Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • गीतमार्फत भोट तान्ने होड
इलाम–२ मा चुनावी सरगर्मी गीतमार्फत भोट तान्ने होड
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, वैशाख ६, २०८१

काठमाडौं– इलाम क्षेत्र नं. २ को माहोल यतिबेला निर्वाचनमय छ । यही १५ वैशाखमा हुने उपनिर्वाचनका लागि दलका उम्मेदवारदेखि स्वतन्त्र उम्मेदवारसम्म मतदातासँग मत माग्न व्यस्त छन् । उनीहरुले मतदातालाई आकर्षित गर्न विभिन्न शैली अपनाएका छन् । जसमा अधिकांशले गीतलाई प्रयोग गरेको देखिन्छ । 

पहिचान पक्षधर साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमको चुनावी प्रचार शैली अलिक भिन्न र रोचक छ । उनको चुनावी प्रचारको माहोल सांगीतिक छ । चुनावी कार्यक्रमहरूमा गीत घन्किन्छन् । मतदाताहरू झुम्मिएर नाच्छन् । सांगीतिक माहोल बनाएर डकेन्द्र मतदातासँग भोट माग्छन् । गीत गाउनेचाहिँ छोरा एकदेव र छोरी सुनिता हुन् । देशको राष्ट्रिय झण्डा ओढेर उनीहरू बुबा डकेन्द्रका लागि मत मागिरहेका देखिन्छन् ।

सुनिताले चुनावी कार्यक्रममा अधिक गाउने गीत ‘बिनायो कङकङ’ हो । अनि, ‘कालो चेस्मा रेलिमाई’ गीत पनि चुनावी प्रचारमा सुनिन्छ । सुनिताका यी दुवै गीत पछिल्ला दुई वर्षमा अधिक रुचाइएका हुन्  ।दाजु एकदेव पनि बुबा डकेन्द्रको चुनावी प्रचारमा आफ्ना चर्चित गीत गाइरहेका देखिन्छन् । ‘चल्यै हावा मनै सिरिरी मनै उडाउन’लगायत गीतहरू गाउँछन् । झट्ट हेर्दा सानोतिनो कन्सर्ट आयोजना गरेर भोट माग्ने काम भइरहेको छ ।

Hardik health

जसले गर्दा डकेन्द्रका चुनावी कार्यक्रममा मानिसहरूको भीडभाड देखिन्छ । पहिचान पक्षधर राजनीतिक दल र सामाजिक संघसंस्थाका ४१ वटा घटकको समर्थन पाएका डकेन्द्र पूर्वशिक्षक हुन् । उनलाई किरात धर्मगुरु आत्मनन्द लिङ्देनको नैतिक समर्थन रहेको बताइन्छ । प्रदेशको नाम कोशीलाई लिएर आन्दोलित भएको प्रदेश भएकोले पहिचान पक्षधर सबै शक्तिका साझा उम्मेदवार बनेको दाबी उनी पक्षको छ । अर्कातिर गायक गायिका छोराछोरीले चुनावमा मतदाता झुम्मिने माहोल बनाइरहेका छन् । केही दिनअघि मात्रै डकेन्द्रले प्रभावसँगको संक्षिप्त कुराकानीमा भनेका थिए, ‘चुनाव जित्न अप्ठ्यारो छँदै छैन । जता गयो त्यतै जनताका हाम्रा पछि छन् ।’

डकेन्द्रसँगै सांगीतिक माहोल बनाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले पनि मत मागिरहेका छन् । पार्टी सहप्रवक्ता रमेश प्रसाईंले उनको चुनावी गीत गाएका छन् । ‘रिंकेबुङको राँगोले’ भन्ने लयमा प्रसाईंले गाएका गीत इलाम–२ को चुनावी प्रचार अभियानमा गुञ्जिरहेको छ । उम्मेदवार लिम्बूका अनुसार गीत मतदातालाई अल्मल्याउने, रमझम गराउने सबैभन्दा प्रभावकारी विधि हो । गीतको माध्यमबाट चुनावी एजेण्डा मतदातालाई बुझाउन निकै सहज भएको अनुभव मिलनको छ ।

‘हामीले आफ्नो चुनावी एजेण्डा राख्दा मतदाताको गम्भीर चासो रहँदैन,’ उनले भने, ‘तर, जब गीतमार्फत भनिन्छ, रोमाञ्चक वातावरणमा सहजै सम्झना हुनेगरी थाहा पाउँछन् ।’चुनावमा मुख्य शक्ति भनिएको नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले पनि गीतमार्फत भोट मागिरहेका छन् । उनका नातामा काकी भूमिका नेम्बाङ एमालेनिकट राष्ट्रिय जनसांस्कृतिक महासंघका कोषाध्यक्ष हुन् । महासंघकै कलाकारहरूले सुहाङलाई जिताउन विभिन्न गीत तयार गरेका छन् । सुहाङका चुनावी कार्यक्रमहरूमा उनका एजेण्डा उल्लिखित गीतहरू बच्न थालेका छन् । यहीबीच पार्टीका अध्यक्ष केपी शर्मा ओली बुधबार इलामको देउमाई नगरपालिका पुगे । युवा उम्मेदवार भन्दै सुहाङलाई जिताएर संसद् पठाउन आग्रह गरे । 

नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का, नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)का उम्मेदवार लक्ष्मी गुरुङ पनि सांगीतिक माहोलमै भोट मागिरहेका छन् । अन्य उम्मेदवारहरूको पनि प्रचार शैली त्यस्तै छ । चुनावको प्रचार समय भने अब एक साता बाँकी छ । मतदानको मिति १५ वैशाखलाई तय गरिएको छ । यसलाई ध्यानमा राख्दै आयोजित चुनावी कार्यक्रमले ‘मिनी कन्सर्ट’कै झल्को दिइरहेको उक्त निर्वाचन क्षेत्रका स्थानीय बताउँछन् । इलाम–२ मा राजनीतिक दल र स्वतन्त्र गरी १९ जना चुनावी मैदानमा छन् ।
 
ठूला नेताबाट भोट मगाउने होड
उत्तरी नाका ओलाङचुङगोला पुगेर फर्किएपछि एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार सीधै देउमाई नगरपालिका गए । जहाँ सुहाङको चुनावी कार्यक्रम थियो । त्यहाँ पुगेर ओलीले सुहाङलाई नजिताए पाप लाग्ने र त्यसले पिराउने बताए । ओलीभन्दा अघि कांग्रेसका नेता डा. शेखर कोइराला इलाम गएका थिए । उनले किरात धर्मगुरु आत्मनन्द लिङ्देनसँग भेटेर सहयोग गरिदिन आग्रह गरेका थिए । 

रास्वपाबाट पनि त्यहाँ पार्टी सभापति तथा गृहमन्त्री रवि लामिछाने, श्रममन्त्री तथा उपसभापति डोलप्रसाद अर्याल आफ्ना उम्मेदवार लिम्बूलाई मत माग्न इलाम पुगे । राप्रपा उम्मेदवार गुरुङका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत चुनावी क्षेत्रमा पुगे । यसरी ठूला नेताहरुको उपस्थितिमा चुनावी माहोल बनाउन उम्मेदवारहरु केन्द्रित भएको देखिएको छ । नतिजा कसको पक्षमा जान्छ, त्यो भने प्रतीक्षा गर्नैपर्छ ।
 


प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी मंगलबार, साउन १९, २०८३
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग मंगलबार, साउन १९, २०८३
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व मंगलबार, साउन १९, २०८३
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण मंगलबार, साउन १९, २०८३
आकस्मिक बाढीको आज मध्यम जोखिम
आकस्मिक बाढीको आज मध्यम जोखिम मंगलबार, साउन १९, २०८३
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP