Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेप्से परिसूचक
Search Here
समाचार
  • Home
  • समाचार
  • गीतमार्फत भोट तान्ने होड
इलाम–२ मा चुनावी सरगर्मी गीतमार्फत भोट तान्ने होड
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, वैशाख ६, २०८१

काठमाडौं– इलाम क्षेत्र नं. २ को माहोल यतिबेला निर्वाचनमय छ । यही १५ वैशाखमा हुने उपनिर्वाचनका लागि दलका उम्मेदवारदेखि स्वतन्त्र उम्मेदवारसम्म मतदातासँग मत माग्न व्यस्त छन् । उनीहरुले मतदातालाई आकर्षित गर्न विभिन्न शैली अपनाएका छन् । जसमा अधिकांशले गीतलाई प्रयोग गरेको देखिन्छ । 

पहिचान पक्षधर साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमको चुनावी प्रचार शैली अलिक भिन्न र रोचक छ । उनको चुनावी प्रचारको माहोल सांगीतिक छ । चुनावी कार्यक्रमहरूमा गीत घन्किन्छन् । मतदाताहरू झुम्मिएर नाच्छन् । सांगीतिक माहोल बनाएर डकेन्द्र मतदातासँग भोट माग्छन् । गीत गाउनेचाहिँ छोरा एकदेव र छोरी सुनिता हुन् । देशको राष्ट्रिय झण्डा ओढेर उनीहरू बुबा डकेन्द्रका लागि मत मागिरहेका देखिन्छन् ।

सुनिताले चुनावी कार्यक्रममा अधिक गाउने गीत ‘बिनायो कङकङ’ हो । अनि, ‘कालो चेस्मा रेलिमाई’ गीत पनि चुनावी प्रचारमा सुनिन्छ । सुनिताका यी दुवै गीत पछिल्ला दुई वर्षमा अधिक रुचाइएका हुन्  ।दाजु एकदेव पनि बुबा डकेन्द्रको चुनावी प्रचारमा आफ्ना चर्चित गीत गाइरहेका देखिन्छन् । ‘चल्यै हावा मनै सिरिरी मनै उडाउन’लगायत गीतहरू गाउँछन् । झट्ट हेर्दा सानोतिनो कन्सर्ट आयोजना गरेर भोट माग्ने काम भइरहेको छ ।

Hardik health

जसले गर्दा डकेन्द्रका चुनावी कार्यक्रममा मानिसहरूको भीडभाड देखिन्छ । पहिचान पक्षधर राजनीतिक दल र सामाजिक संघसंस्थाका ४१ वटा घटकको समर्थन पाएका डकेन्द्र पूर्वशिक्षक हुन् । उनलाई किरात धर्मगुरु आत्मनन्द लिङ्देनको नैतिक समर्थन रहेको बताइन्छ । प्रदेशको नाम कोशीलाई लिएर आन्दोलित भएको प्रदेश भएकोले पहिचान पक्षधर सबै शक्तिका साझा उम्मेदवार बनेको दाबी उनी पक्षको छ । अर्कातिर गायक गायिका छोराछोरीले चुनावमा मतदाता झुम्मिने माहोल बनाइरहेका छन् । केही दिनअघि मात्रै डकेन्द्रले प्रभावसँगको संक्षिप्त कुराकानीमा भनेका थिए, ‘चुनाव जित्न अप्ठ्यारो छँदै छैन । जता गयो त्यतै जनताका हाम्रा पछि छन् ।’

डकेन्द्रसँगै सांगीतिक माहोल बनाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले पनि मत मागिरहेका छन् । पार्टी सहप्रवक्ता रमेश प्रसाईंले उनको चुनावी गीत गाएका छन् । ‘रिंकेबुङको राँगोले’ भन्ने लयमा प्रसाईंले गाएका गीत इलाम–२ को चुनावी प्रचार अभियानमा गुञ्जिरहेको छ । उम्मेदवार लिम्बूका अनुसार गीत मतदातालाई अल्मल्याउने, रमझम गराउने सबैभन्दा प्रभावकारी विधि हो । गीतको माध्यमबाट चुनावी एजेण्डा मतदातालाई बुझाउन निकै सहज भएको अनुभव मिलनको छ ।

‘हामीले आफ्नो चुनावी एजेण्डा राख्दा मतदाताको गम्भीर चासो रहँदैन,’ उनले भने, ‘तर, जब गीतमार्फत भनिन्छ, रोमाञ्चक वातावरणमा सहजै सम्झना हुनेगरी थाहा पाउँछन् ।’चुनावमा मुख्य शक्ति भनिएको नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले पनि गीतमार्फत भोट मागिरहेका छन् । उनका नातामा काकी भूमिका नेम्बाङ एमालेनिकट राष्ट्रिय जनसांस्कृतिक महासंघका कोषाध्यक्ष हुन् । महासंघकै कलाकारहरूले सुहाङलाई जिताउन विभिन्न गीत तयार गरेका छन् । सुहाङका चुनावी कार्यक्रमहरूमा उनका एजेण्डा उल्लिखित गीतहरू बच्न थालेका छन् । यहीबीच पार्टीका अध्यक्ष केपी शर्मा ओली बुधबार इलामको देउमाई नगरपालिका पुगे । युवा उम्मेदवार भन्दै सुहाङलाई जिताएर संसद् पठाउन आग्रह गरे । 

नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का, नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)का उम्मेदवार लक्ष्मी गुरुङ पनि सांगीतिक माहोलमै भोट मागिरहेका छन् । अन्य उम्मेदवारहरूको पनि प्रचार शैली त्यस्तै छ । चुनावको प्रचार समय भने अब एक साता बाँकी छ । मतदानको मिति १५ वैशाखलाई तय गरिएको छ । यसलाई ध्यानमा राख्दै आयोजित चुनावी कार्यक्रमले ‘मिनी कन्सर्ट’कै झल्को दिइरहेको उक्त निर्वाचन क्षेत्रका स्थानीय बताउँछन् । इलाम–२ मा राजनीतिक दल र स्वतन्त्र गरी १९ जना चुनावी मैदानमा छन् ।
 
ठूला नेताबाट भोट मगाउने होड
उत्तरी नाका ओलाङचुङगोला पुगेर फर्किएपछि एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार सीधै देउमाई नगरपालिका गए । जहाँ सुहाङको चुनावी कार्यक्रम थियो । त्यहाँ पुगेर ओलीले सुहाङलाई नजिताए पाप लाग्ने र त्यसले पिराउने बताए । ओलीभन्दा अघि कांग्रेसका नेता डा. शेखर कोइराला इलाम गएका थिए । उनले किरात धर्मगुरु आत्मनन्द लिङ्देनसँग भेटेर सहयोग गरिदिन आग्रह गरेका थिए । 

रास्वपाबाट पनि त्यहाँ पार्टी सभापति तथा गृहमन्त्री रवि लामिछाने, श्रममन्त्री तथा उपसभापति डोलप्रसाद अर्याल आफ्ना उम्मेदवार लिम्बूलाई मत माग्न इलाम पुगे । राप्रपा उम्मेदवार गुरुङका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत चुनावी क्षेत्रमा पुगे । यसरी ठूला नेताहरुको उपस्थितिमा चुनावी माहोल बनाउन उम्मेदवारहरु केन्द्रित भएको देखिएको छ । नतिजा कसको पक्षमा जान्छ, त्यो भने प्रतीक्षा गर्नैपर्छ ।
 


प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बोलेरो दुर्घटनामा ज्यान गुमाउने ३ जनाको अझै भएन सनाखत
बोलेरो दुर्घटनामा ज्यान गुमाउने ३ जनाको अझै भएन सनाखत शुक्रबार, कात्तिक ७, २०८२
कुनै पार्टीमा आबद्ध हुन छलफल नभएको मन्त्री कुलमान घिसिङको स्पष्टी
कुनै पार्टीमा आबद्ध हुन छलफल नभएको मन्त्री कुलमान घिसिङको स्पष्टी शुक्रबार, कात्तिक ७, २०८२
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री सोमबार, कात्तिक ३, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान सोमबार, कात्तिक ३, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
गर्भवतीको समयमै हवाई उद्धार हुँदा 
गर्भवतीको समयमै हवाई उद्धार हुँदा  सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन
बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP