Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारलाई सुरक्षित बनाउँदै श्रीलंका
वैदेशिक रोजगारलाई सुरक्षित बनाउँदै श्रीलंका
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २१, २०८०
Srilanka
Hardik health
काठमाडौं - चरम आर्थिक संकटको सामना गरिरहेको दक्षिण एसियाली मुलुक श्रीलंकाले पछिल्लो समय वैदेशिक रोजगारीका अवसरलाई सुरक्षित गर्दै गइरहेको देखिएको छ । विभिन्न मुलुकमा आवश्यक दक्ष कामदार उपलब्ध गराई आकर्षक रोजगारीको अवसरलाई सुरक्षित गर्ने र रेमिट्यान्स सुनिश्चित गर्न भरपर्दो कदम चालिएको त्यहाँको श्रम तथा वैदेशिक रोजगार मन्त्रालयले जनाएको छ । श्रीलंकाले दक्ष कामदारलाई इजरायल, जापान र युरोपमा बालबालिका तथा वृद्धवृद्धाको हेरचाह गर्ने (केयर गिभर)सम्बन्धी रोजगारीलाई सुरक्षित गरेको त्यहाँको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायक्कारालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम न्युजवायरले उल्लेख गरेको छ । त्यस्तै बेलायत, क्यानडा र अस्ट्रेलियामा हस्पिटालिटी उद्योगसम्बन्धी रोजगारी र मध्यपूर्वमा निर्माण उद्योगको रोजगारी रहेको बताइएको छ । आर्थिक संकटलाई पार लगाउन र विदेशी मुद्रा सञ्चितिमा योगदान पु¥याउने उद्देश्यका साथ श्रीलंका सरकारले बढीभन्दा बढी वैदेशिक रोजगारीलाई सुरक्षित गर्न चाहेको सञ्चारमाध्यममा उल्लेख गरिएको छ । जसको प्रयासस्वरुप कोरिया, मलेसिया, जापान, बेलायत र इजरायलले आप्रवासी श्रमिक आपूर्ति गर्न श्रीलंकाका लागि कोटा नै छुट्याएका छन् । मलेसियाले यस वर्ष १० हजारभन्दा बढी सुरक्षा गार्डसहित एक लाखसम्म श्रमिक लिने जनाएको छ भने कोरियाले सन् २०२३ का लागि आठ हजारभन्दा बढी कामदार लैजाने प्रतिबद्धता जनाएको छ । त्यस्तै इजरायलले २०२३ मा दुई हजार केयर गिभर लैजाने सम्झौता गरेको छ भने जापानले पनि जिट्कोमार्फत श्रीलंकाली युवालाई रोजगारीको अवसर दिने भन्दै सम्झौता गरेको छ । जिट्कोमार्फत नै स्पेसिफाइड स्किल वर्कर (एसएसडब्ल्यू) अन्तर्गत कामको अवसर प्राप्त गर्न सक्ने जनाइएको छ ।न्युजवायरका अनुसार अहिले विश्वको श्रमबजारले श्रीलंकाका कामदारको माग गरिरहेको र मागअनुसार कामदार आपूर्ति गर्न नसकेको मन्त्री नानायाक्काराले बताएका छन् । मागअनुसार केयर गिभरका लागि जापानले अनुरोध गरे बराबरको संख्या पठाउन नसकिएको र बेलायत, क्यानडा र अस्ट्रेलिया जस्ता देशमा सेवा क्षेत्रमा आवश्यक संख्यामा दक्ष कामदार पठाउन गाह्रो परिरहेको छ । युरोपबाट आएका अवसरलाई सदुपयोग गर्न दक्ष जनशक्ति उत्पादनमा लाग्नु परेको उनले उल्लेख गरेका छन् । सन् २०३० सम्म विश्व श्रमबजारमा ३५ लाख नर्सको माग हुने जनाउँदै त्यसको केही हिस्सा श्रीलंकाले आपूर्ति गर्ने जनाएको छ । त्यस्तै साउदी अरबमा रोजगारीको क्षेत्र पहिचान गरेको र जापानको आइटी क्षेत्रमा पनि विदेशी कामदारको ठूलो माग रहेकोप्रति पूर्वतयारी भइरहेको बताइएको छ । कामअनुसारको सीप र अनुभव भएका कामदार फेला पार्न कठिनाइ झेल्नुपरेको भन्दै मन्त्री नानायाक्काराले व्यावसायिक तालिम प्राधिकरण र कोरियन टेक इन्स्टिच्युटसँगको सहकार्यपछि झण्डै ४०० जनालाई वेल्डरका रूपमा कोरिया पठाइएको बताए । उनले कोरिया र जापानको सिपिङ उद्योगबाट प्रसस्तै रोजगार प्रस्ताव प्राप्त गर्ने अवसर रहेको र जापान भ्रमणबाट भवन मर्मत सेवा, निर्माण उद्योगलगायत थुप्रै क्षेत्रमा रोजगारीका अवसर सुरक्षित गर्न सफल भएको जानकारी दिएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भरपर्दो आर्थिक स्रोत रहेको वैदेशिक रोजगारलाई अधिकतम उपयोग गर्ने नीति श्रीलंकाले लिएको छ । उसले मासिक ५० करोड डलर रेमिट्यान्स भित्र्याउने लक्ष्यका साथ काम गरिरहेको बताइएको छ । आप्रवासी कामदारले पठाउने विप्रेषण श्रीलंकाका लागि वैदेशिक राजस्वको एक प्रमुख स्रोत हो । यसका लागि विश्वबजारको मागअनुसार कामदार उपलब्ध गराउन दक्ष कामदार उत्पादनमा केन्द्रित हुँदै वैदेशिक रोजगारीमा जाने युवालाई तालिम प्रदान गर्न व्यावसायिक तालिम प्राधिकरणसँग सम्झौता गरेको त्यहाँको वैदेशिक रोजगार मन्त्रालयले जनाएको छ । कोभिड–१९ को महामारीबाट सुरु भएको आर्थिक पतनबाट गुज्रिएको देशमा मजदुरहरू असहाय अवस्थामा परेका बेला उनीहरूको जीवन सुरक्षा र आर्थिक स्रोतको लागि वैदेशिक रोजगार उपयुक्त अवसर भएको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP