नेपाल आउँदै
कतारी राजा आज नेपाल आउँदै
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, वैशाख ११, २०८१

काठमाडौं– कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि आज नेपाल आउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । कतारी अमिरको पहिलोपटक नेपाल भ्रमण हुन लागेको हो । आधा दर्जनभन्दा बढी मन्त्री पनि लिएर दुईवटा निजी जहाजमार्फत उनी नेपाल आउने जानकारी दिइएको छ ।

उनलाई राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गर्ने भएका छन् । त्यहीबेला त्रिभुवन विमानस्थलकै अति विशिष्ट कक्षमा २१ तोपको सलामी अर्पण गरिने भएको छ । उनको सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको हो ।नेपाल भ्रमणका क्रममा उनीसँग विभिन्न मन्त्रालयका पाँचवटा परियोजनामा सम्झौता हुने भएको छ । शिक्षा, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उर्जा मन्त्रालयअन्तर्गत सम्झौता गर्नेगरी योजना तयार पारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सोमबार अन्य योजनाहरूमाथि मन्त्रालयमा अबेरसम्म छलफल भएको थियो । तर, नेपालले लगेका एक दर्जनभन्दा बढी प्रस्तावका सर्त कतारी पक्षले स्वीकार नगर्दा पहिले नै टुंगो लागेका सम्झौतामा मात्र हस्ताक्षर हुने भएको छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा रात्रिभोज दिने छन् । अमिर शेखले राष्ट्रपति पौडैल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने छन् । प्रधानमन्त्री दाहालसँग बुधबार द्विपक्षीय वार्ता हुने कार्यतालिका छ । सोही दिन उनले शेखको सम्मानमा दिवाभोज दिने छन् ।

भ्रमण टोलीमा ७० जनाभन्दा बढी हुने जनाइएको छ । विशेष विमानबाट कतारी राजा अवतरण गर्दा कम्तीमा आधा घण्टा विमानस्थल बन्द हुने छ । उनको भ्रमणअघि नै ५० भन्दा बढी कतारका प्रतिनिधि काठमाडौं आइसकेका छन् । अमिर एसियाली देश बंगलादेशदेखि नेपाल आउन लागेका हुन् । आइतबार उनी दोहाबाट फिलिपिन्स गएका थिए । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार नेपाली श्रमिक रहेको कतारसँग नेपालको आर्थिक सहयोगका मुद्दाहरूमा पनि सहकार्य अघि बढाउने कोसिस हुने छ । 

Hardik health

उनलाई त्यस अवसरमा दुईवटा हात्ती उपहार दिइने भएको छ । ‘कन्जर्भेसन कूटनीति’अनुसार प्रधानमन्त्री दाहालले नेपालको तर्फबाट दुईवटा हात्ती दिने भएका हुन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव शरद अधिकारीले सरकारले गर्ने दुई हात्ती हस्तान्तरणमा कोषले प्राविधिक सहयोग गर्ने बताए ।नेपाल र कतारबीच २१ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसको २० वर्षपछि सन् १९९८ मा नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कतारको भ्रमण गरेका थिए । पछिल्लोपटक सन् २०१८ अक्टोबर ३० देखि नोभेम्बर २ सम्म तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले कतारको राजकीय भ्रमण गरेकी थिइन् । उनीभन्दा अघि २०११ अक्टोबर १० मा तत्कालीन राष्ट्रपति रामवरण यादव र २०१९ अप्रिलमा तत्कालीन सभामुख कृष्णबहादुर महराले कतारको भ्रमण गरेका थिए । त्यसअघि सन् २००५ मा जी–७७ को दोस्रो शिखर सम्मेलनमा सहभागिताका क्रममा तत्कालीन राजा ज्ञानेन्द्र शाह दम्पती र सन् १९९९ मा तत्कालीन राजा वीरेन्द्रले कतारको निजी भ्रमण गरेका थिए । 

कतारका सरकार प्रमुखबाट भने नेपाल भ्रमण निकै कम भएको छ । सन् २०१५ अप्रिलमा श्रम तथा सामाजिक मामिलामन्त्री अब्दुल्लाह बिन सालेह मुबारक अल खुलाइफी, सन् २०१२ अप्रिलमा वातावरणमन्त्री अब्दुल्लाह बिन मुबारक बिन अबाउद अल मिधादी र सन् २००९ मा परराष्ट्रमन्त्री शेख हमाद बिन जसिम बिन जबर अल थानीले नेपाल भ्रमण गरेका थिए ।कतार नेपाली श्रमिकको प्रमुख गन्तव्यमध्येको एक श्रम गन्तव्य मुलुक हो । हाल त्यहाँ साढे तीन लाख नेपाली कार्यरत रहेको सरकारी तथ्यांक छ ।४३ वर्षीय अमिर नेपालको दीर्घकालीन विकासमा बृहत्तर योगदान गर्न सकारात्मक बन्ने अपेक्षा सरकारको छ । कतारका लागि नेपालका पूर्वराजदूत सूर्यनाथ मिश्रले नेपाल र कतारबीच वैदेशिक रोजगारको सीमित सम्बन्धबाट फराकिलो हुन जरुरी रहेको र अन्य लगानीका क्षेत्र र व्यापारमा पनि जोड दिन आवश्यक रहेको बताइसकेका छन् । 

यससँगै कतारमा कृषियोग्य जमिन पर्याप्त नभएकाले कतारी कम्पनी हसाद फुड कर्पोरेसनले नेपाली जमिन भाडामा लिएर कृषि, फलफूल तथा पशुपालनमा लगानी गराउनेबारे पनि सम्झौता गर्न सकिने मिश्र बताउँछन् । उनका अनुसार नेपाली कामदारको २४ घण्टे बिमा गराउनेबारे पनि अमिर आएको बेला सम्झौता गर्नुपर्ने छ । खाडी देश कतार मध्यपूर्वको महŒवपूर्ण शक्ति राष्ट्रका रूपमा देखापरेको छ । पछिल्लो समय खाडी क्षेत्रका देशहरूबीच मध्यस्थता र शक्ति सन्तुलनमा पनि कतारको भूमिका उल्लेख्य छ ।
 


प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी मंगलबार, साउन १९, २०८३
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग मंगलबार, साउन १९, २०८३
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व मंगलबार, साउन १९, २०८३
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण मंगलबार, साउन १९, २०८३
आकस्मिक बाढीको आज मध्यम जोखिम
आकस्मिक बाढीको आज मध्यम जोखिम मंगलबार, साउन १९, २०८३
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP