Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जानकीमा समन्वय बैठक
जानकीमा समन्वय बैठक
admin123
admin123 मंगलबार, भदौ ६, २०७४
IMG_0328
Hardik health
नेपालगन्ज। भाद्र ६ गते । बाँकेको जानकी गाँउपालिकाले आफ्ना सबै वडा कार्यालयहरुमा दुई हप्ता भित्र सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोकी सार्वजनिक गर्नेे प्रतिबद्धता गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहयोगमा बास नेपालगन्जले भाद्र ६ गते जानकी गाँउपालिकामा गरेको समन्वय बैठकमा सो प्रतिबद्धता गरिएको हो । बैठकमा छलफल पश्चात गरिएका अन्य प्रतिबद्धताहरुमा गाँउपालिका तथा वडा कार्यालयहरुले प्रवाह गर्ने सेवा तथा सुविधाका बारेमा नागरिक वडापत्र तयार गर्ने, गाँउपालिकाले प्रवाह गर्ने सेवा तथा सुविधाको प्रभावकारिता मापन गर्न बर्षमा २ पटक सार्वजनिक सुनुवाई गर्ने, योजनाहरुको सार्वजनिक परिक्षण गर्ने, कार्यालयमा सेवाग्राहीहरुसँग सेवाग्राही मैत्री ब्यवहार गर्ने प्रतिबद्धता गरिएको छ । बैठकमा बोल्दै जानकी गाँउपालिकाका अध्यक्ष राम निवास यादवले सेवाग्राहीहरुले महशुस गर्ने गरि सेवा प्रवाह गर्न वडा अध्यक्ष र कर्मचारीहरुलाई अनुरोध गरे । कार्यालयमा आउने सेवाग्राहीहरुलाई सेवाग्राही मैत्री ब्यवहार गर्नु पर्नेमा उनको जोड थियो । आम नागरिकको अपेक्षा जनप्रतिनिधिहरुसँग धेरै भएको भन्दै पारदर्शि ढंगले काम गर्ने र गराउने उनले प्रतिबद्धता गरे । कार्यक्रममा बोल्दै गाँउपालिकाका कार्यकारी अधिकृत पित्री भत्त गिरीले गाँउपालिकाले सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोकि काम गरिरहेको बताए । गाँउपालिकाको कामलाई प्रभावकारि बनाउन जवाफदेहिताका औजारहरुको प्रयोगमा कन्जुस्याई नगर्ने उनको भनाई थियो । यसैगरी वडा नं. ५ का वडा अध्यक्ष रमेस कुमार बर्माले सबै सुचना पारदर्शि गर्नुपर्नेमा जोड दिएका थिए । बैठकमा बोल्दै वडा नं. ६ का वडा सचिब नबराज शाहले सरकारी कर्मचारीलाई सेवाग्राहीहरुले हेर्ने दृष्टीकोण सकारात्मक नभएको भन्दै विधि र ऐन नियम भित्र रही स्वार्थ विना काम गर्नुपर्ने बिचार ब्यक्त गरे । सबैले नैतिकवान भई काम गरेमा सुशासन कायम शाहले बताए । बैठकका अर्का सहभागि किशोर थापाले सूचनाको हकलाई सुनिश्चित गर्न तर्फ सबै गम्भिर भएर लाग्नु पर्नेमा जोड दिए । गाँउपालिकाबाट सम्पादन हुने हरेक क्रियाकलापमा पारदर्शि र जवाफदेहि ढंगले काम सबैले प्रतिबद्धता गरे । बैठकमा छलफल पूर्व नेपालमा राष्ट्रिय सदाचार निर्माण परियोजना अन्तरगत भईरहेका क्रियाकलापको बारेमा जानकारी र गाँउपालिकाले सुशासन तथा पारदर्शिताका लागि गर्न सक्ने कामहरुका बारेमा बासका कार्यक्रम अधिकृत हेमराज भट्टले जानकारी गराएका थिए । बासका अध्यक्ष मन भण्डारीले सहजिकरण गरेको बैठकमा अध्यक्ष राम निवास यादव, उपाध्यक्ष भुमिसरा धिताल, कार्यकारी अधिकृत पित्री भक्त गिरी, वडा अध्यक्षहरु, सचिबहरु लगायत पदाधिकारीहरुको सहभागिता रहेका थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ ६, २०७४  १२:२३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक बिहीबार, पुस १०, २०८२
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित बिहीबार, पुस १०, २०८२
अन्तर्राष्ट्रिय मैथिली सम्मेलन भोलिदेखि
अन्तर्राष्ट्रिय मैथिली सम्मेलन भोलिदेखि बिहीबार, पुस १०, २०८२
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री बिहीबार, पुस १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बिहीबार, पुस १०, २०८२
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना बिहीबार, पुस १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड बिहीबार, पुस १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP