Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेशबाट फर्केर उद्यम गर्नेहरु ‘रोल मोडल’ : श्रममन्त्री
विदेशबाट फर्केर उद्यम गर्नेहरु ‘रोल मोडल’ : श्रममन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २८, २०८०
udhyami-samman
Hardik health
काठमाडौं -  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएर नेपालमै उद्यम तथा रोजगारी सिर्जना गर्ने उद्यमीहरु ‘रोल मोडल’ भएको बताएका छन् । उनले वैदेशिक रोजगारीबाट फर्केर नेपालमा उद्यम गरिरहेका उद्यमीलाई शुक्रबार मन्त्रालयमा राष्ट्रिय सम्मान पुरस्कार वितरण गर्ने क्रममा उक्त कुरा बताएका हुन् । मन्त्री भण्डारीले विदेशबाट फर्किएका नेपालीले उद्योग तथा आन्तरिक रोजगारी सिर्जना गर्नु देशकै लागि प्रेरणाको स्रोत भएको बताए । ‘वैदेशिक रोजगारी अहिलेलाई बाध्यात्मकजस्तै भए पनि यसले नेपालमा सीप, पुँजी र अनुभव भित्र्याउन सफल भएको छ,’ उनले भने, ‘वैदेशिक रोजगार रोकेर रोकिने कुरा होइन, यसले हामीलाई स्वदेशमा नै उद्यमशीलता प्रवद्र्धन गर्न सहयोग पु¥याउँछ, सम्मानित हुनेहरु साँच्चिकै रोल मोडल हुनुहुन्छ ।’ वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गरिरहेकाहरुबाट स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सन्देश पुरस्कृत उद्यमीहरुले दिएको मन्त्री भण्डारीले बताए । सरकारले विदेशबाट फर्किएकाहरुलाई उद्यमशीलता प्रवद्र्धन र समाजमा पुनःस्थापित गराउन पुनःएकीकरण कार्यक्रम सञ्चालनमा ल्याएको उनको भनाइ छ । ‘सबै स्थानीय तहका रोजगार सेवा केन्द्रबाट वैदेशिक रोजगारीमा जानेहरुलाई सेवा आरम्भ गरिसकेका छौं,’ मन्त्री भण्डारीले भने, ‘सेवा केन्द्रबाट वैदेशिक रोजगारीमा मात्र नभई स्वदेशमा हुने आन्तरिक रोजगारीका लागि पनि समन्वय हुन्छ र सोही सेवा केन्द्रमार्फत नै विभिन्न स्थानीय तहमा अहिले पुनःएकीकरण कार्यक्रम सञ्चालन भइरहेको छ ।’ उनले सरकार र राजनीतिको मात्र नभई यसरी वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा नै उद्यम र रोजगारी सिर्जना गरिरहेका नेपालीहरुको सफतालाई पनि उजागर गर्न सञ्चारकर्मीसँग आग्रह गरे ।श्रमसचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम तथा रोजगारी सिर्जना गर्नेहरुलाई प्रोत्साहन गर्ने नीति लिइएको बताए । पुरस्कृत तथा सम्मानित हुने सबै उद्यमी आ–आफ्नो क्षेत्रमा सफल देखिएको भन्दै उनीहरुको सहजीकरणका लागि सरकारले सदैव सहयोगी भूमिका निर्वाह गर्ने बताए । श्रम मन्त्रालय भन्नेबित्तिकै रोजगारी दिने मन्त्रालय हो भन्ने बुझ्ने आमबुझाइ रहेको भन्दै सचिव अर्यालले श्रम मन्त्रालयको भूमिका भनेको रोजगारी दिने नभई रोजगारीका लागि समन्वय गरिदिने भएको बताए । विदेशबाट फर्किएर उद्यम गरिरहेका युवाहरुलाई उनले बधाई तथा शुभकामना दिँदै उनीहरुलाई ब्राण्ड एम्बेस्डरको रुपमा सरकारले प्रस्तुत गर्ने बताए । शुक्रबार मन्त्रालयले एक कार्यक्रम आयोजना गरी वैदेशिक रोजगारबाट फर्केर स्वदेशमै व्यवसाय गर्दै आएका युवा उद्यमीहरुलाई पुरस्कृत गरेको हो । चालु आर्थिक वर्ष २०७९÷८० को उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट बारा निजगढका सरोज कोइराला सम्मानित भए । उनले एक लाख ५० हजार नगद राशिको उक्त पुरस्कार हात पारेका हुन् । वैदेशिक रोजगारीका क्रममा लामो समय युएई बसेर फर्केका उनले सन् २००९ बाट निजगढमा कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र सञ्चालन गर्दै आएका छन् । यस्तै अन्य छ जनाले ७५ हजार राशिको उद्यमी राष्ट्रिय पुरस्कार पाए । साथै, तीन जनाले संयुक्तरुपमा ७५ हजार राशिकै पुरस्कार प्राप्त गरे । यसरी सम्मानित हुनेमा म्याग्दीको एकता एग्रो रिसर्च एण्ड रिसोर्ट सञ्चालक महेन्द्र बानियाँ, रुपन्देहीको छिन्गु मल्टी पर्पोज कम्पनीका सञ्चालक सुवर्ण पोखरेल र महोत्तरीको एमएस कृषि तथा पशुपालन फर्मका सञ्चालक मनोज राई रहेका छन् । यस्तै भक्तपुरको रसिलो एग्रिकल्चर नेपाल प्रालिका सञ्चालक त्रय मनोज ढकाल, नीलराज फुयाल र जितेन्द्र बानियाँ, सुनसरीको किराँत एग्रिकल्चर एण्ड लाइभ स्टक फार्मका सञ्चालक नवीनकुमार राई, नवलपरासीको कन्सुलर एक्सन प्लान अफ रेस्पोन्सिबल डेभलपमेन्ट सोसाइटी (कार्ट्स)का सञ्चालक मोहनबहादुर कार्की र कञ्चनपुरको वेदकोट बेस्लरी उद्योगका सञ्चालक धनबहादुर धानुक उद्यमी राष्ट्रिय पुरस्कार सम्मानबाट सम्मानित भए । सम्मानित हुनेहरु मलेसिया, खाडी मुलुक र दक्षिण कोरियामा रोजगारी गरेर फर्किएकाहरु रहेको मन्त्रालयले जनाएको छ । सरकारले २०७६ सालदेखि पुरस्कार प्रदान गर्दै आएको छ । मन्त्रालयले यस बर्ष पुरस्कारका लागि ३५० भन्दा बढी उद्यमीले आवेदन दिए पनि मापदण्डमा परेकाहरुलाई पुरस्कृत गरिएको जनाएको छ । मापदण्डअनुसार पुरस्कारको लागि वैदेशिक रोजगारमा न्यूनतम एक वर्ष काम गरेको र नेपाल फर्किएर व्यवसाय सञ्चालन गरेको कम्तीमा एक वर्ष पूरा हुनुपर्नेछ ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP