Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संकट
  • #भिनेता_धीरज_कुमार
  • #इयु_चीन
  • #बाँझोपना
  • #एनआरएनए_जापान
  • #छाउगोठ
  • #धुलिखेल-खावा_सडक
  • #सांसद
  • #मौद्रिक नीति
Search Here
समाचार
  • Home
  • समाचार
  • बर्दिया निकुञ्जमा बढ्यो पर्यटकको चलपहल
बर्दिया निकुञ्जमा बढ्यो पर्यटकको चलपहल
सम्झना राई
सम्झना राई सोमबार, वैशाख ११, २०८०
bardiya national park
नेपालगञ्ज– बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चलपहल बढ्न थालेको छ । निकुञ्जमा रहेको बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक त्यहाँ पुग्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बाघको सङ्ख्या बढेर एक सय २५ पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढदै गएको जानकारी दिए। करिब ९० प्रतिशत पर्यटकले बाघ अवलोकन गरेको जानकारी दिँदै उनले अघिल्लो आर्थिक वर्षमा एक हजार विदेशी पर्यटक आएकामा अहिले चार हजारको हाराहारीमा पुगेको उल्लेख गरे । यसैगरी अघिल्लो आर्थिक वर्ष आन्तरिक १० हजार पर्यटकले निकुन्ज अवलोकन गरेकामा अहिले १२ हजार पुगेका छन् । गत आर्थिकम वर्ष चार सय सार्क मुलुकका पर्यटकले अवलोकन गरेकामा अहिले बढेर ८०० पुगेका छन् । बाघ हेर्नकै लागि गत वर्षभन्दा यसवर्ष पर्यटकको सङ्ख्या बढेको प्रमुख संरक्षण अधिकृत भण्डारीले बताए । पर्यापर्यटनका लागि यो निकुञ्ज केन्द्रको रुपमा स्थापित भएको उल्लेख गर्दै उनले भने, “हामीलाई विश्वास छ यस वर्ष करिब २० हजार पर्यटकले निकुञ्ज भ्रमण गर्नेछन्, यसको मुख्य कारण बाघको सङख्या बढेकाले त्यसलाई प्रत्यक्ष रुपमा देख्न पाउनु नै हो ।” प्रमुख संरक्षण अधिकृत भण्डारीले विदेशी पर्यटक खास गरेर अमेरिका, जर्मन, फ्रान्स, न्यूजिल्याण्ड, चीन, भारतलगायत मुलुकका पर्यटकले निकुन्ज अवलोकन गरेकामा तीमध्ये अमेरिकी पर्यटकको सङ्ख्या बढिरहेको छ । “उनीहरु बाघ हेर्न नै मन पराउने हुनाले यहाँ आउँछन्, त्यसबाहेक डल्फिन पनि अवलोकन गर्छन्, बाघको आहारको रुपमा रहेको चित्तल, बाह्रसिङ्गेको हेरेर पनि पर्यटकले आनन्द लिएका छन् । सुन्दर घाँसेमैदान, नदी र जैविक विविधताले निकुञ्जको सौन्दर्य बढाएको छ । “निकुञ्जमा १०० स्क्वायर किलोमिरटमा सात बाघ छन् । अझै पनि यसको पक्षमा राम्रो काम गर्ने हो भने बाघको सङ्ख्या बढाउन सकिन्छ”, प्रमुख संरक्षण अधिकृत भण्डारीले भन्नुभयो, “वन्यजन्तु र मानव बीचको द्वन्द्व व्यवस्थापनका लागि बाघको आहारा बढाउनेलगायत काम गर्नाका साथै तिनलाई निकुञ्जभित्रै सीमित बनाउने गरी केही प्रयास भएको छ ।” उनले बाघ र हात्तीबाट हुने क्षति कम भएकाले मानवीय व्यवहारलाई परिवर्तन गर्न आवश्यक भएको धारणा व्यक्त गरे। निकुञ्ज आसपास बस्ती रहुञ्जेल वन्यजन्तु र मानवबीच द्वन्द्व बढिरहने भएकाले मानव वन पैदावरको खोजीमा जाने र कहिलेकाहीँ वन्यजन्तु विशेष गरी बाघ त्यो पनि बिरामी वा घाइते बाघ आहाराको खोजीमा जङ्गलभन्दा बाहिर जाँदा द्वन्द्व बढेको जस्तो देखिए पनि ठूलो समस्या भने नभएको प्रमुख संरक्षण अधिकृत भण्डारीले बताए । निकुञ्जले सकेसम्म मानव र वन्यजन्तुबीचको द्वन्द्व शून्य रहोस् भनेर काम गरिरहेको छ । वन्यजन्तुको आनीबानी र व्यहार परिवर्तन गर्न सकिदैन तर उसमाथि देखाउने व्यवहार परिवर्तन गर्न सकिन्छ । यो निकुञ्ज भावर क्षेत्रमा पर्ने भएकाले करिब पाँच स्क्यावार किलोमिरटको दूरीमा एउटा पोखरी बनाउनाका साथै सोलार जडित बोरिङको प्रबन्ध गरेर पानीको व्यवस्था गरिएको छ । बाघका लागि पाँच वर्षमा चार स्क्वायर किलोमिटरको ग्रिड बनाइएको र प्रत्येक ग्रिडमा एउटा पोखरी र घाँसे मैदान बनाउने लक्ष्य राखिएको छ । यस कार्यले बाघको आहारा जातीको जन्तुको सङ्ख्या बढाउन सहयोग गर्ने विश्वास लिइएको छ । घाँसे मैदान राम्रो भए बाघको आहार जातीको सङ्ख्या बढाउन सकिने भएकाले आहारा प्रजातिको लागि पोषण खानामा जोड दिइएको छ । अहिले घाँसे मैदान कम छ पुराना घाँसे मैदान वन पैदावर पाउने ठाउका रुपमा रुपान्तरण भएको छ । पुरनो घाँसे मैदानलाई पुनः घाँसे मैदानकै रुपमा ल्याउन बजेट अभावले समस्या देखिएको बताइएको छ । निकुञ्जभित्र रहेका लम्कौलीलगायत विभिन्न घाँसे मैदानका फाँटालाई व्यवस्थापन गरिएको छ । पुराना घाँसे मैदानको गुणस्तर बढाउन निकुञ्जले जोड दिएको छ । निकुञ्जमा १०० स्क्वायर किलोमिरटमा सात बाघ छन् । अझै पनि यसको पक्षमा राम्रो काम गर्ने हो भने बाघको सङख्या बढाउन सकिन्छ । बढेको बाघको सङ्ख्यालाई कसरी अवसरको रुपमा लिने र त्यसबाट आयआर्जन कसरी गर्ने भन्ने विषयमा पनि छलफल हुनु आवश्यक छ । बर्दियाको ठाकुरद्वारास्थित गँैडा क्याम्पका सञ्चालक रामजीबाबु थापाले निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेको जानकारी दिँदै बाघको सङ्ख्या बढेपछि यहाँ रहेका करिब ३२ साना तथा ठूला होटेल र होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ बढनथालेको बताए । त्यसमा पनि बाह्य पर्यटकमा अमेरिका, फ्रान्सलगायत मुलुकको पर्यटक भएको उल्लेख गर्दै उहाँले बाघ हेर्नका लागि बाह्य पर्यटक तीन दिनदेखि एकसातासम्म यहाँबस्ने गरेकोे जनकारी दिए। “कतिपय पर्यटक त एक महिनासम्म पनि बस्ने गर्छन्” सञ्चालक थापाले भने । स्थानीय उमङ्ग खडकाले बाघ हेर्नकै लागि पर्यटकको सङ्ख्या वढिरहेको र उनीहरूले हात्ती, गैँडा र आहार प्रजातिका अन्य वन्यजन्तु देखेर फर्किने गरेकोे बताए। पाटेबाघ, एक सिङ्गे गैँडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गे र जङ््गली हात्तीलगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु निकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । निकुञ्जमा चार सय ३८ थरी रैथाने र बसाइँ सरी आउने चराको अभिलेख रहेको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता
चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता सोमबार, साउन ५, २०८२
चितवन निकुञ्ज घुम्ने पर्यटक घटे
चितवन निकुञ्ज घुम्ने पर्यटक घटे सोमबार, साउन ५, २०८२
चार वटा परियोजनाको समझदारी पत्रमा अर्थमन्त्री पौडेल र चीनको सियाओदोङ्गको   हस्ताक्षर
चार वटा परियोजनाको समझदारी पत्रमा अर्थमन्त्री पौडेल र चीनको सियाओदोङ्गको हस्ताक्षर सोमबार, साउन ५, २०८२
नेपालमा ‘हरर चलचित्र महोत्सव’ हुँदै
नेपालमा ‘हरर चलचित्र महोत्सव’ हुँदै सोमबार, साउन ५, २०८२
महँगी र अमेरिकी कर नियन्त्रणका लागि आफू पदमै रहने जापानका प्रधानमन्त्री इशिबाको चाहना
महँगी र अमेरिकी कर नियन्त्रणका लागि आफू पदमै रहने जापानका प्रधानमन्त्री इशिबाको चाहना सोमबार, साउन ५, २०८२
पाकिस्तानमा मनसुनी प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या २१६ पुग्यो
पाकिस्तानमा मनसुनी प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या २१६ पुग्यो सोमबार, साउन ५, २०८२
श्रम अदालतमा एक वर्ष नाघेका मुद्दा शून्य
श्रम अदालतमा एक वर्ष नाघेका मुद्दा शून्य सोमबार, साउन ५, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP