Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • सामूहिक बलात्कारको ग्राफ डरलाग्दो गरी बढ्दो
सामूहिक बलात्कारको ग्राफ डरलाग्दो गरी बढ्दो
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, माघ ३, २०८०

घटनाहरुको अनुसन्धान गर्दा सामूहिक बलात्कारमा चिनेजानेकाहरु हुन्छन् । आफन्त, घरपरिवारका सदस्य हुँदैनन् । केही घटनामा नचिनेका मान्छे पनि देखिएका छन् ।
कुबेर कडायत
प्रवक्ता नेपाल प्रहरी

काठमाडौं– पछिल्ला दिनहरुमा एकपछि अर्को सामूहिक बलात्कारका घटना सार्वजनिक भएका छन् । मुगुमा आइतबार एक बालिकामाथि सरकारी कर्मचारीदेखि प्रहरीसमेत गरी नौ जनाले सामूहिक बलात्कार गरेको सार्वजनिक भयो । मुगुको घटना सेलाउन नपाउँदै मंगलबार काभ्रेमा पनि त्यस्तै घटना भएको सार्वजनिक भयो । उक्त घटना २७ पुसमा भएको खुलेको छ । 

काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ७ शिखरपुरको झाडीमा एक युवतीलाई सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । १९ वर्षीया ती युवतीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँमा डेरा गरी बस्ने चारजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

काभ्रे प्रहरीका प्रमुख भाग्यन्द्र पुरुष ढकालले प्रभावलाई दिएको जानकारीअनुसार पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–८ का २८ वर्षीय धिरज हमाल, भोजपुरको षडानन्द गाउँपालिका वडा–८ का घनश्याम श्रेष्ठ, धनकुटाको महालक्ष्मी नगरपालिका–४ का १९ वर्षका अमर विक र सोही स्थानमा काम गरी बस्ने १७ वर्षीय किशोर छन् ।

Hardik health

बलात्कारपछि विक्षिप्त युवतीले आत्महत्या प्रयाससमेत गरेको खुलेको छ । स्थानीयको सहयोगमा उनलाई पाँचखाल प्रहरी चौकीले उद्धार गरेको र त्यसपछि युवतीले आफू बलात्कारमा परेको घटना सार्वजनिक गरेकी थिइन् । पक्राउ परेकाहरुविरुद्ध प्रहरीले सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ ।

सोमबार मुगुमा १४ वर्षीया एक बालिका बलात्कृत भएको घटना बाहिरिएको थियो । जिल्ला प्रहरी कार्यालयमा पीडित बालिकाले आफूमाथि छ बालक र तीन युवक गरी नौ जनाले बलात्कार गरेको किटानी जाहेरी दर्ता गराएपछि घटना बाहिरिएको हो । 

बालिकाले दर्ता गराएको जाहेरीमा प्रहरीदेखि सरकारी कर्मचारीसम्मले आफूमाथि सामूहिक बलात्कार गरेको आरोप लगाएकी छन् । जाहेरीपछि मुगु प्रहरीले छायाँनाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी छायानाथ नगरपालिका–५, कार्कीवाडाका ३० वर्षीय वसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीका कार्यालय सहयोगी २२ वर्षीय वसन्त रोकाया र तीन बालक गरी पाँचजनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

बलात्कार घटनामा संलग्न भनिएका कृषि विकास कार्यालय गमगढीकै सवारीचालक जुम्लाको चन्दननाथ नगरपालिका–७ का ३० वर्षीय पदमबहादुर कठायतसहित तीनजना बालक फरार रहेको मुगुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । 

बालिकाका आफन्तकाअनुसार मुगुको छायानाथ रारा नगरपालिकाकी बालिका सदरमुकाम गमगढीस्थित डेरामा बसेर कक्षा ७ मा पढ्दै आएकी थिइन् । पीडित बालिकाले आफूमाथि फरक–फरक समय गरी दुईपटक सामूहिक बलात्कार भएको भन्दै प्रहरीसमक्ष दुईवटा छुट्टा–छुट्टै जाहेरी दर्ता गराएकी छन् ।

घटना भने साढे चार महिनाअघिको भएको खुलेको छ । पेट दुख्ने समस्या देखापरेपछि ती बालिका स्थानीय स्वास्थ्य संस्थामा गएको र त्यहाँ उनको गर्भमा १८ हप्ताको बच्चा रहेको पाइएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयमा दर्ता गराएको उजुरीमा उल्लिखित परिवर्तित नाम छायानाथ (ढ) ६० ले १६ भदौ बेलुका अन्दाजी ९ बजे कोठामा बोलाएपछि आफू पुगेको बताएकी छन् । त्यहाँ बोलाउने ती बालकसहित छ जनाले पालैपालो बलात्कार गरेको र त्यसैबेला पेटमा गर्भ बसेको दाबी बालिकाले गरेको प्रहरीको भनाइ छ ।

यो घटनापछि १० असोजमा अर्को समूहले आफूलाई सामूहिक करणी गरेको बालिकाको उजुरीमा छ । ३० वर्षीय वसन्तबहादुर कार्कीले आफू बस्ने कोठामा आएर फकाएर एकछिन काम छ भनेर बाहिर बोलाइ अन्ततः तीनजनाले पालैपालो बलात्कार गरेको उजुरीमा उल्लेख छ । हाल बालिकालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । 

त्यसअघि गत २५ पुसमा उदयपुरमा २० वर्षीया किशोरीलाई तीनजना युवकले बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । ती तीनैजना पक्राउ परिसकेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खड्ग मगर रहेका छन् । उनीहरूले ती किशोरीलाई ललाइफकाई सोही ठाउँस्थित जंगलमा लगेर बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतका अनुसार सामूहिक बलात्कारका घटनामा अधिकांश चिनेजानेकाहरु संलग्न हुन्छन् । ‘घटनाहरुको अनुसन्धान गर्दा सामूहिक बलात्कारमा चिनेजानेकाहरु हुन्छन् । आफन्त, घरपरिवारका सदस्य हुँदैनन् । केही घटनामा नचिनेका मान्छे पनि देखिएका छन्,’ उनले प्रभावसँग भने ।प्रहरीको तथ्यांकले हरेक दिन बलात्कार घटनामा कम्तीमा पाँचजना आरोपी पक्राउ पर्छन् । पछिल्ला पाँच वर्षमा १० हजारभन्दा बढी बलात्कारकै आरोपमा पक्राउ परेको प्रहरीको तथ्यांक छ । बलात्कृत हुनेमा नाबालिकादेखि वृद्धासम्म छन् । बलात्कार आरोपमा चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्म एक हजार ८०० भन्दा बढीमाथि मुद्दा चलाइएको छ । एक हजार ८५३ जना बलात्कारको आरोपमा पक्राउ परिसकेका छन् ।

तीन महिनासम्म बलात्कार ! 
सुर्खेतकी एक बालिकालाई जरुरी काम छ भनेर बोलाई उनलाई २८ वर्षीय नगेन्द्रबहादुर रावलले तीन महिनासम्म बलात्कार गरेको घटना आरोपमा एउटा मुद्दा जिल्ला अदालत सुर्खेतमा मंगलबार दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतले दायर गरेको मुद्दामा ती युवकले मोटरसाइकलमा लगेर डरत्रास देखाएर बलात्कार गरेको बालिकाको बयान छ । 
तर, आरोपी रावलले भने ती बालिका र आफूबीच प्रेम सम्बन्ध रहँदा आपसी सहमतिमा यौनसम्बन्ध राखेको बताएका छन् । उनले बलात्कार गरेको भने बयानमा अस्वीकार गरेका छन् । सहमतिमै तीन दिन यौनसम्बन्ध राखेको दाबी गरेका छन् ।
जिल्ला सहायक न्यायाधिवक्ता मीराकुमारी गौतमले भने बलात्कार घटनामा रावललाई १० देखि १२ वर्षसम्मको कैद सजायसहितको मागदाबी गरेकी छन् । रावललाई पाँच लाख रुपैयाँ जरिवाना गराएर उक्त रकम पीडितलाई दिलाउन पनि माग गरेकी छन् ।


 


प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा वाग्ले
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा वाग्ले मंगलबार, साउन १९, २०८३
सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी
सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी मंगलबार, साउन १९, २०८३
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी मंगलबार, साउन १९, २०८३
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग मंगलबार, साउन १९, २०८३
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व मंगलबार, साउन १९, २०८३
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP