Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
समाचार
  • Home
  • समाचार
  • गठबन्धनमा सिकेको ‘घुर्की’
गठबन्धनमा सिकेको ‘घुर्की’
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, माघ २, २०८०

काठमाडौं– ‘स्वतन्त्र मधेस’को एजेण्डा अघि सार्दै राजनीतिमा आएका डा. चन्द्रकान्त (सिके) राउत नेतृत्वको दल जनमत पार्टी हाल सत्ता गठबन्धनमा छ । गठबन्धनले राष्ट्रिय सभा चुनावमा उम्मेदवार बनेका १९ जनालाई जिताउन आग्रह गरेको छ । चुनाव जिताउन अभियान नै सञ्चालन गर्ने गठबन्धन दलहरुको निर्णय छ । जनमत अध्यक्ष राउत भने गठबन्धनकै निर्णयविपरीत उभिएका छन् । गठबन्धनको बैठकमासमेत उनी उपस्थित हुन छाडेका छन् ।

आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा उनी गएनन् । उनले पत्रकारहरुसँग भने बैठकमा गठबन्धनका नेताहरुबाट निम्ता नआएको जवाफ दिने गरेका छन् । तर, गठबन्धनकै उम्मेदवारहरुविरुद्ध मधेस प्रदेशमा उनको दलबाट उम्मेदवार खडा छ । लुम्बिनी प्रदेशमा पनि उम्मेदवार बनाएको छ ।

यसलाई लिएर गठबन्धन दलका नेताहरु राउतसँग असन्तुष्ट छन् । २७ पुसमा उम्मेदवारी फिर्ताको समय हुँदासमेत फिर्ता गराएनन् । राउतको यो कदमप्रति गठबन्धन दलका नेताहरु आक्रोशितसमेत बनेका छन् । गठबन्धनका दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले राउतलाई सम्पर्क गरेर मधेस र लुम्बिनीमा उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका थिए । तर, राउतले उम्मेदवारी फिर्ता गराउन मानेनन् । गठबन्धनका नेताहरुको दबाबलाई बेवास्ता गरे । यसले गर्दा सिके गठबन्धनमा रहने तर गठबन्धनकै निर्णय नमान्ने नेता भएका छन् । 

उनी यसअघि पनि गठबन्धनकै निर्णयविरुद्ध बारबार उभिएका थिए । सरकारले निषेधित क्षेत्र घोषणा गरेकोे माइतीघर मण्डल पुगेर प्रदर्शन गरे । यो गत १५ पुसको प्रसंग हो । जहाँबाट उनीसहित सामान्य प्रशासनमन्त्री अनितादेवीसमेत पक्राउ परिन् । यो पनि राउत गठबन्धन सरकारको काम कारबाहीको विरुद्धमा उभिएको तथ्य हो ।

Hardik health

यी त भए केही प्रतिनिधिमूलक घटना । उनले गत वर्षको २७ फागुन २०७९ मा १० दलीय गठबन्धनको निर्णयविपरीत आफ्नो पार्टीबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाए । १० फागुनमा बनेको नयाँ गठबन्धनका दलहरूबीच भएको सहमतिमा उपराष्ट्रपति जसपाको भागमा परेको थियो । गठबन्धनमा रहेको जनमत पार्टीले गठबन्धनकै सहमतिविपरीत उपराष्ट्रपतिमा उम्मेदवार बनायो । त्यसमा पनि झा २०७९ को वैशाखको स्थानीय चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार थिइन् । त्यतिमात्र होइन, झा आर्थिक विषयमा निकै विवादित नाम हो ।

गठबन्धनमा बस्ने निर्णय भने अस्वीकार गर्ने राउतको पहिलो प्रयास थियो । जसपाले बारा–२ बाट निर्वाचित सांसद रामसहाय यादवलाई गठबन्धनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाउँदा त्यसबेला राउतले गठबन्धनकै अर्को दल नागरिक उन्मुक्ति पार्टीलाई पनि साथमा लिए । अनि, लोसपालाई साथमा लिने प्रयास गरे । त्यति नै बेला तीन दलबीच अस्वाभाविक रूपमा मोर्चाबन्दीको सहमति भयो । अर्थात्, गठबन्धनमा रहेर पनि गठबन्धनमै भएको निर्णयको विरुद्धमा उभिएका राउतले नागरिक उन्मुक्ति र लोसपालाई साथमा लिएका थिए ।

फागुनमा उपराष्ट्रपति चुनाव सकिएको दुई महिनापछि बारा–२ मा उपचुनाव हुने भयो । राउत १० वैशाख २०८० मा बारा–२ मा फेरि गठबन्धनलाई भाँजो हाल्न पुगे । गठबन्धनले त्यहाँ जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय लियो । बारा–२ मा पहिला जसपाकै उम्मेदवार निर्वाचित भएको र संसद्मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई ल्याउने मनसायका कारण गठबन्धनले जसपाका लागि छोड्ने सहमति जनायो । तर, राउतले भने गठबन्धनको निर्णयविपरीत माओवादी नेता शिवचन्द्र कुशवाहलाई पार्टीमा भित्र्याएर उपेन्द्र यादवविरुद्ध चुनावमा उठाए ।

उक्त दलका महासचिव चन्दन सिंह गठबन्धनका हरेक कदमलाई स्वीकार्न नसक्ने बताउँछन् । केहीमा अघोषित ‘नोट अफ डिसेन्ट’ स्वाभाविक रुपमा रहने उनले बताए । ‘गठबन्धनले जे–जे निर्णय गर्छ । त्यो सबैमा हामीले समर्थन गर्नुपर्ने भन्ने छैन,’ उनले प्रभावसँग भने ।राउत यतिबेला गठबन्धनमा रहने तर सत्तामा भाग पाउने खेलमा लागेका छन् । यसलाई गठबन्धन दलहरुका नेताहरु ठीक मानिरहेका छैनन् । 

यसअघि चालु आर्थिक वर्षको बजेट संसद्बाट पारित गर्ने बेलामा विपक्षमा मतदान गर्ने निर्णयमा सिके पुगेका थिए । जतिबेला प्रधानमन्त्री पुष्पकमल दाहालले जनमतको चाहनाअनुसारको मन्त्रालय नदिएका कारण जनमतबाट मन्त्री भएका अब्दुल खानले छोडिसकेका थिए तर सरकारलाई दिएको समर्थन फिर्ता भएको थिएन । त्यही झोकमा हुन सक्छ जनमतले बजेटको विपक्षमा मतदान गर्ने निर्णय लियो ।

यसको डेढ महिनापछि जनमतले २९ साउन २०८० मा मन्त्री बनाउन सिफारिस ग¥यो । अहिले अनितादेवी सामान्य प्रशासनमन्त्री छिन् । उनी १५ महिनाअघिको स्थानीय चुनावमा जनकपुर उपमहानगरपालिकाको मेयरमा पराजित हुन् । उपराष्ट्रपतिमा राजविराज नगरपालिकामा पराजित ममतालाई अघि सारेका राउतले मन्त्री बनाउन भने जनकपुर उपमहानगरमा पराजितलाई रोज्यो । तिनै पराजित अनितादेवीलाई राउतले समानुपातिक सांसद भने बनाएका थिए ।
यसरी सत्ता गठबन्धनमा रहेको दलका नेता राउत सरकारको चर्को आलोचनासमेत गर्छन् । तर, गठबन्धन दल माओवादीका एक नेताहरुका अनुसार आलोचना गरेर राउत राजनीतिक सौदावाजी गर्छ । संवैधानिक नियुक्तिहरुमासमेत यो दलले भागबण्डा खोज्न थालेको छ । 


प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री सोमबार, कात्तिक ३, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान सोमबार, कात्तिक ३, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
गर्भवतीको समयमै हवाई उद्धार हुँदा 
गर्भवतीको समयमै हवाई उद्धार हुँदा  सोमबार, कात्तिक ३, २०८२
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा सोमबार, कात्तिक ३, २०८२
लुटिएका हतियारको त्रास
लुटिएका हतियारको त्रास सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP