Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउदी भिसाका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य नहुने
साउदी भिसाका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य नहुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ ३१, २०८०
Saudi_Visa
Hardik health
काठमाडौं-  साउदी अरेबियामा रोजगारीका लागि भिसा लिन शैक्षिक प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा नआउने भएको छ । शैक्षिक प्रमाणपत्र पेस गर्नुपर्ने जयाँ व्यवस्था लागू गर्ने तयारीमा लागेको नेपालस्थित साउदी अरेबियाको राजदूतावास वैदेशिक रोजगार व्यवसायीको विरोधका कारण पछि हटेको हो ।   दूतावासले नेपालबाट साउदी जाने कामदारको भिसा प्रक्रियामा शैक्षिक प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने व्यवस्था लागू गर्ने तयारी गरेको थियो । दूतावासले यही जुन १२ अर्थात् जेठ २९ गते सोमबारदेखि लागू हुनेगरी कामदारको भिसा आवेदनमा शैक्षिक योग्यताको प्रमाणपत्र अनिवार्य पेस गर्न म्यानपावर व्यवसायीहरुलाई अनौपचारिकरुपमा सूचित गरेको थियो । यस विषयमा व्यवसायीहरुले विरोध जनाउँदै कूटनीतिकरुपमा समस्या समाधनको पहल गरिदिन श्रम, रोजागर तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको ध्यानाकर्षण गराएका थिए ।   साउदी जाने कामदारले शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गरी पेस गर्नुपर्ने व्यवस्था लागू नगर्ने भएपछि पूर्ववत् अवस्थामा नै भिसा जारी गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए । ‘दूतावासले अहिलेलाई पुरानै प्रक्रियामार्फत भिसा दिने भएको छ,’ उनले भने, ‘सोमबारबाट शैक्षिक प्रमाणपत्र प्रमाणीकरण नभएका कामदारलाई भिसा नदिने जानकारी आए पनि त्यसलाई लागू गरिएको छैन, यसर्थ पुरानै नियमानुसार भिसा जारी हुन्छ ।’ महासचिव भुर्तेलले यसो भने पनि दूतावासले भने कुनै पनि औपचारिक सूचना जारी गरेको छैन । यद्यपि, भिसा स्ट्याम्पिङका लागि दूतावासले शैक्षिक प्रमाणपत्र माग गरेको छैन । रोजगारीमा जाने व्यक्ति सामान्यतः लेखपढ गर्न सक्ने होस् भन्ने अभिप्रायका साथ उक्त नियम ल्याउन लागिएको दूतावासको सूचनापाटीमा उल्लेख छ । तर दूतावासको निर्णयले नेपालबाट साधारण कामदारको रुपमा साउदी जानेहरुलाई झन्झट हुने र शैक्षिक प्रमाणपत्र नभएकै कारण रोजगारीबाट वञ्चित हुने अवस्था आउने भएका कारण उक्त निर्णय सच्याउन माग गरिएको भुर्तेलले बताए । व्यवसायीहरुलाई शैक्षिक प्रमाणपत्र पेस गनुपर्ने सूचना आएको बताइए पनि यसबारे औपचारिक रुपमा कुनै जानकारी वा निर्णय भएको विषय श्रम मन्त्रालयमा नआएको उपसचिव एवं सहायक प्रवक्ता कविराज उप्रेतीले बताए । ‘कुनै जानकारी वा सूचना नपाइ उहाँहरु (म्यानपावर व्यवसायी) मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको पक्कै होइन,’ उनले भने, ‘मन्त्रीज्यूले ज्ञापनपत्र बुझेपछि पराराष्ट्र मन्त्रालयमार्फत उक्त निर्णयको औचित्यबारे प्रस्ट पार्न दूतावासलाई पत्राचार गर्दै आवश्यक छलफलका लागि बोलाइएकोमा तत्काललाई निर्णय कार्यान्वयन नहुने अनौपचारिक जानकारी आयो ।’   भर्खरै मात्र नेपाल सरकारले श्रम सम्झौताको लागि आवश्यक मस्यौदा साउदी सरकारलाई पठाएको छ । तसर्थ, यस्ताखाले निर्णय दुई देशबीचको श्रमसम्बन्धको विषय भएकाले औपचारिकरुपमा छलफल तथा परामर्श गरी निचोड निकाल्नुपर्ने मन्त्रालयले जनाएको छ । व्यवसायीको विरोध र श्रम मन्त्रालयको सक्रियताले तत्काललाई दूतावासले उक्त निर्णय कार्यान्वयन नगरे पनि आगामी दिनमा पुनः लागू गर्न सक्ने व्यवसायीहरुको आशंका छ । यसअघि साउदी दूतावासले कामदारको भिसा प्रक्रिया भिएसएफ ग्लोबल नेपालमार्फत गर्ने निर्णय गरे पनि लागू नगरी पछाडि हटेको थियो ।  
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP