Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #ओभरपास
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #हुलाकी_राजमार्ग
  • #सेयर_बजार
  • #संघीय संसद्
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जनपरीक्षणमा रास्वपा
जनपरीक्षणमा रास्वपा
सम्झना राई
सम्झना राई बुधबार, वैशाख १३, २०८०
rabi swornim
RBB RBB
-वि.सं. २०१५ यता चारपटक कांग्रेसको परीक्षण - २०५१ मा एमाले, २०६४ मा माओवादी र २०७४ मा बाम गठबन्धनलाई मत - पछिल्लो निर्वाचनबाट परीक्षणको दायरामा रास्वपा   काठमाडौं– साढे छ दशकमा पटक–पटक संसदीय निर्वाचन भए । निर्वाचनमार्फत मतदाताले अभिमत व्यक्त गरेर नयाँ दललाई लगातारजस्तै छान्दै छन् । यही क्रममा यसपटक मतदाताको छनोटमा प¥यो– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । प्रतिनिधिसभा उपनिर्वाचन भएका चितवन–२ मा उक्त दलका उम्मेदवार रवि लामिछाने र तनहुँ–१ मा सोही दलका उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतान्तरले निर्वाचित भए । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामलाई आधार मान्दा रवि त आमनिर्वाचनमा भन्दा उपनिर्वाचनमा अझै लोकप्रिय देखिए । उनको चुनावी नारा ‘एकको बदला तीन’ थियो । त्यस्तो त भएन । तर, प्रतिनिधिसभामा थप एक सिट थप्न सफल भए । राजनीतिशास्त्री प्रा.डा. महेन्द्रसुन्दर लावतीको शब्दमा भन्दा अहिले रास्वपाको ‘ह्वीम’ चलेको छ । उनका अनुसार यस्तो ह्वीम राजनीतिक तरलता भएको बेला चल्छ । उसो त ६५ वर्षअघि (वि.सं. २०१५ मा) भएको पहिलो संसदीय निर्वाचनमा हाल रवि नेतृत्वको दल रास्वपालाई मत गए जसरी नेपाली कांग्रेसलाई गयो । जहानीय निरंकुश राणाशासन ढाल्दै देशमा प्रजातन्त्रको बिहानी ल्याउने कांग्रेसप्रति जनताको विश्वास यति देखियो कि नेपालको इतिहासमै पहिलोपटक दुई तिहाइ मत कांग्रेसले पायो । १ पुस २०१७ मा राजा महेन्द्रले विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको कांग्रेस सरकारलाई अपदस्थ गरिदिए । राजनीतिशास्त्रीहरूका अनुसार त्यसबेला वास्तविक रूपमा कांग्रेस सरकारको परीक्षण हुनै पाएन । दुई तिहाइको दुर्लभ चुनावी नतिजा त आमनिर्वाचन र उपनिर्वाचनबाट रविको दलले भने प्राप्त गरेन । तर, दुवै निर्वाचनबाट जनमत बटुल्न सफल भएको छ । रविले मंगलबार विजय जुलुसमा हौसिँदै भनेका पनि छन्, ‘यो त जनाउ घण्टी हो । चार वर्षपछि एकल बहुमतको सरकार बनाउँछौं ।’ रविको यो महŒवकांक्षी सपनासहितको दाबी सिद्ध होला कि नहोला ? २०८४ मा हुने आमनिर्वाचनको प्रतीक्षा गर्नुपर्छ । तर, कांग्रेस, एमाले र माओवादीजस्ता ठूला दलप्रतिको वितृष्णाको लाभ भने रवि नेतृत्वको दल रास्वपालाई पुगेको विश्लेषण हुँदै आएको छ । यस्तो लाभ दिगो भने नहुने विगतको अनुभव छ । किनभने २०१५ पछि दोस्रोपटक २०४८ सालमा भएको संसदीय निर्वाचनमा कांग्रेसलाई दुई तिहाइ बहुमत प्राप्त भएन । बहुमत चाहिँ प्राप्त भयो । निर्वाचन आयोगले प्रकाशन गरेको नेपालको निर्वाचन इतिहासमा उल्लेख भएको विवरणअनुसार २०५ सिटमध्ये ११० सिट कांग्रेसले जितेको थियो । जनताले कांग्रेसलाई दोस्रोपटक परीक्षण गरे । तर, यो संसद्मा कांग्रेस आन्तरिक मतभेदले थिलथिलो भयो । पुराना कांग्रेस नेता तथा लेखक कृष्णविक्रम नेम्बाङ परिणामतः संसद् विघटन नै भएको बताउँछन् । यसपछि २०५१ मा भएको मध्यावधि निर्वाचनमा कांग्रेसलाई जनताले विश्वास गरेनन् । बरु, पहिलोपटक एमालेलाई जनताले विश्वास गरे । उक्त निर्वाचनमा ८८ सिटसहित एमाले पहिलो बन्यो । महासचिव मनमोहन अधिकारी नेतृत्वमा पहिलो कम्युनिस्ट सरकार नै बन्यो । अधिकारीकै सरकारले देशमा सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो । तर, यो दल पनि पार्टीको आन्तरिक द्वन्द्वमा फस्यो । २०५४ सालमा दल नै विभाजन भयो । २०५६ को आमनिर्वाचनमा यो दलप्रतिको जनताको विश्वास टुट्यो । एमाले नेता विशाल भट्टराईका अनुसार ‘विभाजनलाई जनताले स्वीकारेनन् ।’ उक्त निर्वाचनबाट कांग्रेस फेरि शक्तिशाली बन्यो । १११ सिटसहित स्पष्ट बहुमत कांग्रेसलाई प्राप्त भयो । र, २०६४ मा भने यी दुवै दलको विकल्पमा सशस्त्र विद्रोही दल माओवादी पहिलो शक्ति बन्यो । २४० संसदीय निर्वाचन क्षेत्रमध्ये माओवादीले १२० सिट जित्यो । थप १०० सिट समानुपातिकबाट र नेकपा एकीकृतलाई एकता प्रक्रियामा जोडेपछि ६०१ सदस्यीय संसद्मा २२१ सिट माओवादीको भयो । तर, यो दलले पनि अपेक्षाअनुसार काम गर्न नसकेको जनगुनासो रह्यो । त्यही भएर दोस्रो संविधानसभा निर्वाचन २०७० मा माओवादीलाई निकै कमजोर शक्ति जनताले बनाइदिए । यसरी माओवादी पनि जनताको तहबाट परीक्षण भएको दल हो । यसपछि २०७४ मा बाम गठबन्धनलाई जनताले विश्वास गरे । किनभने, गठबन्धनले पाँच वर्षे स्थिर सरकार र विकासको नारा घन्काएको थियो । जसको बलमा २७५ सदस्यीय संसद्मा १७४ सिटसहित गठबन्धनले बहुमत प्राप्त ग¥यो । ३ जेठ २०७५ मा दुई दलबीच एकता भएर नेकपा बन्यो । यद्यपि, पार्टीको आन्तरिक शक्ति संघर्षले विभाजन भयो । यसलाई जनताले मन नपराएको २०७९ को आमनिर्वाचन र २०८० को उपनिर्वाचनले पुष्टि गरेको एमाले नेता भट्टराईले बताए । ‘कम्युनिस्टहरूको ध्रुव्रीकरण आवश्यक थियो । त्यही बुझेर एकता भयो । तर, एकतालाई जोगाउन सकेनौं । जुन जनताले मन नपराएको चुनावले पुष्टि ग¥यो,’ भट्टराईले प्रभावसँग भने । रवि र उनको दलको परीक्षण वर्तमान संसद्को बाँकी चार वर्षे कार्यकालमा जनताले गर्ने हुन् । जसले रवि र उनको दलको राजनीतिक भविष्य निर्धारण गर्ने छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने बिहीबार, वैशाख २५, २०८२
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने  बैठक स्थगित
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने बैठक स्थगित बुधबार, वैशाख २४, २०८२
युवा संघको विवादमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते
युवा संघको विवादमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते बुधबार, वैशाख २४, २०८२
एमाले अधिवेशनमा विवाद,कुर्सी हानाहान
एमाले अधिवेशनमा विवाद,कुर्सी हानाहान मंगलबार, वैशाख २३, २०८२
सभापति देउवाद्वारा बैतडी– काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सभापति देउवाद्वारा बैतडी– काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन मंगलबार, वैशाख २३, २०८२
नीति तथा कार्यक्रम यर्थाथभन्दा निकै टाढाः अध्यक्ष दाहाल
नीति तथा कार्यक्रम यर्थाथभन्दा निकै टाढाः अध्यक्ष दाहाल सोमबार, वैशाख २२, २०८२
संसद्मा सत्तापक्ष–प्रतिपक्षबीच घोचपेच, सुशासन र भ्रष्टाचार मामलामा आ–आफ्नै दाबी
संसद्मा सत्तापक्ष–प्रतिपक्षबीच घोचपेच, सुशासन र भ्रष्टाचार मामलामा आ–आफ्नै दाबी सोमबार, वैशाख २२, २०८२
लोकप्रिय
  • Week
  • Month
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा  ५ जना निलम्बनमा 
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा ५ जना निलम्बनमा 
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
तेमाल जात्रामा दुई दिन बिदा दिन माग
तेमाल जात्रामा दुई दिन बिदा दिन माग
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP