Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #माली र बुर्किना
  • #रास्वपा
Search Here
प्रवास
  • Home
  • प्रवास
  • एनआरएनएको प्रवक्तामा सुवेदी, अरु टुंगो लगाउन कार्यदल गठन
एनआरएनएको प्रवक्तामा सुवेदी, अरु टुंगो लगाउन कार्यदल गठन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १७, २०८०

काठमाडाैं -  गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को बैठक सोमबार जुम प्रविधिमार्फत सम्पन्न भएको छ । एनआरएनएमा  प्रवक्तामा नारायण सुवेदी मनोनीत सुवेदी भएका छन् भने अरु टुंगो लगाउन कार्यदल गठन गरेकाे हाे । 

अध्यक्ष आरके शर्माको अध्यक्षतामा बसेको बैठकमा पूर्वअध्यक्षद्वय कुल आचार्य र रविना थापाका साथै अध्यक्षका प्रत्याशी महेश श्रेष्ठ, पदाधिकारीहरू, आईसीसी सदस्यहरू, एनसीसीका प्रतितिधिहरुलगायतको उल्लेख्य सहभागिता रहेको थियो । आचार्य र शर्माले बैठकलाई सम्बोधन गर्दै संस्थालाई एकताबद्ध बनाउँदै अघि बढ्नुको विकल्प नभएको भन्दै यही कार्यसमितिले सबैलाई एक ठाउँमा ल्याउने उद्घोष गरे ।

नयाँ वर्ष २०२४ को अवसरमा शुभकामना आदानप्रदानका साथ सुरु भएको बैठकमा गत निर्वाचनका क्रममा बद्री केसी पक्षले गरेको अनियमितताका सम्बन्धमा छलफल हुनुका साथै केसीले निरन्तर संस्थाको दुरुपयोग गर्दै आएको विषयमा गम्भीर छलफल भएको छ ।

यस्तै परराष्ट्र मन्त्रालयसँग सहकार्य गर्दै संस्थाको गतिविधिलाई तीव्रता दिने विषयमा पछि छलफल भएको थियो ।यसबाहेक बैठकमा हालसम्म भएका कामहरूको समीक्षा गरिएको थियो भने सहभागीहरूले विभिन्न कठिनाइका बीच उल्लेख्य काम भएको भन्दै नेतृत्व र पदाधिकारीलाई धन्यवाद दिएका थिए ।

Hardik health

अध्यक्षको सक्रियतामा १० करोडको राहत तथा उद्धार कोष निर्माणका साथै जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गरेर प्रशंसनीय काम भएको सहभागीको धारणा थियो । तर, बद्री केसी पक्षले संस्थाको कोषको पैसा दुरुपयोग गरेको बारेमा पनि चर्को आलोचना भएको थियो ।

यस्तै  आईसीसी सदस्य, सल्लाहकार लगायतको मनोनयनको विषयमा भने बैठकले थप छलफल र परामर्शको आधारमा टुंगो लगाउने निर्णय गरेको छ ।अध्यक्ष आरके शर्माले धेरै अग्रज र एनआरएनए अभियन्ताहरू आकांक्षी देखिएकाले थप अध्ययन गर्नका लागि एक साता समय लिइएको बताए । उनका अनुसार मनोनयनका लागि विश्वभरबाट अभियन्ताहरूको आकांक्षा तीव्र छ ।

सबैलाई समेटेर जानका लागि एउटा कार्यदल बनाइएको र कार्यदलले एक साताभित्रमा सबै टुंगो लगाएर मनोनीतको सूची सार्वजनिक गर्ने उनको भनाइ छ ।‘संस्थालाई अझ चलायमान बनाउन थप छलफल र तयारी गर्नुपर्ने देखिएकाले अध्यक्ष, उपाध्यक्ष र महासचिवसहितको एउटा कार्यदल बनाइएको छ । कार्यदलले कार्यविधि सहित तयार गरेर एक साताभित्र मनोनीत हुनेहरुको सूची टुंगो लगाउने बैठकबाट निर्णय भएको छ ।

एनआरएनएको विधानअनुसार २१ जना आईसीसी सदस्य र २१ जना सल्लाहकार मनोनीत हुन्छन् ।यस्तै मानार्थ सदस्य ५१ जना मनोनीत हुने व्यवस्था भएपनि अत्यधिक धेरै आकांक्षीहरु रहेकाले सबैलाई समेट्न चुनौती रहेको उपाध्यक्ष गंगाधर गौतमले बताए । गौतमले बद्री केसीले धाँधली गरेर एनआरएनएमा गरेको गलत क्रियाकलापका कारण आफूहरुतर्फ संसारभरका एनआरएनएहरु आकर्षित भएको जिकिर गरे ।

यस्तै बैठकले विभिन्न टास्कफोर्स गठन गर्ने निर्णय पनि गरेको छ ।विज्ञहरुको सहभागितामा हुने उक्त टास्कफोर्समा अर्थविद्, निर्माणविद, श्रमविद्लगायतको सहभागिता रहने र देश विकासका लागि उक्त टाक्सफोर्समार्फत सबै पक्षसँग सहकार्य गर्ने निर्णय भएको अध्यक्ष शर्माले बताए ।

साथसाथै गैरआवासीय नागरिकताका सम्बन्धमा कतिपय व्यवहारिक असहज देखिएकाले यस विषयमा सहजीकरणका लागि अध्यक्षको नेतृत्वमा गृहमन्त्री र परराष्ट्रमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय भएको छ ।त्यसका लागि यसैसाता पूर्वअध्यक्ष कुल आचार्य, अध्यक्ष शर्मालगायतका शीर्ष अभियन्ताहरू काठमाडौँ आउने बताइएको छ ।

यस्तै सामाजिक सुरक्षा कोषलाई सशक्त बनाउनका लागि श्रम मन्त्रीलाई थप पहल गर्नेबारेमा पनि बैठकले निर्णय गरेको छ ।  बैठकले विदेशमा कार्यरत नेपालीका कैयन समस्याहरु रहेकाले  ती समस्याको समाधानका लागि सम्पूर्ण विदेशमा रहेका दूतावास, एनसीसी, वैचारिक र राजनीतिक संघसंस्था परिचालन गरेर सचेतनता कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । त्यसका लागि नेपालमा श्रम र परराष्ट्र मन्त्रालयसँग पनि सहकार्य गर्नका लागि ध्यानाकर्षण गराउने निर्णय भएको छ ।

यस्तै ग्वार्कोमा वैदेशिक रोजगारीका लागि कोरिया जाने फर्म भर्ने विषयमा विवाद हुँदा दुई युवाको मृत्यु भएको सम्बन्धमा पनि बैठकले दुःख व्यक्त गरेको छ । बैठकले घटनाको सत्यतथ्य पत्ता लगाउँदै पीडितलाई दोषीमाथि कारबाहीको माग गरिएको छ । यस्तै पीडितका परिवारलाई थप सहयोगका लागि सरकारसँग आग्रह गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या समाधानमा गम्भीर भएर लाग्न बैठकले ध्यानाकर्षण गराएको छ ।

एनआरएनएको प्रवक्तामा सुवेदी
गैरआवासीय नेपाली संघ (एनआरएनएको प्रवक्तामा नारायण सुवेदी मनोनीत भएका छन् । संघको सोमबार बसेको आईसीसी बैठकले पूर्व सहकोषाध्यक्ष सुवेदीलाई प्रवक्तामा मनोनीत गर्ने निर्णय गरेको हो । बैठकले संस्थाका आधिकारिक सूचना तथा जानकारीलाई व्यवस्थित ढंगले सम्प्रेषणका लागि प्रवक्ता तत्काल नियुक्त गरेको हो ।  

बैठकले सल्लाहकार, संरक्षक, मानार्थ सदस्य र आईसीसी सदस्यहरू भने अर्को साता मनोनीत गर्नेछ ।अध्यक्ष आरके शर्माले निवर्तमान अध्यक्ष बद्री केसी र उनको समूहले धाँधली गरेपछि आफूहरूले सबै प्रक्रिया पुरा गरेर नयाँ कमिटी घोषणा गरेको भन्दै सरकारको निकाय परराष्ट्र मन्त्रालयले आफूहरूलाई छिट्टै न्याय दिने विश्वास रहेको बताए । आफूहरूले सबै प्रक्रिया पूरा गरेकाले परराष्ट्रले न्याय दिने उनको विश्वास छ ।


प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत बुधबार, पुस १६, २०८२
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण शुक्रबार, पुस ४, २०८२
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा सोमबार, मंसिर २९, २०८२
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल बिहीबार, मंसिर २५, २०८२
एनआरएनए महासचिव लामाले ल्याए सदस्यता विकेन्द्रीकरण र पारदर्शिताको मोडेल
एनआरएनए महासचिव लामाले ल्याए सदस्यता विकेन्द्रीकरण र पारदर्शिताको मोडेल बिहीबार, मंसिर २५, २०८२
एनआरएनए एकतालाई प्रभावकारी बनाउन सबै मुद्दा फिर्ता गर्न उपाध्यक्ष साहको आग्रह
एनआरएनए एकतालाई प्रभावकारी बनाउन सबै मुद्दा फिर्ता गर्न उपाध्यक्ष साहको आग्रह सोमबार, मंसिर २२, २०८२
एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्‍चारमन्त्री खरेल
एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्‍चारमन्त्री खरेल आइतबार, मंसिर १४, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP