Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • गठबन्धनमा सिकेको ‘घुर्की’
गठबन्धनमा सिकेको ‘घुर्की’
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, माघ २, २०८०

काठमाडौं– ‘स्वतन्त्र मधेस’को एजेण्डा अघि सार्दै राजनीतिमा आएका डा. चन्द्रकान्त (सिके) राउत नेतृत्वको दल जनमत पार्टी हाल सत्ता गठबन्धनमा छ । गठबन्धनले राष्ट्रिय सभा चुनावमा उम्मेदवार बनेका १९ जनालाई जिताउन आग्रह गरेको छ । चुनाव जिताउन अभियान नै सञ्चालन गर्ने गठबन्धन दलहरुको निर्णय छ । जनमत अध्यक्ष राउत भने गठबन्धनकै निर्णयविपरीत उभिएका छन् । गठबन्धनको बैठकमासमेत उनी उपस्थित हुन छाडेका छन् ।

आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा उनी गएनन् । उनले पत्रकारहरुसँग भने बैठकमा गठबन्धनका नेताहरुबाट निम्ता नआएको जवाफ दिने गरेका छन् । तर, गठबन्धनकै उम्मेदवारहरुविरुद्ध मधेस प्रदेशमा उनको दलबाट उम्मेदवार खडा छ । लुम्बिनी प्रदेशमा पनि उम्मेदवार बनाएको छ ।

यसलाई लिएर गठबन्धन दलका नेताहरु राउतसँग असन्तुष्ट छन् । २७ पुसमा उम्मेदवारी फिर्ताको समय हुँदासमेत फिर्ता गराएनन् । राउतको यो कदमप्रति गठबन्धन दलका नेताहरु आक्रोशितसमेत बनेका छन् । गठबन्धनका दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले राउतलाई सम्पर्क गरेर मधेस र लुम्बिनीमा उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका थिए । तर, राउतले उम्मेदवारी फिर्ता गराउन मानेनन् । गठबन्धनका नेताहरुको दबाबलाई बेवास्ता गरे । यसले गर्दा सिके गठबन्धनमा रहने तर गठबन्धनकै निर्णय नमान्ने नेता भएका छन् । 

उनी यसअघि पनि गठबन्धनकै निर्णयविरुद्ध बारबार उभिएका थिए । सरकारले निषेधित क्षेत्र घोषणा गरेकोे माइतीघर मण्डल पुगेर प्रदर्शन गरे । यो गत १५ पुसको प्रसंग हो । जहाँबाट उनीसहित सामान्य प्रशासनमन्त्री अनितादेवीसमेत पक्राउ परिन् । यो पनि राउत गठबन्धन सरकारको काम कारबाहीको विरुद्धमा उभिएको तथ्य हो ।

Hardik health

यी त भए केही प्रतिनिधिमूलक घटना । उनले गत वर्षको २७ फागुन २०७९ मा १० दलीय गठबन्धनको निर्णयविपरीत आफ्नो पार्टीबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाए । १० फागुनमा बनेको नयाँ गठबन्धनका दलहरूबीच भएको सहमतिमा उपराष्ट्रपति जसपाको भागमा परेको थियो । गठबन्धनमा रहेको जनमत पार्टीले गठबन्धनकै सहमतिविपरीत उपराष्ट्रपतिमा उम्मेदवार बनायो । त्यसमा पनि झा २०७९ को वैशाखको स्थानीय चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार थिइन् । त्यतिमात्र होइन, झा आर्थिक विषयमा निकै विवादित नाम हो ।

गठबन्धनमा बस्ने निर्णय भने अस्वीकार गर्ने राउतको पहिलो प्रयास थियो । जसपाले बारा–२ बाट निर्वाचित सांसद रामसहाय यादवलाई गठबन्धनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाउँदा त्यसबेला राउतले गठबन्धनकै अर्को दल नागरिक उन्मुक्ति पार्टीलाई पनि साथमा लिए । अनि, लोसपालाई साथमा लिने प्रयास गरे । त्यति नै बेला तीन दलबीच अस्वाभाविक रूपमा मोर्चाबन्दीको सहमति भयो । अर्थात्, गठबन्धनमा रहेर पनि गठबन्धनमै भएको निर्णयको विरुद्धमा उभिएका राउतले नागरिक उन्मुक्ति र लोसपालाई साथमा लिएका थिए ।

फागुनमा उपराष्ट्रपति चुनाव सकिएको दुई महिनापछि बारा–२ मा उपचुनाव हुने भयो । राउत १० वैशाख २०८० मा बारा–२ मा फेरि गठबन्धनलाई भाँजो हाल्न पुगे । गठबन्धनले त्यहाँ जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय लियो । बारा–२ मा पहिला जसपाकै उम्मेदवार निर्वाचित भएको र संसद्मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई ल्याउने मनसायका कारण गठबन्धनले जसपाका लागि छोड्ने सहमति जनायो । तर, राउतले भने गठबन्धनको निर्णयविपरीत माओवादी नेता शिवचन्द्र कुशवाहलाई पार्टीमा भित्र्याएर उपेन्द्र यादवविरुद्ध चुनावमा उठाए ।

उक्त दलका महासचिव चन्दन सिंह गठबन्धनका हरेक कदमलाई स्वीकार्न नसक्ने बताउँछन् । केहीमा अघोषित ‘नोट अफ डिसेन्ट’ स्वाभाविक रुपमा रहने उनले बताए । ‘गठबन्धनले जे–जे निर्णय गर्छ । त्यो सबैमा हामीले समर्थन गर्नुपर्ने भन्ने छैन,’ उनले प्रभावसँग भने ।राउत यतिबेला गठबन्धनमा रहने तर सत्तामा भाग पाउने खेलमा लागेका छन् । यसलाई गठबन्धन दलहरुका नेताहरु ठीक मानिरहेका छैनन् । 

यसअघि चालु आर्थिक वर्षको बजेट संसद्बाट पारित गर्ने बेलामा विपक्षमा मतदान गर्ने निर्णयमा सिके पुगेका थिए । जतिबेला प्रधानमन्त्री पुष्पकमल दाहालले जनमतको चाहनाअनुसारको मन्त्रालय नदिएका कारण जनमतबाट मन्त्री भएका अब्दुल खानले छोडिसकेका थिए तर सरकारलाई दिएको समर्थन फिर्ता भएको थिएन । त्यही झोकमा हुन सक्छ जनमतले बजेटको विपक्षमा मतदान गर्ने निर्णय लियो ।

यसको डेढ महिनापछि जनमतले २९ साउन २०८० मा मन्त्री बनाउन सिफारिस ग¥यो । अहिले अनितादेवी सामान्य प्रशासनमन्त्री छिन् । उनी १५ महिनाअघिको स्थानीय चुनावमा जनकपुर उपमहानगरपालिकाको मेयरमा पराजित हुन् । उपराष्ट्रपतिमा राजविराज नगरपालिकामा पराजित ममतालाई अघि सारेका राउतले मन्त्री बनाउन भने जनकपुर उपमहानगरमा पराजितलाई रोज्यो । तिनै पराजित अनितादेवीलाई राउतले समानुपातिक सांसद भने बनाएका थिए ।
यसरी सत्ता गठबन्धनमा रहेको दलका नेता राउत सरकारको चर्को आलोचनासमेत गर्छन् । तर, गठबन्धन दल माओवादीका एक नेताहरुका अनुसार आलोचना गरेर राउत राजनीतिक सौदावाजी गर्छ । संवैधानिक नियुक्तिहरुमासमेत यो दलले भागबण्डा खोज्न थालेको छ । 


प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिनिधिसभा नियमावली नयाँ बनाउने  सर्वदलीय बैठककाे  निर्णय
प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठककाे निर्णय सोमबार, चैत २३, २०८२
परिचयपत्र तथा पञ्जीकरण विभागमा गृहमन्त्री गुरुङकाे  छड्के
परिचयपत्र तथा पञ्जीकरण विभागमा गृहमन्त्री गुरुङकाे छड्के सोमबार, चैत २३, २०८२
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न सोमबार, चैत २३, २०८२
मुन्दुम ट्रेल अल्ट्रा रेस-२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम
मुन्दुम ट्रेल अल्ट्रा रेस-२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम सोमबार, चैत २३, २०८२
अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि
अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि सोमबार, चैत २३, २०८२
नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी
नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी सोमबार, चैत २३, २०८२
बागमती प्रदेशसभा चैत २४ गते बस्ने
बागमती प्रदेशसभा चैत २४ गते बस्ने सोमबार, चैत २३, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP