Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रधानमन्त्री दाहालको छटपटी
प्रधानमन्त्री दाहालको छटपटी
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, फागुन १८, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रम कार्यालय सिंहदरबारमा बिहीबार भएको चालु आवको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन समीक्षा बैठकमा निर्देशनसहित मन्तव्य राख्दै । तस्बिर ः रासस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल गत आम निर्वाचनअघि सुशासन कायम गराउँदै देश विकासको नेतृत्व फेरि एकपटक गर्ने हुटहुटी भएको बताउँथे । नभन्दै कांग्रेस नेतृत्वको गठबन्धन तोड्दै १० पुस २०७९ मा एमालेसँग मिलेर प्रधानमन्त्री भए ।

सबीचमा अनेकन राजनीतिक उतारचढाव भए । गठबन्धनमा दलहरू हेरफेर भए । तर, प्रधानमन्त्रीका रूपमा दाहाल अविच्छिन्न छन् । संसदीय अंकगणितले निकै कमजोर दलका नेता दाहाल १४ महिनादेखि सरकारको नेतृत्व गरिरहेका छन् ।

उनै दाहाल यतिबेला आफू नेतृत्वकै सरकारको काम गराइप्रति त्यति सन्तुष्ट छैनन् । बिहीबार सिंहदरबारमा उनले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षाको क्रममा दिएको अभिव्यक्तिले त्यही प्रष्ट्याउँछ । २९ माघमा अर्थमन्त्री महतले बजेट संशोधन गरेका थिए । यसलाई लिएर दाहाल पूरै असन्तुष्ट देखिए । महतले गरेको संशोधनलाई मनोगत भन्न भ्याए । गत श्रावण महिनामा निर्धारण गरिएका लक्ष्यहरूअनुसार काम हुन नसकेको पनि बताए । 

‘हाम्रा प्रतिबद्धताहरू अर्कोे ठाउँमा छन् । हामीले गएको श्रावण महिनामा आफैंले तयार पारेका माइलस्टोनहरू जसरी तोकियो, त्यो त हामीले नै बसेर तोकेको हो’, उनले भने, ‘त्यतिबेला पर्याप्त वस्तुगत र वस्तुवादी हुन सकेनौं । अलि बढी मनोगत भयो । ती माइलस्टोनहरू अहिले हेर्दा परिमार्जन गर्नुपर्ने, हटाउनु, घटाउनुपर्ने स्थिति देखापरेको छ ।’

Hardik health

सरकारका योजना तथा कार्यक्रमहरू निर्धारण गर्दा वस्तुगत र वस्तुवादी हुन नसकेको टिप्पणी गरे । अर्थमन्त्री डा प्रकाशशरण महतलाई लक्षित गर्दै उनले मनोगत ढंगबाट लक्ष्यहरू निर्धारण गर्दा परिणाम प्राप्त हुन नसकेको पनि धारणा राखे ।

‘हामीले जसरी लक्ष्य निर्धारण गर्नुपर्ने हो, त्यो लक्ष्य निर्धारण गर्ने कुरामा पनि मनोगत भएका छौं । यथार्थ धरातलसँग त्यति मिलेका छैनन् भन्ने कुरा देखियो । हामीले माघ मासन्तसम्म सम्पन्न हुनुपर्ने भनेर १ हजार ७ सय ६७ वटा माइलस्टोनमध्ये ३६ प्रतिशतमात्रै सम्पन्न हुनु ५१ प्रतिशत चालु अवस्थामा र १४ प्रतिशत त सुरू नै हुन नसकेको देखियो’, दाहालले भने । 

सरकारको चालु आर्थिक वर्षमा कुल ३ हजार ४२१ वटा माइलस्टोन योजना छन् । त्यसमध्ये हालसम्म ६३३ मात्र सम्पन्न भएका छन् । जबकि चालु आर्थिक वर्षको ९ महिना बितिसक्यो । २४५ अझै त सुरु नै भएको छैन । अर्थमन्त्री महतलाई लक्षित गर्दै प्रधानमन्त्री दाहालले कार्य क्षमतामाथि नै प्रश्न उठेको बताए ।

उनका अनुसार माघसम्म कुल राजश्व संकलन वार्षिक लक्ष्यको तुलनामा ३९.९ झन्डै ४० प्रतिशत र माघसम्मको लक्ष्यको तुलनामा ७४ प्रतिशत मात्र संकलन भएको देखिएको छ । अझ पुँजीगत खर्च त २४ प्रतिशत भन्दा कम भएको छ । ‘पुँजी निर्माण नभइ विकासले गति लिँदैन भन्ने कुरा सबैलाई थाहा छ । अर्थतन्त्र पनि त्यो स्थितिमा चलायमान हुन सक्दैन’, दाहालले भने, ‘आफैंले किटान गरेको लक्ष्यअनुसार उपलब्धी किन हासिल हुन सकेन हामीसँग अहिले पनि चित्तबुझ्दो उत्तर छैन ।’

प्रधानमन्त्री दाहाल अर्थसँगै अन्य मन्त्रालयको कार्यप्रगति विवरण देखेर पनि सन्तुष्ट छैनन् । उनकै शब्दमा कामै गर्न नसकेको अवस्थामा उनको सरकार छ । बुधबार सरकारको कार्यप्रगति राम्रो नदेखिनुमा कर्मचारीलाई पनि दोष लगाएका थिए । उनले कुनै पनि योजनाको निर्णय नगर्ने प्रवृत्ति कर्मचारीमा देखिँदै गएको बताएका थिए । यसको अर्थ कर्मचारीको सरकारले पूर्ण सहयोग प्राप्त नभएको भन्ने हो । 

गत १० पुसमा पनि उनले प्रधानमन्त्रीको कूर्सी सम्हालेको एक वर्ष पुगेको दिन राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारले सोचेअनुरूप परिणाम दिन नसकेको स्वीकारेका थिए । काम गरेर देखाउने हुटहुटी दोहो¥याउँदै उनले त्यसबेला नै कार्यसम्पादन कमजोर भएका मन्त्रीहरूलाई हटाउने संकेत गरेका थिए ।

तर, सत्ता गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनिच्छुक देखिएको बताइएको छ । जसले गर्दा उनको मन्त्री हेरफेरको योजना कार्यान्वयन भएको छैन । मन्त्रीहरू र कर्मचारीले राम्रो काम गर्न नसक्दा सरकारमाथि नै प्रश्न उठेको पनि उनले बताउने गरेका छन् । बिहीबार चालु आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षामा पनि उनको कुरा उस्तै देखिएको छ । यसको कारक अर्थमन्त्री डा. महतदेखि कर्मचारीतन्त्र र राजनीतिक नेतृत्व रहेको भन्दै गुनासो पोखे ।

‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा नयाँ संकल्पको साथ यो क्याबिनेटले जसरी काम गर्नुपर्छ भनेर जोडतोडले उत्साहको साथ अगाडि बढेका थियौं । एकवर्षसम्म मोटामोटी ढंगले हामी ठीकठीकै ढंगबाट जान्छौं भन्ने नै थियो । तर, अहिले यो समीक्षासम्म आउँदा मेरो बेचैनी बढेको छ । काल पर्खिने खालको सरकार त हुन हुँदैन हाम्रो । जनतालाई सेवा र विकास निर्माणको दृष्टिले पनि नयाँ गरेर परिणाम देखाउँछौं भन्ने प्रतिवद्धता र संकल्पले अघि बढेको हो । तर, यहाँ आउँदा चाहिँ परिणाम त्यस्तो भइरहेको छैन’, दाहालले भने । 

उनले परिस्थिति जटिल र चुनौतीपूर्ण रहेको पनि बताए । कर्मचारीप्रति संकेत गर्दै उनले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक हुनुपर्ने औँल्याए । निर्णय नलिएकै र पन्छाएकै कारणबाट मुलुकलाई कति हानि–नोक्सानी वा क्षति हुनसक्छ भन्ने मूल्यांकन गर्ने प्रणाली स्थापित गर्नुपर्ने पनि बताए । 

‘मैले बारम्बार जोड दिँदै आएको छु, प्रचलित ऐन, नियमको परिधिभित्र रही निर्णय गर्न कसैले हिचकिचाउनु हुँदैन र पर्दैन पनि’, दाहालले भने, ‘कुनै पनि सार्वजनिक पदाधिकारीले असल नियतले गरेको निर्णयको बनावट गर्न र त्यस्तो कर्मचारीको संरक्षण गर्न म सदैव प्रतिबद्ध छु । तसर्थ सोहीबमोजिम गतिशील र सृजनशील भूमिका निर्वाह गर्न तत्पर रहनुहोला ।’ 
 


प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी मंगलबार, साउन १९, २०८३
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग मंगलबार, साउन १९, २०८३
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व मंगलबार, साउन १९, २०८३
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण मंगलबार, साउन १९, २०८३
आकस्मिक बाढीको आज मध्यम जोखिम
आकस्मिक बाढीको आज मध्यम जोखिम मंगलबार, साउन १९, २०८३
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP