Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
समाचार
  • Home
  • समाचार
  • सिट १९, उम्मेदवार ५२
राष्ट्रिय सभा निर्वाचन सिट १९, उम्मेदवार ५२
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, पुस २४, २०८०

काठमाडौं– राष्ट्रिय सभा निर्वाचनमा आठ दल सहभागी हुने भएका छन् । सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टी निर्वाचनी मैदानमा छन् ।
प्रमुख विपक्षी दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पनि राष्ट्रिय सभा निर्वाचनका प्रतिस्पर्धी दलहरु हुन् । निर्वाचन आउँदो ११ माघमा हुँदैछ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सबैभन्दा बढी नेकपा एमालेबाट १९ जना उम्मेदवार छन् । एमालेबाट रुक्मिणी कोइराला, पर्शुराम अधिकारी, उषादेवी थरुनी, रोचकुमारी चौलागाई, विजाता झा, त्रिलोचन निर्मल पौडेल, विवेक देवकोटा, ध्रुवराज विश्वकर्मा, सम्झना देवकोटा, चक्रबहादुर पराजुली, हेमन्द्र शेरचन, तुलसाकुमारी केसी, झपेन्द्रबहादुर घर्ती क्षेत्री, विमलाकुमारी शाही, डिल्लीप्रसाद भट्ट, हिक्मत विक, सावित्रादेवी घिमिरे, ईश्वरीप्रसाद खरेल र रामचन्द्र जोशीले उम्मेदवारी दर्ता गराएका छन् । 

सत्तारुढ दल नेपाली कांग्रेसबाट १० जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट पुराना र केही नयाँ नेताले राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएका हुन् । कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जीतजंग बस्नेत, कृष्ण रोकाया, नारायणदत्त भट्ट, बलदेव बोहरा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ र विष्णुदेवी सापकोटाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । 

आयोगका अनुसार माओवादी केन्द्रबाट राष्ट्रिय सभाका लागि चम्पादेवी कार्की, श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, विष्णु विक, झक्कु सुवेदी र रेणु चन्दले उम्मेदवारी दिएका छन् । उनीहरु जनयुद्धकालीन नेताहरु हुन् । राप्रपाबाट उद्धव पौडेल, हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट, पूर्णबहादुर विश्वकर्मा, गौमाया श्रेष्ठ, रोमबहादुर भण्डारी, निरञ्जन थापा र विजयलक्ष्मी सिंहले उम्मेदवारी दिएका छन् । राप्रपाले अरु उम्मेदवार उठाउन चाहे पनि मधेस प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जनप्रतिनिधि एक–एक जनामात्रै हुँदा प्रस्तावक र समर्थक राख्न राप्रपाले मान्छे नै पाएन ।

Hardik health

   umed1704777363.jpg

नेमकिपाबाट राष्ट्रिय सभा निर्वाचनमा चार जनाले उम्मेदवारी दिएका छन् । हिमालयश्वर मूलले प्रतिनिधि बलराम सिम्बन्जारमार्फत र श्रीकृष्ण महर्जन, संगीता नेपाली र कृष्ण लक्ष्मी दुवालले उम्मेदवारी दर्ता गराएका हुन् ।नेकपा एकीकृत समाजवादीबाट राष्ट्रिय सभामा घनश्याम रिजाल र सावित्री मल्लले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, जसपाबाट पूजा चौधरीले उम्मेदवारी दर्ता गराएकी छन् । जनमतले नेता रामशंकर महासेठलाइ उम्मेदवार बनाएको छ । आयोगका अनुसार कूल उम्मेदवार देशभरमा ५२ जना छन् । 

एमाले, राप्रपा र मदुर किसान पार्टी एक्लाएक्लै राष्ट्रिय सभामा लड्ने भएका छन् । कांग्रेस माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाले भने गठबन्धन गरेका छन् । जनमत सत्ता गठबन्धनमा रहेकाले उसले एक्लै लड्छ कि के गर्छ टुंगो लागेको छैन । तर, जनमत एक्लै लड्दा पनि गठबन्धनलाई खासै प्रभाव पर्ने देखिँदैन । 

माओवादी सबैभन्दा ठूलो दल बन्ने सम्भावना 
निर्वाचनमा माओवादीका सबै उम्मेदवारले निर्वाचन जिते राष्ट्रिय सभामा ऊ १९ सिटसहित सबैभन्दा ठूलो दल बन्ने छ । अहिले राष्ट्रिय सभामा माओवादी केन्द्रका १६ जना सांसद छन् । त्यसमध्ये विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरीको छ वर्षे कार्यकाल सकिँदै छ । माओवादीबाट तीनजना सांसदको समयावधि सकिँदै गर्दा छ जना थपिँदा माओवादी पहिलो दल बन्ने छ । राष्ट्रपतिबाट मनोनीत भएका नारायण दाहाल पनि माओवादी केन्द्रका सांसद हुन् । त्यसो हुँदा राष्ट्रिय सभामा माओवादी केन्द्रका १९ सांसद हुने छन् ।

राष्ट्रिय सभामा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १० जना सांसद छन् । त्यसमध्ये चार जनाको समयावधि सकिँदै छ । यो निर्वाचनमा कांग्रेसबाट १० जनाले उम्मेदवारी दिएका छन् । मतभारका आधारमा उनीहरू निर्वाचित हुने सम्भावना देखिएको छ । त्यसो हुँदा कांग्रेस १६ सांसदसहित राष्ट्रिय सभाको दोस्रो ठूलो दल बन्ने देखिएको छ ।

राष्ट्रिय सभामा अहिले राष्ट्रपतिबाट मनोनीत एकसहित एमालेका १८ जना सांसद छन् । आठ निर्वाचित र एक राष्ट्रपतिबाट मनोनीतसहित नौ जना एमाले सांसदको समयावधि सकिँदै छ । अहिलेसम्मको मतभार विश्लेषण गर्दा एमालेले जित्ने सम्भावना देखिएको छैन । त्यसो हुँदा यो निर्वाचनपछि राष्ट्रिय सभामा नौ सांसदसहित एमाले तेस्रो दल बन्ने देखिएको छ ।
राष्ट्रिय सभामा एकीकृत समाजवादीका अहिले आठ जना सांसद छन् । यो पार्टीका दुई सांसदको कार्यकाल सकिँदै छ भने उसले दुईजना नै उम्मेदवार उठाएको छ । एकीकृत समाजवादीका दुवै उम्मेदवारले जितेको खण्डमा आठ सांसदसहित ऊ राष्ट्रिय सभाको चौथो ठूलो दल बन्ने देखिन्छ ।

त्यस्तै अहिले जसपाका तीनजना राष्ट्रिय सभा सदस्य छन् । त्यसमध्ये एक जनाको समयावधि सकिएको छ भने जसपाबाट एकजनाकै उम्मेदवारी परेको छ । जसपाबाट उम्मेदवारी दिएका उनले जितेमा तीन सांसदसहित जसपा राष्ट्रिय सभामा रहने देखिएको छ ।
 


प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री सोमबार, कात्तिक ३, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान सोमबार, कात्तिक ३, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
गर्भवतीको समयमै हवाई उद्धार हुँदा 
गर्भवतीको समयमै हवाई उद्धार हुँदा  सोमबार, कात्तिक ३, २०८२
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा सोमबार, कात्तिक ३, २०८२
लुटिएका हतियारको त्रास
लुटिएका हतियारको त्रास सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP