Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #लोतीखोला_बेलीब्रिज
  • #हुम्ला–मुगु _पुल
  • #विद्यादेवी भण्डारी
  • #रकम ठगी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इपिएस छनोटमा नपरेपछि आन्दोलनमा उत्रिए ‘कोरिया रिटर्नी’
इपिएस छनोटमा नपरेपछि आन्दोलनमा उत्रिए ‘कोरिया रिटर्नी’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार ११, २०८०
pusparaj katwal
काठमाडौं– दक्षिण कोरियामा पाँच वर्षे रोजगार अवधि पूरा गरी फर्किएका ‘रिटर्नी’ श्रमिकहरु आन्दोलित भएका छन् । उनीहरुले पुनः कोरिया जान नपाएको भन्दै आइतबार ग्वार्कोस्थित रोजगार अनुमति प्रणाली (इपिएस)को कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।   सन् २०२२ मा इपिएस भाषा परीक्षा पास गरे पनि छनोट नगरिएकोप्रति उनीहरुको गुनासो छ । प्रदर्शनमा सहभागीहरुले आफूहरुको नाम रोजगारदातासमक्ष नपठाएको भन्दै विरोध जनाए । इपिएस कार्यालयले फाइल अगाडि नबढाउनुमा आर्थिक चलखेल भएको हुनसक्ने आशंकासमेत उनीहरुले व्यक्त गरे ।   झण्डै चार हजारको हाराहारीमा कोरिया रिटर्नीहरुले युबिटी परीक्षा पास गरी कोरिया जाने रोस्टरमा सूचीकृत भए पनि नाम छनोट प्रक्रिया अघि नबढाइएको आरोप छ । नाम निस्किएका उनीहरु अझै कोरिया जान प्रतीक्षारत छन् ।   कोरियाको कामसम्बन्धी अनुभव र नियम पालना गर्दै नेपाल फर्किएर पुनः परीक्षा पास गरे पनि इपिएस कार्यालयले पुराना कामदारको फाइल छनोट प्रक्रियामा नै नलगी अन्याय गरेको उनीहरुको भनाइ छ । कोरिया रिटर्नीले पनि नयाँजत्तिकै अवसर पाउनुपर्ने माग उनीहरुको छ ।   ‘इपिएस पास गरेका नयाँहरु धमाधम छनोट भइरहेका छन्,’ आन्दोलनमा सहभाथी एक युवाले भने, ‘इपिएस शाखा र एचआरडी कोरियाले हाम्रो नाम र फाइल नै रोजगारदातासम्म पु¥याएकै छैन ।’ छनोटका लागि रोजगारदातासम्म नाम पुगेको भए इपिएस कार्यालयले दिएको आइडीको अधारमा जानकारी हुने उनले बताए ।   रोजगारीको अवधि पूरा भएपछि कतिपय व्यक्ति कोरियामै लुकेर बस्ने गरेको यथार्थ हुँदाहँदै पुनःपरीक्षा दिएर फेरि कोरिया जान पाउने भएपछि नेपाल फर्किएर परीक्षामा सहभागी भएको प्रदर्शनमा सहभागि अर्का युवाले बताए । प्रक्रियागत रुपमा परीक्षामा सामेल भई पास भएपछि सबैलाई कोरिया लैजानुपर्ने उनीहरुको माग छ । रोस्टरमा परेका पाँच प्रतिशत पनि रिटर्नी कोरिया जान नपाएको उनीहरुको दाबी छ ।   रोस्टरमा रहेका कामदारलाई पठाइसकेपछि मात्र नयाँ रोस्टर तयार गर्नुपर्ने, नयाँ र पुरानोको फाइल सँगै अघि बढाउनुपर्ने, रिटर्नीहरुलाई पुरानै कम्पनीले छनोट नगरे नयाँ रोजगारदातासमक्ष फाइल पेस गर्नुपर्ने, रिटर्नीहरूको समस्या समाधान नगरी कुनै पनि किसिमको भाषा परीक्षा सञ्चालन नगर्न उनीहरुले माग गरेका छन् । माग सम्बोधन नभएसम्म प्रदर्शन नरोकिने चेतावनी उनीहरुले दिएका छन् ।   इपिएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले पनि रिटर्नीहरुको माग जायज भएको स्वीकार गरे । उनले यस विषयमा एचआरडी कोरियासँग कुरा राखेको जानकारी दिए । आन्दोलनरत पक्षसँग छलफल भई श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमार्फत कूटनीतिक पहल गर्ने सहमति भएको निदेर्शक कटुवालले बताए ।   ‘समस्या समाधानका लागि पहल गरिरहेका छौं’-पुष्पराज कटुवाल, निर्देशक, इपिएस कोरिया शाखा   एकपटक कोरिया गएर नेपाल फर्किएका कामदारलाई रोजगारदाताले नगन्य मात्रामा छानेको देखिन्छ । अहिले प्रदर्शनमा आउनुभएका रिटर्नीहरुले नयाँ र पुरानोबीच विभेद भयो भन्नुभएको कुरा सही हो । नयाँ सबैलाई छान्ने अनि पुरानोलाई कम छान्नु त्यति न्यायोचित भएन, यसमा विभेद नै देखिन्छ ।   रोजगारदाताले कामदार छान्दा पनि पुरानो र नयाँ भन्नु नपर्ने हो । यस विषयमा हामीले एचआरडी कोरियासँग पनि कुरा राखेका छौं ।रिटर्नीहरुसँगको छलफलमा हाम्रो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत कुटनीतिक पहल गर्न समस्या उल्लेख गरी पत्राचार गर्ने र रोस्टरमा संख्या धेरै हुँदाहुँदै अर्को संख्या थप्ने गरी परीक्षा नहुने प्रतिबद्धता गरिएको छ ।   रोस्टरमा रहेकाहरुलाई पूरानै कम्पनी वा रोजगारदाताले लिन चाहान्छन् भने त्यसको लागि पहल गर्न एचआरडी कोरियालाई आग्रह गर्ने निर्णय गरेका छौं । रोजगारदातासमक्ष फाइल नपठाएको भन्ने आक्षेप पनि लागेको छ । यसमा इपिएस प्रणाली बुझ्न जरुरी छ । सबै प्रक्रिया पूरा गरेर जब एसप्लकेसन भरेर कोरिया पठाइसकेपछि रोस्टरमा सूचीकृत हुने भएकाले हामीले पठाएनौं भन्न मिल्दैन ।   तर, रोजगारदाताले नै रोस्टरबाट पुरानाहरु छानेको देखिँदैन ।इपिएस परीक्षा पास गरेका सबै योग्य भए पनि कोरिया जाने ग्यारेण्टी हुँदैन । तर, ठूलो संख्यामा जान नपाउनुमा चाहिँ केही त्रुटि पक्कै छ । नयाँ–पुरानो मिलाएर लगेको भए यो समस्या आउने थिएन । रोस्टरको मिति दुई वर्षको हुने हुँदा अझै लैजाने समय प्रशस्तै छ । कामदार जाने प्रक्रिया सुरु भएको पाँच–छ महिना भयो ।   नयाँ सकिएपछि पुरानैबाट लैजाने पनि हुनसक्छ । अवसर आउन बाँकी नै छ तर पनि रिटर्नीहरुको समस्या नबढोस्, काममा अनुभवी भएको हिसाबले रोजगारदाताले छान्ने वातावरण होस् भन्दै ‘कन्भिन्स’ गराउनेतिर हाम्रो पहल रहन्छ । यो समस्या समाधानमा जिटुजी नै कुराकानी हुनुपर्छ । रोजगारदाताले नै छनोट नगरेको विषय एचआरडी कोरियाले मात्रै समाधान गर्न सक्छ जस्तो लाग्दैन । त्यसका लागि सरकार–सरकारबीच नै नीतिगत पहल हुनुपर्छ ।
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
सुनको मूल्य अठार सयले बढ्याे
सुनको मूल्य अठार सयले बढ्याे
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP