Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
  • #अपहरण
Search Here
समाचार
  • Home
  • समाचार
  • सापटी असुल्न लिए ज्यान !
सापटी असुल्न लिए ज्यान !
सम्झना राई
सम्झना राई आइतबार, वैशाख १७, २०८०
murdered
Hardik health
काठमाडौं– छोराको उपचारका लागि शान्ति श्रेष्ठले दुई वर्षअघि प्रकाश सुनारसँग १० हजार सापटी लिएकी थिइन् । शान्तिको कोठा पोखरा–३३ बाघमारामा थियो । त्यहाँ प्रकाशको आउजाउ बाक्लै हुन्थ्यो । ३५ वर्षे प्रकाश फलफूल ढुवानी गर्ने सवारी चालक हुन् । प्रकाशकै भनाइमा उनीहरूबीच बेलामौकामा शारीरिक सम्बन्धसमेत हुन्थ्यो । उनको घर काभ्रेको पाँचखाल नगरपालिका–६ मयलपानी । तर, बसाइ भने पोखराकै घारीपाटनमा । ४६ वर्षीया एकल महिला शान्ति हरेक साँझ प्रकाशलाई फोन गर्थिन् । शान्ति र प्रकाशको फोन सम्पर्कले प्रकाशकी श्रीमती रिसले चुर भइसकेकी थिइन् । अन्ततः उनीहरूको सम्बन्ध बिग्रियो पनि । भन्न त प्रकाशले भनेका छन्, ‘मेरो श्रीमतीसँग सम्बन्ध बिग्रने भएकाले शान्ति श्रेष्ठलाई अब मलाई फोन नगर भनेको थिएँ ।’ पैसा दिने छाँट नगरेपछि प्रकाशको नजर शान्तिको सुनमा गयो । कानमा सुनका मुन्द्राहरू लगाएकी थिइन् शान्तिले । मुन्द्रा लिएरै पैसा असुल्ने सोच प्रकाशको भयो । ‘शान्तिले मबाट सापटी लिएको रकम फिर्ता नदिएकीले उनले कानमा सुनको मुन्द्राहरु लगाएकी हुँदा यसलाई धम्क्याएर सुनका गहना लिएर पैसा उठाउने सोच बनाएँ,’ प्रकाशले भनेका छन् । त्यही भएर गत २० फागुनमा प्रकाशले शान्तिलाई फोन गरे । उनीहरूको भेट पोखराको अमरसिंह चोकमा भयो । कुराकानीका क्रममा शान्तिले तनहुँको थर्पुमा एक जनाले पैसा दिने भनेकोले भोलिपल्टै थर्पु जाने सल्लाह भयो । नभन्दै २१ फागुनमा शान्तिलाई भेट्न प्रकाश अमरसिंह चोक पुगे । तर, त्यहाँ शान्ति आइपुगिनन् । नभेटिएपछि बा २ ख ५१२८ नम्बरको हायसका सहचालक कृष्ण थापा मगरको मोबाइल मागेर कल गरे । र, शान्ति केहीछिनमा सोही चोकमा आइपुगिन् । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा गरेको अभियोजनअनुसार शान्ति भने तनहुँको थर्पु जान तयार थिइनन् । उनले भनेकी थिइन्, ‘आज अँध्यारो भयो । भोलि जाउँला ।’ प्रकाशले जाउँ भन्दै ढिपी गरे । कारण, यदि पैसा दिइनन् भने सुनका मुन्द्रा लुट्ने । प्रकाशको ढिपीले शान्ति थर्पु जान तयार भइन् । दुवै जना अमरसिंह चोकबाट गाढी चढे । तनहुँको मनहरिमा ओर्लिए । त्यसबेला शान्तिले भनिन्, ‘मैले पैसा लिन जानुपर्ने मान्छेको घर भुलें । मोबाइल नम्बर पनि थाहा छैन ।’ शान्तिले झुक्याएको महसुस भयो प्रकाशलाई । प्रकाशकै शब्दमा भन्दा त्यसपछि उनलाई शारीरिक सम्बन्ध राख्ने इच्छा भयो । मनहरिकै एउटा खाली गोठमा उनीहरूबीच सम्बन्ध भयो । उक्त घटनाक्रमबारे सरकारी वकिल कार्यालयले अदालतमा शुक्रबार बुझाएको प्रतिवेदनमा छ, ‘तिमीले मलाई पैसा दिने भइनौं । सुन डिक राखेर भए पनि पैसा दिए हुने ।’ शान्ति चित्त दुखाउँदै झर्किइन्, ‘तिमीले भनेको बेला मैले शारीरिक सम्बन्ध राख्न दिनुपर्ने । अनि, जाबो १० हजार रुपैयाँका लागि मेरो गहनामा आँखा लगाउँछौं ?’ रिसाएका प्रकाश शान्तिको फोन खोसेर गोठदेखि केही तलको पानी ट्यांकीतिर गए । त्यसबेला रातको करिब ८ः५० भएको थियो । शान्तिले झन् रिसाउँदै भनिन्, ‘मेरो फोन दे । नत्र तँलाई करणीको केस लगाइदिन्छु ।’ प्रकाश पनि के कम ! ‘मेरै पैसा लाने अनि मलाई नै करणीमा केस लगाउने ?’ आवेगमा आइहाले । नजिकै ट्यांकीको ढकनमा रहेको प्लास्टिकलाई थिचेको इँटा लिएर शान्तिको टाउकोमा ढ्याम्मै हाने । चार पटकको प्रहारपछि शान्ति रन्थनिँदै भुइँमा ढलिन् । घटनास्थलमै उनको मृत्यु भयो । शान्तिको कानमा रहेको सुनको एक जोर रिङ, सुनका पाँच जोर मुन्द्रा र ब्यागमा रहेको दुई हजार २०० रुपैयाँ झिके । त्यसपछि शवलाई पानीको ट्यांकीमा फालिदिए । यो घटना गत २१ फागुनको हो । घटनाको चार दिनपछि भने पहिले पनि कर्तव्य ज्यान मुद्दामा कारागारमा रहँदा चिनजान भएका पोखराकै रविकुमार गहतराजको दोकान गए । त्यहाँ ६० हजार रुपैयाँमा सुन बिक्री गरे । जेठानी दिदी मीनाकुमारी नेपालीलाई दिन बाँकी २० हजार रुपैयाँ फिर्ता गरे । जब पानी गन्हायो... मनहरिमा दुई लाख २५ हजार क्षमताको खानेपानीको ट्यांकी छ । स्थानीय ऋषिनारायण कायस्थका अनुसार यही ट्यांकीमा जम्मा भएको पानी गाउँका १३८ घरपरिवारले खान्छन् । गत ९ चैततिरदेखि पानी अलिअलि गन्हायो । १० र ११ गते अझै गन्हायो । १२ गते गाउँलेहरू पानी ट्यांकी पुगे । ढकन खोलेर हेर्दा सडेगलेको अवस्थामा महिलाको शव फेला प¥यो । शवमा कीरा परेको देखियो । त्यसपछि गाउँलेले प्रहरीलाई जानकारी दिए ।प्रहरीले घटनाको अनुसन्धान थाल्यो । १३ चैतमा शान्तिका २० वर्षीय छोरा मनिषले प्रकाशविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिए । सोही जाहेरीका आधारमा प्रकाश १५ चैतमा तनहुँको थप्रेकबाट पक्राउ परे । जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्यायले जिल्ला अदालत तनहुँमा प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा गरेको अभियोजनमा प्रकाशले घटना आफैंले गरेको स्वीकारेका छन् । उनीविरुद्ध कर्तव्य ज्यान, लुटपाट र पानी दूषित गरेको अभियोगमा मुद्दा अदालतमा दर्ता भएको छ ।  
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP