Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • राजधानीमै पाशविक घटना
राजधानीमै पाशविक घटना
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, भदौ ३१, २०८०
  •  वर्षीया आमा शुभद्रा भुजेल, छोरा अन्दाजी ५५ वर्षीय कुमार भुजेल, बुहारी ५२ वर्षीया अम्बिका भुजेल र १९ वर्षीय नवीन राईको हत्या
  • नजिकैको प्रहरी घटनाबारे बेखबर
  • रिसइबीका कारण हत्या गरिएको हुनसक्ने 
  • चारै जनाको शव त्रिवि शिक्षण अस्पतालमा


काठमाडौं– देशको संघीय राजधानी काठमाडौंको शान्ति सुरक्षाको स्थिति नाजुक रहेको गैह्रीगाउँ तीनकुनेमा भएको हत्याकाण्डले छर्लंग पारेको छ । एकै परिवारका तीनसहित चार जनाको हत्या हुँदा करिब ५०० मिटर दूरीमा रहेको बानेश्वर प्रहरी वृत्तमा रहेका प्रहरीले थाहा पाएनन् । करिब त्यति नै दूरीमा कोटेश्वर प्रहरी प्रभाग छ । यहाँ रहेका प्रहरीे पनि नजिकै गम्भीर प्रकृतिको आपराधिक घटना घटिरहँदा बेखबर रहे ।


घटनामा ७६ वर्षीया शुभद्रा भुजेल, छोरा अन्दाजी ५५ वर्षीय कुमार भुजेल, बुहारी ५२ वर्षीया अम्बिका भुजेल र १९ वर्षीय नवीन राईले ज्यान गुमाए । भुजेल परिवार दोलखाको हो । नवीन भने मोरङको बेलबारीको रहेको खुलेको छ । उनीहरूको हत्या गैह्रीगाउँको दिव्य सःमिल काष्ठ उद्योग परिसरको एक तले जस्तापाताले छाएको टहरामा भएको हो । घटना मध्यरातमा भएको देखिन्छ ।


उपत्यकामा प्रहरीको रात्रिकालीन गस्ती दिनहुँ हुन्छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीका अनुसार शनिबार पनि रात्रिकालीन गस्तीमा प्रहरी परिचालित थिए । रातिको समयमा आपराधिक गतिविधि हुनसक्ने भएकोले त्यसलाई नियन्त्रण गर्न गस्ती गरिन्छ । तर, गैह्रीगाउँ हत्याकाण्डले त्यस्तो गस्तीको प्रभावकारितामाथि नै प्रश्न उठाएको छ ।


एक जना प्रहरी अधिकृतका अनुसार प्रहरी वृत्त नयाँ बानेश्वरमा २८ वर्षीय दिनेश राई मध्यरातमा पुगेपछि मात्रै घटनाबारे प्रहरीले थाहा पाएको थियो । ‘गस्तीमा त थियो प्रहरी । दिनहुँ हुन्छ तर गैह्रीगाउँको घटनाबारे प्रहरीले गस्तीको क्रममा देखेन । थाहा पाएन,’ उनले भने, ‘दिनेश राई नाम गरेको युवक आएपछि थाहा भएको हो ।’

Hardik health


राई बानेश्वर प्रहरी वृत्तमा ट्याक्सी चढेर पुगेका हुन् । हातमा चोट भएका उनको लुगा र जुत्तामा रगत देखेपछि प्रहरीले उनलाई ‘शंकास्पद् व्यक्ति’ भनेर नियन्त्रणमा लिएको छ । उनी मदिरा सेवन गरेको अवस्थामा बानेश्वर वृत्तमा पुगेका हुन् । 


प्रवक्ता मैनालीका अनुसार ‘मेरो भाइ नवीनलाई मा¥यो’ भन्दै दीपेन्द्र वृत्तमा पुगेका थिए । त्यसपछि सामान्य सोधपुछ गरेर प्रहरी घटनास्थलमा पुगेको हो । जतिबेला मिलमा दुई पुरुष र महिलाको शव यत्रतत्र छरिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । मृतकहरूको टाउको, अनुहारसँगै शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको पाइएको प्रहरीले बताएको छ ।


मिल दोलखाकै बालकृष्ण शिवाकोटीको हो । कुमार त्यहाँ झण्डै दुई दशकयता गेट पालेको रुपमा काम गर्दथे । श्रीमती अम्बिका पनि त्यही काम गर्थिन् । आमा शुभद्रा भने त्यहाँ शुक्रबार आइपुगेकी हुन् । उनलाई जेठी बुहारी अम्बिकाले बालुवाटारबाट ल्याएकी थिइन् । बालुवाटारमा शुभद्राका कान्छा छोरा बस्छन् । त्यहाँ श्रीमान्को श्राद्ध यही बिहीबार गरेर उनी शनिबार बिहानै दोलखा घर फर्किने तयारीमा थिइन् । तर, शुभद्रासहित मिलमा भएका सबैको हत्या भयो । 


प्रहरीले हत्या घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको छ । ‘घटनामा संलग्नलाई छिटो नियन्त्रणमा लिन भनेर तािलमप्राप्त कुकुर परिचालन गरेका छौं र हामी छिट्टै परिणाम देखिनेगरी अनुसन्धानमा जुटेका छौं । त्यसका लागि छुट्टै अनुसन्धान समिति गठन गरेका छौं,’ प्रवक्ता मैनालीले प्रभावसँग भने, ‘आइतबारसम्ममा परिणाम केही आउलान् ।’


हत्या घटनामा संलग्नलाई पहिचान गरी पक्राउ गर्नका लागि परिचालन गरिएको तालिमप्राप्त कुकुर भने कोटेश्वरदेखि जटिबुटी चोकको आकाशे पुल क्षेत्रसम्म मात्रै पुगेको थियो । त्यहाँदेखि कुकुर अल्मलिएको अनुसन्धानमा संलग्न एक जना अनुसन्धान अधिकृतले बताएका छन् ।


ती अधिकृतका अनुसार घटनामा संलग्न भएको आशंकामा भने प्रहरीले दिनेशबाहेक अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएको छ । उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको हो । दिनेशसँगै उनीहरू पनि लागुऔषध प्रयोगकर्ता भएको खुलेको जनाइएको छ । प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन ।


घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूले सामान्य रिसइबीका कारण घटना भएको हुनसक्ने निष्कर्षमा पुगेका छन् । किनभने मृतक शुभद्राकी कान्छी बुहारी चण्डिकाले दिनेश र कुमारकी श्रीमती अम्बिकाबीच करिब डेढ महिनाअघि खटपट भएको थियो । त्यसबेला अम्बिकाले रिसाउँदै दिनेशलाई ‘म भात पकाएर दिन्नँ’ भनेकी थिइन् । यसपछि दिनेशले कहिलेकाहीँ धम्की दिने गरेको अम्बिकाले आफूलाई भनेको चण्डिकाले बताएकी छन् ।


दिनेशका बुबा पनि सोही मिलमा पहिले काम गरेको खुलेको छ । उनी करिब एक वर्षअघि नै धनकुटा गएर बसेको पाइएको प्रहरीले जनाएको छ । बुबाले पहिले काम गरेको मिलमा आएका दिनेश काम नगरी बस्ने गरेको पनि चण्डिकाको भनाइ छ । मृतक नवीन
न्याय पाइयोस् ः पीडित परिवार
हत्याकाण्डको अनुसन्धानमा अपराध अनुसन्धानको क्षेत्रमा काबिल प्रहरी अधिकृतहरू संलग्न छन् । समाचार तयार पार्दासम्म अनुसन्धान टोलीले हत्याकाण्डको कारण र हत्यामा संलग्नको पहिचान गर्न सकेको छैन ।


हत्याकाण्डमा परेकी शुभद्राकी कान्छी बुहारी चण्डिका भुजेलले अपराधमा संलग्नलाई छिटोभन्दा छिटो पहिचान गरेर पक्राउ गर्नुपर्ने माग गरेकी छन् । उनले न्यायको पर्खाइमा रहेको बताइन् । ‘अपराधीलाई सजाय दिइयोस् । त्यही हो मेरो माग,’ उनले प्रभावसँग भनिन्, ‘त्यसरी मार्नैचाहिँ पर्दैनथ्यो ।’


घटनामा संलग्न भएको आरोपमा प्रहरीले २८ वर्षीय दीपेन्द्र राईलाई भने नियन्त्रणमा लिएको छ । उनले हत्या घटना भने स्वीकारेका छैनन् । प्रहरीले उनलाई घटनामा संलग्न ठानेको छ । तर, प्रहरी निष्कर्षमा पनि भने पुगेको छैन । 
घटनामा अरु पनि संलग्न हुनसक्ने विश्लेषणका आधारमा प्रहरी अनुसन्धानमा जुटिरहेको छ । सीमानाकामा प्रहरी तैनाथ गरिएको छ ।

एसएसपीको नेतृत्वमा अनुसन्धान समिति गठन
गैह्रीगाउँको सामूहिक हत्याकाण्ड अनुसन्धान गर्न नेपाल प्रहरीले पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेद्रसिंह राठौरको नेतृत्वमा अनुसन्धान समिति गठन गरिएको हो । समितिलाई घटनाको गहिरो अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउँदै संलग्नलाई कानुनी दायरामा ल्याउने कार्यादेश छ ।
समितिमा प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक (डिएसपी) हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिएसपी सुवास खड्का, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकी डिएसपी सुरक्षा केसी र प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी छन् । समितिले अनुसन्धान कार्य थालेको छ ।

श्रीमान्को श्राद्धमा आएकी थिइन् शुभद्रा
मध्यरातमा भएको गैरीगाउँ हत्याकाण्डमा परेकी ७६ वर्षीया वृद्धा शुभद्रा बिहान घर जाने तयारीमा थिइन् । पोकोपुन्तेरो पनि उनले ठिक्क पारेकी थिइन् । 


जेठो छोरा कुमारले उनका लागि दोलखा जान टिकटसमेत गरिदिएका थिए । तर, शुभद्रा जान पाइनन् । कुमार बसेको श्री दिव्य सःमिल्स काष्ठ उद्योगमै हतियारधारीहरूको आक्रमणमा ज्यान गुमाइन् ।


कान्छी बुहारी चण्डिकाका अनुसार श्राद्धका लागि उनी काठमाडौंमा यही २६ भदौमा आएकी थिइन् । आएपछि उनी बालुवाटारस्थित कान्छो छोरासँग बसेकी थिइन् । शुक्रबार (२९) गते घटनामा ज्यान गुमाएकीमध्येकी जेठी बुहारी अम्बिकासँगै गैरीगाउँस्थित काष्ठ उद्योगमा आएकी थिइन् । गैरीगाउँ आउनुको कारण दोलखा घर जान काउन्टर नजिक पर्नुले पनि हो । तर, वृद्धा शुभद्राले जेठा छोरा कुमार, बुहारी अम्बिका, मोरङको बेलबारीका नवीन राईसँगै ज्यान गुमाउनुप¥यो ।
 


प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु मंगलबार, साउन १९, २०८३
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण मंगलबार, साउन १९, २०८३
अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यकः कानुनमन्त्री
अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यकः कानुनमन्त्री मंगलबार, साउन १९, २०८३
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै मंगलबार, साउन १९, २०८३
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक मंगलबार, साउन १९, २०८३
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP