Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • सुरक्षामा गम्भीर लापारवाही
संसद् भवनभित्र लघुवित्तपीडितकाे प्रदर्शन सुरक्षामा गम्भीर लापारवाही
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, फागुन १५, २०८०

काठमाडौं– संघीय संसद् भवन रहेको बानेश्वर निषेधित क्षेत्र हो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर राख्दै सरकारले यस क्षेत्रलाई निषेधित सूचीमा राखेको छ । संसद् भवनभित्र    जो कोहीलाई प्रवेशमा रोक लगाउन बाहिरी क्षेत्रमा प्रहरी खटिएका छन् । भित्र सांसदको सुरक्षामा मर्यादापालक छन् । 

तर, सोमबार निषेधित क्षेत्रभित्र पर्ने संघीय संसद् भवन परिसरमा नाराबाजीसहित लघुवित्तपीडितहरूको एउटा समूह छिरेर प्रदर्शन ग¥यो । यसले उच्च सुरक्षा व्यवस्था भनिएकै स्थानमा गम्भीर सुरक्षा लापारबाही भएको देखाएको छ । अर्थात् संसद् भवन क्षेत्रमा प्रहरीको सुरक्षास्थितिको दुरावस्था छर्लंग पारेको छ । जतिबेला संसद् भवनभित्र प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक चलिरहेको थियो ।

उक्त घटनापछि सभामुख देवप्रसाद घिमिरेले संसद् भवन क्षेत्रको सुरक्षा अवस्थाबारे प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँग चासो राखे । सभामुखका प्रेसविज्ञ शेखर अधिकारीका अनुसार सभामुखले घटनालाई गम्भीर रूपमा लिएका छन् । ‘संसद् परिसरमा लघुवित्त ऋणीहरू प्रवेश गरेको विषयमा सभामुखले गम्भीर चासो लिनुभएको छ । सभामुखले आजै प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरबाट घटनाबारे जानकारी लिनुभएको छ,’ अधिकारीले प्रभावसँग भने ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि संघीय संसद् भवन परिसरमा लघुवित्तपीडितहरू प्रवेश गरेको विषयमा आकस्मिक बैठक बोलाएर दुवै प्रहरी प्रमुखदेखि काठमाडौंका सुरक्षा अधिकारीसँग सोधपुछ गरेका छन् । गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरीका महानरीक्षक वसन्तबहाुदर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, काठमाडौं जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्री, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुखलगायतलाई छलफलमा बोलाएका थिए । उनीहरूलाई मन्त्री श्रेष्ठले संसद् भवन परिसरमा लघुवित्तपीडित छिरेको प्रकरणमा गम्भीर कमजोरी भएको भन्दै प्रश्न गरे । 

Hardik health

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी दीपक थापाका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा लघुवित्तपीडितहरू काठमाडौंका विभिन्न ठाँउबाट सोमबार दिउँसो पाँच/छ जना भेला भएर बानेश्वरको पानीट्यांकी नजिक गएको देखिन्छ । गेटमा बसेका प्रहरीलाई उनीहरूले ‘आज कार्यक्रम छैन । यसो घुम्न आएका हौं,’ भनेका थिए । त्यत्तिकैमा संसद् भवनको ३ नम्बर गेटअघि भेला हुने क्रम बढ्यो । त्यसबेला गेटमा दुईजना प्रहरी थिए ।

एकजनाचाहिँ संसद् भवनतिर गएको मौकामा भएका एक जना सेन्ट्रीलाई धकेलेर लघुवित्तपीडितहरू भित्र छिरेका थिए । अनि, नारा लगाइहाले । उनीहरूलाई हटाउन प्रहरीलाई हम्मेहम्मे नै प¥यो । जहाँको सम्पूर्ण सुरक्षा कमाण्ड नेपाल प्रहरीको हुन्छ । कमाण्डर प्रहरी निरीक्षक हुन्छन् । तर, सोमबार भने सुरक्षार्थ खटिएका प्रहरीलाई नै छलेर प्रदर्शनकारी भित्र प्रवेश गर्नुले सुरक्षा अवस्था नाजुक रहेको देखाएको छ ।

घटनाको छानबिन गर्न प्रहरी महानिरीक्षक कुँवरले तीन सदस्यीय समिति गठन गरेका छन् । प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको संयोजकत्वमा प्रहरी उपरीक्षक नवराज अधिकारी र प्रहरी नायव उपरीक्षक दिनेश घिमिरे रहेको समिति गठन गरेका हुन् । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले समितिले छानबिन गरेर बुझाएको प्रतिवेदनका आधारमा संसद् भवन सुरक्षार्थ खटिएका प्रहरीलाई के कसो गर्नुपर्ने भन्ने टुंगो लाग्ने बताए । ‘छानबिन समितिले काम थालेको छ । जतिसक्दो छिटो सत्यतथ्य बाहिर ल्याउन समितिलाई कार्यादेश छ,’ उनले भने, ‘समितिकै छानबिन प्रतिवेदनका आधारमा को दोषी ? थाहा हुन्छ र आवश्यक विभागीय कारबाही हुन्छ ।’

हाललाई भने संसद् भवनमा आन्दोलनकारी पस्दा खटिएका प्रहरीहरूलाई त्यहाँबाट हटाइएको छ । उनीहरूलाई प्रहरी मुख्यालय बोलाएको छ । उनीहरूको स्थानमा नयाँ टिम पठाएको पनि प्रवक्ता ढकालले बताए । उनका अनुसार संसद् भवनमा विशेष कार्यदलका ३२ जना खटिएका थिए । 

संसद् भवन परिसरमा जबर्जस्ती भित्र प्रवेश गरेका ४८ जना महिला र एक जना पुरुष पक्राउ परेका छन् । उनीहरूलाई वानेश्वर वृत्तमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूले आफूहरु गोली खान पनि तयार रहेको भन्दै संसद् परिसरभित्रै सुतेर विरोध जनाएका थिए । जबकि, संसद्भित्र प्रवेश पासविना जान दिइँदैन । २५ दिन पैदल हिँडेर आएका लघुवित्तपीडितहरू भने सोमबार त्यसै प्रवेश गरे ।


वार्ता प्रभावित 
सरकारले लघुवित्तपीडितसँग गर्ने भनिएको वार्ता प्रभावित भएको छ । गृह मन्त्रालयले सोमबार ११ बजे बोलाएको वार्तामा लघुवित्तपीडित गएनन् र वार्ता प्रभावित भएको हो । लघुवित्त तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले प्रहरीले भृकुटीमण्डपमा बस्न नदिने भन्दै पटक–पटक त्यहाँबाट हटाउन खोजेपछि आफूहरू वार्तामा नगई संसद् भवनमै गएको बताए । 

‘कहाँ बसेर हाम्रो आवाज सरकारलाई सुनाउनुपर्ने हो ? सबै ठाउँ निषेधित छ । जहाँ गए पनि हटाएको हटाएकै गरिन्छ,’ उनले भने, ‘त्यसो भएपछि वार्तामा हामी किन जाने ? नजाने । गएनौं पनि ।’अहिले भृकुटीमण्डपमा छ/सात सयको संख्यामा पीडितहरु बसिरहेका छन् । उनीहरू शुक्रबार काठमाडौंमा हिँडेरै आइपुगेका हुन् । गत माघ १६ गतेदेखि उनीहरूले पैदलयात्रा थालेका थिए ।
 


प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १०:११
#मिटरब्याज_पीडित
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पश्चिम एसिया युद्धको प्रभाव घरको चुलोदेखि सिंहदरबारसम्म 
पश्चिम एसिया युद्धको प्रभाव घरको चुलोदेखि सिंहदरबारसम्म  सोमबार, चैत २३, २०८२
फेवाताल जग्गा प्रकरणमा कानुनी उपचार खोज्दै गृहमन्त्री गुरूङ
फेवाताल जग्गा प्रकरणमा कानुनी उपचार खोज्दै गृहमन्त्री गुरूङ सोमबार, चैत २३, २०८२
ओली  र  लेखकको  रिटको सुनुवाइ हुँदै  ,निर्णय आजै आउने
ओली र लेखकको रिटको सुनुवाइ हुँदै ,निर्णय आजै आउने सोमबार, चैत २३, २०८२
कोशी प्रदेशसभाको बैठक आज बस्दै
कोशी प्रदेशसभाको बैठक आज बस्दै सोमबार, चैत २३, २०८२
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने सोमबार, चैत २३, २०८२
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP