Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • घट्टकै भरमा चल्दछ दैनिकी
घट्टकै भरमा चल्दछ दैनिकी
मंगलबार, वैशाख १२, २०८०
paani ghata
Hardik health
रेसुङ्गा– पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत प्रविधि लोप हुँदै गएका छन् । तर, गुल्मीका दुर्गम बस्तीमा अझै पनि कुटानी–पिसानीका लागि परम्परागत पानी घट्टको प्रयोग कायमै छ । जिल्लाको मालिका गाउँपालिकाका केही स्थानमा पानी घट्टको प्रयोगबाट अझै पनि कुटानी–पिसानी हुने गरेको छ । एकातिर यसले परम्परागत प्रविधि जोगाएको आभास हुन्छ भने अर्कोतिर दुर्गम बस्तीका नागरिकले झेल्नुपर्ने समस्या प्रस्ट हुन्छ । मालिकाको ह्वाङ्दी क्षेत्रमा हालसम्म केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्न सकेको छैन । एकझर पानी परे ह्वाङ्दीको सम्बन्ध जिल्ला सदरमुकाम तम्घास मात्र नभई गाउँपालिकाको केन्द्र अर्खबाङ्गसँग पनि टुट्छ । यस क्षेत्रका नागरिक हालसम्म पनि बिजुली र बाटोको सहज पहुँचबाट बञ्चित छन् । तर, लोप हुँदै गएको पानी घट्टको प्रयोगलाई भने स्थानीयवासी गर्व गर्दछन् । स्थानीय पानी घट्ट सञ्चालक धनवीर घर्तीले बाबुबाजेकै पुस्तादेखि सञ्चालनमा रहेको घट्ट हालसम्म यथावत् रहेको बताए। “पानी घट्टमा पिसेको अन्नपात मिलमा भन्दा गुणस्तरीय हुन्छ”, उनले भने, “यहाँका सबैले घट्टमै पिसेको अन्नपात खान्छौँ ।” पछिल्लो पुस्तामा हराउँदै जाने चिन्ता रहेको उनले बताए । स्थानीयवासी उपभोक्ता यमबहादुर विकले पानी घट्ट गरिबीको सारथी बनेको बताए । कम मूल्यमा अन्नपातको कुटानी–पिसानी गरेर प्रयोग गर्न सकिने भएकाले घट्ट अत्यन्तै उपयोगी हुने गरेको उनी बताउछन् । “हामीले पुराना प्रविधिलाई जोगाएका छौँ”, उनले भने, “हामी आफैँले बनाएका घट्ट हाम्रा लागि सबैथोक हुन् ।” उनले आफूहरूकै सीपबाट घट्ट बनाएको बताए। आगामी दिनमा यसलाई सुधारिएको घट्टका रुपमा विकसित गर्नुपर्ने विकले बताएका छन् । मालिकाको यस क्षेत्रमा घट्टकै भरमा दैनिकी चलिरहेको छ । यहाँ खेतीकिसानी गरेर पानी घट्टकै भरमा दैनिकी क्रियाकलाप चलिरहेका छन् । यहाँका स्थानीयवासी पानी घट्टमा पिसेको अन्नपात गुणस्तरीय, लामो समयसम्म टिक्ने, खानामा मीठो र कुटानी–पिसानीका लागि सस्तो हुने बताउछन् । स्थानीय उपभोक्ता ८४ वर्षीया दिलमाया घर्तिमगर आफूले स्मरण गर्ने दिनदेखि नै पानी घट्ट लोकप्रिय भएको बताउछन् । उनले आफूहरूभन्दा अघिल्ला पुस्ताले नै पानी घट्टको भरमा दैनिकी चलाएको स्मरण गरे । “पानी घट्टबाहेक अरूमा पिसेको अन्नपात कहिल्यै प्रयोग गरिन्”, उनी बताउछन्, “हाम्रो गाउँमा घट्टबाटै दैनिकी चलेको छ ।” उनी उपभोक्ताले निकै सस्तो कुटानी–पिसानी गर्न पाएको छ । ह्वाङ्दी क्षेत्रका स्थानीवासी पानी घट्टमा अन्नपात कुटानी–पिसानी गर्दा सस्तो र स्वादिष्ट हुने बताउछन्। बिजुलीबाट चल्ने मिलको तुलनामा आधाभन्दा बढी सस्तो मूल्यमा पानी घट्टमा कुटानी–पिसानी हुन्छ । साथै पानी घट्टमा पिसेको अन्नपात वर्ष दिनसम्म राख्दा पनि स्वादिष्ट हुने गर्दछ । स्थानीय घट्ट सञ्चालक सुन्तले विकले खोला सुक्दै गएकाले घट्ट चल्न समस्या भएको गुनासो गरे । “पानी सुक्दै गएपछि घट्ट चलाउन समस्या भइरहेको छ”, उनले भने, “वर्षायामको समयमा मात्र चलाउँदै आएका छौँ ।” पानी घटेपछि हिउँदमा घट्ट चलाउन नसकिएको उहाँले बताउनुभयो । तुलानात्मक रुपमा हेर्दा पानी घट्टमा पिसेको खाना राम्रो हुने भए पनि पानी अभावले समस्या बल्झिँदै गएको छ । स्थानीय घट्ट सञ्चालकले पानी घट्टको संरचना सुधारको माग रहेको बताए। सञ्चालक धनवीर घर्तिमगर, टोपबहादुर घर्तिमगर र सुन्तले विकले घट्टको संरचना सुधार गर्नुपर्ने माग गरे । “खरको छानामुनि निकै जीर्ण संरचनामा घट्ट सञ्चालन छ”,उनीहरु भन्छन्, “यसको सुधार हामीलाई आवश्यक छ ।” उनीहरुले संरचना सुधार भएमा सहजता हुने बताए । मालिकाको ह्वाङ्दी क्षेत्रका एक सय १० घरधुरीका एक हजार सात सय परिवार सदस्य पानी घट्टको भरमा छन् । यस वडामा अहिले पनि छवटा पानी घट्ट सञ्चालनमा छन् । विकासका अन्य आयाममा परिर्वतन नहुँदा पानी घट्टको प्रयोग कायमै छ । यहाँ नागरिक मुख्यगरी बिजुली, सडक र पानीको अभावमा बल्झिरहेका छन् । यसमा हालसम्म स्थानीय सरकारको ध्यान पुग्न सकेको छैन । मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्यालले पानी घट्टलाई पछिल्लो पुस्तासम्म देखाइराख्नुपर्ने बताउछन् । उनले गाउँपालिकाका अन्य वडामा पनि पानी घट्टका लागि बजेट विनियोजन गरेर व्यवस्थित गरिने बताए । “दुर्गम बस्तीमा विकासका पूर्वाधार पु¥याउन हामी लागिरहेका छौँ”, उनले भने, “विकासका साथसाथै परम्परागत पानी घट्टलाई पनि टिकाउँछौँ ।” अघिल्ला पुस्तादेखि सञ्चालनमा रहिआएका पानी घट्टलाई सङ्ग्रहालयका रुपमा राखेर भए पनि पछिल्ला पुस्तालाई देखाउने अध्यक्ष अर्यालको भनाइ रहेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस आइतबार, फागुन १०, २०८२
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन आइतबार, फागुन १०, २०८२
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे आइतबार, फागुन १०, २०८२
चितवन-३ मा कस्तो छ चुनावी माहोल ?
चितवन-३ मा कस्तो छ चुनावी माहोल ? आइतबार, फागुन १०, २०८२
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन आइतबार, फागुन १०, २०८२
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन आइतबार, फागुन १०, २०८२
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा आइतबार, फागुन १०, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP