Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #विद्यादेवी भण्डारी
  • #गाथामग_चह्रे
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित बनाउन सबैको योगदान आवश्यक’
‘वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित बनाउन सबैको योगदान आवश्यक’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार ७, २०८०
Shram Sachib
काठमाडौं-  भर्खरै मात्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्न आएका केवलप्रसाद भण्डारीले वैदेशिक रोजगार मुलुकको अर्थतन्त्रको मेरुदण्ड रहेको बताएका छन् । बुधबार मन्त्रालयमा बधाई तथा शुभकामना दिन पुगेका वैदेशिक रोजगार व्यवसायीमाझ सचिव भण्डारीले समग्र अर्थतन्त्रको चक्रमा वैदेशिक रोजगारले मेरुदण्डको भूमिका निर्वाह गरिरहेको बताएका हुन् । वैदेशिक रोजगार क्षेत्रका केही कुरा पहिलेदेखि जानकारीमा रहे पनि भर्खरैमात्र काम गर्ने अवसर प्राप्त भएको भन्दै सचिव भण्डारीले अबका दिनमा केही उल्लेखनीय कार्य गर्ने उद्देश्यका साथ तयारीमा लागेको बताए । वैदेशिक रोजगारी नेपालीहरुमा पुस्तौंदेखि नियती नै भएर आएको र यसै वर्षमात्र सात लाखभन्दा बढी युवा जनशक्ति बाहिरिसकेको उनले जानकारी दिए ।   विदेश पढ्न जाने विद्यार्थी पनि श्रमबजारमै प्रवेश गर्ने भएकाले यसलाई फराकिलो ढंगले हेर्नुपर्ने आवश्यकता रहेको सचिव भण्डारीको भनाइ छ । ‘काम गर्दा कहीँ कतै गल्ती हुन्छ, त्यसलाई सच्याउँदै, सुधार गर्दै लैजानुपर्छ,’ उनले भने, ‘वैदेशिक रोजगार क्षेत्रमा सक्रिय संस्थाहरुको सेवामा एकरुपता ल्याउन सके विदेश जाने नेपालीले हैरानी र दुःख व्यहोर्नु पर्दैनथ्यो ।’ वैदेशिक रोजगारमा नैतिकताको प्रश्न उठ्ने गरेको भन्दै भण्डारीले यसलाई पारदर्शी र मर्यादित बनाउन सबैको योगदान हुनुपर्नेमा जोड दिए । ‘श्रम र यसको आर्जन कुनै पनि मुलुकका लागि महŒवपूर्ण कुरा हो,’ उनले भने, ‘रोजगारीले व्यक्तिलाई सबल बनाउँछ नै राष्ट्रको अर्थतन्त्रमा पनि टेवा पुग्छ, यस क्षेत्रमा देखिएका समस्या हल गर्न सबै एक भएर लाग्नुपर्छ ।’ वैदेशिक रोजगारीलाई सुरक्षित र फराकिलो पार्न युरोपका केही मुलुकसँग सरकारले श्रम सम्झौताको तयारी गरिरहेको भण्डारीले बताए । उनका अनुसार रोमानीय, क्रोएसिया, जर्मनीसँग सम्झौताका लागि गृहकार्य भइरहेको छ । ढिलै भए पनि बेलायतमा नर्स पठाउन गरिएको श्रम सम्झौता कार्यान्वयन मन्त्रिपरिषद्बाट भर्खरै पास भएकोमा उनले खुसी व्यक्त गरे ।   तर, विभिन्न सरकारी संयन्त्रमार्फत हुनुपर्ने कार्यमा ढिलासुस्तीलाई कसरी हटाउन सकिन्छ भन्नेमा आफ्नो ध्यान केन्द्रित भएको सचिव भण्डारीले बताए । ‘हामीले मागपत्र प्राप्त गर्दासम्म भारत, श्रीलंका, बंगलादेशलगायत अन्य मुलुकले श्रमिक पठाइनै सक्छन्,’ उनले भने, ‘किन यस्तो भइरहेको छ ? हामी केमा अड्किएका छौं ? कसरी छिटो सर्भिस डेलिभरी गर्न सकिन्छ ? भन्नेमा नै मेरो जोड रहन्छ ।’ वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले दुःख पाउनुहुन्न भन्नेमा आफू सचेत रहेको भन्दै सचिव भण्डारीले अलि लामो अवधि सीप सिकेर विदेश जाँदा जोखिम कम हुने बताए । ‘विदेश जानेले सर्टिफिकेट मात्र होइन सीप पनि लिएर जाउन्,’ उनले भने । फ्रि भिसा फ्रि टिकट भने पनि अप्रत्यक्षरुपमा ठूलो रकम खर्च गरेर नेपाली श्रमिक विदेश गइरहेकोप्रति सरकारको ध्यानाकर्षण भइरहेको भन्दै उनले कामदारलाई पर्न जाने आर्थिक भार न्यून गर्न सक्दो पहल गर्ने बताए ।   उनले युरोपबाट प्राप्त हुने मागपत्र समयमा प्रमाणीकरण नहुँदा कामदारले राम्रो आम्दानीको अवसर गुमाउनुपरेको गुनासो आइरहेका कारण यसमा प्रधानमन्त्रीको कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयबीच आवश्यक छलफल एवं समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै व्यवसायीहरुले वैदेशिक रोजगार क्षेत्रमा भएका समस्या समाधानका लागि राखेका विषयवस्तुमा पनि गम्भीर रहेको जानकारी दिए ।   सचिव भण्डारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार क्षेत्रमा भएका समस्या र समाधानका लागि भइरहेका प्रयासबारे जानकारी गराए । उनले म्यानपावरले वर्षभरिमा १०० जना पठाउनैपर्ने प्रावधानका कारण झण्डै २५० कम्पनी नवीकरण हुन नसक्ने अवस्था भएकाले त्यसमा हुने बाधाअड्काउ फुकाई नवीकरण गर्ने वातावरण बनाइदिन माग गरे ।   त्यस्तै वैदेशिक रोजागरमा कामदार पठाउँदा लिइने सेवा शुल्क, युरोपबाट प्राप्त हुने मागपत्र प्रमाणीकरण, भिजिट भिसामा विदेश गई श्रमबजारमा प्रवेश गर्दा भइरहेको समस्यालगायतका विषयमा अवगत गराए ।यस्तै लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसियसनका अध्यक्ष कुमुद खनालले युरोपेली मुलुकमा रोजगारीको नाममा भयावह स्थिति आउन लागेको भन्दै बेलैमा सचेत भई समस्या समाधानमा सरकारले पहल गर्नुपर्ने बताए ।   प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष जनक रावलले सरकारको दोहोरो नीतिका कारण व्यवसायीहरु सधैं अप्ठ्यारोमा पर्ने गरेको भन्दै व्यवसायी र श्रमिक दुवैको हितमा हुनेगरी सरकारले काम गर्नुपर्ने बताए । वैदेशिक रोजगार नेवाः समाजका अध्यक्ष किसन प्रधानले विदेशमा घरेलु कामदार पठाउने सम्बन्धमा भइरहेको अन्योल र समस्या समाधानका लागि सचिव भण्डारीको ध्यानाकर्षण गराए ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP