Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
समाचार
  • Home
  • समाचार
  • सुरक्षामा गम्भीर लापारवाही
संसद् भवनभित्र लघुवित्तपीडितकाे प्रदर्शन सुरक्षामा गम्भीर लापारवाही
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, फागुन १५, २०८०

काठमाडौं– संघीय संसद् भवन रहेको बानेश्वर निषेधित क्षेत्र हो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर राख्दै सरकारले यस क्षेत्रलाई निषेधित सूचीमा राखेको छ । संसद् भवनभित्र    जो कोहीलाई प्रवेशमा रोक लगाउन बाहिरी क्षेत्रमा प्रहरी खटिएका छन् । भित्र सांसदको सुरक्षामा मर्यादापालक छन् । 

तर, सोमबार निषेधित क्षेत्रभित्र पर्ने संघीय संसद् भवन परिसरमा नाराबाजीसहित लघुवित्तपीडितहरूको एउटा समूह छिरेर प्रदर्शन ग¥यो । यसले उच्च सुरक्षा व्यवस्था भनिएकै स्थानमा गम्भीर सुरक्षा लापारबाही भएको देखाएको छ । अर्थात् संसद् भवन क्षेत्रमा प्रहरीको सुरक्षास्थितिको दुरावस्था छर्लंग पारेको छ । जतिबेला संसद् भवनभित्र प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक चलिरहेको थियो ।

उक्त घटनापछि सभामुख देवप्रसाद घिमिरेले संसद् भवन क्षेत्रको सुरक्षा अवस्थाबारे प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँग चासो राखे । सभामुखका प्रेसविज्ञ शेखर अधिकारीका अनुसार सभामुखले घटनालाई गम्भीर रूपमा लिएका छन् । ‘संसद् परिसरमा लघुवित्त ऋणीहरू प्रवेश गरेको विषयमा सभामुखले गम्भीर चासो लिनुभएको छ । सभामुखले आजै प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरबाट घटनाबारे जानकारी लिनुभएको छ,’ अधिकारीले प्रभावसँग भने ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि संघीय संसद् भवन परिसरमा लघुवित्तपीडितहरू प्रवेश गरेको विषयमा आकस्मिक बैठक बोलाएर दुवै प्रहरी प्रमुखदेखि काठमाडौंका सुरक्षा अधिकारीसँग सोधपुछ गरेका छन् । गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरीका महानरीक्षक वसन्तबहाुदर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, काठमाडौं जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्री, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुखलगायतलाई छलफलमा बोलाएका थिए । उनीहरूलाई मन्त्री श्रेष्ठले संसद् भवन परिसरमा लघुवित्तपीडित छिरेको प्रकरणमा गम्भीर कमजोरी भएको भन्दै प्रश्न गरे । 

Hardik health

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी दीपक थापाका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा लघुवित्तपीडितहरू काठमाडौंका विभिन्न ठाँउबाट सोमबार दिउँसो पाँच/छ जना भेला भएर बानेश्वरको पानीट्यांकी नजिक गएको देखिन्छ । गेटमा बसेका प्रहरीलाई उनीहरूले ‘आज कार्यक्रम छैन । यसो घुम्न आएका हौं,’ भनेका थिए । त्यत्तिकैमा संसद् भवनको ३ नम्बर गेटअघि भेला हुने क्रम बढ्यो । त्यसबेला गेटमा दुईजना प्रहरी थिए ।

एकजनाचाहिँ संसद् भवनतिर गएको मौकामा भएका एक जना सेन्ट्रीलाई धकेलेर लघुवित्तपीडितहरू भित्र छिरेका थिए । अनि, नारा लगाइहाले । उनीहरूलाई हटाउन प्रहरीलाई हम्मेहम्मे नै प¥यो । जहाँको सम्पूर्ण सुरक्षा कमाण्ड नेपाल प्रहरीको हुन्छ । कमाण्डर प्रहरी निरीक्षक हुन्छन् । तर, सोमबार भने सुरक्षार्थ खटिएका प्रहरीलाई नै छलेर प्रदर्शनकारी भित्र प्रवेश गर्नुले सुरक्षा अवस्था नाजुक रहेको देखाएको छ ।

घटनाको छानबिन गर्न प्रहरी महानिरीक्षक कुँवरले तीन सदस्यीय समिति गठन गरेका छन् । प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको संयोजकत्वमा प्रहरी उपरीक्षक नवराज अधिकारी र प्रहरी नायव उपरीक्षक दिनेश घिमिरे रहेको समिति गठन गरेका हुन् । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले समितिले छानबिन गरेर बुझाएको प्रतिवेदनका आधारमा संसद् भवन सुरक्षार्थ खटिएका प्रहरीलाई के कसो गर्नुपर्ने भन्ने टुंगो लाग्ने बताए । ‘छानबिन समितिले काम थालेको छ । जतिसक्दो छिटो सत्यतथ्य बाहिर ल्याउन समितिलाई कार्यादेश छ,’ उनले भने, ‘समितिकै छानबिन प्रतिवेदनका आधारमा को दोषी ? थाहा हुन्छ र आवश्यक विभागीय कारबाही हुन्छ ।’

हाललाई भने संसद् भवनमा आन्दोलनकारी पस्दा खटिएका प्रहरीहरूलाई त्यहाँबाट हटाइएको छ । उनीहरूलाई प्रहरी मुख्यालय बोलाएको छ । उनीहरूको स्थानमा नयाँ टिम पठाएको पनि प्रवक्ता ढकालले बताए । उनका अनुसार संसद् भवनमा विशेष कार्यदलका ३२ जना खटिएका थिए । 

संसद् भवन परिसरमा जबर्जस्ती भित्र प्रवेश गरेका ४८ जना महिला र एक जना पुरुष पक्राउ परेका छन् । उनीहरूलाई वानेश्वर वृत्तमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूले आफूहरु गोली खान पनि तयार रहेको भन्दै संसद् परिसरभित्रै सुतेर विरोध जनाएका थिए । जबकि, संसद्भित्र प्रवेश पासविना जान दिइँदैन । २५ दिन पैदल हिँडेर आएका लघुवित्तपीडितहरू भने सोमबार त्यसै प्रवेश गरे ।


वार्ता प्रभावित 
सरकारले लघुवित्तपीडितसँग गर्ने भनिएको वार्ता प्रभावित भएको छ । गृह मन्त्रालयले सोमबार ११ बजे बोलाएको वार्तामा लघुवित्तपीडित गएनन् र वार्ता प्रभावित भएको हो । लघुवित्त तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले प्रहरीले भृकुटीमण्डपमा बस्न नदिने भन्दै पटक–पटक त्यहाँबाट हटाउन खोजेपछि आफूहरू वार्तामा नगई संसद् भवनमै गएको बताए । 

‘कहाँ बसेर हाम्रो आवाज सरकारलाई सुनाउनुपर्ने हो ? सबै ठाउँ निषेधित छ । जहाँ गए पनि हटाएको हटाएकै गरिन्छ,’ उनले भने, ‘त्यसो भएपछि वार्तामा हामी किन जाने ? नजाने । गएनौं पनि ।’अहिले भृकुटीमण्डपमा छ/सात सयको संख्यामा पीडितहरु बसिरहेका छन् । उनीहरू शुक्रबार काठमाडौंमा हिँडेरै आइपुगेका हुन् । गत माघ १६ गतेदेखि उनीहरूले पैदलयात्रा थालेका थिए ।
 


प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १०:११
#मिटरब्याज_पीडित
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री सोमबार, कात्तिक ३, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान सोमबार, कात्तिक ३, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
गर्भवतीको समयमै हवाई उद्धार हुँदा 
गर्भवतीको समयमै हवाई उद्धार हुँदा  सोमबार, कात्तिक ३, २०८२
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा सोमबार, कात्तिक ३, २०८२
लुटिएका हतियारको त्रास
लुटिएका हतियारको त्रास सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP