Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • हर्कले मेलम्चीबाट पाठ सिकोस्
हर्कले मेलम्चीबाट पाठ सिकोस्
बिहीबार, जेठ ३२, २०८०
editorial
Hardik health
२१औं शताब्दी पानीको शताब्दी हो । राजनीतिमा होस् या समाजसेवामा, अर्थमा होस् या स्वास्थ्यमा । विद्युत्मा होस् या दैनिक जीवनयापनमा । पानी महŒवपूर्ण विषय बनेको छ । विद्युत्को प्रमुख स्रोत पानी हो । अझ व्यवस्थित सहरका लागि पानी शरीरका लागि रगतजत्तिकै महत्वपूर्ण छ । नेपाली राजनीतिमा कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ को युगदेखि पानी राजनीति प्रमुखताका साथ भित्रियो ।   सहरीकरणले रोजगारी खोज्दै मानिसहरु काठमाडौं भित्रिन थालेपछि यहाँ पानीको हाहाकार भयो । त्यहीबेला कांग्रेसबाट राजनीति थालेको किसुनजीले मेलम्चीको पानी काठमाडौं ल्याउने सपना सुनाए । त्यही योजना जपेर किसुनजी काठमाडौंबाट निर्वाचित भए ।   किसुनजीकै शैलीमा अहिले धरानका मेयर हर्क साम्पाङ लागिपरेका छन् । किसुनजीले त्यतिबेला कतिपयले सोच्नै नसकिने मेलम्ची मुहानको पानी काठमाडौं ल्याउँछु भन्दा पत्याएका थिएनन् होला । विभिन्न अवरोधका कारण मेलम्चीको पानी उनको जीवनकालमा काठमाडौं आइपुगेन पनि । तर धरान सहरमा पानीको प्यास मेटाउने उद्घोषका साथ चुनावमा होमिएका हर्कलाई मतमात्र साथ हैन जनताले हातमा हात दिएका छन् ।   मेयर साम्पाङले गत भदौमै खर्दु र निशाने खोलाको पानी ल्याएर वाहवाही कमाएका थिए । अहिले जेठको खडेरीमा कोकाहा नदीको पानी ल्याएर वाहवाही कमाएका छन् । प्लास्टिकको पाइप तेस्र्याएर पानी ल्याउन सर्वसाधारणले चार करोड रुपैयाँ जम्मा पारिसकेका छन् । श्रमदान गरेका छन् । कुनै योजनाविनै यसरी अस्थायी तरिकाले पाइप तान्दै पानी ल्याउनुलाई साहस नै मान्नैपर्छ । तर यो दीर्घाकालीन उपाय भने होइन ।   २०५५ सालतिर सुरु भएको मेलम्ची परियोजनाबाट काठमाडौं पानी आइपुग्न २० वर्षभन्दा बढी लाग्यो । ३५ अर्ब रुपैयाँभन्दा बढी खर्चेको यो परियोजना स्थायी रुपमा पानी ल्याउने उद्देश्यका साथ अघि बढेको हो । स्थायी कामका लागि मेयर साम्पाङले केन्द्रमा प्रतिनिधित्व गर्ने सांसद र प्रदेशका सांसदसँग पनि बजेट माग गरेका छन् ।   बजेट नछुट्याउने प्रतिनिधिलाई आफ्नो नगरमै प्रवेश नदिने विवादास्पद अभिव्यक्तिका कारण हर्क चर्चामा आए । करिब ४० किलोमिटर टाढाको पानी व्यवस्थित रुपमा ल्याउन चानचुने पैसाले पुग्दैन । मेलम्चीमा जसरी किसुनजीले जस पाउने भएपछि अरु पक्षधरले अनेक अवरोध सिर्जना गरे, जसका कारण अझै पनि मेलम्चीले काठमाडौंमा निरन्तरता पाउन सकेको छैन ।   धरानमा जसले बजेट हाले पनि मेयर हर्कले जस पाउने भन्दै अरुले बजेट नहाल्न सक्छ । त्यसैले यस्तो विषयमा हर्क संवेदनशील बन्नुपर्छ र व्यवस्थित खानेपानी योजनाका लागि ‘स्टन्ट’ हैन लचकदार समन्वय गर्नुपर्छ । मेलम्चीमा भएको ढिलासुस्तीबाट हर्कले मात्र हैन अरु जनप्रतिनिधिले पाठ सिक्न जरुरी छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP