Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • विपक्षीको घेराबन्दीमा प्रधानमन्त्री दाहाल
विपक्षीको घेराबन्दीमा प्रधानमन्त्री दाहाल
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, फागुन ७, २०८०
  • भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्त गर्न विपक्षी दलहरूको दबाब
  • प्रतिवेदन अध्ययन गरेपछि दोषीमाथि कारबाही गर्ने प्रधानमन्त्रीको भनाइ


प्रतिवेदन पढ्न पाएको छैन । मिडियाले केही लेखेको कुरा आएको हो । मेरो दोष छैन ।
प्रकाश ज्वाला
मन्त्री, भौतिक पूर्वाधार

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहालमाथि दबाब बढेको छ । १३ पुसमा ललितपुरको बालकुमारीमा दुईजना युवकको ज्यान जाने गरी भएको घटनामा मुख्य दोषी ठहर भएपछि ज्वालालाई मन्त्री पदबाट बर्खास्त गर्न विपक्षी दलहरूले माग गरे ।

आइतबार बसेको संसद् बैठकमा एमाले सचेतक महेश बर्तौलाले मन्त्री ज्वालालाई तत्काल बर्खास्त गर्न सभामुख देवराज घिमिरेमार्फत प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए । उनले मन्त्री ज्वालालाई जोगाएको भन्दै आक्रोश पनि पोखे । घटनामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि जोगिएको र उनलाई पनि प्रधानमन्त्रीले हटाउनुपर्ने बताए । 

‘सिपाहीलाई डण्डा, मन्त्रीलाई झण्डा ? जनतालाई ऐन, ठूला मन्त्रीहरूलाई चैन ? यो कुन खालको विधिको शासन हो ? सरकारको सुशासन यही हो ? यो गम्भीर प्रश्न गर्न चाहन्छु,’ सचेतक बर्तौलाले भने, ‘त्यसकारण तत्काल घटनासँग जोडिएका मन्त्री र ंिसगो गृह प्रशासन नेतृत्व गर्ने गृहमन्त्री पनि यसमा जोडिने अवस्था छ । घटनामा जोडिएका सम्बन्धित मन्त्रीहरूलाई अविलम्व जिम्मेवारीबाट हटाइयोस् । बर्खास्ती गरियोस् ।’ 

Hardik health

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पनि बर्खास्त गर्न बर्तौलाले माग गरे । संसद् बैठकमा विशेष समय लिएर बोल्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका मन्त्री बस्नेतलाई पनि पदमा बहाल राख्न नहुने बताए । मन्त्री बस्नेत टेरामक्स प्रकरणमा मुछिएका छन् ।

संसद् बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बालकुमारी घटनामा दोषी देखिएका बहालवाला मन्त्री प्रकाश ज्वालालाई के गर्ने भनेर सोधे ? उनले यो प्रकरणमा प्रधानमन्त्रीको परीक्षा हुने पनि बताए । 
‘प्रधानमन्त्रीको आज जाँच हुन्छ । दोषी ठहरिएका मन्त्रीलाई के गर्ने हो ?,’ संसद् बैठकमा लामिछानेले भने । जाँचबुझ आयोगले दोषी ठहर गर्दा पनि मन्त्री ज्वालाले नैतिकता नदेखाएको भन्दै लामिछानेले रोष प्रकट गरे । 

‘अहिलेसम्म मन्त्रीले न नैतिकताको प्रदर्शन गरेका छन्, न प्रधानमन्त्रीले छनक देखाउनुभएको छ,’ उनले भने, ‘छानबिन आयोगले दोषी ठह¥याउँदा पनि चुइँक्क नबोली भाषण गर्दै हिँड्नेसँग नैतिकता हुन्छ ?’

संसद्को अर्को विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले पनि मन्त्री ज्वालालाई छिटो पदबाट बर्खास्त गर्न माग गरे । बालकुमारी घटनामा दोषी देखिँदा पनि प्रधानमन्त्रीले ज्वालालाई जोगाइ राखेको भन्दै सिंहले शंका गरे । उनका अनुसार राप्रपाले बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई जोगाउनु हुँदैन । आइतबारको संसद् बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘छानबिन समितिले दोषी ठहर गरेको छ । मन्त्री ज्वालालाई हटाउन राप्रपा माग गर्दछ ।’ 

इपिएस भाषा परीक्षामा सहभागिताको विषयलाई लिएर गत १३ पुसको दिन पनि युवाहरू बालकुमारी क्षेत्रमा आन्दोलित थिए । त्यहीबेला मन्त्री ज्वाला आन्दोलन भइरहेको क्षेत्र हुँदै हिँडेको र त्यहीबेला युवाहरू थप उत्तेजित हुनेगरी अभिव्यक्ति दिएको पाइएको जाँचबुझ समितिको निष्कर्ष छ । त्यही भएर अन्ततः बालकुमारी घटना हुन पुगेको समितिले जनाएको छ । घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो । यही घटनामा मन्त्री ज्वाला जाँचबुझ आयोगबाट दोषी ठहर भइसकेका छन् । तर, उनलाई हटाउन न प्रधानमन्त्रीले कदम थाले, न त पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष खनालले फिर्ता बोलाए । यसले गर्दा पनि विपक्षी दलहरूले संशय प्रकट गरेका हुन् । 

कारबाही हुन्छ : प्रधानमन्त्री
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएका हुन् । अध्यक्ष नेपालले पार्टी संसदीय दलको बैठक बोलाएर मन्त्री ज्वालालाई फिर्ता बोलाउने निर्णय गरेकै छैन । यसले गर्दा प्रधानमन्त्री दाहाल अप्ठेरोमा परेका छन् । तर, उनलाई विपक्षी दलहरूको दबाब थेगिसक्नु छैन । आइतबारको संसद् बैठकमा सबै विपक्षी दलहरूले तत्काल बर्खास्त गर्न माग गरेपछि प्रधानमन्त्री दाहालले बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेपछि दोषीलाई कारबाही गर्ने बताए । उनले प्रतिवेदन आफूले पाउन बाँकी रहेको पनि बताए ।

‘छानबिन समितिको प्रतिवेदन आएको छ । समितिले गृह मन्त्रालयलाई बुझाएको छ र आज (आइतबार) मेरोमा आउँछ । प्रतिवेदन अध्ययन गरेपछि दोषीमाथि कारबाही गरिन्छ,’ दाहालले संसद्मा भने । उनले घटनाको तथ्यलाई बंग्याएको भन्दै विपक्षी दलहरूको आलोचना गरे । घटनाप्रति गम्भीर भएरै तत्काल छानबिन समिति बनाइएको र घटनामा संलग्नलाई निलम्बन गरिएको उनको भनाइ छ । ‘छानबिन समिति प्रतिपक्षीले बनाएको हो र ? होइन । मेरै प्रस्तावमा बनेको हो,’ प्रधानमन्त्री दाहालले भने । 

मेरो दोष छैन : मन्त्री ज्वाला
जाँचबुझ समितिले बालकुमारी घटनामा मुख्य दोषी ठहर गरेको अवस्थामा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने आफ्नो दोष नभएको बताएका छन् । संसद् बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘मेरो कुनै दोष छैन ।’
उनले आयोगले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदन अध्ययन गर्न पनि बाँकी रहेको बताए । त्यसपछि के गर्ने भन्ने टुंगोमा पुगिने उनको भनाइ छ । उनले भने, ‘प्रतिवेदन पढ्न पाएको छैन । मिडियाले केही लेखेको कुरा आएको हो ।’


जाँचबुझ समितिको अध्यक्ष उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल थिए । आयोगका सदस्यहरू पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई थिए ।  आयोगले पुस २० देखि काम सुरु गरेर १५ दिन समय थप गरी ४४ दिनमा प्रतिवेदन बुझाएको थियो ।

आयोगले घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडित परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्यसहित १६ जनाको बयान अभिलेख गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवं अन्यसमेत गरी २९ जनाको बयान लिएको थियो । 
 


प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०६:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा वाग्ले
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा वाग्ले मंगलबार, साउन १९, २०८३
सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी
सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी मंगलबार, साउन १९, २०८३
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी मंगलबार, साउन १९, २०८३
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग मंगलबार, साउन १९, २०८३
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व मंगलबार, साउन १९, २०८३
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP