Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र लिङ्देन
  • #रवि लामिछाने
  • #ट्रक_महासंघ
  • #राष्ट्रिय सभा निर्वाचन
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #प्रशान्त तामाङ
  • #प्राइम_टाइल्स
  • #‘शिवांश’
  • #दूध_दुहुने_रियालिटी शो
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मंसिर ७ केन्द्रित राजनीति
मंसिर ७ केन्द्रित राजनीति
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर ३, २०८०

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं केन्द्रित प्रदर्शन गर्ने भएपछि राजनीति त्यसैतर्फ केन्द्रित भएको छ । २० लाख रुपैयाँसम्मको ऋण मिनाहाको नारा लिएर प्रसाईंले मंसिर ७ गते माइतीघरमा ‘बृहत् नागरिक मुक्ति आन्दोलन’ नामक प्रदर्शन गर्ने भएपछि सरकारलाई भन्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई टाउको दुखाईको विषय बनेको छ ।

कुनै समय एमालेकै प्रभावशाली नेता मानिएका प्रसाईं अहिले भने एमालेकै लागि तगारो बनेर उभिएपछि अध्यक्ष केपी शर्मा ओलीसमेत उनीविरुद्ध बोल्न थालेका छन् । सोही दिन नेकपा एमालेले महेश बस्नेतको नेतृत्वमा माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने तयारी गरेको छ । शान्तिपूर्ण भनिए पनि एमालेले प्रसाईंको प्रदर्शन बिथोल्ने तयारी थालेको बताइन्छ ।

एमाले अध्यक्ष ओलीले कार्यक्रममा युवादेखि विद्यार्थीलाई स्वतःस्फूर्त रुपमा उपस्थित हुन निर्देशन दिइसकेका छन् । ‘११ बजे माइतीघर मण्डल अहिले भनिएको छ, त्यो स्थान फरक पनि पर्न सक्छ भोलि गएर, सरकारले विभिन्न कारण त्यसलाई निषेधित क्षेत्र भन्यो भने अरुतिर जानुपर्ने हुन सक्छ, रत्नपार्क पनि जानपर्ने हुन सक्छ । त्यसो भयो भने सूचना आइहाल्छ,’ शनिबार पार्टी कार्यालय च्यासलमा ओलीले भने ।

हामी कसैसँग जाइलाग्ने नीति लिँदैनौं । हाम्रो अत्यन्तै संयमित ढंगले तर अलि जोशिलो, आक्रामक होइन, हामी कुनै ताडफोड गर्दैनौं । तोडफोड नगरी, आक्रामक नभई जोशिलो प्रदर्शन यसपल्ट गर्छौं । आफ्नो सुरक्षा आफैं गर्छौं । अरु धेरै भर पर्दैनौं, त्यो कुरा हामीले बुझ्याछौं ।- केपी शर्मा ओली, अध्यक्ष, नेकपा एमाले

Hardik health

व्यवसायी प्रसाईं पछिल्लो समय ओलीविरोधी बोलीका कारण चर्चामा छन् । सौराहा महाधिवेशनपछि एमाले केन्द्रीय सदस्य बनेका प्रसाईं राजतन्त्रको पक्षमा बोलेका कारण एमालेबाट निकालिएका थिए । अहिले प्रसाईं ओलीको चर्को विरोध गर्छन् । त्यसैले प्रसाईंको प्रदर्शनको काउन्टरमा एमालेले कार्यक्रम राखेको बताइन्छ । एमाले नेता बस्नेतले आफूहरुले शान्तिपूर्ण प्रदर्शन गर्ने तर आइलाग्नेमाथि जाइलाग्न भनेपछि नपर्ने बताउँदै आएका छन् ।

ओलीले भने पार्टीको नीति त्यस्तो नभएको प्रस्ट पारेका छन् । ‘हामी कसैसँग जाइलाग्ने नीति लिँदैनौं । हाम्रो अत्यन्तै संयमित ढंगले तर अलि जोशिलो, आक्रामक होइन, हामी कुनै ताडफोड गर्दैनौं । तोडफोड नगरी, आक्रामक नभई जोशिलो प्रदर्शन यसपल्ट गर्छौं । आफ्नो सुरक्षा आफैं गर्छौं । अरु धेरै भर पर्दैनौं, त्यो कुरा हामीले बुझ्याछौं,’ ओलीले भनेका छन् ।
 
सुरक्षा तयारीबारे प्रधानमन्त्रीको चासो

व्यवसायी प्रसाईं र एमालेको प्रदर्शनमा मुठभेड हुनसक्ने भन्दै सत्तारुढ दलहरुबीच छलफल हुने भएको छ । प्रधानमन्त्री दाहालले शुक्रबार उपत्यकाका तीनवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर पछिल्लो तयारीबारे जानकारी लिएका थिए । त्यसैगरी आइतबार यसबारे सत्ताघटकहरुसँग छलफल गर्न बालुवाटारमा प्रधानमन्त्री दाहालले बैठक डाकेको एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।

उनले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएको भन्दै त्यसलाई प्रतिवाद गर्नका निम्ति मानसिक र भौतिक रूपमा तयार हुनुपर्ने बताएका छन् । शनिबार पार्टीको केन्द्रीय लेखापरीक्षण आयोगद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले भने, ‘व्यवस्थामाथि नै चुनौती दिने कुरा स्वीकार्य छैन ।’

कांग्रेस नेता शेखर पनि चिन्तित
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अराजकतातिर गइरहेको बताएका छन् । प्रधानमन्त्री दाहालकै अभिव्यक्तिका कारण देश अराजकतातर्फ गइरहेको उनको दाबी थियो । मोरङको विराटनगरमा एक किताब विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले मंसिर ७ पछि के होला भन्ने चिन्ता सबैमा छाएको बताए ।

‘देश अहिले अराजकतातिर गइरहेको छ । सबैको मनमा ७ गतेदेखि के हुन्छ भन्ने छ,’ कोइरालाले भने, ‘गणतन्त्र यसैका लागि ल्याएको हो त हामीले ?’ मंसिर ७ गतेको विषयमा देशभर चर्चा रहेको समेत उनको भनाइ थियो । राजनीतिक नेतृत्व विभिन्न विषयमा चुकेका कारण जनता निराश भएकोले यसबारे सरकार अहिले नै सचेत बन्नुपर्ने कोइरालाको सुझाव छ ।‘भ्रष्टाचारको कुरा छ, दण्डहीनताको कुरा छ, जवाफदेहिताको कुरा छ, कतै न कतै हामी चुकेका छौं । यही कारणले जनता निराश छन्,’ कोइरालाले भने ।

राजावादीको पूर्व केन्द्रित प्रदर्शन
पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते झापा जाने भएका छन् । उनी विर्तामोड नगरपालिका–१ मा रहेको इस्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्ट कलेजको निमन्त्रणामा झापा जाने भएका हुन् । शाह पूर्व जाने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना नेता कार्यकर्तालाई त्यहाँ पुग्न आह्वान गरेका छन् ।

सोही दिन ज्ञानेन्द्रले कलेज प्रांगणमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको शाहका संवाद सचिव फणिराज पाठकले शनिबार सूचना जारी गरी जानकारी दिएका छन् ।राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दू राष्ट्र स्थापना गर्न चाहने सबै पक्षलाई संघर्षमा जुट्न आह्वान गरेका छन् ।  शनिबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले राजसंस्था र हिन्दू राष्ट्र स्थापना गर्न चाहने सबै पक्षलाई एउटै मोर्चामा आबद्ध भई निर्णायक संघर्षमा जुट्न आह्वान गरेका हुन् ।

अध्यक्ष थापाले सुरुदेखि नै  हिन्दू राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको एजेण्डा बोकेर हिँड्ने एकमात्र दल राप्रपा नेपाल भएको दाबी गरेका छन् । ‘२०६३ सालको कहालीलाग्दो अवस्थामा हिन्दू राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको एजेन्डा बोकेर हिँड्ने एकमात्र दल राप्रपा नेपाल हो । संख्याको कमीले संविधानसभाबाट राजसंस्था र हिन्दू राष्ट्र स्थापना गर्न नसकेता पनि जनताको अभिमतबाट हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना गर्न सक्ने संवैधानिक अधिकार सुनिश्चित गर्ने कामको श्रेयसमेत राप्रपा नेपाललाई रहेको छ । यही अधिकारको कारण राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउने र स्थापना गर्ने हक जनताले पाएका छन्,’  थापाले भनेका छन् ।

देश अहिले अराजकतातिर गइरहेको छ । सबैको मनमा ७ गतेदेखि के हुन्छ भन्ने छ ।- डा. शेखर कोइराला,नेता, नेपाली कांग्रेस


सुरक्षा तयारी तीव्र
माइतीघरमा हुनसक्ने सम्भावित घटनालाई लिएर गृह प्रशासनले आवश्यक सुरक्षाको तयारी थालेको छ । प्रहरीले प्रसाईंको पक्षमा खासै मानिस उपस्थिति नहुने आकलन गरेको छ । प्रसाईंलाई पाँच हजार मानिस जम्मा गर्न मुश्किल हुने नेपाल प्रहरीको दाबी छ । यता सरकारले भने उक्त दिन काठमाडौंका प्रमुख क्षेत्रमा निषेधज्ञा जारी गर्नुपर्ने गरी छलफल थालेको छ । 

तर काठमाडौं प्रशासनले भने अहिलेसम्म कार्यक्रमको औपचारिक जानकारी नै पाएको छैन । ‘हामीलाई दुवै पक्षले औपचारिकरुपमा जानकारी दिएका छैनन् । जानकारी नभई कार्यक्रम गर्न दिन्नौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने ।

अर्थतन्त्र कमजोर हुँदै जाँदा जनतामा निराशा छाएकोले आन्दोलनले जुनसुकै रुप लिनसक्ने कतिपयले विश्लेषण गरेका छन् । यसै विषयमा सम्बोधन गर्न प्रधानमन्त्री दाहालले सोमबार गोलमेच बैठक डाकेका छन् । बैठकमा नेपालको बिग्रँदो अर्थतन्त्रबारे छलफल हुने र समाधानका उपायबारे निचोड निकाल्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

प्रसाईं र बस्नेत एकले अर्कोलाई सामाजिक सञ्जालमा तल्लोस्तरको गालीगलौज गर्दै आएका छन् । युवा संघ नेपालको कार्यकर्ताले असोज २२ गते कान्तिपथस्थित होटल एलो प्यागोडामा प्रसाईंमाथि मोसो दलेका थिए । त्यसको केही दिनपछि झापामा एक कार्यक्रममा पुगेका बस्नेतको पार्किङ गरेर राखेको गाडी तोडफोड भएको थियो । बुधबार हुने कार्यक्रममा दुई पक्षबीच थप झडप हुनसक्ने सुरक्षा निकायको विश्लेषण छ ।


प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राप्रपाकाे चियापानमा पुगिन् प्रधानमन्त्री कार्की
राप्रपाकाे चियापानमा पुगिन् प्रधानमन्त्री कार्की आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता
विशेष महाधिवेशनमा दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता आइतबार, पुस २७, २०८२
 नेपाली कांग्रेस महाधिवेशन : गगन र विश्वले गरे उद्घाटन
 नेपाली कांग्रेस महाधिवेशन : गगन र विश्वले गरे उद्घाटन आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनः सहभागी नाम दर्ता सुरु
विशेष महाधिवेशनः सहभागी नाम दर्ता सुरु आइतबार, पुस २७, २०८२
बन्दसूची अद्यावधिक गर्न रास्वपा टोली पुगे निर्वाचन आयोग
बन्दसूची अद्यावधिक गर्न रास्वपा टोली पुगे निर्वाचन आयोग आइतबार, पुस २७, २०८२
नेपाली कांग्रेसकाे विशेष महाधिवेशन :बाजाबागासहित र्‍याली सुरु
नेपाली कांग्रेसकाे विशेष महाधिवेशन :बाजाबागासहित र्‍याली सुरु आइतबार, पुस २७, २०८२
विभाजनको डिलमा कांग्रेस
विभाजनको डिलमा कांग्रेस आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP