Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • सुन तस्करी प्रकरणमा धमाधम तानिँदै
सुन तस्करी प्रकरणमा धमाधम तानिँदै
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, भदौ १४, २०८०
  •   नौ किलो सुनकाण्डमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ
  •   ६० किलोभन्दा बढी सुनकाण्डका मुख्य योजनाकार दावा छिरिङका सहयोगी किशोर बस्नेत     दिल्लीबाट र विमानस्थल भन्सारका अधिकृत गणेश पौडेल पक्राउ
  •   सुनकाण्डमा पक्राउ पर्नेको संख्या २६ पुग्यो 

काठमाडौं– बहुचर्चित सुनकाण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको दल नेकपा माओवादी केन्द्रका नेताहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धानको दायरामा तान्न थालेको छ । प्रधानमन्त्री दाहालले आफ्ना दलका नेताहरूलाई ‘मुछिनुभयो भने तपाईंहरू पनि जेल जान तयार हुनुस्’ भनेको र सरकारी वकिल कार्यालय काठमाडौंले निर्देशन दिएको केही दिनपछि नै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल बुधबार पक्राउ परेका छन् ।
भेप (विद्युतीय चुरोट)मा राखेर ल्याइएको तस्करीको नौ किलो सुन प्रकरणमा राहुलको संलग्नता देखिएको सिआइबीको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा राहुलको संलग्नता उल्लेख भए पनि उनलाई यसअघि पक्राउ गरिएको थिएन । सामान्य सोधपुछका लागिसमेत नियन्त्रणमा लिइएको थिएन । उनलाई सरकारको दबाबमा जोगाइएको भन्दै सिआइबीको आलोचनासमेत भएको थियो । प्रधानमन्त्री दाहाल पनि आलोचित थिए । जो भ्रष्टाचार, तस्करी, ठगीजस्ता आपराधिक गतिविधिको विरुद्धमा सुशासन अभियानको नेतृत्व गरिरहेका छन् । 

तर, उनलाई नै गिज्याउने गरी सुनकाण्डमा संलग्नता खुल्दासमेत महरालाई पक्राउ गरिएको थिएन । विपक्षी दलका सांसदहरूले ‘आफ्नालाई जोगाएको, अरुलाई फसाएको’ भन्दै टिप्पणी गरेका थिए । यहीबीच सरकारी वकिल कार्यालयको निर्देशनले दबाबमा परेको सिआइबीले राहुललाई पक्राउ गरेको हो । 

उनलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न सिआइबीले जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको अनुमति बुधबार नै पाएको सिआइबी प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन् । ‘अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न हामीलाई पाँच दिनको म्याद थप गरेको छ । यस अवधिमा अनुसन्धान सक्ने प्रयास हुन्छ,’ उनले प्रभावसँग भने, ‘नसकिए फेरि म्याद थपको अनुमति माग्छौं ।’

Hardik health

पक्राउ परेपछि राहुलले भने आफूमाथि हिलो छ्याप्ने प्रयास भएको तर पनि सिआइबीलाई अनुसन्धानमा सहयोग गर्ने प्रतिक्रिया दिएका छन् । 

पूर्वसभामुखसमेत रहेका उनका बुबा कृष्णबहादुर भने पक्राउ परेका छैनन् । भन्न त उनले सुनकाण्डमा कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन् । सार्वजनिक भइसकेका अडियोहरूले भने उनको दाबी खण्डित गर्छन् । नौ किलो सुनकाण्डमा कतै न कतैबाट संलग्नता रहेको देखाउने प्रमाणहरू रहेको यही ५ भदौमा सरकारी वकिल कार्यालयमा सिआइबीले बुझाएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनमा महरा बाबुछोराको चिनियाँ सुन तस्कर दावा छिरिङसँग ‘घनिष्ठ सम्बन्ध’ देखिएको र पटक–पटक टेलिफोन संवाद नै भएको विवरण पनि सार्वजनिक भइसकेका छन् । राहुलले सर्वाधिक सुन तस्कर चिनियाँ मुलका बेल्जियन नागरिक दाओजिन वाङ, तस्कर समूहकै एक जना सदस्य लोकेन्द्र पौडेल, विमानस्थल भन्सारका अधिकृत मुक्तिप्रसाद श्रेष्ठसँग टेलिफोन संवाद गरेको देखिएको थियो । यता राहुलका बुबा कृष्णबहादुरसँग वाङ र लुईले पटक–पटक कल गरेको रेकर्ड सार्वजनिक भइसकेको छ । यसअघि बाबुछोरा नै जोगिएका थिए । बुधबार भने छोरा राहुल सिआइबीको नियन्त्रणमा परे । सिआइबी स्रोतका अनुसार कृष्णबहादुर महरालाई पनि चाँडै नियन्त्रणमा लिइने छ । 

सभामुख भएकै बेला संसद् सचिवालयमा कार्यरत एक जना महिलालाई यौन दुव्र्यबहार गरेको घटनामा उनी पक्राउ परिसकेका छन् । तर, उनले उक्त मुद्दामा सफाई पाए । अहिले भने उनी सुनकाण्डले अप्ठेरोमा छन् ।
सुनकाण्डकै तस्करसँग प्रधानमन्त्री दाहालको दल माओवादीकै एक जना उपमहासचिव वर्षमान पुनको पनि सम्बन्ध घनिष्ट रहेको देखिएको छ । तर, वर्षमानले सुनकाण्डमा आफ्नो संलग्नता नभएको यसअघि स्पष्टीकरण दिइसकेका छन् ।

त्रासमा भन्सार कर्मचारी 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६० किलो बढी सुनकाण्डको अनुसन्धान गर्ने भएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरूले सामूहिक सरुवा मागेका छन् । १३७ जना कर्मचारीले भन्सार विभागका महानिर्देशकलाई पत्र लेख्दै बुधबार सामूहिक सरुवा मागेका हुन् ।

सरुवा माग्नेमा भन्सार अधिकृतदेखि कार्र्यालय सहयोगीसम्म छन् । छानबिनको बहानामा दुःख पाएको उनीहरूको दाबी छ ।  विभागका प्रवक्ता पुण्यविक्रम खड्काले यसअघि छुट्टाछुट्टै रुपमा सरुवाको माग हुने गरेकोमा बुधबार भने एकामुष्ट सरुवाको माग भएको बताएका छन् । यसबारे के गर्ने भन्ने निर्णय लिन बाँकी रहेको उनको भनाइ छ ।


दावाका मुख्य सहयोगी पक्राउ 
काठमाडौं (प्रस)– ६० किलो बढी सुनकाण्डका मुख्य योजनाकार र तस्कर भनेर किटान गरिएका बेल्जियन नागरिक दावा छिरिङका मुख्य सहयोगी किशोर बस्नेत पक्राउ परेका छन् । उनलाई सिआइबीको टोलीले भारतको दिल्लीमा पक्राउ गरेको हो । 

अनुसन्धानमा संलग्न अधिकारीहरूको दाबीअनुसार बस्नेतले दावाको निर्देशनमा हङकङबाट सुन जडित सामग्रीहरू मगाउने गर्थे । अब उनको पक्राउपछि सुनकाण्डसँग जोडिएका थप विवरण सार्वजनिक हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतको अपेक्षा छ । 

‘हाम्रो सिआइबी टोलीले सुनकाण्डमा मुछिएका किशोर बस्नेतलाई नियन्त्रणमा लिएको छ,’ उनले भने, ‘मलाई लाग्छ कि उनीबाट सुनकाण्डबारे थप विवरण खुल्नेछ ।’

उनीभन्दा अघि बुधबार नै सिआइबी टोलीले सुनकाण्डमै मुछिएका गणेश पौडेललाई नियन्त्रणमा लिएको थियो । उनी विमानस्थल भन्सारका कर्मचारी हुन् ।
 


प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १०:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग मंगलबार, साउन १९, २०८३
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’ मंगलबार, साउन १९, २०८३
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु मंगलबार, साउन १९, २०८३
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP