Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
समाचार
  • Home
  • समाचार
  • सहमति जुटाउने सभामुखको प्रयास व्यर्थ
कांग्रेस–सत्तापक्षको आ–आफ्नै अडान सहमति जुटाउने सभामुखको प्रयास व्यर्थ
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, चैत २७, २०८०

अब संसद्मा कुनै बैठकका काम कारबाही अवरुद्ध भए भने त्यसको जिम्मेवार सरकारले लिनुपर्दछ । आज संसद्मा सरकार कुन रुपमा प्रस्तुत हुन्छ ? त्यसैअनुसार कांग्रेस प्रस्तुत हुन्छ ।
रमेश लेखक
प्रमुख सचेतक, नेपाली कांग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग सम्बोधन नगरी सत्तापक्ष पेलेरै अघि बढ्ने भएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएपछि छानबिन गर्न संसदीय समिति गठनको माग कांग्रेसले हप्तौंदेखि गरिरहे पनि सत्तापक्ष त्यसमा सहमत देखिएको छैन । बरू, छानबिन समिति गठन नगरी संसद् सञ्चालन गर्ने पक्षमा सत्तापक्ष देखिएको छ ।

कांग्रेस भने संसदीय समिति गठन नभइञ्जेल संसद् बैठक चल्न नदिने पक्षमा छ । यसलाई लिएर सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने ठूला दलका प्रमुख सचेतकहरूलाई बोलाएर छलफल गरेका थिए । सत्तापक्षीय दलहरू र प्रमुख विपक्षी कांग्रेसबीच समझदारी कायम गरेर संसद्् बैठक सञ्चालनका लागि वातावरण बनाउन सभामुख घिमिरेले चाहेका थिए । तर, घिमिरेले बोलाएको दलहरूको बैठक विनानिष्कर्ष सकियो । 

उनले संसद््का मुख्य दलका शीर्ष नेता, प्रमुख सचेतक र सचेतकहरूलाई  सिंहदरबारमा बोलाएर राखेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पूर्ववत् अडानबाट पछि हटेन । बैठकमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे जसरी पनि संसदीय छानबिन गर्न समिति बन्नुपर्ने मागमा दोहोर्‍याए । नभए संसद् चल्न नदिने चेतावनी दिए । लेखकको चेतावनीले संसद्को गतिरोध भए कयौं विधेयकहरू प्रभावित हुने छन् । 

Hardik health

‘अब संसद्मा कुनै बैठकका काम कारबाही अवरुद्ध भए भने त्यसको जिम्मेवार सरकारले लिनुपर्छ,’ लेखकले भने । आज संसद्मा सरकार कुन रुपमा प्रस्तुत हुन्छ ? त्यसैअनुसार कांग्रेस प्रस्तुत हुने पनि बताए ।‘लाखौं लाख नेपालीहरूको पैसा सहकारीमा बचत गरिएको छ । देशका विभिन्न सहकारीमा रकमको अपचलन गर्ने, दुरुपयोग गर्ने, ठगी गर्नेलगायतका काम भएका छन्,’ उनले भने, ‘हामीले हाम्रो कुरा स्पष्ट राखेका छौं । अहिलेसम्म हामी सदासायतापूर्वक प्रस्तुत भएका छौं ।’

सिंगो देशले गृहमन्त्रीमाथि उठेका प्रश्नको बारेमा सुन्न चाहन्छ । के उहाँहरूले रोकिरहने ? अनि हामी सत्तापक्षले कहाँ गएर सुन्ने हो ? हामी सत्तापक्षले बोल्ने कहाँ गएर हो ? सरकारले कहाँ गएर बोल्ने हो ?
महेश बर्तौला
प्रमुख सचेतक, नेकपा एमाले


प्रमुख सचेतक लेखकको अभिव्यक्तिले लामिछानेमाथिको प्रहार कांग्रेसले रोक्ने छैन भन्ने देखाउँछ । यसअघिको संसद् बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अब बस्ने संसद्् बैठकमा सरकारले संसदीय समिति बनाउने गरी नआए बैठक चल्न नदिने अल्टिमेटम दिएका थिए । उक्त माग पूरा नभएपछि गृहमन्त्री लामिछानेलाई रोस्ट्रममा जान पनि रोक लगाउने गरी विरोधमा उत्रिने तयारी कांग्रेसको छ । 

जबकि, गृहमन्त्री लामिछानेले आज संसद्‍मा राजनीतिक दलसम्बन्धी संशोधित विधेयक पेस गर्ने सम्भावित कार्यसूची छ । उक्त बैठकमा अवरोध हुन नदिने गरी सोमबार सभामुख घिमिरेले संसद्का प्रमुख चार दलसँग छलफल गरेका हुन् । तर, दलहरूबीच सहमति जुटेन ।नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय छानबिन समिति नबन्ने अडान लिए । सहकारी ठगी प्रकरणलाई उनले हल्का विषय भएको बताए । त्यही भएर संसदीय छानबिन समिति न्यायोचित नहुने दाबी गरे । त्यसरी समिति गठन गर्दै जाने हो भने गलत नजिर स्थापित हुने उनको तर्क छ । उनले कांग्रेसले राजनीतिक पूर्वाग्रहका आधारमा गृहमन्त्रीमाथि प्रहार गर्ने कार्य गरेको भन्दै असन्तुष्टि पोखे । गृहमन्त्रीको कुरा कांग्रेसले सुन्नै नचाहेको भन्दै उनी आक्रोशित पनि सुनिए ।

‘सिंगो देशले गृहमन्त्रीमाथि लागेका प्रश्नको बारेमा सुन्न चाहन्छ । के उहाँहरूले रोकिरहने ? अनि हामी सत्तापक्षले कहाँ गएर सुन्ने हो ? हामी सत्तापक्षले बोल्ने कहाँ गएर हो ? सरकारले कहाँ गएर बोल्ने हो ?,’ बर्तौलाले भने, ‘त्यसकारण उहाँहरूले जे गर्नुभयो, त्यो बेठिक छ । मिलेको छैन । राजनीतिक प्रतिशोध र पूर्वाग्रहको बन्धक संसद्लाई बनाउनु हुँदैन ।’गृहमन्त्री लामिछानेले पोखराको सूर्यदर्शन सहकारीसँगै चितवनका एक सहकारीबाट बचतकर्ताको करोडौं बचत ल्याएर ग्यालेक्सी टिभी सञ्चालन गरेको र डुबाइदिएको आरोपको सामना गरिरहनुपरेको छ । उनले यसबारे इन्कार गरेका छन् । तर, विपक्षी कांग्रेसले उनीविरुद्ध लगातार प्रश्न उठाइरहेको छ । 

सत्ता नेतृत्व दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि गृहमन्त्रीले आज विधेयक पेस गर्ने कार्यतालिका रहेकाले त्यहीबेला उनले कांग्रेसलाई जवाफ दिने बताए । कांग्रेसको माग अर्थपूर्ण नभएको पनि बताए । 
लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने नमुछिएको दाबी गरे । बरू, उनलाई बलिको बोको बनाउन खोजेको आक्षेप लगाएका छन् । 

यी तथ्यहरूले सत्तापक्षीय दलका प्रमुख सचेतकहरू संसदीय छानबिन समिति गठनको पक्षमा देखिएनन् । कांग्रेसलाई पेलेरै अघि बढ्ने तयारीमा देखिएको छ । कांग्रेसले गत २४ फागुनदेखि नै लगातार सहकारी ठगी प्रकरणमा गृहमन्त्री मुछिएपछि छानबिन हुनुपर्ने जनाएको थियो । त्यसपछि पनि बेलाबखत कांग्रेस यही मुद्दा उठाउँथ्यो । यद्यपि, कांग्रेसको मुद्दा सम्बोधन नहुने भएको छ । सरकारको यसप्रति कुनै चासो छैन । बरू, बेवास्ता छ । यस्तो अवस्थामा आज कांग्रेसले संसद्् चल्न दिन्छ कि दिँदैन ? आजै टुंगो लाग्ने छ ।


प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री सोमबार, कात्तिक ३, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान सोमबार, कात्तिक ३, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
गर्भवतीको समयमै हवाई उद्धार हुँदा 
गर्भवतीको समयमै हवाई उद्धार हुँदा  सोमबार, कात्तिक ३, २०८२
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा सोमबार, कात्तिक ३, २०८२
लुटिएका हतियारको त्रास
लुटिएका हतियारको त्रास सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP