Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जनपरीक्षणमा रास्वपा
जनपरीक्षणमा रास्वपा
बुधबार, वैशाख १३, २०८०
rabi swornim
Hardik health
-वि.सं. २०१५ यता चारपटक कांग्रेसको परीक्षण - २०५१ मा एमाले, २०६४ मा माओवादी र २०७४ मा बाम गठबन्धनलाई मत - पछिल्लो निर्वाचनबाट परीक्षणको दायरामा रास्वपा   काठमाडौं– साढे छ दशकमा पटक–पटक संसदीय निर्वाचन भए । निर्वाचनमार्फत मतदाताले अभिमत व्यक्त गरेर नयाँ दललाई लगातारजस्तै छान्दै छन् । यही क्रममा यसपटक मतदाताको छनोटमा प¥यो– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । प्रतिनिधिसभा उपनिर्वाचन भएका चितवन–२ मा उक्त दलका उम्मेदवार रवि लामिछाने र तनहुँ–१ मा सोही दलका उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतान्तरले निर्वाचित भए । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामलाई आधार मान्दा रवि त आमनिर्वाचनमा भन्दा उपनिर्वाचनमा अझै लोकप्रिय देखिए । उनको चुनावी नारा ‘एकको बदला तीन’ थियो । त्यस्तो त भएन । तर, प्रतिनिधिसभामा थप एक सिट थप्न सफल भए । राजनीतिशास्त्री प्रा.डा. महेन्द्रसुन्दर लावतीको शब्दमा भन्दा अहिले रास्वपाको ‘ह्वीम’ चलेको छ । उनका अनुसार यस्तो ह्वीम राजनीतिक तरलता भएको बेला चल्छ । उसो त ६५ वर्षअघि (वि.सं. २०१५ मा) भएको पहिलो संसदीय निर्वाचनमा हाल रवि नेतृत्वको दल रास्वपालाई मत गए जसरी नेपाली कांग्रेसलाई गयो । जहानीय निरंकुश राणाशासन ढाल्दै देशमा प्रजातन्त्रको बिहानी ल्याउने कांग्रेसप्रति जनताको विश्वास यति देखियो कि नेपालको इतिहासमै पहिलोपटक दुई तिहाइ मत कांग्रेसले पायो । १ पुस २०१७ मा राजा महेन्द्रले विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको कांग्रेस सरकारलाई अपदस्थ गरिदिए । राजनीतिशास्त्रीहरूका अनुसार त्यसबेला वास्तविक रूपमा कांग्रेस सरकारको परीक्षण हुनै पाएन । दुई तिहाइको दुर्लभ चुनावी नतिजा त आमनिर्वाचन र उपनिर्वाचनबाट रविको दलले भने प्राप्त गरेन । तर, दुवै निर्वाचनबाट जनमत बटुल्न सफल भएको छ । रविले मंगलबार विजय जुलुसमा हौसिँदै भनेका पनि छन्, ‘यो त जनाउ घण्टी हो । चार वर्षपछि एकल बहुमतको सरकार बनाउँछौं ।’ रविको यो महŒवकांक्षी सपनासहितको दाबी सिद्ध होला कि नहोला ? २०८४ मा हुने आमनिर्वाचनको प्रतीक्षा गर्नुपर्छ । तर, कांग्रेस, एमाले र माओवादीजस्ता ठूला दलप्रतिको वितृष्णाको लाभ भने रवि नेतृत्वको दल रास्वपालाई पुगेको विश्लेषण हुँदै आएको छ । यस्तो लाभ दिगो भने नहुने विगतको अनुभव छ । किनभने २०१५ पछि दोस्रोपटक २०४८ सालमा भएको संसदीय निर्वाचनमा कांग्रेसलाई दुई तिहाइ बहुमत प्राप्त भएन । बहुमत चाहिँ प्राप्त भयो । निर्वाचन आयोगले प्रकाशन गरेको नेपालको निर्वाचन इतिहासमा उल्लेख भएको विवरणअनुसार २०५ सिटमध्ये ११० सिट कांग्रेसले जितेको थियो । जनताले कांग्रेसलाई दोस्रोपटक परीक्षण गरे । तर, यो संसद्मा कांग्रेस आन्तरिक मतभेदले थिलथिलो भयो । पुराना कांग्रेस नेता तथा लेखक कृष्णविक्रम नेम्बाङ परिणामतः संसद् विघटन नै भएको बताउँछन् । यसपछि २०५१ मा भएको मध्यावधि निर्वाचनमा कांग्रेसलाई जनताले विश्वास गरेनन् । बरु, पहिलोपटक एमालेलाई जनताले विश्वास गरे । उक्त निर्वाचनमा ८८ सिटसहित एमाले पहिलो बन्यो । महासचिव मनमोहन अधिकारी नेतृत्वमा पहिलो कम्युनिस्ट सरकार नै बन्यो । अधिकारीकै सरकारले देशमा सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो । तर, यो दल पनि पार्टीको आन्तरिक द्वन्द्वमा फस्यो । २०५४ सालमा दल नै विभाजन भयो । २०५६ को आमनिर्वाचनमा यो दलप्रतिको जनताको विश्वास टुट्यो । एमाले नेता विशाल भट्टराईका अनुसार ‘विभाजनलाई जनताले स्वीकारेनन् ।’ उक्त निर्वाचनबाट कांग्रेस फेरि शक्तिशाली बन्यो । १११ सिटसहित स्पष्ट बहुमत कांग्रेसलाई प्राप्त भयो । र, २०६४ मा भने यी दुवै दलको विकल्पमा सशस्त्र विद्रोही दल माओवादी पहिलो शक्ति बन्यो । २४० संसदीय निर्वाचन क्षेत्रमध्ये माओवादीले १२० सिट जित्यो । थप १०० सिट समानुपातिकबाट र नेकपा एकीकृतलाई एकता प्रक्रियामा जोडेपछि ६०१ सदस्यीय संसद्मा २२१ सिट माओवादीको भयो । तर, यो दलले पनि अपेक्षाअनुसार काम गर्न नसकेको जनगुनासो रह्यो । त्यही भएर दोस्रो संविधानसभा निर्वाचन २०७० मा माओवादीलाई निकै कमजोर शक्ति जनताले बनाइदिए । यसरी माओवादी पनि जनताको तहबाट परीक्षण भएको दल हो । यसपछि २०७४ मा बाम गठबन्धनलाई जनताले विश्वास गरे । किनभने, गठबन्धनले पाँच वर्षे स्थिर सरकार र विकासको नारा घन्काएको थियो । जसको बलमा २७५ सदस्यीय संसद्मा १७४ सिटसहित गठबन्धनले बहुमत प्राप्त ग¥यो । ३ जेठ २०७५ मा दुई दलबीच एकता भएर नेकपा बन्यो । यद्यपि, पार्टीको आन्तरिक शक्ति संघर्षले विभाजन भयो । यसलाई जनताले मन नपराएको २०७९ को आमनिर्वाचन र २०८० को उपनिर्वाचनले पुष्टि गरेको एमाले नेता भट्टराईले बताए । ‘कम्युनिस्टहरूको ध्रुव्रीकरण आवश्यक थियो । त्यही बुझेर एकता भयो । तर, एकतालाई जोगाउन सकेनौं । जुन जनताले मन नपराएको चुनावले पुष्टि ग¥यो,’ भट्टराईले प्रभावसँग भने । रवि र उनको दलको परीक्षण वर्तमान संसद्को बाँकी चार वर्षे कार्यकालमा जनताले गर्ने हुन् । जसले रवि र उनको दलको राजनीतिक भविष्य निर्धारण गर्ने छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP