Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • विवाहेत्तर सम्बन्धले बढाउँदै हत्या
विवाहेत्तर सम्बन्धले बढाउँदै हत्या
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, फागुन ११, २०८०

काठमाडौं– विवाहेत्तर सम्बन्धले हत्याजस्तो गम्भीर प्रकृतिको फौजदारी अपराध बढाएको छ । पछिल्ला महिनामा त्यस्तो सम्बन्धले बढाएको हत्या घटनाको ग्राफ पनि उच्च देखिएको छ । जसले पारिवारिक सुरक्षामा समेत चुनौती थपिदिएको छ । 

बुधबारमात्रै काठमाडौंको सीतापाइलास्थित भैरवटोलमा श्रीमतीसहित तीन जनाको हत्यापछि श्रीमानले आत्महत्या गरे । घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले उक्त घटनाको कारण विवाहेत्तर सम्बन्ध रहेको प्रारम्भिक निष्कर्ष निकालेका छन् । 

घटनामा ३८ वर्षीया श्रीमती ईश्वरी भनिने प्रेमकुमारी श्रेष्ठ, ८ वर्षीया छोरी अनिशा र २८ महिने नातिनी शिवानी श्रेष्ठ मारिएका थिए । हत्यामा संलग्न भनिएका काजी भनिने राजु विश्वकर्मा आत्महत्या गरेको अवस्थामा फेला परे । अर्थात् विवाहेत्तर सम्बन्धको आशंकाले एकै परिवारका चार सदस्य मासिए ।

काठमाडौं प्रहरी परिसरका प्रमुख (एसएसपी) भूपेन्द्र खत्रीका अनुसार नाबालक छोरा अनिशको मोबाइलमा राजुले खिचाएको भिडियो सन्देशले श्रीमती ईश्वरीको विवाहेत्तर सम्बन्ध नै घटनाको कारक रहेको खुलाउँछ ।

Hardik health

भिडियोमा हत्या आरोपी राजुले भनेका छन्, ‘...मैले बाँचेर गरी खाने ठाउँ भएन । आज पो राम्रो होला कि, भोलि पो राम्रो होला कि भनेर हेरें । कहिल्यै पनि राम्रो भएन । त्यही भएर मैले यस्तो निर्णय गरेको छु । तिमीहरू मिलेर गरिखानू । मिलेर बस्नू । ममीजस्तो भएर नहिँड्नू । त्यही हो मेरो भनाइ । माफ गरिदे मलाई ।’

स्थानीय एक अर्धबैंशे पुरुषसँग ईश्वरी सम्बन्धमा रहेको र अन्ततः ईश्वरीले राजुको दबाबमा ती पुरुषविरुद्ध बलात्कारसम्बन्धी मुद्दा दायर गरेकी थिइन् । तर, पनि पाँच लाख धरौटीमा गत साता ती पुरुष छुटेको र ईश्वरीले भेट्ने क्रम जारी राखेपछि राजु क्रुद्ध बनेका थिए । चितवनका अर्का एक जना पुरुषसँग पनि ईश्वरी सम्बन्धमा रहेको बताइएको छ । परिणामतः बुधबार श्रीमतीसहित तीन जनाको हत्या गरेर आत्महत्या गरेको निष्कर्ष प्रहरीको छ । 

यसअघि २७ माघमा काठमाडौंकै गौशलाको एक होटलमा महिला मृत फेला परेकी थिइन् । घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले मृत महिला रामेछापको लिखु–६ की २८ वर्षीया प्रमिला दमाई रहेको पत्ता लगायो । विवाहित उनी दोलखाको बैतेश्वर– ७ का कुमार श्रेष्ठ (विवाहित)सँग विवाहेत्तर सम्बन्धमा रहेको प्रहरीले अनुसन्धानपछि पत्ता लगायो र  घटनाको कारण विवाहेत्तर सम्बन्धमा खटपट रहेको निष्कर्ष निकाल्यो ।

गत ७ माघमा काठमाडौंको स्वयम्भूस्थित शोभाभगवतीमा रहेको एक घरमा ५१ वर्षीया सफिना मियाँको शरीर सडिएको अवस्थामा फेला प¥यो । घटना तीन महिना पहिलेको भएको प्रहरीले निष्कर्ष निकाल्यो । टाउकोमा गम्भीर चोट लागेको देखिएका सफिनाको हत्या आरोपमा प्रहरीले प्रेमी भारतको विहारका इकरामुल हक अन्सारीलाई पक्राउ ग¥यो । अनुसन्धानको क्रममा विवाहेत्तर सम्बन्धमा उनी सफिनासँग रहेको र सम्बन्धमा खटपट भएपछि हत्या गरेको बयान दिएको प्रहरीले जनायो ।

मृतक मिया तनहुँको भीमदत्त नगरपालिका– १ की रहेको खुलेको छ । अन्सारीसँग प्रेममा परेर लिभिङ टुगेदरमा रहेका बेला घटना भएको हो । गत २६ पुसमा पाँचथरको आरुबोटेमा माइतीघरमै गोमा फियाकको हत्या भयो । हत्या आरोपमा प्रहरीले पति नरध्वज कुरुम्बाङलाई पक्राउ ग¥यो । प्रहरीले घटनाको अनुसन्धान सकेको छ र अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरिसकेको छ । बयानका क्रममा नरध्वजले श्रीमती गोमाको मोबाइलमा केटा मान्छेको फोन जहिल्यै आउने गरेको र घर नै छाडेर एक महिना ती केटासँग हराएको भनेका छन् । प्रहरीले यो घटनाको कारण पनि विवाहेत्तर सम्बन्धलाई मानेको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीमप्रसाद ढकालले पछिल्ला दिनमा विवाहेत्तर सम्बन्धले हत्या घटना निम्त्याएको बताएका छन् । उनले त्यस्ता हत्या घटना ‘आवेशप्रेरित र योजनाबद्ध’ दुवै देखिएको बताए ।उनका अनुसार सीतापाइला घटना योजनाबद्ध भएको देखिन्छ । घटनामा आरोपी राजुले मंगलबार राति नै हम्मर र कैंची लगेर राखेको र बुधबार बिहानै श्रीमतीसहित तीन जनाको हत्या गर्नुले घटना योजनाबद्ध देखिएको ढकालले बताए । 

प्रहरीको तथ्यांकअनुसार हरेक दिन कम्तीमा दुई जनाको हत्या हुन्छ । पछिल्लो साढे सात वर्षमा चार हजार तीन सय ७० जनाको हत्या भएको तथ्यांकको आधारमा दिनहुँ दुई जनाको हत्या हुने गरेको देखिएको हो ।मारिनेमा पुरुष धेरै छन् । साढे सात वर्षमा दुई हजार चार सय २९ जना पुरुष र एक हजार चार सय ८१ जना महिलाको हत्या भएको छ । तीन सय पाँच बालक एक सय ५५ बालिकाको पनि हत्या भएको छ । यसमध्ये केही पुरुष र महिलाको विवाहेत्तर सम्बन्धले निम्त्याएको दरार रहेको प्रहरीले जनाएको छ । 
 


प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा वाग्ले
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा वाग्ले मंगलबार, साउन १९, २०८३
सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी
सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी मंगलबार, साउन १९, २०८३
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी मंगलबार, साउन १९, २०८३
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग मंगलबार, साउन १९, २०८३
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व मंगलबार, साउन १९, २०८३
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP