Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • हठले संसद् बन्धक
हठले संसद् बन्धक
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, चैत २८, २०८०
मंगलबार प्रतिनिधिसभा बैठकमा विरोध जनाउँदै नेपाली कांग्रेसका सांसदहरु । तस्बिरः रासस

 

  • टिआरसी, सम्पत्ति शुद्धीकरण निवारण, संवैधानिक परिषद्, विद्यालय शिक्षा, विद्युत्, भन्सार, संघीय निजामती, आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्वलगायत विधेयक पािरत गर्नुपर्ने अवस्था 
  • गृहमन्त्रीबारे छानबिन गर्न समिति गठन गर्नुपर्ने कांग्रेस अडानले संसद् अवरुद्ध
  • सत्तापक्ष समिति गठन नगर्ने अडानमै


काठमाडौं– संघीय संसद्को जारी हिउँदे अधिवेशनमा बढीभन्दा बढी विधेयक पारित गर्नुपर्ने दबाब छ । अघिल्लो बर्खे अधिवेशनमा जम्मा एउटामात्रै कानुन बनेको थियो । त्यसबेला ‘भत्तामात्रै पचाएको’ भन्दै सांसदहरूको आलोचना भएको थियो । यसपटक पनि त्यस्तै हुने देखिएको छ ।

किनकि संघीयता कार्यान्वयन गर्नेदेखि शान्ति प्रक्रियाका बाँकी कार्यभार टुंग्याउनेसम्बन्धीका विधेयकहरू संसद्मा अलपत्र छन् । संक्रमणकालीन न्याय, संघीय निजामती, संघीय प्रहरी, विद्यालय शिक्षालगायत संघीयता कार्यान्वयनसम्बन्धी विधेयक सरकारको उच्च प्राथमिकतामा छन् । तर, संसद् निर्वाधरुपमा चलेको छैन । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध पु¥याइरहेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन गर्न संसदीय समिति गठनको एक सूत्रीय माग कांग्रेसको छ । पदबाट राजीनामा दिनुपर्ने पनि माग छ । सरकार पक्षले भने समिति गठनको कांग्रेस माग अस्वीकार गरेको छ । उल्टै कांग्रेसमा सत्ता गुम्दाको छटपटी देखिएको आरोप लगाउने गरेका छन् । 

Hardik health

गत २४ फागुनदेखि कांग्रेसले छानबिन समितिको माग गर्दै आएको हो । अहिलेसम्म समिति गठनको सुरसार छैन । यसले कांग्रेस थप रुष्ट बनेको छ । संसद् समिति गठन नहुञ्जेल चल्नै नदिने रणनीतिमा कांग्रेस पुगेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सचेतक सुशीला थिङले सूर्यदर्शन सहकारीलगायत छ वटा सहकारीबाट करिब एक अर्ब रुपैयाँ गोर्खा मिडिया नेटवर्कको नाममा लगेको र सो रकम लान पाउँछ कि पाउँदैन ? सो काम गर्नेलाई दण्ड दिनुपर्छ कि पर्दैन ? भन्दै प्रश्न गरिन् ।

उनले गोरखा मिडिया प्रालिको सञ्चालक समितिमा रहेका रवि लामिछानेलाई दण्ड हुन्छ कि हुँदैन भन्दै प्रश्न गरेकी थिइन् । ‘रवि लामिछाने भएको ठाउँमा अरू जो कोही भएको भए पनि अनुसन्धान हुन्थ्यो होला, कानुन लाग्थ्यो होला । रवि लामिछाने भएको कारणले अनुसन्धान रोकिने ? यो कस्तो सरकार हो ? सरकार जबाफदेही हुनुपर्छ कि पर्दैन ?,’ थिङले प्रश्न गरिन् ।

संसद्मा उनीपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झालाई सभामुख देवराज घिमिरेले बोल्न समय थिए । कांग्रेसले अवरुद्ध पा¥यो । संसद् बैठक कार्यसूचीमा प्रवेश गरेन । तर, सभामुख घिमिरेले भने बैठक सञ्चालन गर्न चाहेका थिए । उनले १५ मिनेट बैठक स्थगित गरेका थिए । संसद्बाट महŒवपूर्ण विधेयकहरू पारित गर्नुपर्ने, कतिपय विधेयक संसद्मा प्रस्तुत गर्नु अवस्था छँदाछँदै कांग्रेसले बैठक चल्नै दिएन । आज बुधबार बिहान ११ बजेसम्मका लागि बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । 

सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूसँग यसअघि छलफल गरेका थिए । त्यसबेला पनि सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकसँग छलफल गर्दा मिलन बिन्दु फेला परेन । मंगलबार पनि त्यस्तै भयो ।गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०  माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद्को कार्यसूची थियो । विद्युत् व्यापार विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव उद्योगमन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्ने थिए । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को स्थापनासम्बन्धी सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव र यसबारेकै सम्झौता अनुमोदन गरियोस् भन्ने प्रस्ताव पनि थियो । यी सबै अलपत्र भए ।

कांग्रेसले कहिलेसम्म संसद् अवरुद्ध गरिरहन्छ ? टुंगो छैन । अन्य थुप्रै विधेयकहरू पनि अलपत्र छन् । संघीयता कार्यान्वयनका लागि अत्यावश्यक ऐन कानुनहरू बनेका छैनन् । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले शनिबार मात्रै १८२ वटा कानुन अझै बनाउन बाँकी रहेको बताएका थिए । त्यसमध्ये ६१ वटा कानुनलाई पहिलो चरणमा बनाउने गरी सरकारले तयारी गरिरहेको बताएका थिए ।

‘समयमै कानुन तयार नहुँदा जनतामा संघीयता नै निस्प्रभावी भयो भन्ने भ्रम उत्पन्न भइरहेको छ । सघीयता र संविधान कार्यान्वयनका लागि चाहिने नीति १८२ वटा बनाउनुपर्ने छ,’ गिरीले भनेका थिए । हाल संसद्मा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक समितिमा दफावार छलफल भएको छ । पारित गर्ने क्रममा पुगेको छ । संसद् भने बन्धक छ । सम्पत्ति शुद्धीकरण निवारण, संवैधानिक परिषदसम्बन्धी ऐन, विद्यालय शिक्षा विधेयक, विद्युत् विधेयक, भन्सार विधेयक, संघीय निजामती विधेयक र आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व विधेयक पनि पारित गर्नुपर्ने दबाब छ । अन्य विधेयक पनि संसद्मा विचाराधीन छन् । यसले गर्दा कयौं विधेयकहरूलाई छिटो पारित गर्नुको सट्टा संसद अवरोध गरेर कांग्रेसले उल्झन सिर्जना गरेको छ । 

रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री लामिछाने भने ठाडो उजुरीका भरमा संसदीय छानबिन समिति गठन आवश्यक नरहेको बताए । यदि, त्यसरी अघि बढ्ने हो भने भोलि जो कोही नेतृत्वमाथि ठाडो उजुरी पर्ने र छानबिन समिति गठन गर्नुपर्ने स्थिति आउने बताए । यससँगै उनले कांग्रेसलाई आफ्नो मात्रै होइन, २०४७ पछिका सबै काण्डहरूको फाइल खोलेर अनुसन्धान अघि बढाउनेगरी उच्चस्तरीय छानबिन समिति गठन गरौं भनेका छन् । 

‘स्वतन्त्र छानबिन समिति गठन गरौं । जसले २०४७ सालदेखि हालसम्मका हरेक काण्डको अनुसन्धान गराऔं,’ रविले मंगलबार पत्रकारहरूसँग भने ।एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने छानबिन समिति गठन हुनै नसक्ने दोहोर्‍याए । सत्तापक्षीय अर्को दल नेकपा माओवादी केन्द्रको पनि बर्तौलाकै जस्तै धारणा छ । यसरी सत्तापक्ष र प्रमुख प्रतिपक्षी कांग्रेस आ–आफ्नो अडानबाट टसमस हुने देखिएको छैन । यसले संसद् अवरोध जारी रहने देखिएको छ । जबकि, महŒवपूर्ण विधेयकहरू छिटो पारित गर्नुपर्ने अवस्था छ ।


 
 


प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ०९:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी मंगलबार, साउन १९, २०८३
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग मंगलबार, साउन १९, २०८३
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व मंगलबार, साउन १९, २०८३
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण मंगलबार, साउन १९, २०८३
आकस्मिक बाढीको आज मध्यम जोखिम
आकस्मिक बाढीको आज मध्यम जोखिम मंगलबार, साउन १९, २०८३
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP