Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • कुमारी आमाको नामबाट नागरिकता
कुमारी आमाको नामबाट नागरिकता
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, असोज ९, २०८०
  • कुमारी आमाको नामबाट नागरिकता दिलाउन परमादेश
  • कुमारी आमाका सन्तानलाई नागरिकता नदिलाउँदा संवैधानिक हक प्रभावित हुने ठहर
  • आमासँग मात्रै बस्ने १६ लाख ८८ हजार ८८६ जनामध्येकै लाभग्राही


  अहिले कुमारी आमाको नामबाट पनि नागरिकता दिनू भनिएको छ, यो राज्यविरुद्ध पीडितहरूको विजय हो ।
मीरा ढुंगाना
वरिष्ठ अधिवक्ता

काठमाडौं– कुमारी आमाको नाम राखेर पनि नेपाली नागरिकताको प्रमाणपत्र जारी हुने भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–६ की एक महिला रिट निवेदक रहेको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशहरू अनिलकुमार सिन्हा र डा. नहकुल सुवेदीको संयुक्त इजलासले कुमारी आमाकोमात्रै नाम राखेर नागरिकता दिन परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वयले जारी गरेको सोही परमादेशको हालै पूर्णपाठ सार्वजनिक भएको छ । परमादेशका आधारमा अब कुमारी आमाहरूबाट जन्मिएका सन्तानलाई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने कानुनी बाटो खुलेको हो ।
परमादेशअनुसार कुमारी आमाको नागरिकता वंशजको भए सन्तानले वंशजकै आधारमा नागरिकता पाउने भएका छन् । नागरिकतामा बुबाको नाम नखुलाउँदा पनि हुने भएको छ ।

तर, नागरिकता लिनुअघि जन्म जहाँ भएको हो, त्यहीँको स्थानीय तहबाट जन्मदर्ता बनाउनुपर्ने परमादेशमा उल्लेख छ । संरक्षकत्व र अभिभावकत्व जैविक बुबाबाट प्राप्त नगरेका सन्तानलाई बुबाकै ठेगाना रहेको स्थानीय तहबाट जन्मदर्ता नदिलाउन पनि भनिएको छ ।

Hardik health

वरिष्ठ अधिवक्ता मीरा ढुंगाना सर्वोच्चले जारी गरेको परमादेशले देशभर रहेका कुमारी आमाका सन्तानले नागरिकता सहज ढंगले पाउने बताउँछिन् । यसलाई उनले कुमारी आमाहरूको राज्यसँगको जितको रूपमा अथ्र्याएकी छिन् ।
‘२०६७ सालमै एउटा मुद्दामा सर्वोच्चले आमाको नामबाट नागरिकता दिनू भन्ने आदेश दिएको थियो । जुन वर्तमान संविधान जारी हुनुभन्दा अघिको कुरा हो,’ उनले प्रभावसँग भनिन्, ‘यो न्यायिक सक्रियता हो । तर, आमाको नामबाट नागरिकता जारी गर्न संविधान बन्नुप¥यो । ऐन कानुन र नियमावली बने । अहिले कुमारी आमाको नामबाट पनि नागरिकता दिनू भनिएको छ, यो राज्यविरुद्ध पीडितहरूको विजय हो ।’

‘लिभिङ टुगेदेर’मा बस्दा युवती गर्भवती भएपछि युवक फरार हुने घटना कहिलेकाहीँ हुने गरेको छ । विवाह गर्ने भनेर शारीरिक सम्बन्धमा रहने तर अन्ततः गर्भवती भएपछि पुरुष सम्पर्कविहीन हुने अर्को समस्या पनि छ । यस्ता घटनामा परेर सन्तान जन्माउनेलाई कुमारी आमा भन्ने गरिन्छ । अर्थात् विवाह नभई सन्तान जन्माउनेहरू कुमारी आमा हुन् । उनीहरूले जन्म दिएका सन्तानलाई नागरिकता दिलाउन सर्वोच्चले परमादेश जारी गरेको हो । 

यसअघि वर्षौंदेखि कुमारी आमाहरू आफ्ना सन्तानलाई नागरिकता दिलाउन न्यायिक लडाइँमा थिए । वडा कार्यालयदेखि, क्षेत्रीय प्रशासन, सीमा प्रशासन हुँदै जिल्ला प्रशासनलगायत कार्यालयहरूमा उनीहरू धाउँथे । सन्तानलाई नागरिकता दिलाउन अक्षम थिए । तर, सर्वोच्चको पछिल्लो आदेशपछि भने उनीहरूले आफ्ना सन्तानलाई नागरिकता दिलाउन सक्ने भएका हुन् ।

नेपाली नागरिक हुन योग्यता पुगेका कुमारी आमाका सन्तानलाई नागरिकता नदिलाउँदा उनीहरूको संवैधानिक हक प्रभावित हुने पनि सर्वोच्चको ठहर छ । आमाको नामबाट नागरिकता दिलाउन भन्दै निवेदकले निवेदन दिए ‘बाबु कहाँ गयो वा के भयो ?’ भन्ने प्रश्न पञ्जीकाधिकरीले सोध्नु प्रासंगिक नहुने पनि परमादेशमा उल्लेख छ । अझ आमाको नामबाट नागरिकता नदिनुलाई कानुनको बर्खिलापजन्य कार्य ठहर गरेको छ । त्यही भएर कानुनी अधिकारप्राप्त अधिकारीले कानुनी कर्तव्य पूरा गर्नैपर्ने पनि भनिएको छ । 

यी तथ्यहरूले कुमारी आमाका सन्तानलाई नागरिकता नदिनुपर्ने कुनै कारण नहुने नजिर पनि स्थापित भएको छ । तर, देशभर कुमारी आमाका सन्तान कति छन् ? यही शीर्षकमा कुनै पनि निकायले तथ्यांक सार्वजनिक गरेको छैन । केन्द्रीय तथ्यांक विभागले भने राष्ट्रिय जनगणना २०७८ मार्फत आमासँग मात्रै बस्ने १८ वर्षभन्दा कम उमेरका बालबालिकाको संख्या सार्वजनिक गरेको छ । तथ्यांकअनुसार ९८ लाख ६९ हजार ५८३ जना बालबालिकामध्ये १६ लाख ८८ हजार ८८६ जना बालबालिका आमासँगमात्रै बस्छन् । 

नागरिकताको क्षेत्रमा क्रियाशील संस्था महिला, कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठ आमासँगमात्रै बसेकामध्ये कम्तीमा एक तिहाइ बालबालिका कुमारी आमाका सन्तान हुनसक्ने बताउँछन् ।
तिनै कुमारी आमाका सन्तान आमाको नाममात्रै राखेर भए पनि नेपाली नागरिकताको प्रमाणपत्र दिनू भन्ने सर्वोच्चको परमादेशबाट लाभग्राही बन्नसक्ने उनले बताए । सर्वोच्चको परमादेश नागरिकताविहीनताको समस्या समाधान गर्ने दिशामा एउटा फड्को हुने अधिवक्तासमेत रहेका श्रेष्ठले बताए । 

‘संशोधित नागरिकता ऐनले धेरै हदसम्म नागरिकताविहीनताको समस्या समाधान गरेकै छ, तर कुमारी आमाका सन्तानलाई नागरिकताा पाउन केही समस्या थियो । अब समाधान भयो,’ उनले भने । 

ललितपुरको महालक्ष्मी नगरपालिका–६ की एक महिलाले कुमारी अवस्थामै छोरी जन्माएको र बुवा सम्पर्कविहीन भएको जनाउँदै २०७८ सालमा सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । आफू प्रेम सम्बन्धमा रहेको अवस्थामा गर्भवती भएको र त्यसपछि विवाह नगरी पुरुष सम्पर्कविहीन भएकोले छोरीलाई नागरिकता दिलाउन नसकेको उनको गुनासो थियो ।

ती कुमारी आमाले प्रेमी अर्थात् छोरीको बुवाको स्थायी ठेगाना मनहरि–४, मकवानपुर खुलाएकी थिइन् । सोही ठेगानामा रहेको वडा कार्यालयमा जन्मदर्ता गराउन खोज्दा पनि नगरिदिएको उनले निवेदनमा उल्लेख गरेकी थिइन् ।
तिनै कुमारी आमाले दायर गरेको रिटमा सर्वोच्चले आमासँग वंशजको नागरिकता रहेको र अस्पतालले दिएको जन्म प्रमाणपत्र पनि रहेको अवस्थामा बुवाको नाम आवश्यक नपर्ने ठह¥याएको छ ।
 


प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १०:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु मंगलबार, साउन १९, २०८३
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण मंगलबार, साउन १९, २०८३
अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यकः कानुनमन्त्री
अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यकः कानुनमन्त्री मंगलबार, साउन १९, २०८३
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै मंगलबार, साउन १९, २०८३
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक मंगलबार, साउन १९, २०८३
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल मंगलबार, साउन १९, २०८३
बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP