Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • न्यायिक छानबिन समिति गठन गर्न माग 
बालकुमारी घटना  न्यायिक छानबिन समिति गठन गर्न माग 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, पुस १५, २०८०
  •  ललितपुरका सिडिओ, एसएसपी र इपिएस शाखाका निर्देशक जिम्मेवारीबाट मुक्त
  •  फिल्ड कमाण्डर डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बित
  •  मृतकहरू सुजन र वीरेन्द्रलाई गोली हान्ने र हान्न आदेश दिने अधिकारीलाई छानबिनपछि कारबाही गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं– ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारले न्यायिक छानबिन समिति गठन गर्न माग गरेका छन् । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटका क्रममा उनीहरुले सो माग राखेका हुन् । प्रहरी अधिकारी सम्मिलित छानबिन समितिमाथि उनीहरुले प्रश्न गरेका छन् । सोही क्रममा प्रधानमन्त्री दाहालले उक्त घटनाका दोषीलाई कारबाही गर्ने वचन दिएका छन् । पीडित परिवारजनसँग बालुवाटारमा शनिबार भेट गर्दै घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । 


प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री दाहालले घटनालाई सरकारले गम्भीर रुपमा लिएको र प्रारम्भिक चरणमा दोषी देखिएकालाई निलम्बन गरिसकिएको पनि पीडित पक्षलाई जानकारी दिए । मृतकका परिवारलाई सरकारका तर्फबाट राहतको व्यवस्था गरिएको र घाइतेको उपचारको प्रबन्ध मिलाइएको पनि दाहालले बताएका थिए । 

‘पीडित परिवारसँग प्रधानमन्त्रीले दिउँसो भेट गर्नुभएको हो । त्यसक्रममा उहाँले मृतक परिवारलाई राहत र घाइतेको निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिनुभयो,’ आचार्यले प्रभावसँग भने । उनले घटनाको अनुसन्धान प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै पीडितले न्याय पाउने विश्वास दिलाए ।  ‘छानबिनबाट सत्यतथ्य जे आउँछ, जो दोषी देखिन्छन् तिनलाई कारबाही हुन्छ, आगामी दिनमा यस्ता घटना हुँदैनन्,’ प्रधानमन्त्री दाहालको भनाइ उद्वृत गर्दै आचार्यले भने ।

तर, पीडित परिवारले भने प्रहरी अधिकारी सम्मिलित छानबिन समितिमाथि नै प्रश्न गरेका छन् । बरु, न्यायिक छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिएका छन् । मृतक परिवारजनले घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । पीडित परिवारका सदस्यहरूसँग सांसदहरू पनि प्रधानमन्त्री कार्यालय पुगेका थिए । घटनामा राज्यपक्षबाट कमजोरी भएको सरकारले स्वीकारेको छ । यसैबीच सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र इपिएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको छ ।

Hardik health

गृहमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रीस्तरीय निर्णयअनुसार ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह र इपिएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरिएको हो । प्रजिअ पण्डित गृह मन्त्रालयमा तानिएका छन् । एसएसपी शाहलाई प्रहरी मुख्यालयमा तानिएको छ ।  

ललितपुर प्रहरीबाट फिल्डमा खटिएका प्रहरी नायव उपरीक्षक (डिएसपी) उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पिएसओ) बोधराज दनुवारलाई भने निलम्बन गर्ने मन्त्रीस्तरीय निर्णय भएको छ । घटनाबारे छानविन समितिले काम गरिरहेको र समितिको कामलाई वस्तुनिष्ठ बनाउन घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएकालाई हटाएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

‘जे नहुनु थियो भयो । जुन दुःखद् हो । मन्त्रीस्तरीय निर्णयले छानविन प्रभावित नहोस् भनेर ललितपुरका सिडिओे, एसएसपी र इपिएस शाखाका निर्देशक हटाउने र फिल्डमा कमाण्ड सम्हाल्ने डिएसपीसँगै मन्त्रीज्यूका पिएसओ हटाउने निर्णय भएको छ,’ भट्टराईले प्रभावसँग भने । घटनाका सन्दर्भमा गृह मन्त्रालय अत्यन्त संवेदनशील रहेको भन्दै घटनाप्रति दुःख पनि व्यक्त गरेको छ । सबै नागरिककले आफ्ना विषय शान्तिपूर्ण रुपमा राख्न पाउने अधिकारको सुनिश्चितता प्रदान गर्न सरकार निरन्तर लागि परिरहेको पनि मन्त्रालयले जनाएको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहालले छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन गर्दै शुक्रबारको घटनामा कहीँ न कहीँ कमजोरी भएको बताएका थिए ।‘हाम्रो मन्त्रीजीको पिएसओले परिस्थितिको राम्रो आँकलन नगरिकन त्यो गाडी लिएर जाने प्रक्रियामा गम्भिर त्रुटि भएको महसुस गरेर उहाँलाई निलम्बन गर्ने निर्णय गरिएको छ,’ दाहालले भने, ‘त्यसैगरी गोली चलाउन आदेश दिनेमा पनि त्रुटिपूर्ण ठानेर गोली चलाउन आदेश दिने अधिकारीलाई पनि छानबिनको रिपोर्ट नआउँदासम्म निलम्बन गरिएको छ ।’

शुक्रबार रोजगार अनुमति प्रणाली (इपिएस) को कार्यालय ग्वार्को अगाडि युवाहरूले धर्ना र प्रदर्शन गरेका थिए । उनीहरू पानी पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएर फेल भएकाहरू थिए । उत्पादनमूलक कामका लागि भएको भाषा परीक्षाको फाराम भर्न पाउनुपर्ने उनीहरूको माग थियो । तर, प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी समेत जलाएका थिए । 

घटनालाई लिएर प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी दमनबारे छलफल गर्न बैठक बोलाएको छ । बैठक सोमबार बस्नेछ । बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि बोलाएको छ । राज्य व्यवस्था समितिमा तीनवटै सुरक्षा निकायका प्रमुखलाई पनि बोलाइएको छ ।

मृतक परिवारलाई १० लाख 
बालकुमारी घटनामा मारिएका दुई युवकका परिवारलाई सरकारले राहतस्वरुप १०–१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा मारिएका अछामका वीरेन्द्र शाह र दैलेख सुजन रावतको परिवारलाई राहत दिने निर्णय गरेको हो ।शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले सरकारले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको पनि जानकारी दिइन् । उनले प्रदर्शनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरिएको बताइन् । 

विरोध प्रदर्शन
घटनालाई लिएर शनिबार ठाउँठाउँमा प्रदर्शन भएको छ । काठमाडौंको माइतीघर र सुर्खेतमा प्रदर्शन भयो । माइतीघरमा प्रहरीले निशेधित क्षेत्र तोडेको भन्दै छ जनालाई नियन्त्रणमा लिएको थियो ।प्रदर्शनकारीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागे । घटनालाई लिएर सत्तारूढ दल र विपक्षी दलका नेताहरूले सरकारको आलोचना गर्दै आएका छन् ।

शनिबार नै दशरथ रंगशालामा फुटबल हेर्ने दर्शकहरूले  मृतकहरू राउत र शाहप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा धनगढी एफसी र ललितपुर सिटी एफसीबीचको खेल हेर्न आएका दर्शकहरूले श्रद्धाञ्जली व्यक्त गरेका हुन् । दर्शकहरूले उनीहरूको तस्बिर राखेर हार्दिक श्रद्धाञ्जली लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए । 
 


प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा वाग्ले
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा वाग्ले मंगलबार, साउन १९, २०८३
सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी
सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी मंगलबार, साउन १९, २०८३
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी मंगलबार, साउन १९, २०८३
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग मंगलबार, साउन १९, २०८३
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व मंगलबार, साउन १९, २०८३
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP