Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
समाचार
  • Home
  • समाचार
  • सुन तस्करी प्रकरणमा धमाधम तानिँदै
सुन तस्करी प्रकरणमा धमाधम तानिँदै
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, भदौ १४, २०८०
  •   नौ किलो सुनकाण्डमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ
  •   ६० किलोभन्दा बढी सुनकाण्डका मुख्य योजनाकार दावा छिरिङका सहयोगी किशोर बस्नेत     दिल्लीबाट र विमानस्थल भन्सारका अधिकृत गणेश पौडेल पक्राउ
  •   सुनकाण्डमा पक्राउ पर्नेको संख्या २६ पुग्यो 

काठमाडौं– बहुचर्चित सुनकाण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको दल नेकपा माओवादी केन्द्रका नेताहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धानको दायरामा तान्न थालेको छ । प्रधानमन्त्री दाहालले आफ्ना दलका नेताहरूलाई ‘मुछिनुभयो भने तपाईंहरू पनि जेल जान तयार हुनुस्’ भनेको र सरकारी वकिल कार्यालय काठमाडौंले निर्देशन दिएको केही दिनपछि नै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल बुधबार पक्राउ परेका छन् ।
भेप (विद्युतीय चुरोट)मा राखेर ल्याइएको तस्करीको नौ किलो सुन प्रकरणमा राहुलको संलग्नता देखिएको सिआइबीको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा राहुलको संलग्नता उल्लेख भए पनि उनलाई यसअघि पक्राउ गरिएको थिएन । सामान्य सोधपुछका लागिसमेत नियन्त्रणमा लिइएको थिएन । उनलाई सरकारको दबाबमा जोगाइएको भन्दै सिआइबीको आलोचनासमेत भएको थियो । प्रधानमन्त्री दाहाल पनि आलोचित थिए । जो भ्रष्टाचार, तस्करी, ठगीजस्ता आपराधिक गतिविधिको विरुद्धमा सुशासन अभियानको नेतृत्व गरिरहेका छन् । 

तर, उनलाई नै गिज्याउने गरी सुनकाण्डमा संलग्नता खुल्दासमेत महरालाई पक्राउ गरिएको थिएन । विपक्षी दलका सांसदहरूले ‘आफ्नालाई जोगाएको, अरुलाई फसाएको’ भन्दै टिप्पणी गरेका थिए । यहीबीच सरकारी वकिल कार्यालयको निर्देशनले दबाबमा परेको सिआइबीले राहुललाई पक्राउ गरेको हो । 

उनलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न सिआइबीले जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको अनुमति बुधबार नै पाएको सिआइबी प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन् । ‘अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न हामीलाई पाँच दिनको म्याद थप गरेको छ । यस अवधिमा अनुसन्धान सक्ने प्रयास हुन्छ,’ उनले प्रभावसँग भने, ‘नसकिए फेरि म्याद थपको अनुमति माग्छौं ।’

Hardik health

पक्राउ परेपछि राहुलले भने आफूमाथि हिलो छ्याप्ने प्रयास भएको तर पनि सिआइबीलाई अनुसन्धानमा सहयोग गर्ने प्रतिक्रिया दिएका छन् । 

पूर्वसभामुखसमेत रहेका उनका बुबा कृष्णबहादुर भने पक्राउ परेका छैनन् । भन्न त उनले सुनकाण्डमा कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन् । सार्वजनिक भइसकेका अडियोहरूले भने उनको दाबी खण्डित गर्छन् । नौ किलो सुनकाण्डमा कतै न कतैबाट संलग्नता रहेको देखाउने प्रमाणहरू रहेको यही ५ भदौमा सरकारी वकिल कार्यालयमा सिआइबीले बुझाएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनमा महरा बाबुछोराको चिनियाँ सुन तस्कर दावा छिरिङसँग ‘घनिष्ठ सम्बन्ध’ देखिएको र पटक–पटक टेलिफोन संवाद नै भएको विवरण पनि सार्वजनिक भइसकेका छन् । राहुलले सर्वाधिक सुन तस्कर चिनियाँ मुलका बेल्जियन नागरिक दाओजिन वाङ, तस्कर समूहकै एक जना सदस्य लोकेन्द्र पौडेल, विमानस्थल भन्सारका अधिकृत मुक्तिप्रसाद श्रेष्ठसँग टेलिफोन संवाद गरेको देखिएको थियो । यता राहुलका बुबा कृष्णबहादुरसँग वाङ र लुईले पटक–पटक कल गरेको रेकर्ड सार्वजनिक भइसकेको छ । यसअघि बाबुछोरा नै जोगिएका थिए । बुधबार भने छोरा राहुल सिआइबीको नियन्त्रणमा परे । सिआइबी स्रोतका अनुसार कृष्णबहादुर महरालाई पनि चाँडै नियन्त्रणमा लिइने छ । 

सभामुख भएकै बेला संसद् सचिवालयमा कार्यरत एक जना महिलालाई यौन दुव्र्यबहार गरेको घटनामा उनी पक्राउ परिसकेका छन् । तर, उनले उक्त मुद्दामा सफाई पाए । अहिले भने उनी सुनकाण्डले अप्ठेरोमा छन् ।
सुनकाण्डकै तस्करसँग प्रधानमन्त्री दाहालको दल माओवादीकै एक जना उपमहासचिव वर्षमान पुनको पनि सम्बन्ध घनिष्ट रहेको देखिएको छ । तर, वर्षमानले सुनकाण्डमा आफ्नो संलग्नता नभएको यसअघि स्पष्टीकरण दिइसकेका छन् ।

त्रासमा भन्सार कर्मचारी 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६० किलो बढी सुनकाण्डको अनुसन्धान गर्ने भएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरूले सामूहिक सरुवा मागेका छन् । १३७ जना कर्मचारीले भन्सार विभागका महानिर्देशकलाई पत्र लेख्दै बुधबार सामूहिक सरुवा मागेका हुन् ।

सरुवा माग्नेमा भन्सार अधिकृतदेखि कार्र्यालय सहयोगीसम्म छन् । छानबिनको बहानामा दुःख पाएको उनीहरूको दाबी छ ।  विभागका प्रवक्ता पुण्यविक्रम खड्काले यसअघि छुट्टाछुट्टै रुपमा सरुवाको माग हुने गरेकोमा बुधबार भने एकामुष्ट सरुवाको माग भएको बताएका छन् । यसबारे के गर्ने भन्ने निर्णय लिन बाँकी रहेको उनको भनाइ छ ।


दावाका मुख्य सहयोगी पक्राउ 
काठमाडौं (प्रस)– ६० किलो बढी सुनकाण्डका मुख्य योजनाकार र तस्कर भनेर किटान गरिएका बेल्जियन नागरिक दावा छिरिङका मुख्य सहयोगी किशोर बस्नेत पक्राउ परेका छन् । उनलाई सिआइबीको टोलीले भारतको दिल्लीमा पक्राउ गरेको हो । 

अनुसन्धानमा संलग्न अधिकारीहरूको दाबीअनुसार बस्नेतले दावाको निर्देशनमा हङकङबाट सुन जडित सामग्रीहरू मगाउने गर्थे । अब उनको पक्राउपछि सुनकाण्डसँग जोडिएका थप विवरण सार्वजनिक हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतको अपेक्षा छ । 

‘हाम्रो सिआइबी टोलीले सुनकाण्डमा मुछिएका किशोर बस्नेतलाई नियन्त्रणमा लिएको छ,’ उनले भने, ‘मलाई लाग्छ कि उनीबाट सुनकाण्डबारे थप विवरण खुल्नेछ ।’

उनीभन्दा अघि बुधबार नै सिआइबी टोलीले सुनकाण्डमै मुछिएका गणेश पौडेललाई नियन्त्रणमा लिएको थियो । उनी विमानस्थल भन्सारका कर्मचारी हुन् ।
 


प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १०:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री सोमबार, कात्तिक ३, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान सोमबार, कात्तिक ३, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
गर्भवतीको समयमै हवाई उद्धार हुँदा 
गर्भवतीको समयमै हवाई उद्धार हुँदा  सोमबार, कात्तिक ३, २०८२
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा सोमबार, कात्तिक ३, २०८२
लुटिएका हतियारको त्रास
लुटिएका हतियारको त्रास सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP