Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • दाहालको ‘पहिचान कार्ड’
दाहालको ‘पहिचान कार्ड’
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, साउन २५, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले चार वर्षपछि हुने चुनावमा पहिचानवादी दललाई आदिवासी जनजातिले बहुमत दिए संसद्बाटै प्रदेशहरूको नामकरण पहिचानका आधारमा हुने बताएका छन् । २९औं विश्व आदिवासी दिवसको अवसरमा बुधबार प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिचानको कार्ड फ्याँकेका हुन् । उनले पहिचानवादी दल आफू नेतृत्वको नेकपा माओवादी केन्द्रमात्र भएको दाबीसमेत गरे ।

‘पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान’को नारा लिएर २०७० मा भएको दोस्रो संविधानसभा चुनावमा जाँदा जनताले बहुमत नदिएपछि प्रदेशहरूको नाम पहिचानको आधारमा राख्न नसकिएको भन्दै दाहाल पन्छिए । तर, २०८४ मा हुने चुनावमा माओवादीलाई बहुमत दिएको अवस्थामा भने प्रदेशहरूको नाम पहिचानको आधारमा राखिने उनको आश्वासन छ ।

‘म त्यस्तो प्रधानमन्त्री हुँ, जसले मधेसी र आदिवासीको अधिकार अझ स्पष्ट हुनुपर्छ, पहिचान र अधिकार जति हुनुपर्ने त्यति भएन भनेर दुईपटक संविधान संशोधन प्रस्ताव दर्ता गरेको छु । तर त्यतिबेलाको ठूलो पार्टी (कांग्रेस)को विरोधको कारणले त्यो पारित हुन सकेन,’ विश्व आदिवासी दिवसको अवसरमा दाहालले भने, ‘२०८४ मा पहिचानका पक्षधरलाई टन्नै तपाईंहरूले मत हालिदिनुभयो भने सदनबाटै प्रदेशको नाम पारित हुन्छ ।’

दोस्रो संविधानसभा चुनावबाट बहुमत प्राप्त गर्न नसकेकै कारण पहिलोपटक गणतन्त्र नेपालको प्रधानमन्त्री छँदा घोषणा गरिएका स्वायत्त गणराज्यहरूलाई कार्यान्वयनमा लान नसकिएको उनको तर्क रह्यो । जनताले बहुमतको शक्ति नदिँदा त्यस्तो नभएको उनको धारणा छ । ‘१ नम्बर प्रदेशलाई कोशी नामकरण गर्नु अगाडि मैले तपाईंहरुलाई सायद त्यो प्रदेशको नामकरण किरात प्रदेश राख्नु उचित हुन्छ र मेरो तर्फबाट त्यो प्रयास भइराखेको छ भनेर मैले भनेको पनि थिएँ,’ दाहालले भने । 

Hardik health

२०८४ मा तपाईंहरूले पहिचान पक्षधरलाई मत हालिदिनुभयो भने सदनबाटै प्रदेशहरुका नाम परिवर्तन हुन्छ । 
पुष्पकमल दाहाल
प्रधानमन्त्री

जनतालाई राम्रोसँग प्रशिक्षित गर्न नसक्दा आफूहरुले पहिचानको आधारमा प्रदेशको नामकरण गर्न नसकिएको तर्क दाहालको रह्यो । ‘शेर्पा क्षेत्रमा गएर शेर्पा प्रदेश घोषणा गरेकै थिएँ । किरातमा गएर किरात प्रदेश घोषणा गरेकै थिएँ,’ उनले थपे, ‘तर, त्यसलाई कार्यान्वयन गर्न हामीलाई सदनमा चाहिनेजति तागत हो, त्यो हामीलाई प्राप्त भएन । त्यसले गर्दा त्यसलाई कार्यान्वयन गर्न सकिएन ।’

प्रधानमन्त्री दाहालले यसरी आफूलाई पहिचानवादी नेताका रूपमा प्रस्तुत गर्न खोजे पनि गत वर्षको १७ फागुनमा नामकरण भएको कोशी प्रदेशमा आफ्ना सांसदहरूलाई मतदान गर्न लगाए । जहाँ उनको दल माओवादीका सांसदहरूले मतदान नगरे पनि कोशी प्रदेश नाम पारित हुने संसदीय गणित थियो । जुन नामलाई लिएर पहिचानवादीहरू महिनौंदेखि आन्दोलित छन् । फेरि नामकरण गर्न उनीहरूको माग छ । 

वर्षौंदेखि उनीहरूले ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको नामकरण हुनुपर्ने भन्दै आएका थिए । तर, आफूलाई पहिचानवादी नेताको रुपमा चित्रित गर्न खोजेका दाहालले प्रधानमन्त्री भएकै बेला बल प्रयोग गराएर प्रदेश नाम कोशी राख्न लगाएका थिए ।

यतिमात्र होइन, २०७४ को चुनावपछि एमाले र दाहाल नेतृत्वको दल माओवादी सम्मिलित नेकपाको सरकार हुँदै पाँचवटा प्रदेशको नाम पहिचानविनाको राखियो । प्रधानमन्त्री केपी शर्मा ओली थिए । ओली पहिचानविनाको नाम तोक्न निर्देशन दिने र दाहाल मौन रुपमा अनुमोदन गर्ने नेता देखिएको नेपालमा जारी पहिचान आन्दोलनबारे जानकार प्राध्यापक महेन्द्रसुन्दर लावती बताउँछन् । 

हुन पनि दाहालले त्यसबेला सार्वजनिक रुपमा कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती नामबारे बोलेनन् । पहिचानवादी नेता नै भएको भए त्यसबेला उनले यी प्रदेश नामहरूको विरोध गर्नुपथ्र्यो भन्छन्, लावती । सोहीकारण बुधबार २०८४ मा हुने चुनावमा बहुमत पाए प्रदेश नामकरण पहिचानका आधारमा राख्ने भन्ने दाहालको भनाइलाई लावतीले ‘पहिचानको कार्ड’को संज्ञा दिए । 

प्रचण्डजी जतिबेला राष्ट्रिय राजनीतिमा कमजोर महसुस गर्छन्, राजनीतिक रुपमा अप्ठ्यारोमा पर्छन् वा चुनाव आउँछ, त्यसबेला पहिचान कार्ड फ्याँक्छन् ।
प्रा. महेन्द्रसुन्दर लावती
राजनीतिशास्त्री

‘प्रचण्डजी जतिबेला राष्ट्रिय राजनीतिमा कमजोर महसुस गर्छन्, राजनीतिक रुपमा अप्ठ्यारोमा पर्छन् वा चुनाव आउँछ, त्यसबेला आदिवासी कार्ड फ्याँक्छन्,’ उनले प्रभावसँग भने, ‘उनले युद्धदेखि शान्तिपूर्ण राजनीतिमा आउँदासम्म पटक–पटक यस्तो कार्ड फ्याँके ।’

यदि, दाहालले भने जसरी पुनःनामकरणको प्रक्रिया थाल्ने हो भने पनि संविधानतः दुई तिहाइ बहुमत आवश्यक पर्छ । नभए पुनःनामकरण सम्भव हुँदैन । फेरि, २०६४ पछि क्रमशः हरेक चुनावमा झन् झन् कमजोर हुँदै गएको माओवादीले दुई तिहाई बहुमत पाउनेमा धेरैको शंका छ । यस आधारमा पनि प्रदेशको पुनःनामकरण सहज छैन । अर्कातिर, दाहाललाई पहिचानवादी नेता र मतदाताहरूले समेत पत्याउन छाड्दै गएको चुनावी परिणामहरूले देखाएको छ । 


प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०८:४६
#पहिचान
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग मंगलबार, साउन १९, २०८३
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’ मंगलबार, साउन १९, २०८३
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु मंगलबार, साउन १९, २०८३
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP