Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियामा विदेशी कामदारको अभाव घट्दो, समस्या भने यथावत्
मलेसियामा विदेशी कामदारको अभाव घट्दो, समस्या भने यथावत्
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ २९, २०८०
malaysia
Hardik health
काठमाडौं– नेपालीहरुको प्रमुख रोजगार गन्तव्य मुलुक मलेसियामा विदेशी कामदारको अभाव कम भए पनि समस्या समाधान हुन नसकेको त्यहाँको शीर्ष व्यापार संगठन नेसनल चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिज अफ मलेसिया (एनसिसिआइएम) ले जनाएको छ । मलेसिया सरकारलाई विदेशी कामदारको आवेदनमा लगाइएको रोक हटाउन र नयाँ कामदार भित्र्याउन मार्चमा लगाइएको फ्रिज हटाउन एनसिसिआइएमले आग्रह गरेको छ । व्यापार संगठनका अध्यक्ष सोह थियान लाईले विदेशी कामदारको स्थितिमा सुधार भए पनि धेरै उद्योगहरूमा देखिएका विभिन्न ‘अवरोध’को कारणले आपूर्तिमा ढिलाइ भइरहेको बताएको त्यहाँको सञ्चारमाध्यम द स्टारले उल्लेख गरेको छ । यसअघि स्वीकृत कोटामा धेरै विदेशी कामदार आए पनि सरकारले योग्यताका आधारमा दरखास्त स्वीकृतिलाई निरन्तरता दिनुपर्ने उनले बताए । ‘अहिले श्रमबजारको आवश्यकता पूरा गर्न विदेशी कामदारको आवेदन र स्वीकृतिहरू पुनः सुरु गर्ने समय हो,’ उनले भने, ‘विदेशी कामदारको आवेदनमा रोक लगाउने र स्वीकृति रोक्नुले व्यावसायिक वातावरण चुनौतीपूर्ण बनाई उद्योगहरूको वृद्धि र बजारीकरणमा असर गर्छ ।’ लाईले विश्वव्यापी अनिश्चितताका कारण व्यवसायहरूले अझै पनि चुनौतीपूर्ण अवस्थाहरूको सामना गरिरहेको बताए । उत्पादन क्षेत्रलाई जनशक्तिको खाडल भर्नका लागि कामदार चाहिने उनले बताए । सन् २०२१ मा विदेशी कामदारको संख्या ४४ प्रतिशतले घटेर तीन लाख ९१ हजार ८३१ मा पुगेको उल्लेख गर्दै सन् २०१९ मा छ लाख ९७ हजार १२४ रहेको जानकारी दिए । त्यस्तै मलेसियाको एसएमई एसोसिएसनका अध्यक्ष डिङ हङ सिङले धेरै उद्योगहरूले अझै पनि श्रमिक अभावको सामना गरिरहेको बताए । उनले कामदारहरुको पुनः क्यालिब्रेसन अभ्यास गर्नुपर्नेमा जोड दिए । यस्तै रियल इस्टेट एण्ड हाउजिङ डेभलपर्स एसोसिएसन (रेहडा) का अध्यक्ष एनके टोङले श्रमबजारमा आवश्यक संख्यामा विदेशी कामदार आउन बाँकी रहेको बताए । मलेसियन कन्सोर्टियम अफ मिड–टियर कम्पनीका अध्यक्ष कालुम चेनले रोजगारदाताहरुले विदेशी कामदारहरू भर्ती गर्न एजेन्टहरूलाई भुक्तान गरिएको दाबी गरे । उनले भर्ति एजेन्टलाई कामदारको प्रक्रिया पूरा गर्न स्रोत देशबाट शुल्कसहित प्रति कामदार तीन हजार ६५० आरएम भुक्तानी गरिएको बताए । गत मार्च १८ मा मलेसियाका मानव संसाधन मन्त्री भी. शिवकुमारले विभिन्न पाँचवटा क्षेत्रमा विदेशी कामदारहरूसहित कोटा आवेदन र स्वीकृति दिन स्थगित गरेका थिए । त्यतिबेला नौ लाख ९५ हजार ३९६ विदेशी कामदारको कोटा स्वीकृत गरेपछि यस्तो निर्णय गरिएको थियो । अर्को निर्णय नभएसम्म कामदारको कोटा स्वीकृति नदिएपछि त्यहाँका विभिन्न व्यापार संगठनले विदेशी कामदार ल्याउन र स्वीकृति दिन सरकारसँग माग गरिरहेका छन् । ०००००
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP