Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • कानुनभन्दा माथि गृहमन्त्री !
सहकारी ठगी प्रकरण कानुनभन्दा माथि गृहमन्त्री !
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, वैशाख ५, २०८१

अनुसन्धान प्रक्रियामै रहँदा रवि गृहमन्त्री बनेपछि प्रहरी अनुसन्धान फितलो
सुशासन समितिमा सफाइको प्रयास, प्रमाणविना बारम्बार खण्डन
सुप्रिम सहकारीको दुई करोड अपचलन गरेको प्रहरी निष्कर्ष
आरोपितमाथि धमाधम कारबाही हुँदा उस्तै प्रकरणबाट उम्किने प्रयासमा गृहमन्त्री

काठमाडौं– गत पुसको सुरुमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको समाचार सञ्चारमाध्यममा आए । समाचारले ठूलै तरंग ल्यायो ।पालैपालो पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम उनले अपचलन गरेको खुल्यो । अचम्म त के भने सहकारीको सदस्य नभईकन आफू प्रबन्ध निर्देशक रहेको तत्कालीन गोर्खा मिडिया नेटवर्कको नाममा र आफ्नो व्यक्तिगत खातामा सहकारीबाट रकम ट्रान्सफर गराएको भौचर सार्वजनिक भए ।

ग्यालेक्सी टेलिभिजन छाड्दा त रविको खातामा ग्लोबल आइएमई बैंकबाट सेयरबापतको एक करोड ८० लाख रुपैयाँ आएको देखियो । तर, रविले बारम्बार खण्डन गरे । तर, उनले दिने स्पष्टीकरण चित्तबुुझ्दो थिएन । यसपछि गत ८ माघमा पत्रकार सम्मेलन गरेर प्रस्ट पार्ने प्रयास गरे । त्यसबेला ग्यालेक्सी छाडेपछि ग्लोबल आइएमई बैंकमा रहेको आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा नभएको बताए ।

त्यहीबेला लामिछानेले आफ्ना साझेदार गितेन्द्रबाबु (जिबी) राईसँग मिलेर अन्य जिल्लाका सहकारीको रकम पनि अपचलन गरेको समाचार विवरणहरू सार्वजनिक भइरहेका थिए । र, तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले लामिछानेसमेत मुुछिएको सहकारी अपचलन काण्डमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका थिए । छानबिनको क्रम चलिरहेकै थियो ।त्यहीबेला रवि नारायणगढ–बुटवल सडक निर्माण छिटो सम्पन्न गर्न दबाबमूूलक यात्रामा निस्किए । पार्टीका नेता कार्यकर्तासँग दबाब यात्रामा निस्किएका उनले तत्कालीन गृहमन्त्री श्रेष्ठविरुद्ध पक्राउ पर्ने भय मिश्रित आक्रोश ओकले । संसद् र राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा पनि रविले श्रेष्ठलाई निशाना बनाए ।

Hardik health

समिति बैठकमा रविलाई लक्षित गर्दै श्रेष्ठले भनेका थिए, ‘अहिले खुट्टा उचाले पनि समाइन्छ ।’ यसपछि रवि झन् झस्किए । आतंकित थिए । जुन उनका त्यसबेलाका अभिव्यक्तिहरूमा झल्किन्थ्यो । यतिसम्मकी पक्राउ पर्नबाट जोगिन उनी तत्कालीन कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धनमा आएर गृहमन्त्री हुन चाहेको गाइँगुुइँ सुुनिएको थियो । उनी पक्राउ परेनन् । उनका साझेदार जिबी भने मलेलिया फरार भए । पोखरा, बुटवललगायत विभिन्न सहकारीको रकम अपचलनमा कुनै न कुनै रुपमा संलग्नहरू धमाधम पक्राउ परे । रवि भने जोगिरहे । बरू, गृहमन्त्री भएर सुुुरक्षित हुन चाहे । नभन्दै २१ फागुनमा कांग्रेस–माओवादीसहितको गठबन्धन भत्कियो । एमाले–माओवादीसहितको बन्यो । गठबन्धनमा एमाले भएपछि रवि पनि आए । गृहमन्त्री पाउन निकै मिहेनत गर्नुप¥यो । जबकि, आफूू मुछिएको सहकारीको रकम अपचलन काण्डको अनुसन्धान गृह मन्त्रालयअन्तर्गतकै प्रहरी प्रशासनले गरिरहेको थियो ।

यहीँ उनको स्वार्थ बाझिएको थियो । तर, केपी ओली र पुष्पकमल दाहालले सत्ता जोगाउन रविलाई सोही मन्त्रालय दिए । यसको प्रभाव १२ चैतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा प¥यो । त्यहाँ प्रहरी महानिरीक्षक वसन्तबहादुुर कुँवरले रवि सहकारीकाण्डमा प्रतिवादी कहीँ नभएको र संलग्न भएको कुनै प्रमाण नभएको बताए । त्यसको केहीदिनअघि प्रधानमन्त्री दाहालले भने रविको संलग्नता नभएको भन्दै ‘क्लिनचिट’ दिएका थिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस रवि सहकारी काण्डमा संलग्न भएको अनेक तथ्य प्रमाण रहेको भन्दै लगातार संसदीय छानबिन समितिको पक्षमा उभिएको थियो । अहिले पनि सोही अडानमा छ, कांग्रेस । यसबीचमा कांग्रेसले संसद् अवरोध ग¥यो । कांग्रेसको निरन्तर अवरोधकै कारण यही २ वैशाखदेखि संसद् अधिवेशन अन्त्य गरिएको छ । अब बस्ने बजेट अधिवेशनमा पनि कांग्रेसले रविविरुद्ध छानबिन समिति गठनको माग गर्ने प्रमुख सचेतक रमेश लेखकले बताइसकेका छन् ।

यसरी गृहमन्त्री रवि अप्ठ्यारो अवस्थामा रहेकै बेला गैरकानुनी रूपमा सहकारीको रकम लिएको अनुसन्धानबाटै पुष्टि भएको छ । बुटवलको सुप्रिम सहकारीमा भएको ठगीमा अनुसन्धान गरेको प्रहरीले जिबी र रविसहितले ‘प्रक्रिया पूरा नगरी व्यक्तिगत तथा कम्पनीका नाममा ऋण लिएर बचत हिनामिना गरेको निष्कर्ष निकालेको छ । तर, पनि रविलाई प्रतिवादी बनाइएन ।जबकि इलाका प्रहरी कार्यालय बुटवलले गत शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा गृहमन्त्री लामिछानेले सहकारीबाट गैरकानुनी रूपमा दुई करोड रुपैयाँ रकम लिएको उल्लेख छ ।

बुटवलको सुप्रिम सहकारीबाट मात्रै रवि यसअघि प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा १३ करोड छ लाख रुपैयाँ ट्रान्सफर भएको दस्तावेज प्रहरीबाटै सार्वजनिक भयो । यद्यपि, सत्ता र शक्तिको आडमा रवि जोगिइरहेका छन् । साग बेच्ने किसानदेखि व्यापारीसम्मले बचत गरेको रकम हिनामिना गर्दा पनि उनलाई उन्मुक्ति मिलेको छ ।मंगलबार भने बुटवलमा सुुप्रिम सहकारीका पीडितहरू सडकमा उत्रिए । उनीहरूले रविविरुद्ध प्रश्नैप्रश्न वर्षाएका छन् । सहकारी ठगीका मुख्य आरोपी जिबीलाई पक्राउ किन नगरिएको भन्दै रविलाई सोधेका छन् । पोखरामा पनि यसअघि सूर्यदर्शन सहकारीका पीडितहरू आन्दोलित भएका थिए । 

‘ठगठाग गरेर जीवन धान्नुपर्ने हैसियतको होइन’
गृहमन्त्री रवि लामिछानेले बुटवल प्रहरीले सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी गरेको अनुसन्धानमाथि नै अविश्वास प्रकट गरेका छन् । उल्टै सहकारीमा आफ्ना नाममा नक्कली खाता सिर्जना गरी ऋण प्रवाह गरेको उनको आरोप छ ।
गत शुक्रबार मात्रै प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा लामिछानेले दुई करोड रूपैयाँ ऋण लिएको विवरण पनि उल्लेख छ । भलै उनलाई प्रतिवादी भने बनाइएको छैन । उनीबाहेकका २८ जना प्रतिवादी छन् ।

यसबारे मंगलबार साँझ दुई बुँदे स्पष्टीकरण फेसबुकमा दिँदै रविले प्रहरी अनुसन्धान प्रतिवेदनको खण्डन गरे । ‘ऋण लिएको होइन, मेरो व्यक्तिगत खातामा सहकारीको पैसा आएको, लिएको, गएको केही होइन, छैन,’ उनले फेसबुकमा स्टाटस लेखेका छन् । प्रहरी अनुसन्धानले देखाएअनुसार ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम, केवाइसी फाराम, तीन पुस्ते विवरणलगायतका कुनै विवरण नभएको, ल्याप्चे र हस्ताक्षर केही पनि नभएको पनि स्पष्टीकरण दिएका छन् । उनले जिबीका सारा बदमासीको ठेक्का आफूले नलिने पनि बताए ।

जिबी उनका ग्यालेक्सी टेलिभिजन स्थापना गर्दाका साझेदार हुन् । गोरखा मिडिया नेटवर्क प्रालिले सञ्चालन गरेको उक्त टेलिभिजनकै नाममा सुप्रिमबाट १३ करोड छ लाख रुपैयाँ ट्रान्सफर भएको प्रहरी अनुसन्धानले देखाएको थियो ।तर, रविले मंगलबार त्यसको खण्डनमात्रै गरेनन्, ठगठाग गरेर जीवन धान्नुनपर्ने व्यक्ति भएको बताए । ‘म ऋण मागकर्ता थिएँ कि ? ऋण दिने सहकारीको आधिकारिक व्यक्ति थिएँ ? कि म दुई÷चार करोड ठगठाग गरेर जीवन धान्नुपर्ने हैसियतहीन मान्छे हुँ ?,’ गृहमन्त्री लामिछानेले स्टाटसमार्फत प्रश्न गरे ।
 


प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०८:५९
#सहकारी ठगी प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अठारौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु
अठारौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु बुधबार, असोज २९, २०८२
भन्सार शुल्कको असर न्यूनीकरण गर्न मेक्सिको सरकार सक्रिय
भन्सार शुल्कको असर न्यूनीकरण गर्न मेक्सिको सरकार सक्रिय बुधबार, असोज २९, २०८२
सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल
सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल बुधबार, असोज २९, २०८२
प्रदेश मुख्यमन्त्री पदमा लोसपाका नेता सोनलको दाबी पेस
प्रदेश मुख्यमन्त्री पदमा लोसपाका नेता सोनलको दाबी पेस बुधबार, असोज २९, २०८२
उद्योगको भित्तो भत्किँदा तीन जनाको मृत्यु
उद्योगको भित्तो भत्किँदा तीन जनाको मृत्यु बुधबार, असोज २९, २०८२
राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालको भेटर्वार्ता
राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालको भेटर्वार्ता बुधबार, असोज २९, २०८२
 जेन्जी विद्रोह राजनीतिक आन्दोलन  नभइ राष्ट्र–पुनर्जागरण
 जेन्जी विद्रोह राजनीतिक आन्दोलन नभइ राष्ट्र–पुनर्जागरण बुधबार, असोज २९, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP