Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • सिट १९, उम्मेदवार ५२
राष्ट्रिय सभा निर्वाचन सिट १९, उम्मेदवार ५२
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, पुस २४, २०८०

काठमाडौं– राष्ट्रिय सभा निर्वाचनमा आठ दल सहभागी हुने भएका छन् । सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टी निर्वाचनी मैदानमा छन् ।
प्रमुख विपक्षी दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पनि राष्ट्रिय सभा निर्वाचनका प्रतिस्पर्धी दलहरु हुन् । निर्वाचन आउँदो ११ माघमा हुँदैछ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सबैभन्दा बढी नेकपा एमालेबाट १९ जना उम्मेदवार छन् । एमालेबाट रुक्मिणी कोइराला, पर्शुराम अधिकारी, उषादेवी थरुनी, रोचकुमारी चौलागाई, विजाता झा, त्रिलोचन निर्मल पौडेल, विवेक देवकोटा, ध्रुवराज विश्वकर्मा, सम्झना देवकोटा, चक्रबहादुर पराजुली, हेमन्द्र शेरचन, तुलसाकुमारी केसी, झपेन्द्रबहादुर घर्ती क्षेत्री, विमलाकुमारी शाही, डिल्लीप्रसाद भट्ट, हिक्मत विक, सावित्रादेवी घिमिरे, ईश्वरीप्रसाद खरेल र रामचन्द्र जोशीले उम्मेदवारी दर्ता गराएका छन् । 

सत्तारुढ दल नेपाली कांग्रेसबाट १० जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट पुराना र केही नयाँ नेताले राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएका हुन् । कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जीतजंग बस्नेत, कृष्ण रोकाया, नारायणदत्त भट्ट, बलदेव बोहरा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ र विष्णुदेवी सापकोटाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । 

आयोगका अनुसार माओवादी केन्द्रबाट राष्ट्रिय सभाका लागि चम्पादेवी कार्की, श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, विष्णु विक, झक्कु सुवेदी र रेणु चन्दले उम्मेदवारी दिएका छन् । उनीहरु जनयुद्धकालीन नेताहरु हुन् । राप्रपाबाट उद्धव पौडेल, हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट, पूर्णबहादुर विश्वकर्मा, गौमाया श्रेष्ठ, रोमबहादुर भण्डारी, निरञ्जन थापा र विजयलक्ष्मी सिंहले उम्मेदवारी दिएका छन् । राप्रपाले अरु उम्मेदवार उठाउन चाहे पनि मधेस प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जनप्रतिनिधि एक–एक जनामात्रै हुँदा प्रस्तावक र समर्थक राख्न राप्रपाले मान्छे नै पाएन ।

Hardik health

   umed1704777363.jpg

नेमकिपाबाट राष्ट्रिय सभा निर्वाचनमा चार जनाले उम्मेदवारी दिएका छन् । हिमालयश्वर मूलले प्रतिनिधि बलराम सिम्बन्जारमार्फत र श्रीकृष्ण महर्जन, संगीता नेपाली र कृष्ण लक्ष्मी दुवालले उम्मेदवारी दर्ता गराएका हुन् ।नेकपा एकीकृत समाजवादीबाट राष्ट्रिय सभामा घनश्याम रिजाल र सावित्री मल्लले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, जसपाबाट पूजा चौधरीले उम्मेदवारी दर्ता गराएकी छन् । जनमतले नेता रामशंकर महासेठलाइ उम्मेदवार बनाएको छ । आयोगका अनुसार कूल उम्मेदवार देशभरमा ५२ जना छन् । 

एमाले, राप्रपा र मदुर किसान पार्टी एक्लाएक्लै राष्ट्रिय सभामा लड्ने भएका छन् । कांग्रेस माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाले भने गठबन्धन गरेका छन् । जनमत सत्ता गठबन्धनमा रहेकाले उसले एक्लै लड्छ कि के गर्छ टुंगो लागेको छैन । तर, जनमत एक्लै लड्दा पनि गठबन्धनलाई खासै प्रभाव पर्ने देखिँदैन । 

माओवादी सबैभन्दा ठूलो दल बन्ने सम्भावना 
निर्वाचनमा माओवादीका सबै उम्मेदवारले निर्वाचन जिते राष्ट्रिय सभामा ऊ १९ सिटसहित सबैभन्दा ठूलो दल बन्ने छ । अहिले राष्ट्रिय सभामा माओवादी केन्द्रका १६ जना सांसद छन् । त्यसमध्ये विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरीको छ वर्षे कार्यकाल सकिँदै छ । माओवादीबाट तीनजना सांसदको समयावधि सकिँदै गर्दा छ जना थपिँदा माओवादी पहिलो दल बन्ने छ । राष्ट्रपतिबाट मनोनीत भएका नारायण दाहाल पनि माओवादी केन्द्रका सांसद हुन् । त्यसो हुँदा राष्ट्रिय सभामा माओवादी केन्द्रका १९ सांसद हुने छन् ।

राष्ट्रिय सभामा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १० जना सांसद छन् । त्यसमध्ये चार जनाको समयावधि सकिँदै छ । यो निर्वाचनमा कांग्रेसबाट १० जनाले उम्मेदवारी दिएका छन् । मतभारका आधारमा उनीहरू निर्वाचित हुने सम्भावना देखिएको छ । त्यसो हुँदा कांग्रेस १६ सांसदसहित राष्ट्रिय सभाको दोस्रो ठूलो दल बन्ने देखिएको छ ।

राष्ट्रिय सभामा अहिले राष्ट्रपतिबाट मनोनीत एकसहित एमालेका १८ जना सांसद छन् । आठ निर्वाचित र एक राष्ट्रपतिबाट मनोनीतसहित नौ जना एमाले सांसदको समयावधि सकिँदै छ । अहिलेसम्मको मतभार विश्लेषण गर्दा एमालेले जित्ने सम्भावना देखिएको छैन । त्यसो हुँदा यो निर्वाचनपछि राष्ट्रिय सभामा नौ सांसदसहित एमाले तेस्रो दल बन्ने देखिएको छ ।
राष्ट्रिय सभामा एकीकृत समाजवादीका अहिले आठ जना सांसद छन् । यो पार्टीका दुई सांसदको कार्यकाल सकिँदै छ भने उसले दुईजना नै उम्मेदवार उठाएको छ । एकीकृत समाजवादीका दुवै उम्मेदवारले जितेको खण्डमा आठ सांसदसहित ऊ राष्ट्रिय सभाको चौथो ठूलो दल बन्ने देखिन्छ ।

त्यस्तै अहिले जसपाका तीनजना राष्ट्रिय सभा सदस्य छन् । त्यसमध्ये एक जनाको समयावधि सकिएको छ भने जसपाबाट एकजनाकै उम्मेदवारी परेको छ । जसपाबाट उम्मेदवारी दिएका उनले जितेमा तीन सांसदसहित जसपा राष्ट्रिय सभामा रहने देखिएको छ ।
 


प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिनिधिसभा नियमावली नयाँ बनाउने  सर्वदलीय बैठककाे  निर्णय
प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठककाे निर्णय सोमबार, चैत २३, २०८२
परिचयपत्र तथा पञ्जीकरण विभागमा गृहमन्त्री गुरुङकाे  छड्के
परिचयपत्र तथा पञ्जीकरण विभागमा गृहमन्त्री गुरुङकाे छड्के सोमबार, चैत २३, २०८२
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न सोमबार, चैत २३, २०८२
मुन्दुम ट्रेल अल्ट्रा रेस-२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम
मुन्दुम ट्रेल अल्ट्रा रेस-२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम सोमबार, चैत २३, २०८२
अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि
अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि सोमबार, चैत २३, २०८२
नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी
नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी सोमबार, चैत २३, २०८२
बागमती प्रदेशसभा चैत २४ गते बस्ने
बागमती प्रदेशसभा चैत २४ गते बस्ने सोमबार, चैत २३, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP