Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
समाचार
  • Home
  • समाचार
  • हठले संसद् बन्धक
हठले संसद् बन्धक
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, चैत २८, २०८०
मंगलबार प्रतिनिधिसभा बैठकमा विरोध जनाउँदै नेपाली कांग्रेसका सांसदहरु । तस्बिरः रासस

 

  • टिआरसी, सम्पत्ति शुद्धीकरण निवारण, संवैधानिक परिषद्, विद्यालय शिक्षा, विद्युत्, भन्सार, संघीय निजामती, आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्वलगायत विधेयक पािरत गर्नुपर्ने अवस्था 
  • गृहमन्त्रीबारे छानबिन गर्न समिति गठन गर्नुपर्ने कांग्रेस अडानले संसद् अवरुद्ध
  • सत्तापक्ष समिति गठन नगर्ने अडानमै


काठमाडौं– संघीय संसद्को जारी हिउँदे अधिवेशनमा बढीभन्दा बढी विधेयक पारित गर्नुपर्ने दबाब छ । अघिल्लो बर्खे अधिवेशनमा जम्मा एउटामात्रै कानुन बनेको थियो । त्यसबेला ‘भत्तामात्रै पचाएको’ भन्दै सांसदहरूको आलोचना भएको थियो । यसपटक पनि त्यस्तै हुने देखिएको छ ।

किनकि संघीयता कार्यान्वयन गर्नेदेखि शान्ति प्रक्रियाका बाँकी कार्यभार टुंग्याउनेसम्बन्धीका विधेयकहरू संसद्मा अलपत्र छन् । संक्रमणकालीन न्याय, संघीय निजामती, संघीय प्रहरी, विद्यालय शिक्षालगायत संघीयता कार्यान्वयनसम्बन्धी विधेयक सरकारको उच्च प्राथमिकतामा छन् । तर, संसद् निर्वाधरुपमा चलेको छैन । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध पु¥याइरहेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन गर्न संसदीय समिति गठनको एक सूत्रीय माग कांग्रेसको छ । पदबाट राजीनामा दिनुपर्ने पनि माग छ । सरकार पक्षले भने समिति गठनको कांग्रेस माग अस्वीकार गरेको छ । उल्टै कांग्रेसमा सत्ता गुम्दाको छटपटी देखिएको आरोप लगाउने गरेका छन् । 

Hardik health

गत २४ फागुनदेखि कांग्रेसले छानबिन समितिको माग गर्दै आएको हो । अहिलेसम्म समिति गठनको सुरसार छैन । यसले कांग्रेस थप रुष्ट बनेको छ । संसद् समिति गठन नहुञ्जेल चल्नै नदिने रणनीतिमा कांग्रेस पुगेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सचेतक सुशीला थिङले सूर्यदर्शन सहकारीलगायत छ वटा सहकारीबाट करिब एक अर्ब रुपैयाँ गोर्खा मिडिया नेटवर्कको नाममा लगेको र सो रकम लान पाउँछ कि पाउँदैन ? सो काम गर्नेलाई दण्ड दिनुपर्छ कि पर्दैन ? भन्दै प्रश्न गरिन् ।

उनले गोरखा मिडिया प्रालिको सञ्चालक समितिमा रहेका रवि लामिछानेलाई दण्ड हुन्छ कि हुँदैन भन्दै प्रश्न गरेकी थिइन् । ‘रवि लामिछाने भएको ठाउँमा अरू जो कोही भएको भए पनि अनुसन्धान हुन्थ्यो होला, कानुन लाग्थ्यो होला । रवि लामिछाने भएको कारणले अनुसन्धान रोकिने ? यो कस्तो सरकार हो ? सरकार जबाफदेही हुनुपर्छ कि पर्दैन ?,’ थिङले प्रश्न गरिन् ।

संसद्मा उनीपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झालाई सभामुख देवराज घिमिरेले बोल्न समय थिए । कांग्रेसले अवरुद्ध पा¥यो । संसद् बैठक कार्यसूचीमा प्रवेश गरेन । तर, सभामुख घिमिरेले भने बैठक सञ्चालन गर्न चाहेका थिए । उनले १५ मिनेट बैठक स्थगित गरेका थिए । संसद्बाट महŒवपूर्ण विधेयकहरू पारित गर्नुपर्ने, कतिपय विधेयक संसद्मा प्रस्तुत गर्नु अवस्था छँदाछँदै कांग्रेसले बैठक चल्नै दिएन । आज बुधबार बिहान ११ बजेसम्मका लागि बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । 

सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूसँग यसअघि छलफल गरेका थिए । त्यसबेला पनि सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकसँग छलफल गर्दा मिलन बिन्दु फेला परेन । मंगलबार पनि त्यस्तै भयो ।गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०  माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद्को कार्यसूची थियो । विद्युत् व्यापार विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव उद्योगमन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्ने थिए । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को स्थापनासम्बन्धी सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव र यसबारेकै सम्झौता अनुमोदन गरियोस् भन्ने प्रस्ताव पनि थियो । यी सबै अलपत्र भए ।

कांग्रेसले कहिलेसम्म संसद् अवरुद्ध गरिरहन्छ ? टुंगो छैन । अन्य थुप्रै विधेयकहरू पनि अलपत्र छन् । संघीयता कार्यान्वयनका लागि अत्यावश्यक ऐन कानुनहरू बनेका छैनन् । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले शनिबार मात्रै १८२ वटा कानुन अझै बनाउन बाँकी रहेको बताएका थिए । त्यसमध्ये ६१ वटा कानुनलाई पहिलो चरणमा बनाउने गरी सरकारले तयारी गरिरहेको बताएका थिए ।

‘समयमै कानुन तयार नहुँदा जनतामा संघीयता नै निस्प्रभावी भयो भन्ने भ्रम उत्पन्न भइरहेको छ । सघीयता र संविधान कार्यान्वयनका लागि चाहिने नीति १८२ वटा बनाउनुपर्ने छ,’ गिरीले भनेका थिए । हाल संसद्मा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक समितिमा दफावार छलफल भएको छ । पारित गर्ने क्रममा पुगेको छ । संसद् भने बन्धक छ । सम्पत्ति शुद्धीकरण निवारण, संवैधानिक परिषदसम्बन्धी ऐन, विद्यालय शिक्षा विधेयक, विद्युत् विधेयक, भन्सार विधेयक, संघीय निजामती विधेयक र आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व विधेयक पनि पारित गर्नुपर्ने दबाब छ । अन्य विधेयक पनि संसद्मा विचाराधीन छन् । यसले गर्दा कयौं विधेयकहरूलाई छिटो पारित गर्नुको सट्टा संसद अवरोध गरेर कांग्रेसले उल्झन सिर्जना गरेको छ । 

रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री लामिछाने भने ठाडो उजुरीका भरमा संसदीय छानबिन समिति गठन आवश्यक नरहेको बताए । यदि, त्यसरी अघि बढ्ने हो भने भोलि जो कोही नेतृत्वमाथि ठाडो उजुरी पर्ने र छानबिन समिति गठन गर्नुपर्ने स्थिति आउने बताए । यससँगै उनले कांग्रेसलाई आफ्नो मात्रै होइन, २०४७ पछिका सबै काण्डहरूको फाइल खोलेर अनुसन्धान अघि बढाउनेगरी उच्चस्तरीय छानबिन समिति गठन गरौं भनेका छन् । 

‘स्वतन्त्र छानबिन समिति गठन गरौं । जसले २०४७ सालदेखि हालसम्मका हरेक काण्डको अनुसन्धान गराऔं,’ रविले मंगलबार पत्रकारहरूसँग भने ।एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने छानबिन समिति गठन हुनै नसक्ने दोहोर्‍याए । सत्तापक्षीय अर्को दल नेकपा माओवादी केन्द्रको पनि बर्तौलाकै जस्तै धारणा छ । यसरी सत्तापक्ष र प्रमुख प्रतिपक्षी कांग्रेस आ–आफ्नो अडानबाट टसमस हुने देखिएको छैन । यसले संसद् अवरोध जारी रहने देखिएको छ । जबकि, महŒवपूर्ण विधेयकहरू छिटो पारित गर्नुपर्ने अवस्था छ ।


 
 


प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ०९:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री सोमबार, कात्तिक ३, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान सोमबार, कात्तिक ३, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
गर्भवतीको समयमै हवाई उद्धार हुँदा 
गर्भवतीको समयमै हवाई उद्धार हुँदा  सोमबार, कात्तिक ३, २०८२
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा सोमबार, कात्तिक ३, २०८२
लुटिएका हतियारको त्रास
लुटिएका हतियारको त्रास सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP