Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • संकटतर्फ गठबन्धन
संकटतर्फ गठबन्धन
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, वैशाख ४, २०८१

 

कसम किरिया खाएर हामी गठबन्धनमा सहभागी भएका होइनौं । हाम्रो अवमूल्यन भइरह्यो भने हामीले हाम्रो कार्यनीतिलाई परिवर्तन गर्न बाध्य हुन्छौं ।
जगन्नाथ खतिवडा
प्रवक्ता, एकीकृत समाजवादी

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको संघीय सरकार संकटमा पर्ने देखिएको छ । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीले गरेको गठबन्धन परिवर्तनको ‘साइड इफेक्ट’ अन्ततः दाहाल प्रधानमन्त्री रहेको संघ सरकार देखिने भएको हो ।

नेकपा एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले यसको संकेत गरे । ‘कसम किरिया खाएर हामी गठबन्धनमा सहभागी भएका होइनौं,’ उनले प्रभावसँग भने, ‘हाम्रो अवमूल्यन भइरह्यो भने हामीले हाम्रो कार्यनीतिलाई परिवर्तन गर्न बाध्य हुन्छौं । त्यो भनेको हामी जुनसुकै बेला अलग हुन सक्छौं ।’

Hardik health

अहिलेको संसद्को गणित यति अप्ठेरो छ कि जतिबेला जस्तो पनि नयाँ समीकरण बन्न वा भत्किन सक्छ । अहिलेको सत्ता गठबन्धनमा ३२ सिटको नेकपा माओवादी केन्द्र, ७८ सिटको नेकपा एमाले, २१ सिटको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), १२ सिटको जनता समाजवादी पार्टी (जसपा), १० सिटको नेकपा एकीकृत समाजवादी र चार सिटको नागरिक उन्मुक्ति पार्टी (नाउपा) छन् । सत्ता गठबन्धनसँग अहिले १५७ सांसद् छ ।

यसमध्येको एकीकृत समाजवादी बाहिरिँदा अहिलेको गठबन्धन १४७ सांसदमा सीमित हुन्छ । त्यसमा पनि नाउपा आन्तरिक विवादमा छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अहिलेको गठबन्धनमा छिन् भने संरक्षक रेशम चौधरी विपक्षमा छन् । यसरी हेर्दा नाउपाले पनि अनुकूलतामा यो गठबन्धन छोड्न सक्ने सम्भावना छ । यसपछि दाहाल सरकारको समर्थनमा १४३ सांसद मात्र बाँकी रहन्छ ।

यो गठबन्धनका मुख्य शक्तिबाहेक अन्य साना शक्तिसँग मिलेर गठबन्धन गरेर अघि बढ्ने कुरामा कांग्रेस सकारात्मक छ । तर, त्यस्तो परिस्थिति अहिले बनिसकेको भने छैन । 
प्रदीप पौडेल
सांसद, नेपाली कांग्रेस

एकीकृत समाजवादी सत्ता गठबन्धनबाट बाहिरिए त्यसको प्रभाव सुदूरपश्चिम, बागमती, लुम्बिनी र मधेस प्रदेशसम्म पर्ने छ । मधेस प्रदेशमा जसपा नेतृत्वको सरकार छ । एकीकृत समाजवादीले समर्थन नदिए जसपाको मधेस सरकार ढल्छ । त्यसकारण पनि जसपा अहिलेको सत्ता गठबन्धन छोडेर नयाँ विकल्पमा जानुपर्ने बाध्यतामा पर्ने छ । यस्तो अवस्थामा जसपाले साथ छोडे दाहाल सरकार अल्पमतमा पर्ने देखिन्छ । त्यससँगै प्रधानमन्त्री दाहालको पद संकटमा पर्ने छ ।

यसको पछिल्लो कारण भने एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीे नपाउनु हो । उसले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा दाबी गरेको थियो । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली भने नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षलाई  मुख्यमन्त्री दिन तयार भए । यसपछि एसका अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट भए । उनकै ‘ग्रिन सिग्नल’मा सुदूरपश्चिममा राजनीतिक घटनाक्रम अप्रत्यासित रुपमा भएको हो । अर्थात् कांग्रेस नेतृत्वको वैकल्पिक गठबन्धनमा एकीकृत समाजवादी उभिएको हो ।

उसो त गत २१ फागुनमा तत्कालीन सत्ता गठबन्धनबाट आफूलाई हटाएर सत्ता गठबन्धनमा नेकपा एमाले भित्र्याएपछि चिढिएको कांग्रेसले त्यसै दिनदेखि नै वैकल्पिक गठबन्धनको प्रयास गरिरहेको छ । यसरी प्रचण्ड सरकारको विकल्प खोजिरहेको कांग्रेससँगै मिलेर एकीकृत समाजवादीले सुदूरपश्चिममा केन्द्रीय गठबन्धनभन्दा विपरीतको गठबन्धन निर्माणमा सघाएपछि त्यसको तरंग काठमाडौंसम्मै आइपुगेको छ ।

अध्यक्ष नेपालले सुदूरपश्चिमजस्तै मधेस, लुम्बिनी र बागमतीमा पनि हुन सक्ने बताएका छन् । यहीबेला प्रवक्ता श्रेष्ठले दाहाल–ओलीले जस्तो कदम चाल्छन्, त्यस्तै जवाफ एकीकृत समाजवादीले दिने पनि बताए ।‘सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री हाम्रो पार्टीलाई दिने सहमति भएको थियो । आइतबार हठातमा प्रचण्ड र ओलीजीले निर्णय परिवर्तन गर्नुभयो । नागरिक उन्मुक्ति पार्टीको पनि रञ्जिताजीको समूहलाई मुख्यमन्त्री दिने हुनुभयो । हाम्रो मुख्यमन्त्री पाउने अवसर खोस्नुभयो । हामीले पनि त्यसका विरुद्ध कार्यनीतिक चाल चालेका हौं ।’

यसरी गठबन्धनभन्दा फरक हिँडे पनि एकीकृत समाजवादीले गठबन्धनमा नरहने निर्णय भने गरिसकेको छैन । त्यसैले पनि सत्ता गठबन्धनमा अझै ‘सेटलमेन्ट’ हुन सक्ने अवस्था छ । तर, एकीकृत समाजवादीको सहयोग लिएर वैकल्पिक गठबन्धन निर्माणको अवसर खोजिरहेको कांग्रेस यो समयमा चुप बसेको छैन । कांग्रेस सरकारमा रहेका प्रमुख दलविनाको सरकार बनाउन प्रयत्नशील रहेको सांसद प्रदीप पौडेलले बताए ।


‘यो गठबन्धनका मुख्य शक्तिबाहेक अन्य साना शक्तिसँग मिलेर गठबन्धन गरेर अघि बढ्ने कुरामा कांग्रेस सकारात्मक छ । तर, त्यस्तो परिस्थिति अहिले बनिसकेको भने छैन,’ उनले भने ।सत्ता गठबन्धनलाई माधव नेपालले सुदूरपश्चिमबाट दिएको सन्देश भनेकै नयाँ सहमति नगरे गठबन्धन टिकाइराख्ने मुडमा एकीकृत समाजवादी छैन भन्ने हो । त्यसो त नेपाल २१ फागुनमा नयाँ गठबन्धनमा जाने मनस्थितिमा थिएनन् । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले कोटेश्वर पुगेरै उनको सहयोग मागेका थिए । एमालेबाट फुटेकाले सोही पार्टीसँग गठजोड गर्दा नेता कार्यकर्ता जोगाउने चुनौतीले पनि नेता नेपाललाई पिरोलेको छ ।

यस्तोमा कांग्रेसले फ्याँक्न सक्ने प्रधानमन्त्रीको नयाँ सत्ता कार्डमा उनी पर्न सक्छन् ।विगतमा पनि उनले आफू अपमानित भएको महसुस गर्दा एमाले छाड्ने निर्णय गरेका थिए । अहिले पनि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले सहमति कुल्चेर पेलेको महसुस उनले गरेका छन् । गठबन्धनबाट लाभ लिन नसकिने, उल्टै पार्टीकै भविष्य अनिश्चित हुने स्थितिमा उनी वाम ध्रुवीकरणका नाममा धेरै दिन रहन सक्ने स्थिति छैन । नेपालले गठबन्धन छोड्ने निर्णय जसपाका उपेन्द्र यादवसम्म आइपुग्ने परिदृश्य बनेकाले दाहाल सरकारमाथि संकट सन्निकट रहेको चर्चा हुन थालेको छ ।

 


प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०९:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी मंगलबार, साउन १९, २०८३
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग मंगलबार, साउन १९, २०८३
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व मंगलबार, साउन १९, २०८३
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण मंगलबार, साउन १९, २०८३
आकस्मिक बाढीको आज मध्यम जोखिम
आकस्मिक बाढीको आज मध्यम जोखिम मंगलबार, साउन १९, २०८३
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP