Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु
रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, पुस १८, २०८०

 

  •  हरिप्रसाद अर्याल, भरतबहादुर शाह, राजकुमार गिरी, प्रितम कार्की, गंगाराज मोक्तान, राजकुमार कार्की, रूपक कार्की, देवान राई, सन्दीप थपलिया र कुन्दनसिंह नागल मारिए
  • १०० जना सम्पर्कविहीन: परराष्ट्रमन्त्री साउद
  • युक्रेनी सेनाको हिरासतमा चार जना
  •  रुस–युक्रेनको सेनामा भर्ती हुन नजान सरकारको आग्रह
  • युवाहरू भने भिजिट भिसामा दुबई गएर रुस–युक्रेनको सेनामा भर्ती हुन जाँदै 

 

‘बिन्ती छ, रुस नआइदिनुहोला’ 
नोभेम्बर ५ तारिखमा साइन गरेर युद्धमा होमिएको थिएँ । त्यसै क्रममा म पक्राउ परेर हाल युक्रेनी सेनाको हिरासतमा छु । मेरो मेसेज सम्पूर्ण नेपाली दाजुभाइहरूलाई छ कि, रसिया आउँदै हुनुहुन्छ वा आउनुभएको छ भने तपाईंले पुनः विचार गर्नुपर्ने हुन्छ । यो एकदमै खतरनाक छ । एकदमै सोचेभन्दा भिन्न छ । हामीले सोचेको जस्तो सामान्य खालको लडाइँ छैन । हामी गोर्खे भन्ने सोच राखेर कदापि नआउनुहोला । एकदमै गाह्रो छ । निकै भयानक छ । सबैलाई विन्ती गर्छु नेपाली दाजुभाइहरू, तपाईंहरू नआइदिनुहोला ।
विकास राई
लेटाङ–३, मोरङ 

 
‘नेपालीहरूलाई अति नै गाह्रो छ’
रसियामा आएको दुई महिना पूरा भयो । रसिया आएर मैले धेरै दुःख पाएँ । मैले पैसाका लागि रसियन फौजमा जोइन गरेँ । तर, नेपालीहरूलाई अति नै गाह्रो छ । सुरुमा त भाषाको समस्या हुन्छ । त्यसपछि कमाण्डरहरूले पनि हामीलाई राम्रो व्यवहार गर्दैन । सुरुसुरुमा त नेपाली हो, राम्रो भनेर राम्रो गर्न खोज्छन् तर अन्तिममा हाम्रो लागि राम्रो गर्दैनन् । पछि धेरै हेप्न थाल्छन् । जोजो नेपालमा हुनुहुुन्छ र रसियामा आउन खोज्दै हुनुहुन्छ, कोही पनि रसियामा नआउनुहोस् । 

Hardik health

सिद्धार्थ ढकाल
मण्डनदेउपुर–६, काभ्रे


काठमाडौं– रुसी सेनामा कार्यरत थप तीन जना नेपाली मारिएका छन् । परराष्ट्र मन्त्रालयले मंगलबार थप तीन जना मारिएको पुष्टि गरेको हो । यससँगै त्यहाँ मारिने नेपालीको संख्या १० पुगेको छ । पछिल्लोपटक मारिनेहरूमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरी छन् । उनीहरू जारी रुस–युक्रेन युद्धमा मारिएका हुन् ।


यही पुस ४ गतेसम्म मृत्यु हुने नेपालीको संख्या सात पुगेको थियो । स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दनसिंह नागल मारिएका थिए ।


परराष्ट्र मन्त्रालयले गत १८ मंसिर र त्यसअघि १६ साउनमा सूचना जारी गर्दै रुसी र युक्रेनी सेनामा भर्ती नहुन नेपाली युवायुवतीलाई आग्रह गरेको थियो । त्यहाँ भनिएको थियो, ‘...केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामाबाहेक अन्य विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको यस मन्त्रालयबाट पुनः स्पष्ट गरिन्छ ।’
मन्त्रालयले सचेत गराउँदागराउँदै पनि रुसी र युक्रेनी सेनामा नेपाली युवायुवतीको भर्ती नरोकिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयं चिन्तित छन् । उनले तीन साताअघि पार्टी केन्द्रीय कार्यालय पेरिसँडामा पत्रकार सम्मेलन गर्दै २०० भन्दा बढी नेपाली युवायुवती रुसी सेनामा भर्ती भएको बताएका थिए । उनीहरू भिजिट भिसा, अध्ययन भिसालगायतमार्फत दुबई हुँदै रुस पुगेको जानकारी आएको प्रधानमन्त्रीको भनाइ थियो । उनीहरूको खोजीमा सरकार रहेको बताए थिए । 


‘रुस पुगेका नेपालीहरूको खोजी कार्य भइरहेको छ । कति छन् भन्ने भन्न सकिएन तर दुई बढी त्यहाँ (रुस) पुगेको जानकारी आएको छ,’ प्रधानमन्त्री दाहालले भनेका थिए । उनका अनुसार रुसी सेनामा गएका नेपालीहरू कोही युक्रेनको कब्जामा रहेको र केही युक्रेनी सेनामा पनि रहेको खुलेको बताएका थिए । 


पुस ४ गते परराष्ट्र मन्त्रालयले बर्दियाका राजापुर–१ का विवेक खत्री, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ नगरपालिका–२ का विकास राई र रोल्पाको रुन्तिगढी –८ का प्रतीक पुन भने बन्दीमा रहेको जनाएको थियो । उनीहरू युक्रेनी सेनाबाट बन्दीमा परेका हुन् । 


उनीहरूको रिहाइका लागि इन्टरनेसनल कमिटी फर रेडक्रसजस्ता कूटनीतिक निकायको माध्यमबाट पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तर, हालसम्म बन्दी भएका कोही पनि नेपाली नागरिक रिहा भएका छैनन् । मृतक कसैको शव नेपाल ल्याइएको छैन । मृतकहरूको परिवारले क्षतिपूर्तिसमेत पाएका छैनन् । 


नेपाली नागरिकलाई सेनामा भर्ती नगर्न र नगराउन सरकारले युद्धरत देशहरू रुस–युक्रेनलाई परराष्ट्रमन्त्री नारायणप्रसाद साउद (एनपी)ले आग्रह गरेको बताएका छन् ।

 
दुई साताअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयले रुसी सेनामा विदेशी नागरिकले सेवा गर्न नपाउने स्पष्ट पारेका थिए । कार्यालयले विदेशी नागरिक रुसी सेनामा भर्ती भए÷नभएकोबारे अनविज्ञता प्रकट गरेको थियो । तर, नेपाली युवाहरूलाई रुसले आफ्नो देशको सेनामा खुरुखुर भर्ना गर्दै आएको छ । 


केही दिनअघिमात्रै सरकारले सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति र विभिन्न पेसा व्यवसायमा संलग्न भएकाबाहेकलाई रुस जानुपरेमा ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी)लाई अनिवार्य बनाएको थियो । 
परराष्ट्रमन्त्री साउदका अनुसार रुसी सेनामा भर्ना भएकामध्ये १०० जना नेपाली सम्पर्कविहीन रहेका छन् । त्यसमध्येमै मारिएको भन्दै पछिल्लोपटक सार्वजनिक तीन जना पनि हुन सक्ने ठानिएको छ ।


र, सरकारले युक्रेनी सेनाले बन्दी बनाएका रुसी सेनामा कार्यरत नेपालीहरूलाई रिहा गराउन कूटनीतिक पहलकदमी गरिररहेको दाबी गर्दै आएको छ । यद्यपि, कोही पनि बन्दी नेपालीको रिहा गर्न सरकारले सकेको छैन ।  
मस्कोस्थित नेपाली राजदूतावासलाई आवश्यक समन्वय र पहल गर्न निर्देशन दिएको मन्त्री राउतले गत सोमबार बताएका थिए । 


उनका अनुसार दक्षिण एसियाको भारत, बंगलादेश र श्रीलंका तथा खाडी क्षेत्रका ६ देशबाट एनओसी चाहिने गरी प्रबन्ध मिलाइएको छ । थप कोही त्यहाँ गएको भन्ने सूचना आएको अवस्थामा विमानस्थलमा थप निगरानी बढाइने बताए । 
रुस–युद्ध भएको भने डेढ वर्ष नाघेको छ । यसबीचमा दुवै देशतर्फ हजारौँ सैनिक तथा गैरसैनिकले ज्यान गुमाएका छन् । कयौँ घाइते छन् । रुसले भाडाको सेनाको रूपमा विदेशी नागरिकलाई भर्ती गराएर लडाइँमा पठाउने गरेको विवरणहरू आएका छन् । 


प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा वाग्ले
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा वाग्ले मंगलबार, साउन १९, २०८३
सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी
सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी मंगलबार, साउन १९, २०८३
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी मंगलबार, साउन १९, २०८३
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग मंगलबार, साउन १९, २०८३
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व मंगलबार, साउन १९, २०८३
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP