Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सरकारसँग जोरी खोजेर समस्याको समाधान हुँदैन: कुल आचार्य
सरकारसँग जोरी खोजेर समस्याको समाधान हुँदैन: कुल आचार्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २, २०८०

काठमाडौं - गैर आवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष कुल आचार्यले एनआरएनए संस्थाको नवीकरण गर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिएका छन्  ।  एनआरएनएमा बद्री केसी नेतृत्वको समूहले संस्था नवीकरण नगरिदिएको भन्दै परराष्ट्र मन्त्रालय विरुद्ध उच्च अदालत ललितपुरमा मुद्दा दर्ता गरे पछि उनले त्यस्तो टिप्पणी गरेका हुन्।

पाटन उच्च अदालतले  परराष्ट्र मन्त्रालयलाई १५ दिनको कारण देखाउ आदेश जारी गरेको छ ।अदालतमा मुद्दा गरेर, सरकारसँग जोरी खोजेर समस्याको समाधान नहुने उनले बताए  ।‘अहिलेको अवस्थामा सबैले मिलेर एक ठाउँमा बसेर तालुकदार मन्त्रालयसंग सहकार्य गरेर समस्या समाधान गर्नुको विकल्प हुँदैन, नकि त्यही मन्त्रालयसँग जोरी खोजेर मुद्दा मामला गरेर हामी कहाँ पुग्छौं ? जसले संरक्षण दिने हो उहीसँग हामी लड्न थाल्यौ भने हामीले संस्थालाई कहाँ पुर्याउँछौं ? त्यो काम बन्द गर्न अनुरोध गर्छु,' आचार्यले भने।
 
उनले बद्री केसी र आरको शर्मा नेतृत्वको दुई समूहबिचको संवादहीनतालाई अन्त्य गरी समस्या समाधान गर्न आफूहरु प्रयासमा रहेको र  केसीले नेतृत्व गरेको समूहले प्रविधिको दुरुपयोग गरी संस्थालाई मुट्ठीमा  राख्न चाहेकोले संवादमा नआएको आरोप लगाए ।संविधानले गैर आवासीय नेपालीलाई दिएको सामाजिक, सांस्कृतिक, आर्थिक अधिकारलाई व्यवस्थित गरी गैर आवासीय नेपालीलाई नागरिकता वितरण कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । त्यसका लागि विवादमा रहेका दुवै पक्ष एकीकृत भएर नागरिकताको समस्या समाधान गर्न लाग्नुपर्ने धारणा उनको छ ।

‘हामीले जसरी मिलेर यो समस्याको समाधान पहिला गरेका थियौं नागरिकता पाउने सन्दर्भमा जुन उपलब्धि हासिल गरेका थियौं । अहिले नमिल्दै गर्दा ति कुरा ओझेलमा पर्छन् । सबै पक्षका साथीहरु सँगै हिँडेर धेरै कामहरु भएका थिए ।  अहिलेको विवादले गर्दाखेरी सरकारसँग हाम्रा समस्या छन् र समाधान गर्दिनुपर्यो भनेर कुरा गर्नसक्ने अवस्था छैन । त्यसकारण सबै पक्षलाई आग्रह के भने यदि गैर आवासीय नेपालीको हितमा काम गर्न आउनुभएको हो भने विवाद मिलाउनुस,आफ्नो स्वार्थ छ भने लडिराख्नुस’ आचार्यले भने ।विवाद मिलाउन आफूहरुले चासो दिएरै लाग्दा पनि स्वार्थका कारण विवाद समाधान हुन नसकेको उनले बताए।   आफैंले विवाद मिलाएर सबैलाई समेटेर काम गर्ने चेष्टा नेतृत्वले गर्नुपर्ने र त्यो नगरेसम्म कुनै नेतृत्वलाई विश्वास गर्न नसकिने उनले  धारणा राखे । 

Hardik health

 आचार्यले भने, ‘सबैले एक ठाउँमा बस्नुको विकल्प छैन । यदि बस्नुभएन भने अहिले हामीले जति काम गरेका छौ ति कामका उपलब्धिहरुलाई पनि राम्रोसँग कार्यान्वयन गर्न सकिँदैन । त्यतातिर सोच्न सबैलाई अनुरोध गर्दछु ।’ ‘महाधिवेशनको एउटा पाटो जुन निर्वाचन थियो त्यसमा मात्रै केन्द्रीत रहेर केही साथिहरुले जसरी हुन्छ चुनावलाई आफ्नो पोल्टामा राख्नेगरी यो संस्थाको कतै न कतै  दुरुपयोग गरिरहेको भान भएको छ,' आचार्यले भने।
उनले १० औं महाधिवेशनपछि दुई समूहमा विभाजित भएको एनआरएनएका विभिन्न समूहलाई मिलाउन प्रधानमन्त्रीको पहलमा गत असारमा भएको एकतासम्बन्धी चार बुँदे सहमतिलाई समेत कार्यान्वयन नगरेको भन्दै डा.बद्री केसी नेतृत्वको समूहले संस्थाको दुरुपयोग गर्न रोक्नुपर्ने बताए ।

 ‘जो आफैं देशको प्रधानमन्त्रीको अगाडि बसेर गरेको सहमतिमा हस्ताक्षर गरेर आए,त्यसलाई पनि सदुपयोग र कार्यान्वयन नगर्ने र  जुन किसिमबाट आफैं यो संस्थालाई हाँक्छु,अगाडि लिएर लैजान्छु भन्ने नेताज्यूहरु हुनुहुन्छ उहाँहरुले संस्थालाई दुरुपयोग गरेको र मिलाउन भन्दापनि बिखण्डन गरेर सानो गुटमा रमाउन खोजेको पाइएको छ । त्यसलाई बन्द गरेर समग्र नेपाली डायस्पोरालाई अगाडि बढाउन र त्यसमार्फत नेपालको विकासमा आउनको लागि म सबै पक्षलाई अनुरोध गर्छु,' उनले भने।

‘काम गर्दै जाँदाखेरी कतिपय कुराहरुमा कमजोरी भए होलान । अलि बढी झगडा गरेर विवादलाई टुंग्याउनुपर्थ्यो होला । हिजो विधान बनाउने बेलामा अझ बढी कठोर बन्नुपर्ने थियो होला, त्यो नहुँदै गर्दा कसैले त्यसलाई दुरुपयोग गर्न खोज्दा रोक्न सक्नुपर्थ्यो होला । त्यस्ताखाले कुराहरु आएका छन् । मैले नेतृत्व लिँदा सुल्झाउनु पर्थ्यो भन्ने कुरा आउनु स्वाभाविक पनि हो । तर, कसैको पेसा नै सत्ताको दुरुपयोग गर्नुमात्र रहेको पाइन्छ । तर हाम्रो काम भनेको समस्याको समाधान गर्नुथियो । संसारभरका नेपालीले यहीँनेर फरक छुट्याउन सक्नुपर्छ ,' आचार्यले भने।


प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता  
एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता   मंगलबार, माघ ६, २०८२
फेब्रअरीमा हुने एनआरएनए निर्वाचन नसर्ने : उपाध्यक्ष डा. शर्मा
फेब्रअरीमा हुने एनआरएनए निर्वाचन नसर्ने : उपाध्यक्ष डा. शर्मा मंगलबार, पुस २९, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी आइतबार, पुस २०, २०८२
ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत बुधबार, पुस १६, २०८२
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण शुक्रबार, पुस ४, २०८२
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा सोमबार, मंसिर २९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP