Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • ओलीको गाली, कार्याकर्ताको ताली
ओलीको गाली, कार्याकर्ताको ताली
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, मंसिर २६, २०८०


कार्यकर्ताको ताली बटुल्न ओलीले के सम्म गरेनन्, डडेल्धुरा पुगेर कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘जय नेपाल’ भन्न भ्याए त यात्राकै क्रममा भेँडाको ऊनी स्वेटर बुन्नेदेखि किन्ने काम गरे । यतिमात्र हैन,  सिन्धुपाल्चोक पुगेर ओलीले डम्फु र ढ्याङ्ग्रो बजाउनसमेत भ्याएका उनले दोलालघाट पुगेर माछा तार्न । 


काठमाडौं– नेपाली राजनीतिमा विपक्षीविरुद्ध हाँस्यपरक शैलीमा चर्को आलोचना गर्न माहिर राजनीतिज्ञ मानिन्छन्, एमाले अध्यक्ष केपी शर्मा ओली । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनी केही दिनयता लगातार सरकारविरुद्ध चर्का अभिव्यक्ति दिँदै हिँडिरहेका छन् । कहिलेकाहीँ भने उनी देशको अन्तिम राजा ज्ञानेन्द्र शाह त कहिले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध खनिन्छन् । 


१४ मंसिरमा सुरु ‘झुलाघाट–चिवाभञ्ज्याङ’ संकल्प यात्राको खास उद्देश्य मध्यपहाडी लोकमार्ग क्षेत्रमा ‘समृद्धिको आधार पहिचान गर्ने’ भन्ने हो । एक वर्षअघि भारतीय कंग्रेसले शुरु गरेको भारत जोडो यात्राको झल्को दिने गरी ओली आफैंले संकल्प यात्राको उद्घाटन झुलाघाटमा गर्दै भनेका थिए, ‘देशको समग्र विकासको खाका कोर्न यात्राले सहयोग पुग्ने छ ।’
तर, देश समृद्धिको संकल्पभन्दा पनि सरकार र अन्य विरोधी समूहविरुद्ध गाली बर्साउने ओली संकल्पभन्दा फरक नपर्ने देखिएको छ । उनी नेतृत्वको एमालेको संकल्प यात्रा विपक्षीहरूलाई हियाउन मात्रै रहेको चर्चा पनि हुन थालेको छ । 
हुन पनि उनले संकल्प यात्राको उद्घाटन गरेकै दिन अन्तिम राजा शाह र प्रसाईंलाई हियाए । 


‘उहिले राजतन्त्र थियो । अहिले सालिक बनाएर श्री ५ महाराजाधिराज लेखेर तमासा गर्ने असंवैधानिक काम भइरहेको छ’, आफ्नै गृहजिल्ला झापामा यही मंसिरको दोस्रो साता पृथ्वीनारायण शाहको शालिकमा राखिएको शिलालेखमा लेखिएको व्यहोराबारे असन्तुष्टि पोख्दै ओलीले भने । 

Hardik health


यात्राको क्रममा १७ मंसिरमा दैलेख पुगेर उनले फेरि राजसंस्था र हिन्दुधर्मको पक्षमा रहेका शाह र प्रसाईंलगायतविरुद्ध अभिव्यक्ति दिए । उनीहरूलाई देशद्रोहीसमेत भन्न भ्याए । उनका अनुसार लोकतन्त्र पञ्चायती व्यवस्थाभन्दा ठीक हुनै सक्दैन । 


‘कोही प्रतिगमनतिर फर्किने कुरा गर्दैछ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्रविरोधी हो । त्यो जनतालाई सधैं गरिब राख्न खोज्ने कुरा हो’, ओलीले आक्रोशति हुँदै भने, ‘आज लोकतान्त्रिक गणतन्त्रको कसैले विरोध गर्छ भने त्यो नेपाल र नेपालीको हितविपरीत सोचिरहेको छ ।’


१७ मंसिरमा सुर्खेत पुगेका ओलीले त्यहाँ पनि गाली गर्न भ्याए । उनकै गृह प्रदेश कोशीमा १० महिनादेखि पहिचानवादीहरू आन्दोलित रहेको तर्फ लक्षित गर्दै ओलीले देशमा विखण्डनको बीउ रोपेको आक्षेप लगाए । आन्दोलनरत पक्षको माग प्रदेशको नाम कोशी खारेजी गरेर पहिचानको आधारमा राख्नुपर्ने भन्ने छ । उनीहरू ओलीलगायत नेताहरूविरुद्ध आक्रोशित छन् । उनै पहिचानवादीहरूलाई ओलीले सत्ता गठबन्धनबाट परिचालित रहेको आक्षेप लगाए ।


‘देश विखण्डन गर्न खोजिँदैछ । विखण्डको बीउ रोपिएको छ र देशको सामाजिक अवस्था पनि निकै डरलाग्दो भएर अघि बढ्दैछ । तर, सरकार कानमा तेल हालेर बसेको छ । यो अवस्था गठबन्धन सरकारले नै ल्याएको हो ।’


सोही दिन ओलीले अछाम पुगेर सरकारविरुद्ध आक्रोश ओकले । हत्याराहरू सरकारमा रहेको टिप्पणीसमेत गरे ।
गत निर्वाचनमा अछाममा एमालेनिकट युवक विनोद शाहीको हत्या भएको प्रसंग कोट्याउँदै ओलीले यसो भनेका हुन् । उनले भने, ‘एउटा मान्छे मारेर चुनाव जित्ने संस्कृति भनेको घिनलाग्दो हो । म विनोद शाहीलाई शहीद घोषणा गर्दछु । अहिले चुनाव जित्न मान्छे मार्नेहरू सरकारमा छन् ।’ सरकारविरुद्धको ओलीको गालीमा कार्यकर्ताबाट बेजोड ताली पाउँछन् ।


कार्यकर्ताको ताली बटुल्न ओलीले के सम्म गरेनन्, डडेल्धुरा पुगेर कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘जय नेपाल’ भन्न भ्याए त यात्राकै क्रममा भेँडाको ऊनी स्वेटर बुन्नेदेखि किन्ने काम गरे । यतिमात्र हैन,  सिन्धुपाल्चोक पुगेर ओलीले डम्फु र ढ्याङ्ग्रो बजाउनसमेत भ्याएका उनले दोलालघाट पुगेर माछा तार्न । 


संकल्प अभियानअन्तर्गत ओली र अन्य नेताहरू आज उदयपुरको घुर्मी पुग्दैछन् । यो कोशी प्रदेशमा पर्छ । ओली नेतृत्वको अभियानलाई त्यहाँ पहिचानवादीहरूले प्रतिरोध गर्ने चेतावनी दिइरहेका छन् । एक जना पहिचानवादी नेता गोपाल किरातीले त घुर्मीमा चिहान खनिएको जस्ता हिंसात्मक अभिव्यक्ति दिइसकेका छन् । 


यस्तो बेला ओलीले पहिचानवादीहरूलाई लक्षित गर्दै कोशी कसैको बिर्ता नभएको बताए । 
‘कसैको बिर्ता होइन कुनै भूभाग नेपालको । प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्नेखालका आतंककारी कुराहरू हामीले धेरै देखेका छौँ’, रिसाउँदै ओलीले भने, ‘यस्तो फुर्ती नलगाए हुन्छ । हामीले सामना गर्न नपरोस् ।’
संकल्प अभियानका क्रममा ओली जहाँ जहाँ पुगे, उनी त्यहाँ विरोधीहरूको उछितो काडिरहेका छन् । जसले गर्दा मध्यपहाडी लोकमार्ग क्षेत्रको समृद्धिको संकल्प छायाँमा परेको छ । जबकि, यसबेला देशको अर्थतन्त्र संकटग्रस्त नै छ । अर्कातिर, भूकम्प प्रभावित जाजरकोट र रुकुमपूर्वका स्थानीय १५ जना वृद्धवद्धाले चिसोकै कारण मृत्युवरण गरिसके । बाँचेकाहरू त्रिपालमुनि बसेर जाडो छल्दै छन् । यस्तो परिस्थितिमा एमाले भने सरकार, पहिचानवादी, दुर्गा प्रसाईंको समूह र देशका अन्तिम राजा ज्ञानेन्द्रविरुद्ध अभिव्यक्तिमार्फत् होच्याइरहेका छन् । प्रचण्ड नेतृत्वको वर्तमान सरकारबारे ओली भन्छन्, ‘सरकार गरैजिम्मेवार भएर इमान नभएर बसेको छ । नत्र राजीनामा दिएर हिँड्नुपर्ने हो । यो सरकारमा बसिरहन लाज नलागेर कसरी बसेको छ ? अचम्म लागेको छ ।’


ओलीले वर्तमान सरकारले छिमेकसँगको सम्बन्ध पनि बिगारेको आरोप लगाएका छन् । अहिलेको सरकारले चीनको सहयोग लिन डराएको ओलीको अर्को आरोप छ । 
 


प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु मंगलबार, साउन १९, २०८३
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण मंगलबार, साउन १९, २०८३
अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यकः कानुनमन्त्री
अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यकः कानुनमन्त्री मंगलबार, साउन १९, २०८३
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै मंगलबार, साउन १९, २०८३
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक मंगलबार, साउन १९, २०८३
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP