Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • पूर्वाधारमन्त्री ज्वालाको ‘असावधानी’ 
बालकुमारी घटनाको कारक पूर्वाधारमन्त्री ज्वालाको ‘असावधानी’ 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, पुस १७, २०८०

काठमाडौं– गृह प्रशासनले ललितपुरको बालकुमारीमा अनाहकमा दुई युवकले ज्यान गुमाएको घटनाको मुख्य कारक भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला रहेको निष्कर्ष निकालेको छ । मन्त्री ज्वाला प्रदर्शन भइरहेको रुट हुँदै हिँडेकै कारण घटना हुन पुगेको निष्कर्ष निकालिएको बुझिएको छ । यद्यपि, छानबिनको प्रतिवेदन आउन बाँकी नै छ ।  
गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवरले नै मन्त्री ज्वाला प्रदर्शन भइरहेको सडक हुँदै जानु ठूलो गल्ती भएको टिप्पणी गर्नुले उक्त कुरा पुष्टि हुन्छ । उनीहरूले प्रदर्शन भइरहेको रुटभन्दा अर्को रुट प्रयोग गरेको भए घटना नहुने तर्क गरे । 

मन्त्रीज्यूले यस्तो बाटो किन प्रयोग गर्नुभयो होला ?
नारायणकाजी श्रेष्ठ
गृहमन्त्री


सोमबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमै गृहमन्त्री श्रेष्ठले मन्त्री ज्वालालाई सोधे, ‘मन्त्रीज्यूले यस्तो बाटो किन प्रयोग गर्नुभयो होला ?’ प्रदर्शनले अशान्त सडकलाई मन्त्री ज्वालाले प्रयोग गर्नु नै घटनाको कारक भन्ने आशयमा गृहमन्त्री श्रेष्ठले यस्तो प्रश्न गरेका हुन् ।
घटना शुक्रबार भएको हो । जहाँ प्रहरीले चलाएको गोलीबाट सुजन राउत र वीरेन्द्र साहको ज्यान गयो । केही घाइते छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटनापछि मन्त्री ज्वाला, गृहमन्त्री श्रेष्ठसँगै श्रममन्त्री शरदसिंह भण्डारी आलोचित छन् । देशको विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ । उनीहरूको राजीनामा माग भएको छ । 

मन्त्रीको गाडी नआएको भए यस्तो घटना हुने थिएन ।
वसन्त कुँवर
प्रहरी महानिरीक्षक

Hardik health


प्रहरी महानिरीक्षक कुँवरले पनि समितिको बैठकमा जवाफ दिँदै मन्त्री ज्वालालाई नै दोष लगाएका छन् । उनले भने, ‘११ः५२ मा मन्त्रीज्यू आउनुभयो । उहाँ पार्टी प्यालेसबाट कोटेश्वरतर्फ जाँदै गरेको अवस्था थियो । त्यही बेलामा पिएसोले जानकारी लिने र समन्वय गर्ने काम भएन । ११ः५४ मा हातपात हुने अवस्था आयो । पिएसओले मन्त्रीलाई सुरक्षित स्थानमा लगेको हो । दिउँसो १२ बजे मन्त्रीको गाडीमा आगजनी भयो । गोली कतिबेला चल्यो यकीन छैन तर मन्त्रीको गाडी नआएको भए यस्तो घटना हुने थिएन ।’

सुरक्षा संवेदनशीलता थाहा हुँदाहुँदै त्यस्तो बाटो जानु बेठीक थियो ।
राजेन्द्र पाण्डे
सांसद, एकीकृत समाजवादी


मन्त्री ज्वालाको भूमिकालाई लिएर उनकै दल नेकपा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका सांसद राजेन्द्र पाण्डेले पनि आलोचना गरेका छन् । सुरक्षा संवेदनशीलताबारे जान्दाजान्दै पनि ज्वालाले सावधानी नअपनाउनु गम्भीर गल्ती भएको बताए । ‘११ बजे हाम्रो पार्टीको बैठक थियो । म ११ः५० मा पुगेको थिएँ । युवा झोला बोकेर हिँडेको देखेँ । घटना के भएको हो थाहा भएन । भित्र जाँदा मन्त्री ज्वालालाई देखेँ,’ उनले भने, ‘उहाँलाई सोध्दा मन्त्रालय हिँडेको थिएँ भन्नुभयो । त्यस्तो बाटो जानु बेठीक थियो ।’


उनले गृह मन्त्रालय, प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, इपिएस शाखा र अदालत पनि घटनाको जिम्मेवार पक्ष रहेको औँल्याएका छन् । सोमबारको बैठकपछि राज्य व्यवस्था समितिले पनि घटनाको मन्त्री ज्वालाको असावधानी कारक रहेको ठह¥याएको छ । जसबारे छानबिन गर्न समितिले छानबिन समितिलाई निर्देशन दिएको छ । मन्त्री ज्वालाले भने बालकुमारी घटनामा आफू जिम्मेवार नभएको भन्दै पन्छिए । उनले प्रहरी प्रशासन जिम्मेवार रहेको बताए । 


‘मेरो निजी सुरक्षा सहयोगी (पिएसओ)ले सबैतिर खबर गर्दा पनि प्रहरी समयमा नपुगेको र गाडीमा आगजनी भएको जानकारी मैले पछिमात्रै पाएँ,’ उनको भनाइ छ, ‘२२ मिनेटसम्म पनि प्रहरी नपुगेपछि गाडीमा आगजनी भएछ ।’उनले प्रदर्शनकारीले गाडी रोकेपछि आफू हिँडेर पार्टी बैठकमा पुगेको र त्यसपछिका घटनाबारे केही थाहा नभएको पनि बताए । ‘हाम्रो गाडीलाई प्रदर्शनकारी साथीहरूले रोके । मसँगै रहेका सुरक्षाकर्मी (पिएसओ) ले उनीहरूलाई सम्झाउने प्रयास पनि गरे,’ उनले भने, ‘तर, गाडी जान दिएनन्, म त्यहीँ झरे र फेरि बैठकस्थलतिर लागेँ । त्यसपछिको घटनाबारे जानकारी मलाई भएन ।’

मेरो निजी सुरक्षा सहयोगी (पिएसओ)ले सबैतिर खबर गर्दा पनि प्रहरी समयमा नपुगेको र गाडीमा आगजनी भएको जानकारी मैले पछिमात्रै पाएँ । २२ मिनेटसम्म पनि प्रहरी नपुगेपछि गाडीमा आगजनी भएछ ।
प्रकाश ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री

तर, सुरक्षा अधिकारीहरूले भने मन्त्री ज्वालाको भनाइलाई पत्याएका छैनन् । उल्टै ज्वालाले प्रदर्शनले अशान्त रुट प्रयोग गरेर स्थिति बिगारेको बताउने गरेका छन् । घटनाको वास्तविकता भने छानबिन समितिको प्रतिवेदनपछि खुल्ने छ । यद्यपि, संसदीय समिति, गृह प्रशासनलगायत निकायले पहिलो दृष्टिमै बालकुमारी घटना हुनुमा मन्त्री ज्वालालाई जिम्मेवार ठह¥याएका हुन् ।

जाँचबुझ आयोग गठन
घटनाको सत्यतथ्य छानबिनका लागि सरकारले सोमबार नै उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । आयोगका सदस्यहरूमा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहेका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार आयोगलाई उक्त घटनामा भएको मानवीय तथा भौतिक क्षतिको अध्ययन तथा विश्लेषण गर्ने, उक्त घटनाको कारण र त्यस स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी कमीकमजोरी पहिचान गर्ने कार्यादेश दिइएको छ । आयोगलाई छानबिन अवधि एक महिना दिएको पनि मन्त्री शर्माले बताइन् ।  

बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार अछामको चौरपाटी गाउँपालिका–१ घर भएका वीरेन्द्र साह र दैलेखको महाबु गाउँपालिका–६ का सुजन राउतको ज्यान गएको थियो ।

चारबुँदे सहमतिपछि आफन्तले बुझे शव
बालकुमारी घटनामा ज्यान गुमाएका युवकहरूको शव आफन्तले बुझ्ने भएका छन् । सरकारसँग चारबुँदे सहमतिपछि घटनाको चौथो दिनमा शव बुझ्न आफन्तहरू तयार भएका हुन् । सहमतिमा मृतकका आफन्तलाई रोजगारीका लागि अनुरोध गर्ने, मृतकहरूलाई सहिद घोषणाको प्रक्रिया थाल्ने, अतिरिक्त राहत उपलब्ध गराउने र शव सम्बन्धित जिल्लामा सरकारले पु¥याउने उल्लेख छ । 

सहमतिपत्रमा गृह मन्त्रालयका तर्फबाट उपसचिव उमाकान्त अधिकारी र मृतकका आफन्ततर्फ वीरेन्द्र साहका बाबु टेकबहादुर साह तथा सुजन रावतका मामा टेकबहादुर कटुवालले हस्ताक्षर गरेका छन् । रावतको शव ललितपुरस्थित किस्ट अस्पतालमा राखिएको छ भने साहको शव पाटन अस्पतालमा छ ।

यसअघि सरकारले मृतक परिवारलाई १०÷१० लाख राहत दिने घोषणा गरेको छ । तर, संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले भने अतिरिक्त सेवा दिन पनि निर्देशन दिएको छ । सोहीअनुसार मृतक परिवारका सदस्यलाई रोजगार दिन सरकार सहमत भएको हो । 

‘बालकुमारी घटना व्यवस्था विरुद्धमा’ 
प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारीमा शुक्रबार दुई युवाको मृत्यु र मन्त्रीको गाडी जलाइएको घटनालाई लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइनको रूपमा अथ्र्याएका छन् । सम्बन्धित निकायबाट बिफ्रिङ लिएपछि आफूलाई त्यस्तो लागेको उनको भनाइ छ । 


मेलमिलाप दिवसको अवसरमा कांग्रेसले सोमबार आयोजना गरेको कार्यक्रममा उनले बालकुमारी घटनालाई सामान्य ठान्न नहुने पनि बताए । ‘यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन कतै त छैन भन्ने मेरो अहिले कुनै प्रुफ त होइन,’ उनले भने, ‘म अहिले सबै भन्न चाहन्नँ । केही चिज गम्भीर लागेको छ, सामान्य छैन यो ।’

बालकुमारी घटनापछि सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालय र प्रहरी प्रमुखलाई हेडक्वार्टरमा तानेको थियो । इपिएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदी, बालकुमारीको सुरक्षा कमाण्ड सम्हालेका डिएसपी उमेश लम्सालसँगै मन्त्री ज्वालाका व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) बोधराज सुनुवारलाई सरकारले निलम्बन गरेको छ ।
 


प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ०९:३३
#बालकुमारी_घटना
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिनिधिसभा नियमावली नयाँ बनाउने  सर्वदलीय बैठककाे  निर्णय
प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठककाे निर्णय सोमबार, चैत २३, २०८२
परिचयपत्र तथा पञ्जीकरण विभागमा गृहमन्त्री गुरुङकाे  छड्के
परिचयपत्र तथा पञ्जीकरण विभागमा गृहमन्त्री गुरुङकाे छड्के सोमबार, चैत २३, २०८२
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न सोमबार, चैत २३, २०८२
मुन्दुम ट्रेल अल्ट्रा रेस-२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम
मुन्दुम ट्रेल अल्ट्रा रेस-२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम सोमबार, चैत २३, २०८२
अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि
अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि सोमबार, चैत २३, २०८२
नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी
नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी सोमबार, चैत २३, २०८२
बागमती प्रदेशसभा चैत २४ गते बस्ने
बागमती प्रदेशसभा चैत २४ गते बस्ने सोमबार, चैत २३, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP