Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • सहमति जुटाउने सभामुखको प्रयास व्यर्थ
कांग्रेस–सत्तापक्षको आ–आफ्नै अडान सहमति जुटाउने सभामुखको प्रयास व्यर्थ
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, चैत २७, २०८०

अब संसद्मा कुनै बैठकका काम कारबाही अवरुद्ध भए भने त्यसको जिम्मेवार सरकारले लिनुपर्दछ । आज संसद्मा सरकार कुन रुपमा प्रस्तुत हुन्छ ? त्यसैअनुसार कांग्रेस प्रस्तुत हुन्छ ।
रमेश लेखक
प्रमुख सचेतक, नेपाली कांग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग सम्बोधन नगरी सत्तापक्ष पेलेरै अघि बढ्ने भएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएपछि छानबिन गर्न संसदीय समिति गठनको माग कांग्रेसले हप्तौंदेखि गरिरहे पनि सत्तापक्ष त्यसमा सहमत देखिएको छैन । बरू, छानबिन समिति गठन नगरी संसद् सञ्चालन गर्ने पक्षमा सत्तापक्ष देखिएको छ ।

कांग्रेस भने संसदीय समिति गठन नभइञ्जेल संसद् बैठक चल्न नदिने पक्षमा छ । यसलाई लिएर सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने ठूला दलका प्रमुख सचेतकहरूलाई बोलाएर छलफल गरेका थिए । सत्तापक्षीय दलहरू र प्रमुख विपक्षी कांग्रेसबीच समझदारी कायम गरेर संसद्् बैठक सञ्चालनका लागि वातावरण बनाउन सभामुख घिमिरेले चाहेका थिए । तर, घिमिरेले बोलाएको दलहरूको बैठक विनानिष्कर्ष सकियो । 

उनले संसद््का मुख्य दलका शीर्ष नेता, प्रमुख सचेतक र सचेतकहरूलाई  सिंहदरबारमा बोलाएर राखेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पूर्ववत् अडानबाट पछि हटेन । बैठकमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे जसरी पनि संसदीय छानबिन गर्न समिति बन्नुपर्ने मागमा दोहोर्‍याए । नभए संसद् चल्न नदिने चेतावनी दिए । लेखकको चेतावनीले संसद्को गतिरोध भए कयौं विधेयकहरू प्रभावित हुने छन् । 

Hardik health

‘अब संसद्मा कुनै बैठकका काम कारबाही अवरुद्ध भए भने त्यसको जिम्मेवार सरकारले लिनुपर्छ,’ लेखकले भने । आज संसद्मा सरकार कुन रुपमा प्रस्तुत हुन्छ ? त्यसैअनुसार कांग्रेस प्रस्तुत हुने पनि बताए ।‘लाखौं लाख नेपालीहरूको पैसा सहकारीमा बचत गरिएको छ । देशका विभिन्न सहकारीमा रकमको अपचलन गर्ने, दुरुपयोग गर्ने, ठगी गर्नेलगायतका काम भएका छन्,’ उनले भने, ‘हामीले हाम्रो कुरा स्पष्ट राखेका छौं । अहिलेसम्म हामी सदासायतापूर्वक प्रस्तुत भएका छौं ।’

सिंगो देशले गृहमन्त्रीमाथि उठेका प्रश्नको बारेमा सुन्न चाहन्छ । के उहाँहरूले रोकिरहने ? अनि हामी सत्तापक्षले कहाँ गएर सुन्ने हो ? हामी सत्तापक्षले बोल्ने कहाँ गएर हो ? सरकारले कहाँ गएर बोल्ने हो ?
महेश बर्तौला
प्रमुख सचेतक, नेकपा एमाले


प्रमुख सचेतक लेखकको अभिव्यक्तिले लामिछानेमाथिको प्रहार कांग्रेसले रोक्ने छैन भन्ने देखाउँछ । यसअघिको संसद् बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अब बस्ने संसद्् बैठकमा सरकारले संसदीय समिति बनाउने गरी नआए बैठक चल्न नदिने अल्टिमेटम दिएका थिए । उक्त माग पूरा नभएपछि गृहमन्त्री लामिछानेलाई रोस्ट्रममा जान पनि रोक लगाउने गरी विरोधमा उत्रिने तयारी कांग्रेसको छ । 

जबकि, गृहमन्त्री लामिछानेले आज संसद्‍मा राजनीतिक दलसम्बन्धी संशोधित विधेयक पेस गर्ने सम्भावित कार्यसूची छ । उक्त बैठकमा अवरोध हुन नदिने गरी सोमबार सभामुख घिमिरेले संसद्का प्रमुख चार दलसँग छलफल गरेका हुन् । तर, दलहरूबीच सहमति जुटेन ।नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय छानबिन समिति नबन्ने अडान लिए । सहकारी ठगी प्रकरणलाई उनले हल्का विषय भएको बताए । त्यही भएर संसदीय छानबिन समिति न्यायोचित नहुने दाबी गरे । त्यसरी समिति गठन गर्दै जाने हो भने गलत नजिर स्थापित हुने उनको तर्क छ । उनले कांग्रेसले राजनीतिक पूर्वाग्रहका आधारमा गृहमन्त्रीमाथि प्रहार गर्ने कार्य गरेको भन्दै असन्तुष्टि पोखे । गृहमन्त्रीको कुरा कांग्रेसले सुन्नै नचाहेको भन्दै उनी आक्रोशित पनि सुनिए ।

‘सिंगो देशले गृहमन्त्रीमाथि लागेका प्रश्नको बारेमा सुन्न चाहन्छ । के उहाँहरूले रोकिरहने ? अनि हामी सत्तापक्षले कहाँ गएर सुन्ने हो ? हामी सत्तापक्षले बोल्ने कहाँ गएर हो ? सरकारले कहाँ गएर बोल्ने हो ?,’ बर्तौलाले भने, ‘त्यसकारण उहाँहरूले जे गर्नुभयो, त्यो बेठिक छ । मिलेको छैन । राजनीतिक प्रतिशोध र पूर्वाग्रहको बन्धक संसद्लाई बनाउनु हुँदैन ।’गृहमन्त्री लामिछानेले पोखराको सूर्यदर्शन सहकारीसँगै चितवनका एक सहकारीबाट बचतकर्ताको करोडौं बचत ल्याएर ग्यालेक्सी टिभी सञ्चालन गरेको र डुबाइदिएको आरोपको सामना गरिरहनुपरेको छ । उनले यसबारे इन्कार गरेका छन् । तर, विपक्षी कांग्रेसले उनीविरुद्ध लगातार प्रश्न उठाइरहेको छ । 

सत्ता नेतृत्व दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि गृहमन्त्रीले आज विधेयक पेस गर्ने कार्यतालिका रहेकाले त्यहीबेला उनले कांग्रेसलाई जवाफ दिने बताए । कांग्रेसको माग अर्थपूर्ण नभएको पनि बताए । 
लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने नमुछिएको दाबी गरे । बरू, उनलाई बलिको बोको बनाउन खोजेको आक्षेप लगाएका छन् । 

यी तथ्यहरूले सत्तापक्षीय दलका प्रमुख सचेतकहरू संसदीय छानबिन समिति गठनको पक्षमा देखिएनन् । कांग्रेसलाई पेलेरै अघि बढ्ने तयारीमा देखिएको छ । कांग्रेसले गत २४ फागुनदेखि नै लगातार सहकारी ठगी प्रकरणमा गृहमन्त्री मुछिएपछि छानबिन हुनुपर्ने जनाएको थियो । त्यसपछि पनि बेलाबखत कांग्रेस यही मुद्दा उठाउँथ्यो । यद्यपि, कांग्रेसको मुद्दा सम्बोधन नहुने भएको छ । सरकारको यसप्रति कुनै चासो छैन । बरू, बेवास्ता छ । यस्तो अवस्थामा आज कांग्रेसले संसद्् चल्न दिन्छ कि दिँदैन ? आजै टुंगो लाग्ने छ ।


प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी मंगलबार, साउन १९, २०८३
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग मंगलबार, साउन १९, २०८३
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व मंगलबार, साउन १९, २०८३
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण मंगलबार, साउन १९, २०८३
आकस्मिक बाढीको आज मध्यम जोखिम
आकस्मिक बाढीको आज मध्यम जोखिम मंगलबार, साउन १९, २०८३
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP