Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #विद्यादेवी भण्डारी
  • #गाथामग_चह्रे
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेश जाने २ लाखभन्दा बढी श्रमिक सामाजिक सुरक्षा योजनामा
विदेश जाने २ लाखभन्दा बढी श्रमिक सामाजिक सुरक्षा योजनामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १५, २०८०
bibek-panthi
विदेशमा जानेहरुलाई सामाजिक सुरक्षा योजनामा अनिवार्य आबद्ध हुनुपर्ने व्यवस्था भएका कारण वैदेशिक रोजगारीमा रहेकाभन्दा श्रम स्वीकृति लिएर जाने श्रमिकहरुको संख्या बढी छ । विदेशमा काम गरिरहेका श्रमिकहरु पनि नवीकरणका क्रममा सुरक्षा योजनामा आबद्ध हुने क्रम बढ्दो छ ।-विवेक पन्थी , प्रवक्ता, सामाजिक सुरक्षा कोष
काठमाडौं-  वैदेशिक रोजगारीमा जाने दुई लाखभन्दा बढी नेपाली श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध भएका छन् । सरकारले विशेष महत्वका साथ रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकलाई लक्षित गरी सञ्चालनमा ल्याएको यस योजनामा दुई लाख पाँच हजारभन्दा बढी श्रमिक आबद्ध भएको कोषले जानकारी दिएको छ ।   यस योजनामा सहभागी भएबापत झण्डै तीन महिनाको अवधिमा श्रमिकले ३५ करोड रुपैयाँभन्दा बढी रकम योगदान गरेको कोषले जनाएको छ । सरकारले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिन सामाजिक सुरक्षा योजनामा अनिवार्य योगदान गर्नुपर्ने व्यवस्था गरेको छ । सोहीअनुरुप विदेश जाने संख्या र रकममासमेत वृद्धि भएको बताइएको छ ।   योजना सञ्चालन भएयता चैत, वैशाख र जेठमा गरी तीन महिनाको अवधिमा एक लाख ७५ हजारभन्दा बढी नेपाली रोजगारीका लागि विदेश गएको सरकारी तथ्यांक छ । त्यस्तै असार १० गतेसम्म २० हजारभन्दा बढीले श्रम स्वीकृति लिइसकेको विभागले जनाएको छ । अहिलेसम्म पाँच हजारको हाराहारीमा विदेशमा रहेका श्रमिकहरुले पनि सामाजिक सुरक्षा योजनामा सहभागिता जनाएको कोषका प्रवक्ता विवेक पन्थीले बताए ।   ‘विदेशमा जानेहरुलाई सामाजिक सुरक्षा योजनामा अनिवार्य आबद्ध हुनुपर्ने व्यवस्था भएका कारण वैदेशिक रोजगारीमा रहेकाभन्दा श्रम स्वीकृति लिएर जाने श्रमिकहरुको संख्या बढी छ,’ उनले भने, ‘विदेशमा काम गरिरहेका श्रमिकहरु पनि नवीकरणका क्रममा सुरक्षा योजनामा आबद्ध हुने क्रम बढ्दो छ ।’ विदेश रहेका श्रमिकलाई अबका दिनमा अझै बढी योजनामा आबद्ध गराउन जानकारीमूलक सन्देश प्रवाह गर्न कोषले आवश्यक तयारी गरिरहेको पन्थीले जानकारी दिए ।   कोषले २०७९ चैत ८ गतेदेखि सञ्चालनमा ल्याएको यस योजनामा वैदेशिक रोजगारी र विदेशमा स्वरोजगार रहेका झण्डै २२ लाख नेपालीलाई समेट्ने लक्ष्य राखेको छ । सामाजिक सुरक्षा योजनामा आबद्ध हुन चाहने श्रमिकले मासिक न्यूनतम दुई हजार दुई रुपैयाँ योगदान गर्नु पर्नेछ भने अधिकतम २८ हजार १५५ रुपैयाँसम्म योगदान गर्न सक्नेछन् ।   सरकारले कोषमा छ महिनासम्मको एकमुष्ट रकम जम्मा गरे १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । श्रमिकले न्यूनतम पारिश्रमिकको २१.३३ प्रतिशत कोषमा योगदान गर्नुपर्नेछ  । सरकारले नौ हजार ३८५ रुपैयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ  ।   सुरक्षा योजनामा आबद्ध हुनेमा सबैभन्दा बढी मलेसिया जाने श्रमिक रहेको कोषले जनाएको छ । जेठ मसान्तसम्म मलेसिया जाने ४० हजारभन्दा बढी श्रमिकले कोषमा योगदान गरेका छन् । त्यस्तै कतार दोस्रो स्थानमा रहेको छ, त्यहाँ गएका झण्डै ३० हजार श्रमिकले योगदान गरेका छन् । तेस्रोमा युएई जाने २८ हजार श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध भएका छन् ।   त्यस्तै साउदी जाने २५ हजार ८३४, कुवेत जाने आठ हजार, रोमानिया जाने चार हजार ५००, ओमान जाने एक हजार १०० र कोरिया जाने छ हजार २८२ रहेका छन् । सामाजिक सुरक्षा योजनामा खाडी र मलेसियामात्र नभई युरोप, अमेरिकालगायतका मुलुकमा रोजगारीका लागि जाने श्रमिकमा पनि आबद्ध भएको कोषले जनाएको छ ।   सामाजिक सुरक्षा योजनामा आबद्ध भएपछि वैदेशिक रोजगारीमा रहेका श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा सुविधा पाउने छन् । योगदानकर्ताले आफूले जम्मा गरेको रकम र कोषले लगानी गर्ने उक्त रकमबाट प्राप्त हुने प्रतिफललाई जोडेर हुन आउने कूल योगदान रकम एकमुष्ठ लिने वा सो रकमलाई १६० ले भाग गर्दा हुन आउने रकमलाई वृद्धावस्थामा निवृत्तिभरणबापत मासिकरुपमा लिन पाउने कोषले व्यवस्था गरेको छ ।   यतिमात्र नभई कुनै कारण योगदानकर्ता दुर्घटनामा परे एक लाख रुपैयाँसम्म उपचार खर्च पाउनेछन् । त्यस्तै विदेशमा रहेका योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले निवृत्तिभरण, सन्ततिलाई शैक्षिक वृत्ति र अन्तिम संस्कार खर्च उपलब्ध गराउने कोषले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ०८:३०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP