Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • अख्तियारको भूमिकामा सांसदहरुले उठाए प्रश्न 
चर्चित भ्रष्टाचार काण्डको अनुसन्धान अख्तियारको भूमिकामा सांसदहरुले उठाए प्रश्न 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, फागुन १६, २०८०

टेरामक्समा करिब बयान टुंगो लागेको छ । अध्ययन अनुसन्धानको काम भइरहेको छ, केही समयमै रिजल्ट आउँछ । सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको पनि अनुसन्धान जारी छ ।
प्रेमकुमार राई
प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोग


काठमाडौं– भ्रष्टाचार निवारण गर्ने संवैधानिक अधिकार प्राप्त निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चर्चित सात काण्डको अनुसन्धान जारी रहेको जनाएको छ । यी काण्डहरूको अनुसन्धान टुंगोमा पुर्‍याउन भने अख्तियारलाई अझै समय लाग्ने देखिएको छ ।

अख्तियारले अनुसन्धान गरिरहेको पछिल्लो काण्ड भनेको टेरामक्स घोटालासम्बन्धी हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसमेत यो घोटालामा जोडिएका छन् । उनीसँग अख्तियारले बयान लिइसकेको छ । तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्रीको हैसियतमा रहँदा उनले घोटाला गरेको अख्तियारको प्रारम्भिक निष्कर्ष छ । त्यही भएर अख्तियारले उनीसँग बयान लिएको हो । 

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि यो प्रकरणमा मुछिएका छन् । उनीसँग पनि अख्तियारले बयान लिइसकेको छ । बस्नेत र कार्की दुवैजना कांग्रेस नेताहरू हुन् । टेरामक्स प्रणालीको खरिदमा अर्बौं भ्रष्टाचार भएको भनिएको छ । यसबारे अख्तियार अनुसन्धानरत छ । यही विषय मंगलबार संसद्को सार्वजनिक लेखा समितिमा सांसदहरुले प्रश्न उठाए ।

Hardik health

‘बहालवाला मन्त्री झण्डा हल्लाएर बयान दिन गएका छन् । साना मुद्दा कार्यान्वयनमा आउने, राजनीतिक व्यक्ति जोडिएका नआउने ?,’ एमाले सांसद दामोदर भण्डारीले भने ।
जवाफमा अख्तियार प्रमुख प्रेमकुमार राईले अनुसन्धानको अन्तिम चरणमा पुगेको बताए । ‘टेरामक्समा करिब बयान टुंगो लागेको छ । अध्ययन अनुसन्धानको काम भइरहेको छ,’ उनले मंगलबार सार्वजनिक लेखा समिति बैठकमा भने, ‘केही समयमा रिजल्ट आउँछ । अहिले अन्तिम चरणमा छौं ।’

अर्को बहुचर्चित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको प्रकरणमा पनि अख्तियारले अनुसन्धान गरिरहेको छ । १६ महिनादेखि अख्तियार अनुसन्धानमा छ । तर, प्रभावकारी अनुसन्धानका लागि खुट्टा कमाएको छ । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा कांग्रेस सांसदसमेत रहेका अर्बपति विनोद चौधरीको चौधरी ग्रुपको भगिनी कम्पनी चाँदबाग रेसिडेन्सी संलग्न छ । रेसिडेन्सीका अध्यक्ष अरुण चौधरी पक्राउ परेका थिए । तर, धरौटीमा रिहा भए । 

यसबाहेक अख्तियारले झापाको गिरिबन्धु टि–स्टेटको पनि अनुसन्धान जारी राखेको छ । यहाँ भने एमाले अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन भूमिसुधारमन्त्री पद्या अर्याललगायत जोडिएका छन् । हालै सर्वोच्च अदालतले उ    क्त टि–स्टेटको जग्गा सट्टाभर्ना गर्न ओली सरकारले गरेको निर्णय बदर गरिदिएको छ । तर, यस प्रकरणको अनुसन्धान भने निकै सुस्त छ । 

मंगलबार यसकाण्डको अनुसन्धानमा विलम्ब भइरहेको भन्दै कांग्रेस सांसद सञ्जय गौतम आक्रोशित भए । उनले अख्तियार प्रमुख राईलाई सोधे, ‘न्यारो बडी, गिरीबन्धु टि–स्टेट थातीमा छ । टुंगो लगाउन केले रोक्यो ?’सांसद गौतमले उठाएको न्यारो बडी जहाज खरिदमा पनि ठूलो भ्रष्टाचार भएको विवरण सार्वजनिक भइसकेको छ । २०७१ सालमा नेपाल वायु सेवा निगमले दुईवटा न्यारो बडी जहाज खरिद गरेको थियो । त्यहाँ ६० अर्बभन्दा बढी भ्रष्टाचार भएको छानविन प्रतिवेदनको निष्कर्ष थियो । यस प्रकरणको अनुसन्धान अख्तियारले गरिरहेको छ । तर, अनुसन्धान निकै सुस्त छ । 

तत्कालीन पर्यटनमन्त्रीहरू स्वर्गीय रवीन्द्र अधिकारी, जीवनबहादुर शाही, जितेन्द्र देवसँगै तत्कालीन सचिव प्रेमकुमार राई, पूर्वसचिव कृष्ण अधिकारीलगायत मुछिएको वाइड बडी जहाज खरिद प्रकरणको पनि अनुसन्धान सुस्त छ । अहिलेसम्म अख्तियारले मुद्दाको अभियोजन गरेकै छैन । चार अर्बभन्दा बढी वाइड बडी जहाज खरिदमा भ्रष्टाचार भएको छानबिन समितिको प्रतिवेदन थियो । तर, अख्तियार निकै पुरानो यस प्रकरणको पनि निष्कर्षमा पुगेकै छैन । 

एमाले सांसद गोकुलप्रसाद बाँस्कोटा ७० करोड कमिसन प्रकरणमा मुछिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारेको अनुसन्धान पनि अझै बाँकी छ । यसबारे सांसद बाँस्कोटाले नै मंगलबारको संसद् बैठकमा आयोगले कुनै प्रकरणमा मुछिएकाबारे अनुसन्धान छिटो गरेर निर्णय दिनुपर्ने बताएका थिए ।जवाफ दिने क्रममा अख्तियार प्रमुख राईले उक्त काण्डको छानबिन भइरहेको बताए । उनले भने, ‘प्रमाणविना कसैलाई पक्राउ गर्ने कुरा हुँदैन ।’

अख्तियारले चमेलिया जलविद्युत् आयोजनामा ५४ करोड भएको भ्रष्टाचारकाण्डको पनि अनुसन्धान गरिरहेको छ । यहाँ पनि मन्त्रीदेखि सचिव हुँदै तल्ला तहका कर्मचारीहरू जोडिएका छन् । तर, अख्तियारले अनुसन्धान अझै सकेको छैन ।

गैरआर्थिक भ्रष्टाचारको अनुसन्धान गर्न निर्देशन
संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले गैरआर्थिक भ्रष्टाचारजन्य कार्यकोसमेत अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । उनले त्यस्ता कार्यको प्रभावकारी अनुसन्धान गर्न र कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई निर्देशन दिएका हुन् ।

‘आर्थिक अनियमिततालगायतका भ्रष्टाचारको परिभाषाभित्र पर्ने, गैरआर्थिक भ्रष्टाचारजन्य कार्यमाथिसमेत प्रभावकारीरूपमा अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउनेगरी कार्यसम्पादन गर्नसमेत समितिको बैठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन गर्दछ,’ मंगलबारको समिति बैठकपछि सभापति पोखरेलले भने ।

बैठकमा सभापति पोखरेलसँगै समिति सदस्यहरूले समितिले दिएको निर्देशनहरूको कार्यान्वयन अवस्था र कार्यप्रगतिबारे अख्तियार प्रमुख राईलाई सोधेका थिए । भ्रष्टाचारजन्य कसुर स्थापित हुनेगरी प्रभावकारी अनुसन्धान गर्ने निष्कर्षमा पुग्न र विशेष अदालतमा अभियोजन गर्न पनि सुझाएका थिए ।

भ्रष्टाचार प्रकरणको अनुसन्धानका लागि विभिन्न मुलुकहरूसँग सूचना लिनुपर्ने भएकाले त्यसका लागि सरकारसँग सम्झौता गर्न पनि समितिको निर्देशन छ । आवश्यकताअनुसार बहुपक्षीय र दुईपक्षीय सम्झौताहरू गर्न र संसद्बाट अनुमोदन गराउने कार्यलाई प्राथमिकताका साथ गर्न÷गराउन समितिले सरकारलाई पनि निर्देशन दिएको छ । प्रमुख राईले मुलुकबाहिरबाट भ्रष्टाचारको ‘डिल’ हुन थालेको भनेपछि समितिले यस्तो निर्देशन दिएको हो ।
 


प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १०:२३
#भ्रष्टाचार_काण्ड #प्रेमकुमार_राई
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी मंगलबार, साउन १९, २०८३
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग मंगलबार, साउन १९, २०८३
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व मंगलबार, साउन १९, २०८३
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण मंगलबार, साउन १९, २०८३
आकस्मिक बाढीको आज मध्यम जोखिम
आकस्मिक बाढीको आज मध्यम जोखिम मंगलबार, साउन १९, २०८३
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP