Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • न्यायको याचना आमाछोरा
न्यायको याचना आमाछोरा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, मंसिर २५, २०८०
  •  २५ भदौ २०७२ मा मधेस आन्दोलनको क्रममा घाइते सशस्त्रका असई थमन विकको एम्बुलेन्सबाटै थुुतेर आन्दोलनकारीले निर्मतापूर्वक हत्या  
  •  श्रीमती शोभा र १२ वर्षीय छोरा सुुबोध थमनलाई न्याय दिलाउन भन्दै काठमाडौंमा 
  •  हत्या आरोपी निलम्बित एमाले सांसद लक्ष्मी महतो कोइरी फरार 

काठमाडौं– शोभा विक घरिघरी सपनामा श्रीमान् थमनलाई देख्छिन् । बिउँझिदा साथमा हुन्नन् । अनि, थमनलाई सम्झिँदै सुँकसुुकाउँछिन् । आँखा आँसुले भरिन्छन् । उनको यस्तो नियती आठ वर्षदेखिको हो । 

शोभालाई झल्झली याद छ कि थमनले २४ भदौ २०७२ को राति फोनमा भनेका थिए, ‘म ठिक छु है । तिमीले केही पीरचिन्ता नलिनु ।’ यसो भनेका थमन भोलिपल्टै क्रुरतापूर्वक ढंगले मधेसका आन्दोलनकारीहरूबाट मारिए । त्यसबेला सामाजिक सञ्जालमा भाइरल एउटा भिडियोमा घाइते थमनलाई उपचारका लागि लगिँदै गरेको एम्बुलेन्सबाटै थुुतेर आन्दोलनकारीहरूले अन्ततः खेतमा लखेटीलखेटी छुरा प्रहार गरी हत्या गरेको दृश्य देखिएको थियो । घटना महोत्तरीको जलेश्वरको हो । 

जबकि, श्रीमती शोभा भने पाँच दिनपछि हुने तीजमा श्रीमान् थमनको दीर्घायूको कामना गर्दै ब्रत बस्ने तयारीमा थिइन् । त्यसका लागि दरको सामान किन्न बजार गएकी थिइन् । साँझ घरमा रेडियोमा समाचार सुनियो, ‘जारी मधेश आन्दोलनको क्रममा आन्दोलनकारीहरूद्वारा सीमा सुरक्षा कार्यालय जलेश्वरमा कार्यरत सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या ।’

शोभाका अनुसार त्यसपपछि के भयो ? उनैलाई थाहा छैन । उनले प्रभावसँग भनिन्, ‘अर्धचेत अवस्थामै श्रीमानको काजकिरिया गरें ।’थमनको हत्या हुँदा शोभाको कोखमा साढे वर्षका दूधे छोरा सुबोध थिए । अहिले १२ वर्षका भएका छन् । बाँकेको नेपालगञ्ज–२५ शान्तिपुरका सुबोधलाई आफ्ना बुुबाको हत्या भएको भन्नेबाहेक केही पनि थाहा छैन । यो पनि उनलाई आमा शोभाले भनेकी हुन् ।

Hardik health

उनै शोभाको आँखा आठ वर्षदेखि ओभाएका छैनन् । आमाको आँखामा देखिने आँसुले सबैभन्दा बढी सुबोधलाई पिरोल्छ । उनी आँसु पुछिदिन्छन् । उसो त उनको हुर्काई नै आमाको रोदन र आँसु देखेर भएको हो । त्यही भएर होला सायद न्यायका लागि आमाको साथ लागेर काठमाडौं आएका उनले पत्रकारहरूसँग घटनाको फेहरिस्त सुनाउँदै गर्दा भक्कानिएकी आमाको आँसुु पुछ्दै भने, ‘नरुनु आमा, न्याय पाउँछौँ होला ।’

यसपछि सुबोध बोल्न सकेनन् । आँखा आँसुुले टिलपिल भयो । आमा शोभा भावविव्ह्ल भइन् । यस्तो कारुणिक दृश्य आइतबार काठमाडौंमा देखिएको हो । २८ वर्षमै विधुवा बनेकी शोभाको एउटै माग छ, ‘थमनको हत्यामा संलग्नलाई सजाय होस् ।’ थमनको हत्या आरोपी भने लक्ष्मी महतो कोइरी हुन् । मधेस आन्दोलनका बेला उनी मधेसी जनअधिकार फोरमबाट राजनीति गर्थे ।

तर, गत वर्षको चुनावअघि उनी एमालेमा प्रवेश भए । ४ मंसिर २०७९ मा भएको चुनावमा माओवादी नेता गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बने । उनी हाल निलम्बित छन् । प्रहरीका अनुसार उनी फरार छन् । उसो त उनी संसद् बैठकमै तीनपटक सहभागी भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि पद तथा गोपनीयताको शपथ ग्रहण गर्न र प्रधानमन्त्री पुष्पकमल दाहाललाई पहिलोपटक विश्वासको मत दिन । जबकि उनी प्रहरीको फरार सूचीमा थिए ।

तर, प्रहरीको सुुरक्षा पहराबीच उनी संसद् बैठकमा जान्थे । संसद् बैठकमै कांग्रेस सांसद रामहरि खतिवडालगायतले हत्या आरोपी सांसद महतोलाई पक्राउ नगरिएको भन्दै प्रश्न गरेका थिए । पत्रकारहरूको ‘समाचार निशाना’मा पनि कोइरी परेका थिए । त्यसपछि भने उनी संसद् बैठक आउन छाडे । संसद् सचिवालयले उनलाई निलम्बन गरेको सूचना प्रकाशन गरिसकेको छ । 

यति हुँदाहुँदै पनि कोइरीलाई पक्राउ गरिएको छैन । पीडित परिवारले न्याय पाएका छैनन् । न्यायका लागि दबाब दिन उनीहरू काठमाडौंमा आएका छन् । घटना भएको आठ वर्ष बित्दासम्म न्याय नपाएपछि सरकारसँग शोभा आक्रोशित छिन् ।  ‘झडपमा घाइते भएका मेरा श्रीमानलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाटै थुतेर धानखेतमा लखेटीलखेटी मारियो । ड्युटीको समयमा मारिएका मेरा श्रीमानका हत्यारालाई संरक्षण गरेर बसेको सरकारलाई म के प्रश्न गरौँ’, शोभा भन्छिन्, ‘यदि सरकार थियो भने यतिबेला मेरो घाउमा खाटा बस्न पाउनु पथ्र्यो । तर, सरकार त मेरो घाउमा खाटा लागोस् अनि त्यही खाटा उप्काएर दुखाइदिनु पर्छ भनेर कुरिबसेको छ ।’

महतोविरुद्ध हाल उच्च अदालत जनकपुरमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा विचाराधीन छ । अदालतले १९ मंसिर २०७७ मा महतोलाई पक्राउ गरेर पुर्पक्षका लागि थुनामै राख्न आदेश दियो । तर, अझै उनी पक्राउ परेकै छैनन् । जिल्ला अदालत महोत्तरीले २ असोज २०७६ मा महतोलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटी रकम बुुझाएर उनी थुुनामुक्त भएका हुन् । त्यसपछि दल परिवर्तन गर्दै सांसद भए । हाल निलम्बित अवस्थाका उनलाई पक्राउ गरेर थुनामा नराखिएपछि शोभाले न्यायको अनुभूति गरेकी छैनन् । 

‘एउटा गरिब परिवारको छोरो किन मारियो ? ठीक छ, मारिएको हाम्रो मान्छे फर्काइदेऊ भनेको छैन, कम्तीमा बीभत्स तरिकाले हाम्रो मान्छेको हत्या गर्ने दोषीलाई कारबाही गर भन्दा पनि किन हाम्रो बेवास्ता गरिन्छ ? के यो देशमा कुनै राजनीतिक पावर नहुने हामीले चाहिँ न्याय नपाएरै मर्नु पर्ने हो ?’, शोभाको प्रश्न छ । श्रीमान् थमनका लागि न्यायको लडाइँ जीवनको अन्तिमसम्मै लड्ने उनको वाचा छ । के शोभा र सुवोधले न्याय पाउँलान् ? 
 


प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु मंगलबार, साउन १९, २०८३
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण मंगलबार, साउन १९, २०८३
अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यकः कानुनमन्त्री
अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यकः कानुनमन्त्री मंगलबार, साउन १९, २०८३
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै मंगलबार, साउन १९, २०८३
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक मंगलबार, साउन १९, २०८३
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल मंगलबार, साउन १९, २०८३
बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP